योगा क्षेत्रमा सबैको प्रेरणा स्रोत बन्दै बिन्ध्या सुब्बा

योगा क्षेत्रमा सबैको प्रेरणा स्रोत बन्दै बिन्ध्या सुब्बा
Please Like and Share our website Samay Dainik

सरोज गुरुङ
सोरेङ, 15 जून।
योगा क्षेत्रमा सबैको प्रेरणा स्रोत बन्दै बिन्ध्या सुब्बायोगा एउटा यस्तो तकनिक हो जसले शरीर, मन र आत्मालाई सन्तुलन राख्न सक्छ। मानिसहरू आजकल आफ्नो आन्तरिक तनावबाट टाढ़ा बस्न प्रायःजसो योगाको सहायता लिने गरेका देखिन्छन्। मानिसले जब सामान्य स्वास लिने तकनिक, ध्यान, प्राणायाम र व्यायाम गर्छन् तब उनीहरू चुस्त र तन्दरुस्त रहन्छ। यसै सन्दर्भमा सिक्किममा फस्टाउँदै गरेको योगा र योग शिक्षाको कुरा गरौं। वर्तमान अवस्थामा सिक्किमका धेरैजसो मानिसले योगालाई आफ्नो जीवनको हिस्सा बनाइरहेका छन्। यो स्वस्थ र निरोगी समाज विकासको निम्ति अत्यन्तै राम्रो लक्षण हो।
यहाँ कुरा गर्न लागेका छौं सिक्किमे छोरी सुश्री बिन्ध्या सुब्बाको। उनी अहिलेे सबैको निम्ति अभिप्रेरणाको स्रोत बनिरहेकी छन्। सुश्री सुब्बा मूलरूपले पश्चिम सिक्किमस्थित रिञ्चेपोङ समष्टि अन्तर्गत बडा साम्दुङ निवासी हुन्। स्व. लक्ष्मीप्रसाद सुब्बा र पद्मा सुब्बाकी 33 वर्षीय छोरी सुश्री बिन्ध्या सुब्बा हालमा शिक्षा विभागको मुख्यालयमा सिक्किम स्टेट कोअर्डिनेटर (ट्रेनिङ)-को रूपमा कार्यरत छिन्। उनले विगत 2016 देखि योगालाई अप्नाएकी हुन्। अहिले उनलाई सिक्किमकी एकजना सफल योग प्रशिक्षकको रूपमा चिनिन्छ।
यस संवाददातासँग कुराकानी गर्ने क्रममा सुश्री सुब्बाले आफ्नो यात्राबारे भनिन्- मैले योगाको आफ्नो शुरुवाती तालिम हरिद्वारबाट प्राप्त गरेँ अनि 6 महिने कोर्स कोलकाताबाट लिएकी हुँ। मैले चरणबद्ध रूपमा दुईवटा टीटीसी डिप्लोमा योग मन्दिर ऋषिकेस र एवाईएम ऋषिकेसबाट गरेकी हुँ।
सुश्री सुब्बा भन्छिन्, योगा त्यस्तो माध्यम हो, जसले शरीर र आत्मालाई एकाकार गर्दछ अनि मान्छेलाई स्वस्थपनको व्यावहारिक अनुभूति दिलाउँछ। अर्कोतिर उनले प्रशिक्षण दिएका धेरै प्रशिक्षार्थीहरूले राष्ट्रिय स्तरमा पनि धेरै गोल्ड मेडल र अन्य मेडलहरू प्राप्त गर्न सफल भएको उनी बताउँछिन्।
योगा क्षेत्रमा सबैको प्रेरणा स्रोत बन्दै बिन्ध्या सुब्बासिक्किममा योगा अभ्यासप्रति दिनदिनै उमेर छिपिएका सँगसँगै युवा जमातहरूमा रुचि बढ्दै जाँदैछ। जब प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्र सङ्घले 21 जूनलाई विश्व योगा दिवसको रूपमा मान्यता दियो तबदेखि यता योगाको विस्तार र व्यावहारिकतामा तीव्रता आएको छ। देशमा त योग शिक्षालाई स्कूलहरूसँग जोड़िएको छ। सिक्किमका स्कूलहरूमा पनि प्रशिक्षित योगा टिचरहरू छन्। जसले विद्यार्थीहरूलाई योगा सम्बन्धि शिक्षा दिने काम भइरहेको छ। यस्तोमा सुश्री बिन्ध्या सुब्बा र उनीजस्ता राज्यका धेरै योग प्रशिक्षकहरूले योग शिक्षालाई मलजल गर्ने सराहनीय काम गरेका छन्। फलस्वरूप राज्यका युवा जमातलाई पनि योगाप्रति ढल्किने अभिप्रेरणा प्राप्त भइरहेको छ। अनि स्वस्थ रहनका लागि योग अभ्यास मानिसहरूका निम्ति आवश्यक बन्दै गएको अवस्था पनि छ।
मानिसले निश्चय नै आफूलाई सधैं स्वस्थ राख्न चाहान्छन्। तर, जति कोशिश गरेता पनि रोगले शरीरलाई समाइरहेकै हुन्छ। कति रोग लाग्छ पत्तै हुँदैन। शारीरिक अभ्यासको रूपमा जबसम्म योगालाई आत्मसात् गरिँदैन तबसम्म अरू कुनै उपायले जीवनमा सन्तुष्टि दिनु नसक्ने विज्ञहरूको भनाई छ। स्वास्थ्य वैज्ञानिकहरूअनुसार रोग लाग्नुको कारणमध्ये शरीरमा फ्री रेडिकल बढ्नु पनि एउटा हो। फ्री रेडिकलले मानिसको कोषिका तथा डीएनएलाई विकृत गर्ने गर्छन्। तर योगको अभ्यासपछि भने शरीरमा हल्लापन आउने अनि फ्री रेडिकल बढ्न नपाउने योगगुरुहरूको भनाई छ।
यसरी नै योगाको दैनिक अभ्यासले रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने र विषादीय द्रव्यलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउन मद्दत पुर्‍याउने जानकारहरूले बताउँदै आइरहेका छन्। यस्तो बेलामा सिक्किम राज्यमा योगाको बिस्तार र विकासलाई सकारात्मक सङ्केत मान्नुपर्छ।

योगा क्षेत्रमा सबैको प्रेरणा स्रोत बन्दै बिन्ध्या सुब्बा


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment