सीबीएसईको 10औं र 12औंको परीक्षा 1-15 जुलाईबीच हुने

सीबीएसईको 10औं र 12औंको परीक्षा 1-15 जुलाईबीच हुने
Please Like and Share our website Samay Dainik

 नयाँ दिल्ली, 08 मई (हिस)। केन्द्रिय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) को 10औं र 12औं कक्षाको बाकी रहेको परीक्षा 1-15 जुलाईबीच हुनेछ। यद्यपि, 10औं कक्षाको परीक्षाहरू केवल उत्तर पूर्वी दिल्लीका छात्रहरूको निम्ति नै आयोजित गरिनेछ। मानव संसाधन विकास मन्त्रालयले अगावै स्पष्ट गरिसकेको छ कि कोरना महामारीको कारण स्थगित गरिएको सीबीएसईको 10औं कक्षाको परीक्षाहरू अब केवल उत्तर पूर्वी दिल्लीमै हुनेछ। यस बाहेक देशभऱिमा कतै पनि बाकी रहेको परीक्षाहरू आयोजित गरिनेछैन।

केन्द्रिय मानव संसाधन विकास मन्त्री रमेश पोखरियाल निशंकले शुक्रबार परीक्षाहरूको मिति घोषित गर्दै भने, ‘लामो समयदेखि सीबीएसईको 10औं र 12औं कक्षाको बाकी रहेको परीक्षाहरूको मितिको प्रतिक्षा थियो। आज यी परीक्षाहरूको मिति 1-15 जुलाईबीच निश्चित गरिएको छ। परीक्षामा भाग लिने सबै विद्यार्थीहरूलाई शुभकामना’।

घोषित कार्यक्रम अनुसार, 12औं कक्षाको निम्ति बिजनेस स्टडीज, जियोग्राफी, हिन्दी (इलेक्टिव), हिन्दी (कोर), होम साइन्स, सोशियोलोजी, कम्प्यूटर साइन्स (ओल्ड), कम्प्यूटर साइन्स (न्यू), इन्फोर्मेशन प्रेक्टिस (ओल्ड), इन्फोर्मेशन प्रेक्टिस (न्यू), इन्फोर्मेशन टेक्नोलोजी र बायो टेक्नोलोजी विषयहरूको परीक्षा हुनेछ। यसैगरी उत्तर-पूर्व दिल्लीको 10औं कक्षाका छात्रहरूको निम्ति हिन्दी कोर्स ए, हिन्दी कोर्स बी, इङ्ग्शिल कम्यूनिकेशन, इङ्ग्लिश लेङ्ग्वेज एण्ड लिट्रेचर, साइन्स र सोशल साइन्स विषयको परीक्षा हुनेछ।

सीबीएसईको 10औं र 12औंको परीक्षा 1-15 जुलाईबीच हुने


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment