विद्यार्थीहरूको भविष्यका लागि सबै सम्मिलित बन्ने समय

विद्यार्थीहरूको भविष्यका लागि सबै सम्मिलित बन्ने समय
Please Like and Share our website Samay Dainik

रचनात्मक चर्चा-परिचर्चा अनि कार्यद्वारा भारतलाई ज्ञानको केन्द्र बनाउने दिशामा पहल गर्न म सबैलाई सविनय निवेदन गर्न चाहन्छु| आउनुहोस्, हामी सबै मिलेर विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षाको निम्ति हाम्रो प्रयासलाई सम्मिलित गरौं-रमेश पोखरियाल ‘निशङ्क’*

‘आधुनिक दुष्प्रचारको उद्देश्य कुनै कार्वाहीलाई अघि बढाउनु वा गलत जानकारी दिनु मात्र होइन, तर सत्यलाई मेटाउन, सम्पूर्ण चिन्तन धारालाई नै तिरोहित गर्नु पनि हो|’ ग्यारी कासपेरोभको उक्त उक्ति मेरो मनमा सलबलाउन थालेको छ, र त्यो पनि जब सरकारले सीबीएसईका विद्यार्थीहरूको हितमा चालेको कदम दुर्जन दुष्प्रचारको माध्यम बन्नपुग्दा| प्रत्येकपटक शिक्षालाई राजनीतिदेखि टाढा राख्ने हाम्रो कोशिश भए तापनि, हरेकपटक शिक्षा त्यस्ता तुच्छ शक्ति प्रदशर्नीकको शिकार बन्नपुगेको छ जहॉं सस्तो ध्यान आकर्षिक गर्न सधैं तयार केही जमातले सरकारको दूरदृष्टि र कार्यलाई युवा शिक्षार्थीहरूलाई भ्रमित अनि पीडित बनाउन सक्दो प्रयास गर्ने गर्दछन्| हालमा यस्तै श्रेणीमा पर्ने जमातले शिक्षालाई विवेचनात्मक चिन्तन, वैज्ञानितकम मिजाज, विश्‍लेषणात्मक क्षमता र रचनात्मकताद्वारा शिक्षार्थीहरूलाई सशक्त तुल्याउँदै २१ औं शताब्दीको कौशल, नैतिकता र सत्यनिष्ठाले युक्त बनाउनुको साटो शिक्षालाई उनीहरूको प्रभुत्त्व जमाउने आधार बनाउने जमर्को गरिरहेका छन्|
अप्रत्याशित महामारीले हाम्रा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै अध्यापनको परिणाम अक्षुण्ण राख्नु मात्र नभएर उनीहरूलाई तनाउ अनि चिन्तामुक्त परिवेश उपलब्ध गराउने ठूलो चुनौती मन्त्रालयसामु खडा गरिदिएको छ| यसको निम्ति मन्त्रालयले विद्यार्थी समुदायसित सम्बन्धित सबै विषयलाई सम्यक् रूपमा सम्बोधित गर्न कडा परिश्रम पनि गरिरहेको छ| यस विदाको अवधिमा विद्यार्थीहरूको निम्ति मध्यान्ह भोजन निर्बाध कायम राख्ने, विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कनको आधारमा उनीहरूलाई उत्तीर्ण गराउने, बाह्रौं श्रेणीका विद्यार्थीहरूलाई रोज्ने अवसर दिनेदेखि लिएर ई-शिक्षालाई अरू व्यापकता प्रदान गर्ने दिशामा लिइएको निर्णयलाई खुल्ला मनले समर्थन गरिदिएकोमा मानव संसाधन मन्त्रालयको टोलीप्रति म आभारी पनि छु|
तथापि, हालमा आएर सामाजिक-राजनीतिक महत्त्वकाङ्क्षाको कारण सीबीएसई बोर्डसँग सम्बद्ध पाठ्यक्रममा गरिएको संशोधन विषय लिएर आरोप-प्रत्यारोपको सिलसिला चलाउन थालिएको छ| अनेकौं झूटो आरोपका विपरीत, प्रधानमन्त्री नरेन्द्र मोदीको यशस्वी नेतृत्त्वमा भावी पिँढीलाई गुणस्तरीय शिक्षाको प्रावधानप्रति मन्त्रालय प्रतिबद्ध छ| केही स्वार्थी तत्त्वले, सार्वजनिक रूपमा उपलब्ध दिशानिर्देशको अध्ययन-मनन नगरी ‘पाठ्यक्रमको विवेकीकरण’को आलोचना गरिरहेका छन्|
के अनि किन यसो गरियो? विद्यार्थी, अभिभावक, शिक्षकहरूबाट असङ्ख्य निवेदन प्राप्त भएपछि, सीबीएसईलाई नवौंदेखि बाह्रौं श्रेणीसम्मका विद्यार्थीहरूको भार घटाउन पाठ्यक्रम संशोधित गर्न सल्लाह दिइएको थियो| पाठ्यक्रमलाई ३०% विवेकीकरण गरिएको भए तापनि, घटाइएका शीर्षकहरूबारे विद्यार्थीहरूलाई अर्को विषयसँग त्यसको सम्बन्धबारे बुझाउने दायित्त्व स्कूल प्रमुख अनि शिक्षकहरूमाथि छोडिएको छ| यो मुख्य रूपमा महामारीको कारण विद्यार्थीहरूले बेहोर्नुपरेको घाटा पूर्ति गर्दै २०२१ को वार्षिक परीक्षा भार घटाउने ध्येयका साथ गरिएको हो| विद्यार्थीहरूलाई यी विषयहरूमाथि आन्तरिक मूल्याङ्कनका साथै वर्षको अन्त्यमा हुने बोर्ड परीक्षामा प्रश्‍न सोधिनेछैन भने सीबीएसईद्वारा स्कूलहरूलाई एनसीईआरटीको वैकल्पिक शैक्षणिक तालिका अनुपालन गर्न पनि निर्देशित गरिएको छ| उक्त तालिका सार्वजनिक रूपमा उपलब्ध गराइएको छ भने उक्त तालिकामा समेटिएका विषयहरूबारे सचेत गराउने पहल पनि गरिएको छ| उक्त तालिकामा, सामान्य रूपमा घरमा उपलब्ध हुने संसाधनको सहयोगमा, प्रत्येक विषयमाथि अनुभव वा गतिविधि आधारित अध्यापनको विशेष शिक्षापन योजना तयार गरिएको छ| ‘शिक्षाभन्दा पहिले सुरक्षा’ नीति वचन म सधैं दोहोर्‍याउने गर्दछु र यी उपायहरूले विद्यार्थीहरूको तनाउ र झमेला घटाउनेछ भने यो कोभिड-१९ महामारीको कारण परीक्षाका लागि एकपटकको उपाय मात्र गरिएको हो|
कसरी गरियो? विवेकीकरणको प्रक्रिया ती प्रचारका भोकाहरूले भने जस्तो सजिलो कुरा होइन| ‘२०२०का विद्यार्थीहरूको निम्ति पाठ्यक्रम’ अभियान चलाइएपछि १५०० भन्दा धेरै शिक्षाविद् अनि विशेषज्ञहरूबाट सुझाउ प्राप्त गरिएको थियो भने प्राप्त परामर्श अनि सिफारिशहरू अध्यवसायी रूपमा अनुपालन गर्दै उक्त निर्णयमा पुगिएको थियो| ती शिक्षाविद् अनि विशेषज्ञहरूबाट प्राप्त परामर्शले नै शिक्षापनको परिणाम यथावत राख्दै केवल विवेकीकरण गर्न धेरै सघाउ पुर्‍यायो| पाठ्यक्रमको