CD Rai expired-sikkim

CD Rai expired-sikkim

गान्तोक, 08 अगस्त (हिस)। शताब्दी पुरुष तथा वरिष्ठ पत्रकार सीडी राई अब यस संसारमा रहेनन्। 96 वर्षीय राईले आज बेलुकी 6 बजी राजधानी गान्तोकको डाँड़ागाउँस्थित निजी वासस्थानमा अन्तिम श्वास लिए। वृद्धावस्थाका कारण पछिल्लो केही महिनादेखि उनी ओछ्यान परेका थिए। 13 अप्रेल, 1925 मा दक्षिण सिक्किमको मिक्खोला बस्तीमा माता काजीमाया राई र पिता रञ्जीत राईको कोखबाट जन्मिएका सीडी राई सिक्किमेली राजनीतिका एक धरोहर हुन्। सिक्किमलाई राजदरवारको चङ्गुलबाट निकाल्न प्रजातान्त्रिक आन्दोलनका उनी एक सशक्त योद्धा थिए।सन् 1949-मा टाशी छिरिङको मुख्यमन्त्रीत्वमा गठित पाँच सदस्यीय अन्तरिम सरकारमा उनी मन्त्री बनेका थिए। त्यसबेला उनी चौबीस वर्षको मात्र थिए। सो मन्त्रीमण्डल 29 दिन मात्र टिकेको थियो। राजनीतिबाट विदा लिएपछि उनी 1963-मा छोग्याल शासनमा प्रचार निर्देशक बने। उनले 1960-देखि 1963-सम्म अमृता बजार पत्रिकाको संवाददाताको रूपमा रहेर सक्रिय रूपमा पत्रकारिता गरे। उनलाई तत्कालीन सरकारले नोकरीमा आउन आग्रह गरेपछि उनी सरकारी सेवामा आएका हुन्। सिक्किम सरकारको विभिन्न विभाहगरूमा सचिवसम्मको पदमा पुगेका सीडी राई सरकारी सेवाबाट अवकाश ग्रहण गरेपछि 1990-देखि फेरि पत्रकारितामा आए।शुरूमा हिमाली बेला सम्पादन गरे र पछि गान्तोक टाइम्सको प्रकाशन शुरू गरे। उनी प्रेस क्लब अफ् सिक्किमका संस्थापक अध्यक्ष रहेका छन्। उनले राजनीति, भाषा, साहित्य र सामाजिक क्षेत्रमा दिएको उल्लेखनीय योगदानको कदर गर्दै विभिन्न पुरस्कार र सम्मानले नी विभुषित भएका छन्। पत्रकारिताको क्षेत्रमा योगदान दिएवापत् दार्जीलिङबाट रजत कलम… Read More

जिम्बाको बयान मर्यादाको उल्लङ्घन पनि

जिम्बाको बयान मर्यादाको उल्लङ्घन पनि

वर्ष 2020 -मा विश्वभरि नै सबैभन्दा बढ्ता प्रयुक्त शब्द ‘कोरोना’ हो। अझ आगामी कति दिन, महीना वा वर्षसम्म यो शब्द विश्‍वव्यापी चर्चाको विषय रहने हो, त्यो यसै भन्नसकिन्न। तर कोरोनाको कहरबीचमा पनि कतिपय मुद्दाहरू सतहमा आए, जुन तीव्र गतिमा बद्लँदो समय र कोरोनाको महामारीको तीव्रतामा मत्थर भएर गइरहेको आभास भए पनि त्यसले समाजलाई पार्ने प्रभाव आउँदा दिनहरूमा देखिनेछ। सिक्किमको सन्दर्भमा, लकडाउन खोलिएपछि कोरोनाको प्रकोपमा आएको तीव्रता, दार्जीलिङका विधायक नीरज जिम्बाको बयान, 1600 नियुक्ति आदि विषयहरू छन्, जसले सिक्किमलाई भित्री रूपमा असर पारिरहेको छ र पारिरहनेछ। नीरज जिम्बाको बयानको सन्दर्भमा चर्चा गर्दा यो केवल एउटा राज्यका नेताद्वारा अर्को राज्यका जनताप्रतिको कटाक्ष मात्र नभएर अर्को राज्यको राजनीतिमा दलीय पक्षधरताको पनि घटना हो। जिम्बाले आफ्नो पहिलो बयानमा सिक्किममा समग्र रूपमा घर छाउने च्यादर (जस्ता पाता) -को जनवितरण प्रणालीलाई आलोचना गरेका थिए। सिक्किमेली जनता च्यादरको लागि ‘बिक्ने गरेको’ उनको आरोप थियो। बाह्य रूपमा हेर्दा उनले च्यादरको राजनीतिको विरोध गरेजस्तो देखिए पनि सिक्किममा जनतालाई घर छाउनलाई सरकारबाट दिइने च्यादर भण्डारीको पालामा शुरू गरिएको भए पनि चामलिङ सरकारमा यसलाई 25 वर्ष निरन्तरता दिइयो र ‘जनता मेला’ मार्फत जनतालाई बर्सेनि च्यादरलगायत अन्यान्य सहुलियतहरू, जस्तै ग्यास सिलिण्डर, प्रेसर कूकर, खेतीपातीका सरजाम, घर मरम्मती खर्च एसडीएफको सरकारमा प्रचुर मात्रामा वितरण गरियो। जिम्बालाई सिक्किमको विकास योजनासँग किन आक्रोश? भन्ने प्रश्‍न… Read More

देशमा कोरोना रोगीहरूको संख्या 18 लाखमाथि 

देशमा कोरोना रोगीहरूको संख्या 18 लाखमाथि 

नयाँ दिल्ली, 03 अगस्त (हिस)। देशमा कोरोना रोगीहरूको संख्या 18 लाखमाथि पुगेको छ। गत 24 घण्टामा कोरोनाको 52,972 नयाँ मामिला अघि आएको छ। यसका साथै कोरोना रोगीहरूको संख्या बढ़ेर 18,03,696 पुगेको छ। त्यही, कोरोनाले गत 24 घण्टामा 771 जनाको मृत्यु भयो। यसका साथै यस रोगबाट मर्नेहरूको संख्या 38,135 सम्म पुगेको छ। केन्द्रिय स्वास्थ्य मन्त्रालयद्वारा सोमबार जारी आंकड़ाहरू अनुसार, देशमा 5,79,357 सक्रिय रोगी छन्। त्यही, देशमा गत 24 घण्टामा 40,573 रोगी स्वस्थ भएका छन्। यसका साथै कोरोनाबाट अहिलेसम्म 11,86,203 रोगी स्वस्थ भईसकेका छन्। देशको रिकवरी रेट बढ़ेर 65.76 प्रतिशत भएको छ।

