मिरिकका 4 स्वास्थ्यकर्मी कोरोना पोजिटिव

मिरिकका 4 स्वास्थ्यकर्मी कोरोना पोजिटिव
Please Like and Share our website Samay Dainik

1 सप्ताहको लागि मिरिक बन्द

दार्जीलिङ, 25 जून।
मिरिक खण्ड स्वास्थ्य केन्द्रका 4 जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित बनेको पुष्टि हुनसाथ आजदेखि नै मिरिकलाई एक सप्ताहसम्मको लागि अचल बनाउन शुरू गरियो। मिरिक खण्ड स्वास्थ्य केन्द्रका 4 जना स्वास्थ्यकर्मीको स्वाब टेस्टको रिपोर्ट हिजो साँझपख पोजिटिव आएको थियो भने उनीहरूलाई आज बिहानै मिरिकबाट सिलगढ़ीस्थित डा. च्याङ सुपर स्पेशियलिटी अस्पताल लगेर उपचारको लागि भर्ना गरियो।
यसैबीच, मिरिक नगरपालिका, मिरिक खण्ड विकास अधिकारी साथै सम्बन्धित निकायहरूले आज मिरिकका व्यापारीवर्गसित एक आपतकालीन बैठक गरी आजदेखि नै मिरिक बजारलाई पूर्णरूपले एक सप्ताहसम्मको लागि बन्द गर्ने निर्णय लिइएको हो। यातायात सेवालाई पनि ठप्प राख्ने तय भएको मिरिक नगरपालिका अध्यक्ष एलबी राईले जानकारी गराए। उनले भने, मिरिक क्षेत्रलाई सुरक्षित राख्ने जिम्मेवारी सबैभन्दा पहिले मिरिकवासी जनताकै हो। यसैले अनावश्यक रूपमा सिलगढ़ीतिर जाने-आउने नगरेको नै असल हुनेछ। अब केही दिनसम्मको लागि सिलगढ़ीबाट साग-सब्जीहरू पनि यहाँ नल्याएको उचित हुनेछ। किनभने, अहिले मिरिक वरिपरि नै पर्याप्त साग-सब्जीहरूको उब्जनी शुरू भइसकेको छ। यसैले स्थानीय सब्जी नै यहाँका जनताले खाइदिए सिलगढ़ीबाट साग-सब्जी ल्याउने कुनै आवश्यकता पर्दैन। किनभने, हाल सिलगढ़ीमा कोरोना सङ्क्रमितहरूको संख्या धेरै बढ़िरहेको छ। यसैले कोही पनि बिनाकारण सिलगढ़ी गएर कोरोना ल्याएर नआउन्। यति मात्रै होइन, विभिन्न स्थानबाट मिरिकमा काम गर्नेहरूले पनि केही दिन मिरिकमा बसेर काम गरेको उचित हुनेछ। आपतकालीन सेवा, ब्याङ्क आदिबारे प्रश्न गर्दा राईले भने, यस विषयमाथि कुनै निर्णय गर्न सकिन्दैन। तर मिरिक बजार साथै यहाँको यातायात सेवालाई एक सप्ताहसम्मको लागि बन्द गर्ने निर्णय सामाजिक रूपमा लिइएको हो।
यसैबीच, मिरिक खण्ड स्वास्थ्य अधिकारी डा. टाँसी टी. लामाले मिरिक स्वास्थ्य केन्द्रका 4 स्वास्थ्यकर्मीहरू कोरोना संक्रमित बनेको बताए पनि जनतालाई आतङ्कित नभइदिने अपील गरेका छन्। उनले भने, मिरिकमा यसअघि पनि तीनजना कोरोना पोजिटिव भएका थिए, तर उनीहरूमध्ये 2 जनाको रिपोर्ट नेगेटिव आइसकेको छ भने एकजनाको रिपोर्ट आउन अझै बाँकी छ। यसका साथै मिरिक स्वास्थ्य केन्द्रका नोडल अफिसर सत्यन बरदेवाले यहाँका 4 जना स्वास्थ्यकर्मी कोरोना पोजिटिव भए पनि अस्पताल बन्द नगरिएको बताए। उनले भने, सामान्य बिमारीहरू अहिले मिरिक खण्ड स्वास्थ्य केन्द्रमा नआएको नै उचित हुनेछ। कोरोनाबाट बाँच्नको लागि जनता आफै सचेत हुनपर्छ अनि सुरक्षाका सम्पूर्ण माध्यमहरू अप्नाउनुपर्छ।
फोटोः मिरिक बजार।

मिरिकका 4 स्वास्थ्यकर्मी कोरोना पोजिटिव


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment