आठ जुनदेखि दक्षिणेश्वर खोलिने

आठ जुनदेखि दक्षिणेश्वर खोलिने
Please Like and Share our website Samay Dainik

कोलकाता, 04 जून (हिस)। पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले एक जूनदेखि नै राज्यभरिका सबै धार्मिक स्थलहरूलाई खोल्ने अनुमत दिएकी छन्। तर, कालीघाटसमेत धेरै महत्वपूर्ण मन्दिर अहिले बन्द रहेका छन्। मन्दिर समितिले संक्रमणलाई हेर्दै मन्दिर प्रबन्धन कमिटीले धार्मिक स्थललाई बन्द राख्ने निर्णय लिएको हो। अब हुगली नदी किनारस्थित ऐतिहासिक दक्षिणेश्वर मन्दिर खोलिने भएको छ।
प्रारम्भिक चरणमा 60 जनालाई मन्दर प्रवेशको अनुमति दिइने छ। प्रधान पुरोहत अनि सेवकहरूले प्रोटेक्टिभ सूट लगाउन जरुरी छ। भक्तजनले पनि मास्क लगाउन अनिवार्य गरिएको छ। मन्दिरमा प्रवेश गर्नअघि थर्मल स्क्रीनिङ गरिने छ। प्रारम्भमा आठ अनि 10 जूनको दिन मन्दर खोलिने छ। यी दुई दिन बिहान र साँझ अढाई घण्टा मन्दर खोलिने छ। अहिले रामकृष्णन परमहंसको घर अथवा साना मन्दिर खोलिने छ।

आठ जुनदेखि दक्षिणेश्वर खोलिने


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment