सेप्टेम्बर-अक्टोबरदेखि पहाड़मा पर्यटक आगमनको सम्भावना

सेप्टेम्बर-अक्टोबरदेखि पहाड़मा पर्यटक आगमनको सम्भावना
Please Like and Share our website Samay Dainik
  • 3
    Shares

दार्जीलिङ, 19 जून।
आगामी सेप्टेम्बर-अक्टोबरदेखि दार्जीलिङ पहाड़मा पुनः पर्यटकहरूको आगमन शुरू हुने सम्भावना प्रबल बनेर गएको छ। किनभने, वर्तमान कोरोनाकालमा पनि दार्जीलिङका विशेष होमस्टेहरूमा पर्यटकहरूले सम्पर्क गरेर पहाड़ आएर घुम्न चाहिरहेका छन्। तर कोरोना संक्रमणको वर्तमान स्थितिको कारण पहाड़का होमस्टेहरूले एकैजना पर्यटकको पनि बुकिङ लिन सकिरहेका छैनन्। यसैले दार्जीलिङको पर्यटनलाई कति दिनसम्म यसरी नै अचल बनाइराख्ने अनि कहिलेसम्म होमस्टे, होटलहरूलाई पनि बन्द राख्ने विषय लिएरजीटीए (गोर्खाल्याण्ड टेरिटरियल एड्मिनिस्ट्रेशन)-ले होमस्टे मालिकहरूसित एक चर्चा कार्यक्रमको आयोजना गरेको थियो। जसमा विभिन्न पक्षमाथि चर्चा गरिएपछि कोरोना संक्रमणको स्थितिमा सुधार आए सम्भवतः आगामी सेप्टेम्बर-अक्टोबरदेखि दार्जीलिङका होमस्टेहरू खोलिनसक्ने सम्भावनामाथि पनि कुराकानी भयो। यसबारे जानकारी गराउँदै जीटीएको पर्यटन विभागका सह-निर्देशक सुरज शर्माले भने-कोरोना संक्रमणको कारण विश्वभरिकै पर्यटन व्यवसाय सबैभन्दा नराम्रोघतले प्रभावित बनेको छ। दार्जीलिङको पर्यटन पनि यसैमा सामेल छ। तर अब कहिलेसम्म यहाँको पर्यटनलाई ठप्प बनाएर राख्ने? जीवनलाई अघि पनि बढ़ाउनुपर्ने जिम्मा सबैको हो। हाल दार्जीलिङ पहाड़का होमस्टेहरूमा पर्यटकहरूले सम्पर्क गरिरहेका छन्, तर यी होमस्टे मालिकहरूले कुनै ठोस निर्णय सकेका छैनन्।

किनभने, गाउँ-घरका मानिसहरूको इच्छा र परामर्श पनि आवश्यक छ। यसैकारण आज विशेष सिटोङ, तकदाह र मङ्पूका होमस्टे मालिकहरूलाई लिएर एक चर्चा कार्यक्रमको आयेजना गरिएको हो। किनभने, दार्जीलिङ पहाड़ बन्द हुँदा पनि पर्यटक आउने ठाउँ हो, 105 दिन पहाड़ अचल रहँदा पनि यहाँका धेरै होटलहरूमा पर्यटकहरू थिए। यसैकारण अहिले कोरोनाकालमा पनि धेरै पर्यटकहरू दार्जीलिङ आउन चाहेका छन्, तर यस्तो स्थितिमा पर्यटकहरूलाई पहाड़मा ल्याइहाल्न पनि सकिन्दैन। यसैले आगामी पर्यटन मौसममा दार्जीलिङ पहाड़मा पर्यटकहरू आइहाले उनीहरूलाई बजारबीचका होटलहरूको साटो दुर्गम स्थानतिर रहेका होमस्टेतिर राख्ने व्यवस्था गरिए, उचित हुने विषयबारे पनि चर्चा गरिएको थियो। ताकि पर्यटकहरूको कारण पहाड़मा कोरोना संक्रमण फैलिन नपाओस् भन्ने विषय पनि अहलम छ। यसैले आइसोलेटेड क्षेत्रमा रहेका होमस्टेहरूमा आगामी पर्यटन मौसममा पर्यटकहरू राख्न सके असल हुनेछ। किनभने, जीवन अघि बढ़ाउनैपर्छ अनि प्रत्येकको आय-आर्जनको मार्ग पनि खोल्नैपर्छ। किनभने, दार्जीलिङका लगभग 70 प्रतिशत मानिसहरू नै पर्यटनसित जड़ित छन्। चाहे होटल, होमस्टेको सञ्चालन गरेर होस् कि फूटपाथमा फास्ट फूडको दोकान खोलेर होस्। गाड़ी चलाएर होस् वा पर्यटकहरूलाई घुमाएर होस्, दार्जीलिङ पहाड़का धेरैको जीवन यसरी नै चल्ने गरेको छ। यसैले यी सबैको आय-आर्जनलाई पुनः सामान्य बनाउन यहाँको पर्यटन व्यवसाय एकपल्ट फेरि शुरू गर्नैपर्ने अवस्था छ। तर होमस्टेहरूलाई पुनः सञ्चालनमा ल्याउनअघि सुरक्षाका प्रत्येक मापदण्ड अप्नाउन आवश्यक छ, यसैले आगामी 2-3 महीनासम्म प्रत्येक विषयहरूबारे उचित पदक्षेप ग्रहण गर्ने योजना बनाइएको पनि शर्माले जनाए।

 

सेप्टेम्बर-अक्टोबरदेखि पहाड़मा पर्यटक आगमनको सम्भावना


Please Like and Share our website Samay Dainik
  • 3
    Shares

Related posts

Leave a Comment