पूर्वोत्तरका 8 राज्यमा कोरोनाका 6910 बिरामी, 24 घण्टामा 299 नयाँ मामिला

पूर्वोत्तरका 8 राज्यमा कोरोनाका 6910 बिरामी, 24 घण्टामा 299 नयाँ मामिला
Please Like and Share our website Samay Dainik

पूर्वोत्तरका 8 राज्यमा कोरोनाका 6910 बिरामी, 24 घण्टामा 299 नयाँ मामिलागुवाहटी, 18 जून (हिस)। सिक्किमलगायत पूर्वोत्तरका आठ राज्यहरूमा कोरोना संक्रमणको प्रसार लगातार बढिरहेको छ। कोरोना संक्रमितको बढोत्तरीको साथै जाति हुनेहरूको पनि संख्या बढिरहेको छ। पूर्वोत्तरमा अहिलेसम्मको सबैभन्दा धेरै मामिला असमबाट आएको छ भने दोस्रो नम्बरमा त्रिपुरा रहेको छ। पूर्वोत्तर राज्यहरूमा पछिल्लो 24 घण्टामा 299 नयाँ मामिला पुष्टि भएको खबर छ। यसरी नै अहिले संक्रमितहरूको कुल संख्या 6910 पुगेको छ जसमा 3540 बिरामी निको भइसकेका छन्।
पछिल्लो 24 घण्टामा कुल 270 बिरामी पूर्णरूपमा स्वस्थ भएका छन्। यसरी नै 3457 बिरामीको विभिन्न अस्पतालहरूमा उपचार चलिरहेको छ। अर्कोतिर कोरोनाको कारण मृत्यु हुनेको संख्या 10 पुगेको छ भने 6 जना पूर्वोत्तर राज्य छोडेर बाहिर निस्किसकेका छन्। प्रत्येक राज्यमा रहेका संक्रमित व्यक्तिहरूको कुरा गर्नु हो भने असममा नयाँ बिरामीहरूको संख्या 184 भएको छ। यसका साथै यहाँ बिरामीको संख्या कुल 4695 छ भने अहिलेसम्ममा 2643 बिरामी निको भइसकेका छन्। पछिल्लो 24 घण्टामा राज्यका 231 बिरामी स्वस्थ भएका छन्।
अर्कोतिर 2041 बिरामी उपचाराधिन छन् भने राज्यमा 8 जना संक्रमितको मृत्यु अनि तीन बिरामी राज्य बाहिर गइसकेका छन्। त्रिपुरामा 43 नयाँ बिरामीको पुष्टि भएको छ। राज्यमा कुल बिरामीको संख्या 1133, स्वस्थ हुनेको संख्या 556, उपचाराधिनको संख्या 676 पुगेको छ भने एक बिरामीको मृत्यु भएको छ र तीन जना राज्य बाहिर गइसकेका छन्। यसरी नै मणिपुरमा 52 नयाँ बिरामीको पुष्टि भएको छ। नयाँ बिरामीको साथ राज्यमा कोरोना संक्रमितको कुल संख्या 552 भएको छ भने 192 जना बिरामी निको भइसकेका छन्।
यसरी नै पछिल्लो 24 घण्टामा 33 जना बिरामी स्वस्थ भइसकेका छन् भने 360 जना बिरामी अस्पतालमा उपचाराधिन छन्। रिपोर्टअनुसार नागाल्याण्डमा कोरोनाका 14 नयाँ मामिला अघि आएका छन्। अहिले उक्त 14 मामिलासँगै बिरामीको संख्या 193 भएको छ। राज्यमा अहिलेसम्म 103 जना बिरामी जाति भइसकेका छन् भने 90 बिरामी उपचाराधिन छन्। यसरी नै अर्को राज्य अरुणाचल प्रदेशमा चारवटा नयाँ कोरोना बिरामी अघि आएका छन्। अहिलेसम्ममा बिरामीको कुल संख्या 103 भएको छ भने 10 जना निको पनि भएका छन्। पछिल्लो 24 घण्टामा तीन जना बिरामी निको भएका छन् भने 93 जना बिरामीको उपचार राज्यका विभिन्न अस्पतालमा चलिरहेको छ।
यसरी नै मेघालयमा पछिल्लो 24 घण्टामा एउटा पनि नयाँ मामिला आएको छैन। राज्यमा कोरोनाका संक्रमितको कुल संख्या 43 छ भने त्यसमा 31 जना निको भइसकेका छन्। पछिल्लो 24 घण्टामा तीन जना बिरामी निको भएका छन्। यसरी नै राज्यमा 11 जना बिरामी उपचाराधिन छन् भने एक जनाको मृत्यु भइसकेको छ। यसरी नै मिजोरममा पछिल्लो 24 घण्टाको अवधिमा एउटा पनि नयाँ संक्रमण मामिलाको पुष्टि भएको छैन। राज्यमा कोरोना संक्रमित बिरामीहरूको संख्या 121 छ।
यसरी नै राज्यमा एक बिरामी निको भइसकेका छन् भने 120 जना बिरामी अस्पतालमा उपचाराधिन छन्। यसरी नै पूर्वोत्तरको राज्य सिक्किममा दुईवटा नयाँ संक्रमितको पुष्टि भएको छ। राज्यमा अहिलेसम्ममा कुल कोरोना संक्रमितको संख्या 70 पुगेको छ। यसमा चार जना निको भइसकेका छन् भने अहिले 66 जना बिरामीको उपचार चलिरहेको छ।

पूर्वोत्तरका 8 राज्यमा कोरोनाका 6910 बिरामी, 24 घण्टामा 299 नयाँ मामिला


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment