क्रामाकपाद्वारा सामान्य रुपमा शहीद दिवस पालन 

क्रामाकपाद्वारा सामान्य रुपमा शहीद दिवस पालन 
Please Like and Share our website Samay Dainik

दार्जीलिङ, 27 जुलाई (हिस)। क्रामाकपा केन्द्रिय कार्यालयमा आज 34औं शहीद दिवस साधारण रूपमा पालन गरियो। क्रामाकपा केन्द्रिय प्रवक्ता गोविन्द छेत्रीद्वारा दिप प्रज्वलन गरि साथै खदा लगाएर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरियो। 27 जुलाई, 1986 मा कालेबुङ थाना डाँडामा भएको घटनाबारे बोल्दै प्रवक्ता गोविन्द छेत्रीले भारतमा गोर्खाहरूको राजनैतिक इतिहासमा सर्वप्रथम यस्तो घटना भएको र यतिका हाम्रा सन्तानहरू शहीद भएको बताए।
तर, हामीलाई लाग्छ आजसम्म पनि त्यसको सहीरूपमा मूल्यांकन हुन सकेको छैन। धेरै सत्ता परिवर्तन भए, धेरै नेतृत्वहरू आए, तर सही आजसम्म पनि शहीदहरूको मूल्यांकन हुन सकेको छैन। गोर्खाल्याण्डको निम्ति आफ्नो सर्वस्व त्याग्नेहरूले आजसम्म पनि न्याय पाउँन सकेका छैनन्- उनले भने। उनले रिस, राग, द्वेष र झण्डालाई थन्काएर ती वीर शहीदहरूले गरेको त्याग अनि बलिदानलाई सही अर्थमा मूल्यांकन गर्नका निम्ति गोर्खाल्याण्डको निम्ति सबै एकजुट भएर अगाडी बढ्नुपर्ने छेत्रीले बताए।
उनले शहीद दिवसको उपलक्ष्यमा सबैसित आ-आफ्नो द्वेषहरू र सहुलियतहरूलाई तिलाञ्जली दिएर गोर्खाल्याण्डको सपनालाई साकार बनाउॅंदै ती शहीदहरूको सपनालाई साकार बनाउनुपर्ने आह्वान गरे। उनले यो संग्राम कठिन छ, तर सबै एकजुट भएर यदि हामी एक मन भएर यसलाई अगाडी बढाउनु सक्यौं भने संसारको कुनै पनि शक्तिले रोक्न नसक्ने क्रामाकपा प्रवक्ता गोविन्द छेत्रीले बताए।

क्रामाकपाद्वारा सामान्य रुपमा शहीद दिवस पालन 


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment