कोरोनालाई हराउन सेना कति तयार  

कोरोनालाई हराउन सेना कति तयार  
Please Like and Share our website Samay Dainik

 

आर.के. सिन्हा 
देशको सीमानाहरूको रक्षा गर्ने विषय होस अथवा कुनै प्राकृतिक आपदाको स्थिति, भारतीय सेना कहिले पनि आफ्नो जिम्मेवारीबाट पछि हट्दैन। यसलाई देशले बारम्बार हेर्दै आएको छ। तर, यसपल्ट कोरोना भाइरसको संकट एकदमै ठूलो र धेरै खतरनाक छ, तरै पनि सेनाले देशलाई सरकारको कुनै पनि आदेशपछि तत्काल कोरोनासित लड़न तयार रहेको भरोसा दिलाएको छ। वर्तमान संकटमा सेना कुनै पनि कदम उठाउन तयार छ। यस अतिरिक्त सेना मेडिकल फील्डमा पनि मददको निम्ति तयार रहेको छ। सेनाको मेडिकल कोर पनि एक अत्यन्त सक्षम मेडिकल सेवा हो। कोरोनासित लड़ाई गर्न निश्चितरूपमा सेनाको साढ़े 8 हजारभन्दा धेरै डाक्टर र हजारौं नर्स अनि प्यारामेडिकल स्टाफ देशभरि एकजुट छन्। उनीहरू सबै पूर्णरूपमा ट्रेन्ड डाक्टरहरू हुन्। उनीहरू बाहेक सेनाका हाजारौं रिटायर डाक्टरहरूको पनि सेवा लिन सकिन्छ। उनीहरूले पनि यो आपातकालीन स्थितिमा दिन रात एक गर्न आफ्नो कम्मर कसेर बसेका छन्। उनीहरू सबै कोरोनाको कहरसित लड़न तयार छन्। कोरोना जस्तो महामारीको स्थितिमा आपातकालीन आन्तरिक अनुशासन र नागरिक सहभागिता अपरिहार्य हो। सेनाका सबै कर्मीहरू यसमा प्रशिक्षित छन्। उनीहरूको अभावमा लड़ाई जित्न सम्भव छैन। अझ एउटा कुरा, सेनाको सबै प्रमुख शहरहरूमा अत्याधुनिक अस्पताल छन्। त्यहॉं कोरोना भाइरसको चपेटमा आएका रोगीहरूको सही उपचार गर्न सकिन्छ। देशमाथि आएको कोरोना भाइरसको भयानक संकटको समय डाक्टर, नर्स, पुलिस, सरकारी बाबू, सफाई योद्धा आदिलाई पनि सेनाको सहयोग प्राप्त हुन सक्छ। याद राख्नुहोस, यस्ता कठिन परिस्थितिहरूमा सेना, सरकारी तन्त्र र नागरिकहरूको मनोबल ढगमगाउने कुनै यस्तो कार्य गर्नु हुॅंदैन। यस्तो कुनै पनि कदम आत्मघाती हुन सक्छ। यो समय गल्तीहरू निकाल्नु उचित होइन। तर, सेनालाई पनि अहिले औपचारिक रूपमा सरकारले कोरोना विरूद्ध लड़ाई गर्न आदेश दिएको छैन। तर, सेना आफ्नै स्तरमा तयार छ र सक्रिय पनि। सेनाले कोरोनासित लड़नको निम्ति क्वारन्टाइन सुविधाहरू आफ्नो सबै क्यान्ट र अस्पतालहरूमा तयार गरिरहेको छ। यसको निम्ति सेनाले आफ्नो अस्पतालहरूमा लगभग 9 हजार बेड अगावै तयार गरिसकेको छ। आवश्यकता परेको खण्डमा दुई तीन गुणा बढ़ाउन पनि सक्षम छन्। यस अतिरिक्त धेरै क्वारन्टाइन सुविधाहरू देशका विभिन्न ठाउॅंहरूमा चलिरहेको छ। डिफेन्स पब्लिक सेक्टर यूनिटले आवश्यक मेडिकल उपकरणहरू पनि उत्पादन गरिरहेको छ र उत्पादन गर्न आर्म्ड कोरको फ्याक्ट्रीहरू तत्काल तयार गर्न सक्षम छन्। अर्कोतिर, एयरफोर्सले जम्मू-कश्मीर, लद्दाख, मणिपुर र नागाल्याण्डमा मेडिकल सप्लाई पुऱ्याउने काम गरिरहेको छ। सेनाध्यक्ष एमएम नरवणे अनुसार सेनासित ‘6 घण्टा’ को प्लान तयार छ, जसअन्तर्गत तत्काल आइसोलेशन सेन्टर र आईसीयूको श्रृंखला तयार गर्न सकिन्छ। सेनाले एनसीसीका 25 हजार क्याडेट्सलाई सिविल प्रशासनको मदद गर्न तयार राखेको छ। मेडिकल कर्मचारीहरूलाई एक ठाउॅंदेखि अन्य ठाउॅंमा पऱ्याउने कार्यका साथै एयरफोर्स मेडिकल सप्लाई जस्तै पर्सनल प्रोटेक्टिव इक्यूपमेन्ट, ह्याण्ड सेनिटाइजर, सर्जिकल ग्लोब्स, थर्मल स्क्यानर पनि स्पलाई गरिरहेको छ। देशमा कोनोराको खतरा बढ़ेको खण्डमा भारतीय सेना पनि यो महायुद्धमा आउन तयार रहेको छ। कोरोनासित युद्धमा सबैभन्दा संवेदनशील स्थिति नजिक आएपछि चिकित्सासित सम्बन्धित सबै सर सामग्री लैजानको निम्ति वायु सेनाको ट्रान्सपोर्ट विमान सदैव तयार रहेको छ। युद्धपोत पनि कुनै पनि स्थितिको निम्ति अलर्टमा छ। यसै बीच, यो कुरा सबैले याद राख्नुपर्नेछ कि यो समयमा सबै एक साझा उद्देश्यको पूर्तिको निम्ति सरकारको निर्देशनमा कार्य गर्नुपर्छ। यो संकटको समयमा सरकार र महामारी नियन्त्रणमा लागेका अधिकारीहरू तथा पुलिसद्वारा लगाइएका प्रतिबन्धहरू र आदेशहरूको पालन गर्नुपर्छ। अनावश्यक रूपमा सर सामग्री किन्ने र भण्डारण नगरौं। कुनै सामग्रीको कमी छैन र आपूर्तिको समुचित प्रबन्ध गरिएको छ। यदि हामीले पछाड़ी फर्केर हेऱ्यौं भने हामीलाई थाहा लाग्नेछ कि सेनाले आपदाहरूको समय बचाउ कार्यमा एकदमै उल्लेखनीय कार्य गरेको छ। केही वर्ष अघि उत्तराखण्डमा आएको भयावह बाढ़ र पैह्रोपछि सेनाले युद्धस्तरमा राहत एवं बचाउ कार्य चलाएको थियो। त्यस समय सेनाले अन्य एजेन्सीहरूसित मिलेर दुर्गम क्षेत्रहरूमा फॅंसेका हजारौं मानिसहरूलाई सुरक्षित स्थानसम्म पुऱ्याएको थियो। देवभूमि उत्तराखण्डमा बाढ़को समय राहत एवं बचाउ कार्यमा भारतीय वायुसेनाका जवानहरूले साहसी कार्य गरेका थिए। आफ्नो ज्यान खतरामा हालेर आफ्नो कर्तव्य निर्वाह गरेका थिए। भारी वर्षाबीच भारतीय सेनाले अस्थायी फुटबिज्र, बॉंध र वैकल्पिक मार्गहरू तयार गरेर सुदूर गाउॅंहरूसित सम्पर्क स्थापित गर्न दिन रात काम गरेका थिए। यस्तै तत्परता सेनाले नेपालको भुॅंइचालो र कश्मीर घाटीको बाढ़को समयमा पनि देखाएको थियो। विगतका आपतकालीन स्थितिहरू जस्तै सेनाले आफुलाई पूर्णरूपमा तयार गरिसकेको छ। भारतीय सेनाका जवानहरूलाई कोरोना भाइरसको सम्बन्धमा विस्तारसित बताइएको छ। यसकारण सेना कोरोनासित लड्नको निम्ति तयार छ। सेनाले आफ्नो स्तरमा पनि नागरिक प्रशासनलाई आवश्यकता पर्दा मदद गरिरहेको छ। गुजरातमा भुॅंइचालो र कश्मीर, उत्तराखण्ड तथा केरलमा बाढ़पछि सेना बचाउ एवं राहत अभियानमा लागिपरेको थियो। कश्मीरमा सेनाले निरन्तर ढुङ्गाको प्रहार सहेर पनि आफ्नो धर्म निर्वाह गरेका थिए। धिक्कार छ, कन्हैया कुमार र शेहला रशीदहरूलाई जसले सेनाका यी जवानहरूमाथि तुच्छ आरोप लगाउने गर्छन्। शेहला रशीदको आरोपहरूमा यदि सत्यता हुॅंदो हो त देश आज उनीसित उभिएको हुने थियो। तर, उनले मीडियामा चर्चा बटुल्न सेनामाथि आरोप लगाइन्। शेहलाले गत 18 अगस्तमा धेरै ट्वीट गरेकी थिइन्, जसमा सेनामाथि कश्मीरीहरूमाथि अत्याचार गरेको आरोप लगाएकी थिइन्। सेनाले उक्त आरोपहरू असत्य रहेको बताएको थियो। यसपछि दिल्ली पुलिसको स्पेशल सेलले शेहला विरूद्ध देशद्रोहको मामिला दर्ता गरेको थियो। आज जब देश र संसारमा संकट आइलागेको छ, कन्हैया कुमार, हर्ष मन्दर र शेहला रशीद जस्ता व्यक्तिहरू हराएका छन्। उनीहरू किन नागरिकहरूको मददको निम्ति मैदानमा आउॅंदैनन्? प्रत्येक विषयमा सरकारमाथि औंला उठाउन यी प्रगतिशीलहरूसित के देशले यति पनि आशा नगर्नु? अहिले देशमा करोड़ौं हिन्दुस्तानी र सेना कुनै पनि विपरित स्थितिको सामना गर्न तयार रहेको छ। एउटा कुरामा देशले सन्तोष गर्न सक्छ कि कोरोना भाइरसमाथि हामी चॉंड़ै विजय हासिल गर्ने छौ।
 (लेखक वरिष्ठ सम्पादक एवं स्तम्भकार हुन्)

कोरोनालाई हराउन सेना कति तयार  


Please Like and Share our website Samay Dainik

Related posts

One Thought to “कोरोनालाई हराउन सेना कति तयार  ”

  1. Drug Rehab Near Me

    aaa rehab

Leave a Comment