"हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला ,गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला"

"हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला ,गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला"
Please Like and Share our website Samay Dainik

सहीदलाई हार्दिक श्रद्धाञ्जली
“हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला ,गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला”

कवि भूपी शेरचनद्वारा रचित कविताको यो दुई पंक्तिले हामीलाई अाज पर्यन्त बारम्बार झकझकाइरहेको प्रतित हुन्छ। २७ जुलाई १९८६ को दिन सि.आर.पि.एफ को तात्तातो गोली निलेका ती शहीदहरुको सपना अझै साकार भएको छैन। आजको दिन नै कालेबुङका विरंगना चेलीहरु अनि बिर छोराहरु आफ्नो मातृभूमिको निम्ति हाँसी हाँसी बलि चढ़ीदिएका हुन्। कालेबुङले देखेको त्यो कालो दिन हामी कहिल्यै भुल्दैनौं। शहीदको कुनै पार्टी हुँदैन – झण्डा हुँदैन भन्ने उक्तिलाई आत्मसात गर्दै आज उनीहरूले दिएको सर्वोच्च बलिदानको स्मरण गर्दछु सँग सँगै गोर्खा जनमुक्ति मोर्चाको पक्षमा म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। ती शहीदहरुले देखेको स्वर्णीम सपना साकार पार्न हामी आजसम्म अनेकौं कठिनाइहरु सहेर पनि युद्धरत छौं अनि सम्पूर्ण गोर्खाली आमा बाबा दाजु भाई तथा बहिनीहरूलाई यो बताउन चाहन्छौं कि हामीले आफ्नो कर्तव्य भुलेका छैनौं – हामी हाम्रो कर्तव्य पुरा गर्न बचनबद्ध छौं। हामी ती शहीदहरुको सपना पुरा गरेर नै छोड़ने दृढ़ संकल्पित छौं।

आज “शहीद दिवस” को उपलक्ष्यमा म फेरि पनि मेरो आन्तरिक हृदयबाट नै सम्पूर्ण शहीदहरुलाई सम्झना गर्दै श्रद्धाञ्जली व्यक्त गर्दछु साथै ती शहीदहरुको परिवारलाई कोटी कोटी प्रणाम टक्राउँदछु।

"हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला ,गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला"

 

"हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला ,गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला"


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment