सांसदको अपीलले कोरोना जाँच केन्द्र ल्याउने अनितको व्यङ्ग्यात्मक आशा

सांसदको अपीलले कोरोना जाँच केन्द्र ल्याउने अनितको व्यङ्ग्यात्मक आशा
Please Like and Share our website Samay Dainik

दार्जीलिङ, 30 मई।
दार्जीलिङका सांसद राजु विष्टले उत्तर बंगालमा अझै कोभिड-19 जाँच केन्द्र वा स्वाब टेस्ट सेन्टरहरूको स्थापना गर्ने माग गर्दै प्रधानमन्त्रीलाई पत्र लेखेको विषयमा जीटीए अध्यक्ष अनित थापाले खुशी व्यक्त गरेका छन्। दार्जीलिङ र कालेबुङ जिल्लामा कोरोना संक्रमण जाँच केन्द्रको स्थापना हुनपर्छ भन्ने विषय लिएर जीटीएले धेरै समयदेखि माग उठाउँदै आइरहेका छौं। तर यसमाथि केही ठोस कार्य हुनसकेको छैन। तर अब केन्द्रमा सत्तासीन रहेको भारतीय जनता पार्टीकै एक सांसदले पनि यो मागलाई चर्काएपछि अब काम बन्नेछ भन्ने आशा लागेको छ, थापाले भने।
उनले एक विज्ञप्ति जारी गर्दै यसबारे भनेका छन्, गत एक सप्ताहमा जीटीए क्षेत्रमा लगभग 3,000 मानिसहरू देशका विभिन्न राज्यबाट प्रवेश गरेका छन्। घर फर्केका पहाड़वासीलाई हामी सहृदय स्वागत गर्छौं।

तर मानिसहरूको प्रवेशसँगै कोरोना भाइरसको पनि पहाड़मा प्रवेश भइरहेको छ। यसैले पहाड़मा भाइरसको संक्रमण रोक्न दार्जीलिङ अनि कालेबुङ जिल्लामा संक्रमण जाँच केन्द्र स्थापना गर्न अति आवश्यक छ। जीटीए क्षेत्रमा जाँच केन्द्र स्थापना हुनुपर्छ भन्ने माग मैले शुरूदेखि नै गर्दै आइरहेको छु। दार्जीलिङ संसदीय क्षेत्रका भाजपाका सांसद राजु विष्टले पनि प्रधानमन्त्रीलाई यसबारे पत्राचार गरेको खबर सुनेर म खुशी छु। सांसदले दार्जीलिङ अनि कालेबुङ जिल्लामा जाँच केन्द्रको स्थापनाको माग गरेका छन्। यसमाथि केन्द्र सरकारले शीघ्र स्वीकृति दिने विषय लिएर सांसद विष्टले अझै जोड़ गरेको उचित हुनेछ।

आगामी सप्ताहभित्र जाँच केन्द्र स्थापनाको स्वीकृति आउन सके हामी कृतज्ञ हुनेछौं। सांसदद्वारा प्रधानमन्त्रीलाई लेखिएको पत्रमा उत्तर बंगालमा जाँच केन्द्रको स्थापना विषय उल्लेख गरिएको छ। जीटीए क्षेत्रमा पनि कोरोना जाँच केन्द्रको स्थापना हुन अनिवार्य छ। यो हाम्रो आवश्यकता अनि माग हो, थापाले भने। उनले विज्ञप्तिमा अझै भनेका छन्, सांसद विष्टले प्रधानमन्त्रीलाई पठाएको पत्रमा स्वाब वा रालका नमूनाहरूको रिपोर्ट समयअनुसार दिन नसकेर थुप्रिएको कारण अनि प्रवासी कामदारहरूको बढ्दो आगमनको कारण दार्जीलिङ, कालेबुङ, खरसाङ अनि मिरिक सरकारी अस्पतालहरूमा पनि जाँच केन्द्र स्थापना गर्नुपर्ने उल्लेख गरेका छन्। कोरोना जाँच केन्द्र स्थापना गर्नु-नगर्नु, जाँचको लागि चाहिने उपकरणको आपूर्तिको निर्णय केन्द्र सरकारले मात्र गर्न सक्छ। यसैले सांसद विष्टले केन्द्रिय स्वास्थ्य मन्त्रालयलाई जीटीए क्षेत्रमा कोरोना जाँच केन्द्रको स्थापनाको पहल गराउन ठोस कार्य गरे असल हुनेछ।
स्मरण रहोस्, जीटीएको पहलमा टिस्टा त्रिवेणीमा अवस्थित तीन तले भवनलाई कोभिड-19 अस्पताल बनाउन स्वस्थ्य विभाग पश्‍चिम बंगाल सरकारले अनुमति दिएको छ। यदि सांसद विष्टले केन्द्र सरकारबाट जाँच केन्द्र स्थापनाको अनुमति ल्याउनसके त्रिवेणीको भवनलाई कोरोना जाँच केन्द्रमा रूपान्तरण गर्न सकिनेछ, थापाले भने।

सांसदको अपीलले कोरोना जाँच केन्द्र ल्याउने अनितको व्यङ्ग्यात्मक आशा


Please Like and Share our website Samay Dainik

Related posts

2 Thoughts to “सांसदको अपीलले कोरोना जाँच केन्द्र ल्याउने अनितको व्यङ्ग्यात्मक आशा”

  1. বিনাশ কণিকা ভিপরিট বুধী

    1. Samay Dainik

      थप एउटा।

Leave a Comment