भारत-चीनबीच 10 घण्टाको वार्ता परिणाम बिनै टुंगियो 

भारत-चीनबीच 10 घण्टाको वार्ता परिणाम बिनै टुंगियो 

नयाँ दिल्ली, 03 अगस्त (हिस)। भारत र चीनका सैन्य कमाण्डरहरूबीच पाँचौं चरणको अहम बैठक लगभग 10 घण्टासम्म चल्यो तर पूर्वी लद्दाखको डेप्साङ मैदानी क्षेत्र, पेङ्गोङ झील र गोगरा-हट स्प्रिङ्ग्स क्षेत्रको विवादित मुद्दाहरूको कुनै समाधान निस्केन। आइतबार बिहान लगभग 11 बजीदेखि यो बैठक लद्दाखमा चीनतिर स्थित मोल्डोमा भयो। तीनै क्षेत्रबाट चीन पछि हट्न तयार छैन, यसैले एक पल्ट फेरि भारतले कड़ाईको साथ एलएसीमा 05 मई पहिलेको स्थिति बहाल नगरी अब अघि चीनसित वार्ता नहुने भन्यो। भारतको तर्फबाट सेनाको 14औं कोरका कमाण्डर लेफ्टिनेन्ट जनरल हरिन्दर सिंह र चीनको तर्फबाट दक्षिण शिनजियाङको सैन्य जिल्ला प्रमुख मेजर जनरल लियू लिन आइतबार बिहान 11 बजीतिर चीनतरि स्थित मोल्डोमा पुनः मुखामुखी बसे। यो बैठक राति लगभग 9 बजी समाप्त भयो। 10 घण्टाभन्दा अधिक समयसम्म चलेको बैठकमा चीन र भारतका कोर कमाण्डरहरूले पूर्वी लद्दाखको डेप्साङ मैदानी क्षेत्र, पेङ्गोङ झील र गोगरा-हट स्प्रिङ्ग्स क्षेत्रको विवादित मुद्दाहरूमाथि चर्चा गरे। भारतले चीनलाई पेङ्गोङ क्षेत्रबाट पूरै हट्नलाई भन्यो किनभने भारत र चीनबीच पेङ्गोङ झीलको उत्तरी तट मुख्य समस्या बनेको छ। 14 जुलाईमा बसेको चौथो चरणको बैठकमा पनि चीनसित पेङ्गोङ झील र फिङ्गर क्षेत्रलाई पूर्ण रूपमा खाली गराउनमाथि चर्चा भएको थियो, जसमा सहमति पनि बनेको थियो तर यी 20 दिनभित्र चीनले पछि हट्नको साटो यस क्षेत्रमा नयाँ तैनाती गरेको छ। सेटेलाइटमा कैद… Read More

मन्दिरको निर्माण, मूल्य-मान्यताको प्रतिष्ठापन

मन्दिरको निर्माण, मूल्य-मान्यताको प्रतिष्ठापन

केही दिनभित्र अयोध्यामा ऐतिहासिक घटनाको हामी साक्षी बन्नेछौं। त्यो घटना जसले हामीलाई हाम्रो समृद्ध सांस्कृतिक धरोहरसँग साक्षात्कार गराउनेछ। जुन घटनाले करिब दुई हजार सालअघि लेखिएको शाश्वत् महाकाव्यको स्मरण गराउनेछ, जुन हाम्रो सामूहिक चेतनाको अंश बनेको छ। त्यो घटना, जसले हामीलाई अभिमन्त्रित गराउनेछ, जहाँ ती अनुकरणीय व्यक्तित्त्व, असाधारण व्यक्ति तथा ईश्वरको रूपमा भक्ति गरिने व्यक्ति, जुन व्यक्तिको जीवन मूल्य सामाजिक व्यवस्था कायम गर्न महत्त्वपूर्ण छ, उनको निम्ति मन्दिर निर्माण गरिनेछ।यो स्वतःस्फूर्त रूपमा उत्सव मनाउने र विगतका प्रतिष्ठालाई साक्षात् बनाउँदै हामीले अनुपालन गर्ने मूल्य मान्यता प्रतिष्ठापित गर्ने अवसर पनि हो। वास्तवमा, यदि हामीले रामायणको सारतत्त्व सही अर्थमा बुझ्दै धार्मिक आचार व्यवहारबारे भारतीय दर्शन चेतना सही अर्थमा बुझ्ने कोशिश गरे, यस क्षणले सामाजिक-आध्यात्मिक पुनरूद्धारतर्फ अग्रगमन गराउन सक्नेछ। रामायणले सम्पुटित गर्ने परिकल्पना कति सर्वव्यापी छ भने यसले दक्षिणपूर्वी एशियाका अनेकौं मुलुकमा विराट् अनि सुस्पष्ट प्रभाव छोडेका छन्। वेद अनि संस्कृतका ज्ञाता आर्थर एन्थोनी म्याकडोनेल अनुसार भारतीय शास्त्रहरूमा उल्लेखित रामको आदर्श पन्धनिरपेक्ष स्वरूपमा हुनका साथै त्यसको प्रभाव जनमानसमा अढाई सहस्राब्दीभन्दा धेरै समयदेखि रहँदै आएको छ। रामायणले अनेकौं कवि, नाटककार, नर्तक, सङ्गीतकार तथा लोक कलाकारहरूलाई भारतमा मात्र नभएर दक्षिणपूर्वी एशियाली मुलुकहरू जस्तै जाभा, बाली, मलाया, बर्मा, थाइल्याण्ड, कम्बोडिया अनि लाओसका जनमानसलाई आकर्षित गरेको छ। थाइल्याण्ड जस्ता देशमा राजाहरूको नामाकरण राममाथि गरिन्छ भने चौधौं शताब्दीतिर स्थापित अधिराज्यको… Read More

हाम्रो माग स्थायी राजनीतिक समाधान हो, बैठकमा हामी सहभागी बन्दैनौं: रोशन गिरी

हाम्रो माग स्थायी राजनीतिक समाधान हो, बैठकमा हामी सहभागी बन्दैनौं: रोशन गिरी

गान्तोक, 30 जुलाईः केन्द्रिय गृह मन्त्रालयकी निदेशक (सीएस-2) रेनु सरिनद्वारा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए)-सित सम्बन्धि मुद्दालाई केन्द्र गरी आगामी 7 अगस्तको दिन नयाँ दिल्लीको नर्थ ब्लकस्थित कोठा सङ्ख्या-119 मा गृह सचिवको अध्यक्षतामा सम्पन्न हुने बैठकमा सहभागी हुन पश्चिम बङ्गालका गृह सचिव, दार्जीलिङका जिल्लाशासक, जीटीएका प्रधान सचिव, जीटीएका मुख्य कार्यपालका प्रतिनिधि, गोर्खा जनमुक्ति मोर्चाका प्रतिनिधिलाई पत्राचार गरेपछि सामाजिक सञ्जालमा यस विषय लिएर निकै तनातनी भइरहेको छ। यसै सन्दर्भमा गोजमुमो (विमलपन्थी)-का महासचिव रोशन गिरीले एक बयान जारी गरेर स्पष्टीकरण दिएका छन्। महासचिव गिरीले लेखेको बयानमा आफ्नो पार्टीले केन्द्र सरकारसमक्ष बारम्बार स्थायी राजनीतिक समाधानका लागि बैठक डाक्न निवेदन गर्दै आएको बताएका छन्। “हामीले केन्द्र सरकारसँग बारम्बार स्थायी राजनीतिक समाधानको निम्ति वार्ता डाक्न निवेदन गरेका हौं, जीटीए व्यवस्थाको समीक्षा गर्नलाई होइन। गत 29 जनवरी, 2015 मा जीटीएको अन्तिम समीक्षा सभा भएको थियो। आज आएर पाँच वर्ष पछाडि त्यो व्यवस्थाको समीक्षा सभा गर्नु कुनै औचित्य रहँदैन। जीटीएका मुख्य कार्यपाललगायत हामी सबै सभासद्ले 23 जून, 2017 मै जीटीए पदत्याग गरेका हौं।” भाजपाले आफ्नो सङ्कल्प पत्रमा पनि गोर्खा जनमुक्ति मोर्चा (विमलपन्थी) पार्टीको मुद्दा स्थायी राजनैतिक समाधान तथा छुटेका 11 जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्ने विषयलाई समावेश गरेको गिरीले उल्लेख गरेका छन्। “सङ्कल्प पत्रमा जीटीएको कहीँकतै उल्लेख छैन। हाम्रो केन्द्र सरकारसँग वार्ता स्थायी राजनैतिक समाधान र छुटेका 11… Read More