कोरोना पोजिटीभ मामिला 70 पुग्यो

कोरोना पोजिटीभ मामिला 70 पुग्यो
Please Like and Share our website Samay Dainik
  • 3
    Shares

गान्तोक, 12 जुलाई (हिस)। सिक्किममा कोरोना भाइरस पोजिटिभ मामिलामा पुनः वृद्धि भएको छ। आज पनि राज्यमा कुल 4 जनाको रिपोर्ट पोजिटिभ आएको छ। अर्कोतिर एक कोरोना भाईरस पोजिटिभ व्यक्तिको रिपोर्ट नेगेटिभ आएपछि उनलाई एसटीएनएम अस्पतालबाट छुट्टी दिइएको छ। हाल राज्यमा कोरोना भाइरस पोजिटिभ मामिलाको संख्या बढेर 70 पुगेको छ। स्वास्थ्य विभागका सचिव एवम् महानिर्देशक डा. पेम्पा टी. भोटियाले यसको जानकारी दिएका छन्। आज पोजिटिभ रिपोर्ट आउनेहरू सबै राज्य बाहिरबाट फर्केकाहरू रहेका छन्। हालसम्म राज्य बाहिरबाट 9 हजार अधिक मानिस सिक्किम फर्किसकेका छन्।

कोरोना पोजिटीभ मामिला 70 पुग्यो


Please Like and Share our website Samay Dainik
  • 3
    Shares

Related posts

Leave a Comment