प्रान्त वा धर्मको नाममा सेनालाई विभाजन नगर्नुहोस

प्रान्त वा धर्मको नाममा सेनालाई विभाजन नगर्नुहोस
Please Like and Share our website Samay Dainik

वास्तवमा भारतीय सेना आफैमा एक लघु भारत हो। यसमा हिन्दू, मुसलमान, सिख, इसाई सबै छन्। सबैले आफ्नो खूनले भारतको सीमाको रक्षा गरेका छन्। यो जोशले नै भारतीय सेनालाई संसारकै सर्वश्रेष्ठ सेना बनाउॅंछ-आर.के. सिन्हा 

भारत-चीनबीच हालैमा भएको निसस्त्र संघर्षमा हाम्रा शूरवीरहरूले दुश्मन सेनालाई राम्रो पाठ पढ़ाएको छ। उनीहरूका पराक्रमलाई सारा संसारले देखे। लद्दाखको गलवान घाटीमा लगभग 14 हजार फुटको उॅंचाईमा भएको संघर्षमा शहीद भएका भारतीय भौजी बिहार रेजीमेन्टको 16औं बटालियनका थिए। त्यसमा ​अधिकांश बिहार र झारखण्डका जवानहरू थिए। तर, उनीहरू सबै देशको सीमा रक्षाको निम्ति लडिरहेका थिए। अर्कोतिर, केही संकुचित मानसिकता भएका मानिसहरूले बिहार रेजीमेन्टको अर्थ बिहार सम्झिरहेका छन्। ती शूरवीरहरूमाथि सारा भारतवासीहरूलाई गर्व छ। शहीद भएका यौद्धा त त्यसै पनि देशका अलग-अलग राज्यबा​ट थिए। बिहार रेजीमेन्टलाई जसले बिहारसित जोडिरहेका छन्, उनीहरूले भारतीय सेनाको अखिल भारतीय चरित्रमाथि घोर अन्याय गरिरहेका छन्।
भारतीय सेनालाई धर्म, जाति, प्रान्तमा विभाजन गर्नेहरूलाई कड़ा जवाफ दिनु आवश्यक छ। बिहार रेजीमेन्टमा केवल बिहारी मात्र हुॅंदैनन् भन्ने कुरा यीनीहरूलाई कसले सम्झाउने। यो कुरा हरेक ती व्यक्तिहरूलाई थाहा छ जसलाई सेनाको चरित्रबारे अलिकति पनि जानकारी छ। सीमामा तमिल वा बिहार होइन, हिन्दुस्तानीले लड़ाई गर्छन्। उनीहरूलाई पंजाबी, बिहारी वा बंगाली आदिमा विभाजन नगर्नुहोस। जुन मानिसहरूले बिहार रेजीमेन्टलाई केवल बिहार प्रान्तको रेजीमेन्ट बताइरहेका छन्, उनीहरूलाई हुनु पर्ने कि लद्दाखमा त्यही रेजीमेन्टका कमाण्डिङ अफिसर कर्नल बी. संतोष बाबू तेलंगानाको सूर्यापेट निवासी थिए। उनी पनि त शहीद भए।
चीनलाई मार्दामार्दै शहीद हुनेहरूमा बी. संतोष बाबूबाहेक सूबेदार एन सोरेन, मयूरभंज (उड़ीशा), सूबेदार मनदीप सिंह, पटियाला (पंजाब), हवलदार के पलानी, मदुरै (तमिलनाडु), हवलदार सुनील कुमार, पटना (बिहार), हवलदार बिपुल रॉय, मेरठ सिटी (उत्तर प्रदेश), सूबेदार सतनाम सिंह, गुरदासपुर (पंजाब), दीपक कुमार, रीवां (मध्य प्रदेश), सिपाही कुंदन कुमार ओझा, साहिबगंज (झारखंड), सिपाही राजेश ओरंग बीरभूम (पश्चिम बंगाल), सिपाही गणेश राम, कांकेर (छत्तीसगढ), चंद्रकांत प्रधान, कंधमाल (उड़ीशा), सिपाही अंकुश, हमीरपुर (उत्तर प्रदेश), सिपाही गुरबिंदर, संगरूर (पंजाब), सिपाही गुरतेज सिंह, मनसा (पंजाब), सिपाही चंदन कुमार, भोजपुर (बिहार), सिपाही अमन कुमार, समस्तीपुर (बिहार), सिपाही जयकिशोर सिंह, वैशाली, (बिहार) आदि सामेल थिए।
अब तपाईहरूले बुझ्नुहुन्छ कि बिहार रेजीमेन्टमा बिहारका साथै पंजाब, झारखण्ड, झत्तीगढ़, तेलंगाना आदिका जवानहरू पनि थिए। हुन त बिहार रेजीमेन्टल सन्टेर पटना छेउ दानापुरमा छ, अत: अधिकांश जवानहरू बिहार र झारखण्डकै हुन्छन्। अफिसर त कतैबाट पनि आउन सक्छन्। यी तथ्यहरूपछि पनि बिहार रेजीमेन्टमा सबै बिहारी मात्र थिए भन्नु कति सही हो। यसकारण यो कुरा बुझ्नु पर्छ कि जाट रेजीमेन्ट, गोर्खा रेजीमेन्ट वा अन्य कुनै पनि रेजीमेन्टमा देशका सबै भागका जवानहरू हुन सक्छन्। यदि हामीले पछि फर्केर हेऱ्यौं भने बिहार रेजीमेन्टको गठन सन् 1941 मा अंग्रेजहरूले गरेका थिए। यसको गठन 11औं (टेरिटोरियल) बटालियन र 19औं हैदराबाद रेजीमेन्टलाई नियमित गरेर अनि नयॉं बटालियनको गठन गरेर गरिएको थियो। यो भारतीय सेनाको सबैभन्दा पुरानो पैदल सेना रेजीमेन्टमध्ये एक हो।
भारतीय सेनाका बिहारसित सम्बन्धित सबैभन्दा महान यौद्धा र समर नीतिका जानकार परम विशिष्ट सेवा मेडल लेफ्टिनेन्ट जनरल (अवकाशप्राप्त) श्रीनिवास कुमार सिन्हालाई मानिन्छ। उनी असम, जम्मू कश्मीर र अरुणाचल प्रदेशका राज्यपाल पनि रहेका थिए। उनको जन्म बिहारको गयामा भएको थियो। उनी वर्ष 1943 मा सेनामा सामेल भएका थिए र उनलाई गोर्खा रेजीमेन्टमा पदस्थापित गरिएको थियो। जब पाकिस्तानी कबायलीहरूले वर्ष 1947 मा हमला गरेका थिए, तब जम्मू कश्मीरमा प्रवेश गर्ने भारतीय सैनिकहरूको पहिलो जत्थामा उनी पनि सामेल थिए। जब इन्दिरा सरकारले 1983 मा उनको वरिष्ठतालाई अदेखा गर्दै उनको ठाउॅंमा जनरल अरुण श्रीधर वैद्यलाई भारतीय सेनाको प्रमुख नियुक्त गरे, उनले सेनाबाट राजीनामा दिएका थिए। उनी वर्ष 1990 मा नेपालमा भारतका राजदूत पनि नियुक्त भएका थिए। उनले पॉंचवटा पुस्तक पनि लेखेका छन् जसमा ‘ए सोल्जर रिकाल्स’ नामक आत्मकथा उनको प्रमुख पुस्तक हो। उनी बिहार रेजीमेन्टबाट होइन, तर गोर्खा रेजीमेन्टबाट थिए। सेनालाई कुनै पनि प्रदेशसित जोड्नेहरूको निम्ति अझ दुईवटा उदाहरण दिन चहान्छु।
पहिलो सेम होर्मूसजी फ्रेमजी जमशेदजी मनेकशाको। उनको नेतृत्वमा भारतीय सेनाले सन् 1971 मा भएको भारत पाकिस्तान युद्धमा विजय प्राप्त गरेको थियो, जसको परिणामस्वरूप बांग्लादेश बन्यो। एक पारसी परिवारमा उनको जन्म अमृतसरमा भएको थियो। उनको परिवार गुजरातको शहर वलसाडबाट पंजाब आएका थिए। मानेकशाले प्रारम्भिक शिक्षा अमृसरमा प्राप्त गरे, पछि उनी नैनीतालको शरेवुड कलेजमा भर्ती भए। उनीलाई पनि गोर्खा रेजीमेन्टमा नै सामेल गरिएको थियो। जनरल फर्दुन बिलीमोरिया पनि हैदराबादको पारसी परिवारका थिए र गोर्खा रेजीमेन्टकै अधिकारी थिए। 1971 को युद्धका महानायकमा लेफ्टिनेन्ट जनरल जेएफआर जेकब पनि थिए।
उनी यहूदी थिए। पूर्व पाकिस्तान (अहिले बांग्लादेश) भित्र पसेर पाकिस्तानी फौजीमाथि भयानक आक्रमण गर्ने जनरल जेकब त्यस समय इस्टर्न कमाण्डको चीफ अफ स्टाफ थिए। उनको युद्ध कौशलकै परिणाम स्वरूप नब्बे हजारभन्दा धेरै पाकिस्तानी सैनिकले आफ्नो हतियारसमेत भारतका सेना समक्ष आत्म समर्पण गरेको थियो, जुन अहिलेसम्मकै विश्वभरिकै सबैभन्दा ठूलो सैन्य आत्मसमर्पण हो। यसरी नै पूर्व सेनाध्यक्ष जेजे सिंह मराठा रेजीमेन्टका थिए। के यी तमाम उदाहरणहरूले स्पष्ट हुॅंदैन कि भारतीय सेना पूर्णरूपमा धर्मनिरपेक्ष अनि क्षेत्रवादभन्दा माथि छ। सेनासित सम्बन्धित हरेक व्यक्ति देशको निम्ति आफ्नो प्राणको आहुति दिन सदैव तयार छन्। हेर्नुहोस देश समक्ष अहिले चीनको चुनौती सकिएको छैन। अहिले त शुरुवात मात्र हो। भारत चीन सीमामा दुई देशका फौजी तैनात छन।
अहिले सारा देश सतर्क बस्नु पर्नेछ। देशलाई कुनै न कुनै रूपमा कमजोर बनाउन प्रयास गर्ने शक्तिहरूलाई पनि जवाफ दिनु आवश्यक छ। तपाईहरूलाई ​थाहा हुनुपर्ने कि कन्हैया कुमार र अरुंधति राय जस्ता कथित लिबरलले सेनामाथि विभिन्न आरोप लगाउॅंदै आएका छन्। यद्यपि, उनीहरूका आरोपहरूलाई कसैले गम्भीरतासित भने लिॅंदैनन्। यस्तो अभिव्यक्तिको स्वतन्त्रता केवल भारत जस्तो महान प्रजातन्त्रमा मात्र पाउॅंछ। वास्तवमा भारतीय सेना आफैमा एक लघु भारत हो। यसमा हिन्दू, मुसलमान, सिख, इसाई सबै छन्। सबैले आफ्नो खूनले भारतको सीमाको रक्षा गरेका छन्। यो जोशले नै भारतीय सेनालाई संसारकै सर्वश्रेष्ठ सेना बनाउॅंछ।

प्रान्त वा धर्मको नाममा सेनालाई विभाजन नगर्नुहोस


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment