6 मईभित्र प्रत्येक समष्टिमा शान्ति-सुरक्षा समिति गठन गरिने

6 मईभित्र प्रत्येक समष्टिमा शान्ति-सुरक्षा समिति गठन गरिने
Please Like and Share our website Samay Dainik

आपसी मतभेदको कारण पार्टी कम्जोर हुनसक्छः गिरिशचन्द्र राई

नाम्ची, 29 अप्रेल।
नाम्चीमा आज एसडीएफ पार्टीको दक्षिण जिल्ला कार्यकारिणी समितिको समन्वय सभा सम्पन्न भयो। चुनाउपछि एसडीएफको दक्षिण जिल्ला कार्यकारिणी समितिको यो पहिलो सभा हो। सभालाई एसडीएफ पार्टीको दक्षिण जिल्लाका वरिष्ठ उपाध्यक्ष प्रभारी गिरिशचन्द्र राईले अध्यक्षता गरेका थिए। सभामा पार्टीको शान्ति-सुरक्षा समिति गठन गर्ने विषयमाथि विशेष छलफल भयो।
सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष प्रभारी गिरिशचन्द्र राईले विपक्षीको कारणले नभएर पार्टी कार्यकर्ताहरूको आपसी मतभेदको कारण पार्टी कम्जोर हुनसक्ने उल्लेख गरे। पार्टीका सैद्धान्तिक मित्रहरू मात्र पार्टीका साँचो कार्यकर्ताहरू रहेको अवगत गराए। साम्प्रदायिक कुराहरू गरेर चुनाउमा विपक्षी पार्टीहरूले जनतालाई दिग्भ्रमित बनाउने काम गरेको आरोप लगाउँदै उनले एसडीएफ पार्टीका कार्यकर्ताहरूले सद्भावनापूर्ण वातावरण सिर्जना गर्नपट्टी लाग्नुपर्ने बताए। एसडीएफ पार्टीले कहिलै पनि जात-धर्मलाई लिएर राजनीति नगरेको जानकारी गराउँदै उनले पार्टी कार्यकर्ताहरूले पार्टी र नेतालाई प्राथामिकता दिनुपर्ने कुरामा जोर दिए। उपस्थित पार्टी कार्यकर्ताहरूलाई निश्क्रिय भएर नबस्ने अनुरोध गर्दै उनले विभिन्न सुझाउहरू दिए।
यस्तै प्रकारले पार्टीको दक्षिण जिल्ला कार्यकारीणी समितिका अध्यक्ष गणेशकुमार राईले सभाको औचित्यमाथि प्रकाश पारे। पार्टी कार्यकर्ताहरूले चुनाउमा पार्टीलाई पुर्याएको योगदानको कदर गर्दै उनले उपस्थित पार्टी कार्यकर्ताहरूलाई धन्यवाद दिए। शान्ति-सुरक्षा समिति विषय विस्तृत रूपमा जानकारी गराउँदै उनले प्रत्येक समष्टिमा 200 जनाको समिति गठन गर्नुपर्ने उल्लेख गरे। एसडीएफको राजनीति सकारात्मक रहको र विपक्षी पार्टीहरूले बदलाको भावनामा राजनीति गरिरहेको उल्लेख गर्दै बदलाको भावनामा राजनीति गरेको कारण विश्वमा नै प्रजाजन्त्रको हनन् भइरहेको कुरा वुद्धिजीविहरूले बताइरहेको अवगत गराए। सकारात्मक राजनीति नै एसडीएफ पार्टीको लागि ठूलो चुनौती बनिरहेको उल्लेख गर्दै उनले यस विषयमा चर्चा-परिचर्चा हुन जरूरी रहेको अवगत गराए।
सभामा पार्टीलाई विभिन्न विषयमा योगदान दिएको कारण मिलन राई, राजू पाखरिङ, प्रकाश राई, दास तामाङ, छोडेन भोटिया आदिलाई सम्मान पनि जनाइयो। सभाको निर्णयअनुसार आगामी 6 मईभित्र प्रत्येक समष्टिमा पार्टीको शान्ति-सुरक्षा समिति गठन गर्ने भएको छ। त्यसरी नै सभामा खुल्ला बहसमा उपस्थित पार्टी कार्यकर्ताहरूले सक्रियतापूर्वक सहभागिता जनाएका थिए। सभामा निवर्तमान मन्त्री जीएम गुरूङ, उम्मेदवार फरवन्ती तामाङ, बिर्जन तामाङ, टीटी भोटिया, राजकुमारी थापा, विभिन्न समष्टिका सीएलसी अध्यक्षगण आदिको उपस्थिति रहेको थियो।

6 मईभित्र प्रत्येक समष्टिमा शान्ति-सुरक्षा समिति गठन गरिने


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment