सामाजिक सशक्तिकरणका लागि उत्तरदायी आर्टिफिसियल इन्टेलिजेन्स  

सामाजिक सशक्तिकरणका लागि उत्तरदायी आर्टिफिसियल इन्टेलिजेन्स  
Please Like and Share our website Samay Dainik

सामाजिक सशक्तिकरणका लागि उत्तरदायी आर्टिफिसियल इन्टेलिजेन्स  

रविशङ्कर प्रसाद

डिजिटल भारतको सफलताले समावेशी विकास, सुशासन तथा आम नागरिकको सशक्तिकरणका लागि डिजिटल प्रविधिलाई प्रभावित गर्ने नयाँ वैश्विक मापदण्ड अख्तियार गरेको छ। केही वर्ष अघिसम्म सम्भ्रान्त वर्गको निम्ति मात्र विलासको वस्तु रहेको डिजिटल प्रविधिका फाइदाहरू जनसाधारणको निम्ति सजिलै उपलब्ध हुनथालेको छ। द्रूत गतिमा परिवर्तन भइरहेको प्रविधिका लागि प्रणालीको निरन्तर उन्नति, तेज अनि पर्याप्त नियामक अनुक्रियाका साथमा आइपर्ने चुनौतीहरूको सामना गर्न क्षमता विकास आवश्यक पर्दछ। आर्टिफिसियल इन्टेलिजेन्सको (एआइ)) उद्भव वृद्धिशील परिवर्तन मात्र नभएर, प्रविधिको क्षेत्रमा रूपान्तरणकारी फड्को हो, जसलाई सर्वव्यापी रूपमा आत्मसात गर्दै मानवताको हितका लागि दोहन गर्नुपर्नेछ।

कुनै पनि आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीको निम्ति तथ्याङ्क बुनियादी आधार हो। भारतमा 70 करोड इन्टरनेट उपभोक्ता, 1.21 अरब फोन प्रयोगकर्ता तथा 1.26 अरब आधार प्रयोगकर्ताले प्रतिदिन व्यापक मात्रामा तथ्याङ्क सिर्जना गर्दछन्। विश्वका केही प्रमुख इन्टरनेट कम्पनीका सर्वाधिक उपयोगकर्ता भारतमा छन्। यसका साथै विश्वमा सबैभन्दा सुपथ दरमा इन्टरनेट सेवा भारतले उपलब्ध गराउँदछ। विश्वमा आफ्नो क्षमता साबित गरिसकेको भारतीय आइटी क्षेत्रले सक्षम मानव संसाधनको उपलब्धता सुनिश्चित गर्दछ। नागरिकहरूको जीवनमा सुधार ल्याउन सधैं प्रोत्साहित गर्ने प्रधानमन्त्री मन्त्रीको नेतृत्त्वका साथमा यसले भारतमा आर्टिफिसियल इन्टेलिजेन्सको क्रान्ति ल्याउने निश्चित छ।

भारत सरकारद्वारा 2018 मा, राष्ट्रिय एआइ रणनीति प्रकाशित गरियो। त्यस उपरान्त देशमा सुदृढ एआइ परिवेश विकास गर्न ईलेक्ट्रनिक्स तथा आइटी मन्त्रालयले अनेकौं कदम चालेको छ। स,रकारी विभागहरूमा विशेषज्ञ तथ्याङ्क विश्लेषण सेवा प्रदान गर्न सेन्टर अव् एक्सिलेन्स इन् डाटा एनालाइटिक्स (सीईडीए) स्थापित गरिएको छ। आइटी उद्योगहरूको सहयोगमा, बङलुरू, गान्धीनगर, गुरुग्राम र वाइजाकमा सेन्टर अव् एक्सिलेन्स स्थापित गरिएका छन्, जहाँ हालसम्म 113 वटा स्टार्टअप्स शुरु गर्नका अतिरिक्त 29 वटा बौद्धिक सम्पदा सिर्जना गर्नका साथै 56 वटा क्षेत्रगत समाधानहरू विकसित गरिएका छन्। चार लाखभन्दा धेरै पेशेवरको फाइदालाई ध्यानमा राख्दै नयाँ पेशामा भूमिका र उदीयमान प्रविधिमा पेशेवरहरूलाई कौशल अनि पुनःकौशल प्रदान गर्न फ्युचर स्किल प्राइम अनलाइन क्षमता विकास एकाइ स्थापित गरिएको छ। एआइको सम्बन्धमा जानकारी साझा गर्नका साथै सहकार्यको निम्ति एकल डिजिटल मञ्चको रूपमा राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स पोर्टल पनि शुरु गरिएको छ। चाँडै नै ईलेक्ट्रनिक तथा आइटी मन्त्रालयले केन्द्रिय मन्त्री मण्डलको अनुमोदनपछि आर्टिफिसियल इन्टेलिजेन्समाथि राष्ट्रिय कार्यक्रम पनि शुरु गर्नेछ।

आधार, युपीआइ, जीएसटीएन तथा जीईएम जस्ता सार्वजनिक डिजिटल मञ्चबाट सिक्दै सरकारले स्वास्थ्य, कृषि, शिक्षा, परिवहन, भाषा अनुवाद आदिको क्षेत्रमा कैयौं सार्वजनिक डिजिटल मञ्च स्थापना गर्न प्रोत्साहित गर्ने निर्णय लिएको छ। प्रधानमन्त्रीद्वारा स्वतन्त्रता दिवस 2020 को अवसरमा राष्ट्रिय डिजिटल स्वास्थ्य अभियानको घोषणासँगै, स्वास्थ्यका लागि सार्वजनिक डिजिटल मञ्चको काम शुरु गरिएको छ। ईलेक्ट्रनिक्स तथा आइटी मन्त्रालयले शैक्षणिक संस्थान, शोध संस्थान, उद्योग जगत तथा स्टार्टअप्सहरूको सहयोगमा एआइ आधारित प्राकृतिक भाषा अनुवाद अभियान विकसित गरिरहेको छ, जसले भारतीय भाषाहरूमा श्रव्य अर्थात् आवाज आधारित इन्टरनेट सेवा अनि सुविधा सुलभ गराउने मार्ग प्रसस्त गर्नेछ। यसै गरी भारत सरकारको विभिन्न मन्त्रालयले उद्योग जगत्, शैक्षणिक संस्थान अनि स्टार्टअप्सहरूको सहयोगमा क्षेत्रगत सार्वजनिक डिजिटल मञ्चलाई अन्तिम रूप दिने काम गरिरहेको छ। यी मञ्चहरूले तथ्याङ्कको सुरक्षा अनि प्रयोगकर्ताहरूको निजतासित सम्बन्धित चिन्तालाई सम्बोधित गर्दै ती क्षेत्रहरूमा एआइ आधारित सेवा प्रदान गर्नेछन्।

प्रविधिमा विकासले परिवर्तन ल्याउनका साथै चिन्ता पनि बढाउने गर्दछ। बृहत् स्तरमा कम्प्युटरिकरणको काम शुरु गर्दा व्यापक बेरोजगारी सिर्जना हुने चिन्ता जताइएको थियो। तर पछि गएर, कम्प्युटर साथै सूचना प्रविधि सबैभन्दा बढी रोजगार सिर्जना गर्ने क्षेत्र बन्नपुग्यो। सोही अनुरूप, आर्टिफिसियल इन्टेलिजेन्सले पनि केही रोजगारलाई प्रतिस्थापित गरे पनि अनेकौं नयाँ रोजगार अवसर सिर्जना गर्ने परिलक्षित छ। तथापि, समाजमा असमानतालाई अझ विषम नबनाउने गरी विश्वले यस प्रकारको परिवर्तनलाई प्रभावी तरिकाले व्यवस्थित गर्नुपर्नेछ। फ्युचर स्किल प्राइम जस्तो पहलद्वारा भारतले आइटी क्षेत्रमा भावी कार्य भूमिका लागि आफ्नो श्रमबलको कौशल विकास गर्न शुरु गरिसकेको छ। सामाजिक सशक्तिकरणका लागि उत्तरदायी एआइको सम्बन्धमा भारतको पदक्षेप, एआइ प्रणालीको कारण कर्मचारीहरू निरर्थक बन्दै छुट्न जाने चिन्तालाई सम्बोधित गर्दै आम नागरिकको समावेशी विकास अनि सशक्तिकरणतर्फ परिलक्षित छ।

आर्टिफिसियल इन्टेलिजेन्सले, विशेष गरी गरीब अनि समाजको अधिकारविहीन तप्काको अरू व्यापक सामाजिक सशक्तिकरणतर्फ अग्रगमन गराउनुपर्दछ। यसलाई भारतका मानिसहरूले झेलिरहेका समस्याहरू समाधान गर्ने तरिकाले विकसित गरिनुपर्नेछ। स्वास्थ्य स्याहार, कृषि, शिक्षा, परिवहन तथा भाषा जस्ता क्षेत्रमा एआइलाई व्यापक रूपमा प्रयोग गर्ने भारतको परिकल्पना सामाजिक सशक्तिकरणका लागि एआइको पृष्ठपोषण गर्ने हाम्रो प्रतिबद्धताबाट नै प्रेरित छ।

आर्टिफिसियल इन्टेलिजेन्सको विकासमा तथ्याङ्क संसाधनले महत् भूमिका खेल्नेछ। तथापि, तथ्याङ्कको दुरूपयोग र निजताको हननसित सम्बन्धित चिन्तालाई एआइ प्रणालीले समुचित रूपमा सम्बोधित गर्नुपर्नेछ। भारत सरकारले व्यक्तिगत तथ्याङ्क संरक्षण विधेयक संसदमा पेश गरिसकेको छ, जसले डिजिटल युगमा प्रयोगकर्ताको निजताको सुरक्षा गर्नका साथै सुदृढ तथ्याङ्क अर्थनीतिको विकासलाई सुगम बनाउनेछ। यहाँ उल्लेखयोग्य कुरा के छ भने, भारतीय नागरिकहरूको तथ्याङ्क दुरूपयोग गर्दै डिजिटल जगतमा एकाधिपत्य जमाउने कुनै प्रकारको कोशिश विरुद्ध भारत सरकारले कडा कार्वाही गर्नेछ। हालैमा केही मोबाइल एप्सविरुद्ध सरकारद्वारा गरिएको कार्वाहीले पनि भारतीय नागरिकहरूको तथ्याङ्कको निजताका साथै भारतको तथ्याङ्क प्रभुसत्ताको सुरक्षा गर्न प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा रहेको सरकार प्रतिबद्ध रहेको दर्शाउँदछ।

आर्टिफिसियल इन्टेलिजेन्सले कैयौं नैतिक साथै कानूनी चिन्ता पनि सिर्जना गर्दछ, जसलाई सम्बोधित गर्न आवश्यक छ। एआइ प्रणाली परिचालन गर्न नियमहरू परिभाषित गर्ने एल्गोरिथमलाई कुनै पूर्वाग्रह अनि पक्षबाटबाट मुक्त राखिनुपर्नेछ। उदाहरणका लागि, अनुहार चिन्ने प्रणालीले कुनै नस्लीय वा जातिगत पक्षपात देखाउनु भएन वा कुनै विशेष राजनीतिक विचारधाराप्रति समाचार अनि सामाजिक सञ्जाल पक्षपातपूर्ण हुनुभएन। कुनै बुनियादी न्यायाधिकारमा आधारित पारम्परिक कानूनहरूलाई अन्तरराष्ट्रिय प्रविधिले चुनौती दिइरहेका छन्। विश्वको कुनै पनि कुनामा बस्ने दुष्टले कुनै पनि समाजमा शान्ति भङ्ग गर्नसक्छन्, जुन हामीले हालै मात्र सीएए आन्दोलन र दिल्लीको दङ्गाको रूपमा देख्यौं। यस्ता चिन्ताहरूलाई विश्वले सामूहिक रूपमा सम्बोधित गर्नुपर्नेछ।

उत्तरदायी एआइ विकसित गर्न बहुक्षेत्रीय साझेदारको रूपमा आर्टिफिसियल इन्टेलिजेन्समाथि वैश्विक साझेदारीको भारत पनि संस्थापक सदस्य हो। एआइ परिवेश विकसित गर्न भारतले कैयौं देशसँग द्विपक्षीय आधारमा काम गरिरहेको छ। मानवताप्रति जिम्मेवार तथा सामाजिक सशक्तिकरणको निम्ति प्रतिबद्ध आर्टिफिसियल इन्टेलिजेन्स परिवेश विकसित गर्न वैश्विक साझेदारीको निम्ति भारतको बृहत् एआइ शिखर सम्मेलन आएआइएसई 2020 अपेक्षा राख्दछ।

आरएआइएसई (रेइज) 2020 मा भेट्ने अपेक्षाका साथ! (पीआइबी)

(लेखक केन्द्रिय ईलेक्ट्रनिक्स एवं सूचना प्रविधि, सञ्चार, विधि एवं न्याय मन्त्री हुन्।)

सामाजिक सशक्तिकरणका लागि उत्तरदायी आर्टिफिसियल इन्टेलिजेन्स  


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment