4 नयॉं कोविड मामिला, कुल संख्या पुग्यो 83, एक्टिभ मामिला 44

4 नयॉं कोविड मामिला, कुल संख्या पुग्यो 83, एक्टिभ मामिला 44
Please Like and Share our website Samay Dainik

गान्तोक, 24 जून (हिस)। सिक्किममा कोविड-19 को चार नयॉं मामिला अघि आएको छ। मंगलबार एसटीएनएम अस्पतालमा गरिएको 82 जनाको नमूनाको आरटीपीसीआर जॉंचमा 4 जनाको रिपोर्ट पोजिटिभ आएको छ। रहल 78 जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। यसैगरी, ट्रूनेटमा गरिएको 7 जनाको नमूनाको जॉंच रिपोर्ट पनि नेगेटिभ आयो। यसका साथै राज्यमा कुल कोविड संक्रमितहरूको संख्या बढ़ेर 83 पुगेको छ। तर, खुशीको कुरा के छ भने कोविड संक्रमितहरू स्वस्थ हुने क्रम पनि बढ्दो छ। अहिलेसम्म कुल 39 जना पूर्णरूपमा स्वस्थ भएर अस्पतालबाट घर फर्किसकेका छन्। यसकारण हाल राज्यमा कोविडका कुल 44 सक्रिय मामिला छन्, जो विभिन्न अस्पतालहरूमा उपचाराधिन छन्।

राज्य स्वास्थ्य विभागका महानिदेशक एवं सचिव डा. पेम्पा टी. भोटियाले हेल्थ बुलेटिनमा बताएअनुसार हिजो गरिएको जॉंचमा चार नयॉं कोविड मामिला अघि आएको छ। संक्रमितहरूमा एक 30 वर्षीय महिला, 22 व​र्षीय युवती, 10 वर्षीय नाबालिग केटी र 26 वर्षीय युवती सामेल छन्। उनीहरू क्रमश: दिल्ली, सिलगढ़ी, कोलकाता र मुम्बईबाट फर्किएका हुन्। डा. भोटियाले अहिलेसम्म कुल 9849 जनाको कोविड-19 जॉंच गरिएको पनि जानकारी दिए।

4 नयॉं कोविड मामिला, कुल संख्या पुग्यो 83, एक्टिभ मामिला 44


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment