फ्रान्सका 94 वर्षे ट्रिगानो फेरि चुनाउ लड्दै

फ्रान्सका 94 वर्षे ट्रिगानो फेरि चुनाउ लड्दै
Please Like and Share our website Samay Dainik
  • 5
    Shares

“यदि कसैले मेरो ठाउँ लिनचाहन्छ भने उनीहरूले यसका लागि सङ्घर्ष गर्नुपर्छ’’-आन्द्रे ट्रिगानो

फ्रान्समा गत मार्च महीनामा 33 हजार गाउँ, नगर तथा सिटीहरूमा मेयर पदका लागि पहिलो चरणको चुनाउ सम्पन्न भयो अनि अन्तिम तथा दोस्रो चरणको लागि आउँदो सप्ताहान्तमा चुनाउ हुँदैछ। कोरोना महामारीका कारण यो चुनाउ तीन महीना ढीलो गरी हुनपुगेको हो। बीबीसी –का क्रिस बक् म्यानले प्रत्याशीहरूमध्ये एक 94 वर्षीय आन्द्रे ट्रिगानो-सँग कुराकानी गरे।
“म नमरेकोमा मैले फेरि क्षमायाचना गर्नुपर्ला भन्ने मलाई लाग्दैन।’’
उनीसित यो मेरो पहिलो परिचय थियो फ्रान्सेली हिमश्रृङ्खला पिरिनीका निम्नभागमा अवस्थित लगभग 16 हजार जनसङ्ख्या भएको पामिएर नगरका स्निग्ध एवं विनोदी मेयर आन्द्रे ट्रिगानोसँगको।
आन्द्रे ट्रिगानो 94 वर्ष पुगिसकेका छन् अनि लगभग 50 वर्षदेखि मेयरको सार्वजनिक दायित्वमा छन्, तर पनि हालसालै सेवानिवृत्ति लिइहाल्ने कुनै योजना उनीसित छैन।
गत मार्च महीनामा सम्पन्न भएको पहिलो चरणको चुनाउमा उनी शीर्ष स्थानमा आएका थिए। अनि आउँदो 28 जूनमा हुने दोस्रो चरणको चुनाउ पनि जिते आफ्नो आउँदो कार्यकालको समाप्तिमा उनी 101 वर्ष पुगिसकेका जनप्रतिनिधि हुनेछन्।

फ्रान्सका 94 वर्षे ट्रिगानो फेरि चुनाउ लड्दै
                                 Andre Trigano’s “fiefdom” – the town hall in Pamiers

यस्तो होइन कि उनी मात्र वरिष्ठ मेयर हुन्, फ्रान्सेली शहर बोर्डअ (Bordeaux) नजीकको एउटा गाउँमा 98 वर्षीय एकजना मेयर पुनः निर्वाचित हुन चुनाउमा खड़ा भएका छन्, तर कसैसित पनि ट्रिगानोझैं चम्किलो अतीत भएको कार्यकाल छैन।
सन् 1925 –मा पेरिस शहरमा जन्मेका उनी किशोर उमेरमा छँदा दोस्रो विश्वयुद्धताका जर्मनीले पेरिसलाई आफ्नो नियन्त्रणमा लिएको थियो। अल्जीरियाबाट आप्रवासी बनेर आएका उनका माता-पितालाई त्यतिखेर एकजना पुलिस अधिकारीले भाग्ने सुझाउ दिएका थिए। पुलिसले भनेअनुसार उनीहरूलाई पक्रन नाजी खुफिया पुलिस गेस्टापोले वारण्ट तयार पारेको थियो।
उनीहरूले त्यतिखेर दक्षिण प्रान्सको अरिएज (Ariege) हिमाली क्षेत्रमा शरण लिएका थिए, तथा किशोर ट्रिगानोले फ्रान्सेली प्रतिरोध वाहिनीमा भाग लिएका थिए। उनले स्पेन भाग्नचाहने मित्रराष्ट्रका सैनिकहरू, विशेष गरी एयरम्यानहरूलाई सघाउन जाली दस्तावेज बनाइदिने गर्थे। उनी तीनपल्ट पक्रा परे, तर कसरी कसरी तीनैपल्ट बाँचे।
दोस्रो विश्वयुद्धपछि उनले दक्षिणी फ्रान्समै बस्न रूचाए, अनि व्यापारमा संलग्न भए।
जर्मन आधिपत्यको समय उनले गरेका अनुभवले उनलाई विगतका कहालीलाग्दा दुःस्वप्नलाई पुनः मनमा हावी हुन नदिन विभिन्न पृष्ठभूमि अनि राष्ट्रियताका मानिसहरूलाई एकसाथ विदा मनाउन लैजानुपर्दछ भन्ने दह्रो विश्वास दिलायो।

फ्रान्सका 94 वर्षे ट्रिगानो फेरि चुनाउ लड्दै
                         Trigano’s collection of vintage Citroens at auction in 2016

उनका पिता अनि ठूला दाजुले युद्धअघि टेण्ट बनाउने व्यवसाय गर्थे। उनले विदामा क्याम्पिङ गर्ने व्यवसाय शुरू गरे। त्यसपछि उनको परिवारले भर्खरै नयाँ स्थापित `क्लब मेड’ –लाई टेण्ट सप्लाई गर्ने ठेका पायो। आन्द्रेका दाजु गिल्बर्ट कम्पनीमा काम गर्न गए अनि पछि वित्तीय निदेशक, त्यसपछि अध्यक्ष अनि डाइरेक्टर जेनरल बने।
यद्यपि अहिले क्लब मेड लक्जरी होटलका रूपमा सुप्रसिद्ध छ तर पहिलो 15 वर्षको यसको अस्तित्वमा यसमा पाहुनाहरू टेण्ट अनि घाँसका छाप्राहरूमा बस्नेगर्दथे। आन्द्रेले उनीहरूलाई कतिपय सक्कली टेण्टहरू उपलब्ध गराउनेगर्दथे, जुन 10 जनासम्मका लागि हुने अमेरिकी सैनिकहरूका अतिरक्त टेण्टहरू थिए, अनि जुन युद्धपछिको महाद्वीपीय युरोपमा प्रचुर मात्रामा उपलब्ध थिए र सस्ता थिए। यसका पछिल्तिर माजोर्का, कोर्फ अनि ट्युनिशियाको जेर्बाजस्ता ठाउँहरूमा मानिसहरूलाई घमाइला दिनहरूको आनन्द प्रदान गर्न सरल किसिमका सामुदायिक होलिडे गन्तव्य उपलब्ध गराउने उद्देश्य थियो। क्लब मेडको उद्देश्य, जसलाई हुनसक्छ आन्द्रे ट्रिगानोले अनुमोदन अनि प्रेरित गरेका हुन्, के थियो भने विदाका दिनहरूमा सबैजना समान छन् भन्ने बताउनु रहेको थियो।
ट्रिगानोको टेण्ट बनाउने व्यवसाय फैलिएर गयो, यसको श्रेय केही मात्रामा सन् 1950 –को मध्य दशकतिर फ्रान्सेली सरकारको वर्षको 3 हप्ते तलबी विदा दिने निर्णयलाई पनि जान्छ। बिस्तारै यो व्यवसाय आउटडोर गुड्स अनि क्याराभान उद्योगको क्षेत्रमा एउटा ठूलो खेलाड़ी अनि सन् 70 –को दशकमा त `क्याम्पिङ – इट्स ट्रिगानो’ भन्ने नारा नै बन्यो। यसबीच, आन्द्रेको आउटडोर होलिडे प्रतिष्ठानले दर्जनौं क्याम्पिङ साइटहरू फ्रान्स, स्पेन अनि पोर्चुगलमा अधिग्रहण गऱ्यो।
यसबाट आर्जित धनले आन्द्रेलाई 120 वटा विण्टेज कारहरू सङ्ग्रहित गर्न सहायता गऱ्यो, जसमा सिट्रिओन्स, क्याडिल्याक्स, ट्रिअम्स, रोल्स रोयस अनि एक्सक्यालिबर आदि छन्।
तर ट्रिगानोले क्रमशः बढ़्दो रूपमा राजनीतिमाथि आफूलाई केन्द्रित गर्नथाले, पिरिनी हिमश्रृङ्खलाका निम्न भागहरूलाई आफ्नो राजनैतिक कार्यक्षेत्रको रूपमा परिणत गर्दैगए। उनी अरिएज क्षेत्रको सबैभन्दा ठूलो नगर मोजेरेसमा 24 वर्षसम्म मेयर रहेका थिए, त्यसै कालमा छोटो समयका लागि उनी पेरिसस्थित राष्ट्रिय संसदमा सांसद पनि बनेका थिए।
उनी भन्छन् – उनको व्यक्तिगत सम्पत्तिले भरोसा बढ़ाउँछ, त्यसैले मानिसहरू उनले आफ्नो पद र प्रतिष्ठालाई निजी लाभ बढ़ाउन प्रयोग गर्नेछन् भन्ने कुरामा कमै चिन्ता गर्छन्।
यत्तिका वर्ष सार्वजनिक पदमा बसिसकेपछि पनि उनी किन पुनः दौड़मा छन्?

फ्रान्सका 94 वर्षे ट्रिगानो फेरि चुनाउ लड्दै Trigano says he wants to renovate the centre of Pamiers if re-elected

उनी भन्छन् – उनले गर्नपर्ने थुप्रै असमाप्त कामहरू छन्, जसमा पामिएरको केन्द्रको मरम्मतीको काम हो, जुन गरीबीको थलो हो र जसलाई एयरोस्पेसका पाटपुर्जा बनाउने दर्जनौं फ्याक्ट्रीहरूले घेरेको छ।
“प्रत्येक रात म नगरका लागि दर्जनौं महान् नयाँ आइडियाहरू सोचेर ओछ्यान पस्छु अनि बिहान बिउँझन्छु’’, उनले भने।
तर उनको उमेरलाई उनीविरुद्ध प्रतिद्वन्द्वीहरूले स्वाभाविक रूपमा आलोचनाको अस्त्रको रूपमा प्रयोग गरिरहेका छन्। तीमध्ये दुइजनासँग मैले कुरा गरें, उनीहरूले भने, यो उनका लागि मैदान छोड़्ने समय हो।
“हो, उनले विगतमा नगरका लागि धेरै थोक गरे’’, उनीहरूमध्ये एक मेरिलिन डुसोले भनिन्, जो 20 जना कर्मचारीहरू भएको एउटा बेकरी चलाउँछिन्, “तर उनी एउटा पाको निरंकुपशमा परिणत भइसकेका छन्।’’
आफू नमरेकोमा क्षमाप्रार्थी नहुने उनको यो ठट्टाले नै सबै थोक बताउँछ।
“के मैले ठीकै भनें?’’, लगभग एक घण्टाको अन्तर्वार्ताको क्रममा उनले आलङ्कारिक भाषामा सोधिरहे। “यी युवा, अथवा कम्तीमा मभन्दा कम उमेरकाहरूले आफ्नो पालो पर्खनैपर्छ’’, उनले भने।
“जब तिमी 10 तला बिल्डिङ बनाउछौ, 5 तला बनाइसकेपछि तिमी आर्किटेक्ट बदल्दैनौ। त्यसरी बदल्नुको कुनै अर्थ हुँदैन’’, कौतुकतापूर्वक उनले भने।
आँखामा चमक भर्दै उनले भनेअनुसार मेयरदेखि रिजनल काउन्सिल र पार्लियामेण्टसम्म जम्मा उनले 19 वटा चुनाउमा भाग लिए, जसमध्ये एउटामा मात्र उनले हारको सामना गर्नुपऱ्यो।
“यदि कसैले मेरो ठाउँ लिनचाहन्छ भने उनीहरूले यसका लागि सङ्घर्ष गर्नुपर्छ’’, उनको निष्कर्ष थियो।

फ्रान्सका 94 वर्षे ट्रिगानो फेरि चुनाउ लड्दै


Please Like and Share our website Samay Dainik
  • 5
    Shares

Related posts

Leave a Comment