कसरी बन्यो पाक एम्बेसी भारतको जासूसीको अड्डा ?

कसरी बन्यो पाक एम्बेसी भारतको जासूसीको अड्डा ?
Please Like and Share our website Samay Dainik
  • 484
    Shares

आर.के. सिन्हा 
भारतको इस्लामाबादस्थित उच्चायोगका दुई वरिष्ठ कर्मीलाई पाकिस्तानले जसरी लाजमर्दो तरिकाले प्रताड़ित गऱ्यो, त्यसपछि भारत सरकारले दिल्लीस्थित पाकिस्तानी उच्चायोगबाट उसका कर्मचारीहरूको संख्या 50 प्रतिशत घटाउन दिएको आदेशलाई सर्वथा सही मान्न सकिन्छ। अब त यो स्पष्ट भइसकेको छ कि इमरान खान सरकार पनि भारतसित आफ्ना तमाम मुद्दाहरू समाधान गर्न अलिकति पनि गम्भीर छैनन्। इमरान खानभन्दा पहिलेका सरकारहरूले पनि भारतलाई परोक्षरूपमा कमजोर गर्ने नै चेष्टा गरिरह्यो। उनीहरूमा सोझै भारतलाई टक्कर दिने आँट भने छैन। उनीहरू के सोच्छन् भने, भारतमा आफ्नो उच्चायोगमा खुफिया एजेन्सी आईएसआईका गुप्तचरहरू पठाएर भारतलाई कुनै न कुनै रूपमा हानि पुऱ्याउने रणनीति बनाउॅंदै गरौं र देशभित्र लुकेका पाक समर्थक गद्दारहरूलाई हर प्रकारको मदद पुऱ्याउॅंदै गरौं।
भारत सरकारलाई यी सबै कुराहरू राम्ररी थाहा पनि छ। यो कुरा भिन्नै हो कि कतिपय कारणवश अहिलेसम्म कड़ा निर्णय लिन भने बेवास्ता गर्दै आएको थियो। अहिले आएर मोदी-शाहको जोड़ीले कड़ा निर्णय लिएको छ। यसकारण नै पाकिस्तानलाई उच्चायोगका कर्मीहरूको संख्या घटाउने आदेश दिएको छ। वास्तवमा पाकिस्तानी सेना र आईएसआईका कर्मीहरू दिल्लीमा राजनयिकको मुकुण्डो लगाएर आउने गर्छन्। उनीहरू भारतमा आएर भारतीय सेनासित सम्बन्धित महत्वपूर्ण दस्तावेज हात पार्न लागिरहने गर्छन् र धेरैपल्ट सफल पनि हुन्छन्। यसका साथै यीनीहरूको अर्को काम आतङ्कवादी संगठनहरूलाई मल-जल गर्नु र मार्गदर्शन गर्नु पनि हो। यो कुरा सबैलाई थाहा भएकै हो कि पाकिस्तानी उच्चायोगमा कश्मीरी अलगाववादीहरूलाई ज्वाई जस्तै सम्मान दिइने गरिन्छ। तर, केन्द्रमा मोदी सरकार आएपछि अहिले सबै बन्द भएको छ।
तपाईहरूलाई पाकिस्तानी जासूस निशान्त अग्रवालको नाम याद हुनुपर्ने। पाकिस्तानलाई ब्रह्मोस मिसाइलको जानकारी लीक गरेको आरोपमा उसलाई पक्राउ गरिएको थियो। उसले पाकिस्तानी कर्मचारीहरूबाट पैसा लिएर नै कथितरूपमा सूचना लीक गर्ने गर्थे। देशमा अझै पनि जयचन्द जस्ता सयौं ‘आस्तीन के सांप’ उपस्थित छन्। गत मई महिनामा दिल्ली पुलिसले पाकिस्तान उच्चायोगका दुई अधिकारीलाई जासूसी गरिरहेकै अवस्थामा समातेको थियो। यीनीहरूको नाम आबिद हुसैन र ताहिर हुसैन थियो। भारतले डिप्लोमेटिक इम्यूनिटीका कारण यीनीहरूमाथि एक्शन नलिएर 24 घण्टाभित्र देश छोड्न लगाएको थियो।
सरकारले पाकिस्तानी उच्चायोगको ग​तिविधिहरूमाथि अझ कड़ा नजर राख्नुपर्नेछ भने आफ्नै देशसित गद्दार गर्नेहरूलाई पनि समातेर कड़ा सजाय दिनुपर्छ। यीनीहरू केही पैसाको निम्ति भारत मातालाई धोका दिने काम गरिरहन्छन्। यीनीहरूले ती हजारौं यौद्धाहरूको अनादर गरिरहेका छन्, जसले आफ्नो प्राणको आहुति दिइरहेका छन्। देशका कुनै पनि नागरिकले यदि पाकिस्तानलाई महत्वपूर्ण जानकारी दिन्छ भने उसलाई मृत्युदण्ड हुनुपर्छ।
पाकिस्तानी खुफिया एजेन्सीको निम्ति जासूसी गर्ने निशान्त अग्रवालको मामिला एकदमै गम्भीर थियो। उसले ब्राह्मोस मिसाइलको सीक्रेट्स आईएसआईलाई विक्री गरिरहेका थिए। उनी रक्षा मन्त्रालयअन्तर्गत डीआरडीओ संस्थानमा वैज्ञानिक थिए। देशलाई धोका दिनेहरूलाई सोध्नु पर्छ कि उनीहरूले कुन लालचमा आएर यसरी देशलाई धोका दिने काम गरिरहेका छन्?
यदि हामीले पछि फर्केर हऱ्यौं भने सन् 2016 मा पाकिस्तान उच्चायोगमा काम गर्ने महमूद अख्तरलाई अवैधरूपमा संवेदनशील दस्तावेज प्राप्त गरेको आरोपमा पक्राउ गरिएको थियो। भारत सरकारले उसलाई पनि पाकिस्तान पठाएको थियो। यसको अर्थ, पाकिस्तानी उच्चायोग भारतको जासूसी गर्ने अड्डा बनेको छ। हेर्नुहोस, विभिन्न राष्ट्रले एक अर्काका देशहरूमा आफ्नो उच्चायोग/दूतावास यसकारण खोल्छन्, किनकि दुवै देशबीचको सम्बन्धलाई अझ बलियो बनाउन सकियोस। केही देशहरूले अझ अगाड़ी बढ़ेर आफ्नो सांस्कृतिक केन्द्र र लाइब्रेरी पनि खोल्छन्। नयॉं दिल्लीमा अमेरिका, इटली, ब्रिटेन, स्पेन, रूस आदि देशहरूका कल्चरल सेन्टर पनि छन्।
यसमा कला र संस्कृतिसित सम्बन्धित गोष्ठी, चर्चा र अन्य कार्यक्रमहरू हुने गर्छ। यसरी नै अमेरिका, ईरान, जापान आदि देशहरूले दिल्लीमा आफ्नो स्कूल पनि खोलेको छ। यसमा यी देशहरूका यहॉं बसोबासो गर्ने नागरिकहरूका नानीहरू पढ़छन्। पाकिस्तान उच्चायोगले यी सबै सार्थक अनि रचनात्मक गतिविधिहरूबाट आफैलाई टाड़ा राख्छ। त्यहॉंबाट केवल भारतको जासूसी हुन्छ। हेर्नुहोस, कति घटिया राष्ट्र हो पाकिस्तान। सन् 1960 मा बनेको पाकिस्तान उच्चायोगको भवनमा अहिलेसम्म कुनै राम्रो कार्यक्रम भएको स्मरण छैन। भारत सरकारले 1985 पछि राजधानीको चाणक्यपुरी क्षेत्रमा विभिन्न देशहरूलाई आफ्नो दूतावास र उच्चायोगको निर्माण गर्न प्लट आवण्टित गरेको थियो। पाकिस्तानले भारतसित आफ्नो सम्बन्धमा सुधार गर्नेछ भन्ने आशामा पाकिस्तानलाई पनि एउटा राम्रो प्लट प्रदान गरिएको थियो। तर, पाकिस्तानले भारतलाई निराश नै गरेको छ। पाकिस्तान न नै चेतियो न नै सुध्रियो। पाकिस्तानको गर्भनालमा भारत​ विरूद्ध घृणा नै भरिएको छ। पाकिस्तानले भारत एउटा विश्व शक्ति बनोस भन्ने चॉंहदैन। यो कुरा भिन्नै हो कि उसले नचाहॅंदा पनि भारत संसारको सैन्य अनि आर्थिक दृष्टिमा एक शक्ति बनिसकेको छ।
तर, पाकिस्तानको घटियापनलाई अदेखा गर्दै भारतले पाकिस्तानलाई कुनै प्रकारको क्षति पुऱ्याउने पहल गरेको छैन। यो हाम्रो स्वभाव हो। तर, हाम्रो उदारतालाई हाम्रो कमजोरीको रूपमा हेरिनु थालिएको छ। यसलाई ठीक गर्नु पर्नेछ।
पाकिस्तानले भारतसित 1948, 1965, 1971 र कारगिलको युद्धमा हारको सामना गर्नु परेको भए पनि झगड़ा गर्नु खोजी बस्छ। पाकिस्तानले वर्ष 2008 मा मुम्बईमा फिदायीनी हमला गराएको थियो। अब हाम्रा दुई राजनयिकसित जे पनि गऱ्यौ त्यसले उनीहरूको आशय स्पष्ट भएको छ।पाकिस्तान सरकारको छत्रछायामा मौलाना अजहर महमूद र हाफिज सईदले भारत विरूद्ध आफ्नो स्तरमा आतङ्कवादी लड़ाइ लडिरहेको छ। कसलाई थाहा छैन र कि मौलाना अजहर र उनको संगठन जैश ए मोहम्मदलाई आईएसआईले खुल्लारूपमा मदद गरिरहेको छ। जैश भारतको परिचित दुश्मन हो। जैशले पंजाबमा रहल पहल खालिस्तानी आतङ्कवादीहरूलाई फेरि उठाउने प्रयास गरिरहेको छ। जैश एकदमै खतरनाक आतकङ्कवादी संगठन हो। भारतको सुरक्षा एजेन्सीहरूले यसलाई भारतमा पाल्नेहरूलाई पनि समाप्त गर्नुपर्छ। पाकिस्तानमा कठपुतलीहरूले खुल्लारूपमा भारतको विरोध गर्छन्। तर, पाक सरकार एक शब्द बोल्दैन। कसरी बोल्न? उसकै इशारामा त यी कठपुतलीहरू सक्रिय छन्। तर भारत यीनीहरूलाई नष्ट गर्न सक्षम छ र अब ढिलाई गर्नुपर्ने आवश्यकता पनि देखिॅंदैन। जब पापको घैंटो भरिन्छ, त्यसलाई फुटाउनु नै उचित राजधर्म हो।
(लेखक वरिष्ठ सम्पादक, स्तम्भकार एवं पूर्व सांसद हुन्)

कसरी बन्यो पाक एम्बेसी भारतको जासूसीको अड्डा ?


Please Like and Share our website Samay Dainik
  • 484
    Shares

Related posts

Leave a Comment