हामीले लत्याएको, विश्वले पछ्याएको हाम्रो प्राचिन पूर्वीय ज्ञान

हामीले लत्याएको, विश्वले पछ्याएको हाम्रो प्राचिन पूर्वीय ज्ञान

                                                                  – कमल रिजाल वैदिक दर्शनप्रति पश्चिमी दृष्टिकोण बुझाउने विशिष्टतम पुस्तकको नाम हो ‘विश्वविख्यात विद्वान्हरूका दृष्टिमा पूर्वीय सभ्यता’ । प्रा.डा. गोविन्दराज भट्टराईद्वारा नेपालीमा अनुदित यस पुस्तकका मूल शोधकर्ता  शिलाङ (पूर्वोत्तर भारत) निवासी सलील ज्ञवाली हुन्, जहाँ सत्रौं शताब्दीका फ्रान्सेली दार्शनिक फ्राँस्वा भोल्तेयरदेखि उन्नाइसौं शताब्दीका महान् वैज्ञानिक आइन्सटाइन तथा एक्साइसौं शताब्दीका राजनीतिज्ञ बाराक ओबामासम्मका दर्जनौं दार्शनिक लेखक तथा राजनीतिज्ञका अभिमत सङ्कलित छन् । यस पुस्तकमा सत्रौं शताब्दीका फ्राँस्वा भोल्तेयरले वैदिक दर्शनको प्रशंसा गर्दै भनेका छन्– ‘वेद र उपनिषद्लाई पूर्वको त्यस्तो सर्वाधिक मूल्यवान् उपहार हो, जसका निमित्त पाश्चात्य जगत सदैव ऋणी रहदै आएको छ ।’ त्यस्तै अठारौं शताब्दीका फ्रान्सेली खगोलविद् जाँ सिल्भाइन बेलीले हिन्दूहरूको ग्रहगति गणना पद्धतिको प्रशंसा गर्दै भन्छन्– ‘२५ सय वर्षपूर्व हिन्दूले गणना गरेर निकालेका तारागणको गति आजसम्म कासिनी र मेयरले निकालेका आधुनिक तालिकाभन्दा एकपल पनि फरक छैन ।’ अठारौं शताब्दीकै फ्रान्सेली अर्का विद्वान् पियरे साइमन डी ल्यापलेसका दृष्टिमा सम्पूर्ण सङ्ख्यालाई दसको सङ्केतले गणना गर्न सकिने विलक्षण पद्धतिको दिग्दर्शन गराउने काम भारतवर्षले गरेको छ तर अठारौं शताब्दीकै जर्मनेली दार्शनिक आर्थर शोपेन्हावरका विचारमा भने समस्त विश्वमा उपनिषद् बराबरको कल्याणकारी र… Read More