विवेकीकरण ती आरोप लगाउनेहरूले भनेजस्तो राष्ट्रवाद, स्थानीय सरकार, सङ्घवाद आदि जस्ता दुई-चार विषय मात्र नभएर सबै विषयमा गरिएको छ| उदाहरणका लागि, अर्थशास्त्रमा मेजर अव् डिस्पर्सन, ब्यालेन्स अव् पेमेन्ट डेफिसिट आदि, तथा भौतिकीमा हिट इञ्जिन एण्ड रेफरिजरेटर, हिट ट्रान्सफर, कन्भेक्सन एण्ड रेडिएशन जस्ता विषयको विवेकीकरण गरिएको छ| यसै गरी गणितमा प्रपर्टिज अव् डिटर्मिनेन्ट्स, कन्सिस्टेन्सी, इनकन्सिस्टेन्सी, नम्बर सल्युशन अव् सिस्टम अव् लिनियर ईक्युएशन्स वाई इक्जाम्पल्स तथा बायोनोमियल प्रोबाबिलिटी डिस्ट्रिब्युसन, जीव विज्ञानमा पोर्सन अव् मिनरल न्युट्रिशन, डाइजेसन एण्ड एब्जर्पसनलाई मूल्याङ्कनदेखि अलग गरिएको छ|
अब यी विषयहरू कुनै दुर्भावनाले वा कुनै गोप्य सरोकारले हटाइएको भन्ने तर्क दिनेहरूको मन सायदै कसैले खङ्गाल्न सक्छ| तर मानव संसाधन विकास मन्त्रालय गुणस्तरीय शिक्षाप्रति प्रतिबद्ध छ र हाम्रा युवा शिक्षार्थीहरूलाई सघाउ पुर्‍याउने हिसाबले सशक्त बनाउन ठोस निर्णय लिन पछि हट्नेछैन| शिक्षालाई केवल ज्ञान प्रसारित गर्ने माध्यमको रूपमा लिनसकिँदैन, यसलाई विद्यार्थीहरूले चिन्तन-मनन गर्दै समस्याहरूको समाधान गर्न, रचनात्मक एवं अभिनवी बन्नका साथै दैनन्दिन जीवनले ल्याउने चुनौतीबीच अनौठो तरिकाले पठन-पाठनका लागि सशक्त बनाउने माध्यमको रूपमा पनि बुझ्न जरुरी छ| हामी ‘सबैको निम्ति ज्ञान’को सिद्धान्तमा विश्‍वास राख्दछौं र पाठ्यक्रमको माध्यमद्वारा केवल संरचना खडा गरी आफ्नो प्रमुत्त्व जमाउने अवधारणाको विरोध गर्दछौं|
हामीले विद्यार्थीहरूलाई अनुभवसाध्य, सर्वव्यापी, एकिकृत, विद्यार्थीमुखी र रचनात्मक एवं सदाचारी ज्ञानद्वारा सशक्त बनाउने ज्ञान प्रणालीलाई महत्त्व दिनुपर्दछ| शक्ति प्रदर्शन गर्दै विद्यार्थीहरूको जीवन सशक्त बनाउने प्रणालीको खिल्ली उडाउनुको साटो वाद-विवाद अनि चर्चा विद्यार्थीहरूको विकास अनि सशक्तिकरणमाथि हुनुपर्दछ| यसैले, रचनात्मक चर्चा-परिचर्चा अनि कार्यद्वारा भारतलाई ज्ञानको केन्द्र बनाउने दिशामा पहल गर्न म सबैलाई सविनय निवेदन गर्न चाहन्छु| आउनुहोस्, हामी सबै मिलेर विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षाको निम्ति हाम्रो प्रयासलाई सम्मिलित गरौं| (पीआइबी)
(*लेखक भारत सरकारको केन्द्रिय मानव संसाधन विकास मन्त्री हुन्|)

विद्यार्थीहरूको भविष्यका लागि सबै सम्मिलित बन्ने समय


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment