खरसाङको मन्टीभिट चियाबारीमा सचेतना कार्यक्रम, माक्स र सेनिटाइजर वितरण

खरसाङको मन्टीभिट चियाबारीमा सचेतना कार्यक्रम, माक्स र सेनिटाइजर वितरण
Please Like and Share our website Samay Dainik

खरसाङ, 25 जून (हिस)।
28 खरसाङ देवराली समष्टिअन्तर्गत मन्टीभिट चिया बगानका श्रमिकहरू र स्टाफहरूलाई लिएर एउटा सचेतना कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा सर्भिलेन्स कमिटीका संयोजक एवं नगर पार्षद श्याम शेर्पा, डीटीडीपीएलयुको महकुमा अध्यक्ष प्रणाम रसाइली, मन्टीभिट चिया बगान क्षेत्रका प्रतिनिधिहरू उपस्थित थिए।
किशन लेप्चाले सञ्चालन गरेको कार्यक्रममा प्रणाम रसाइलीले श्रमिकहरूको हितको लागि जीटीए चेयरम्यान फण्ड विषयमा जानकारी दिए भने सही समयमा अध्यक्ष अनित थापाद्वारा उक्त कोष वितरण गरिने पनि जानकारी दिए। कार्यक्रममा सर्भिलेन्स कमिटीका को-अर्डिनेटर श्याम शेर्पाले वर्तमानमा कोरोना भाइरसदेखि कसरी जोगिनुपर्ने भन्ने विषयमाथि प्रकाश पार्दै सबैले एक अर्कालाई सहयोग गर्नुपर्छ भनी आह्वान गरे। उनले बाहिरबाट आएका मानिसहरूलाई सहयोग र माया दिनुपर्छ भन्दै उनीहरूलाई तिरस्कार नगरिदिने पनि निवेदन गरे।
कार्यक्रममा जीटीए चेयरम्यान अनित थापाद्वारा प्रदान गरिएका माक्स, बोतलको सेनिटाइजर, फेस माक्स र सिल्डहरू पनि सबै श्रमिकहरूलाई वितरण गरियो। कार्यक्रममा श्रमिकहरूको पक्षबाट किशन लेप्चाले जीटीए चेयरम्यान अनित थापा र कार्यक्रममा उपस्थित सबै पदाधिकारीहरूलाई धन्यवाद टक्राएका थिए।

खरसाङको मन्टीभिट चियाबारीमा सचेतना कार्यक्रम, माक्स र सेनिटाइजर वितरण


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment