विमलपन्थी गोजमुमोले गोर्खाल्याण्डबारे कुरा उठाएको दावी

विमलपन्थी गोजमुमोले गोर्खाल्याण्डबारे कुरा उठाएको दावी
Please Like and Share our website Samay Dainik

दार्जीलिङ, 7 अक्टोबर।
जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेश)-सित सम्बन्धित विषयहरूमाथि चर्चाको लागि आज वार्ता भए पनि यसमा विमल गुरूङपन्थी गोजमुमोले अलग राज्य गोर्खाल्याण्डमाथि नै कुरा उठाएको दावी गरेको छ। यसका साथै पार्टीले यस वार्तामा 11 वटा जात-गोष्ठीलाई पनि अनुसूचित जनजातिको दर्जा दिनुपर्ने माग उठाएको पार्टीका कार्यकारी अध्यक्ष लोप्साङ योल्मो लामाले एक विज्ञप्ति जारी गरी बताएका छन्। आजको वार्तामा राज्य सरकारको कुनै भागीदारी थिएन, न यस वार्तामा विमल गुरूङपन्थी गोजमुमोले निम्तो दिएको गोरामुमो र क्रामाकपाका प्रतिनिधिहरूले नै भाग लिए। यस वार्तामा केन्द्रिय गृह राज्यमन्त्री जी. किशन रेड्डी, गृह सचिव अजय कुमार भल्लाका साथै गोजमुमोको पक्षबाट लोप्साङ योल्मो लामा, डा. कल्याण देवान, उर्मिला रूम्बा, विशाल छेत्री, विशाल लामा, बिनु सुन्दास अनि कानूनी सल्लाहकार आनन्द भण्डारी सामेल थिए। पार्टीका कार्यकारी अध्यक्ष योल्मोले विज्ञप्तिमा बताएअनुसार, वार्तामा केन्द्र सरकारको पक्षबाट उपस्थित रहेका मन्त्री साथै अधिकारीवर्गले जीटीए विषय लिएर कुरा उठाउन साथ गोजमुमोको प्रतिनिधि टोलीले अलग राज्य गोर्खाल्याण्ड र 11 वटा गैर जनजाति जात-गोष्ठीलाई जनजातिको दर्जा दिनुपर्ने माग उठायो। यसै विषय लिएर टोलीले सरकारपक्षलाई एक ज्ञापन पनि पेश गरेको छ। यसरी नै योल्मोले राज्य सरकारले 2011-को जीटीए सम्झौतालाई सम्मान नगरेको बताउँदै जीटीएमाथि अवैध हस्तक्षेप, अनियमितता र बाधा दिने कार्य गरिरहेको कारण नै वर्ष 2017-मा जीटीएका निर्वाचित सभासदहरूले आ-आफ्नो पदबाट राजीनामा दिएर जीटीएलाई खारेज गरेको पनि बताएको जानकारी गराए। आजको यस वार्तामा उपस्थित राज्यमन्त्री रेड्डीले प्रतिनिधि टोलीको कुरा राम्रोसित सुनेपछि वार्ताका सम्पूर्ण विवरण केन्द्रिय गृह मन्त्री अमित शाहलाई बताउने, त्यसपछि नै आगामी वार्ताको मिति तय गर्ने पनि आश्‍वासन दिएको योल्मोले विज्ञप्तिमा बताएका छन्।

विमलपन्थी गोजमुमोले गोर्खाल्याण्डबारे कुरा उठाएको दावी


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment