विद्यार्थीहरूको शिक्षाको अधिकारलाई सुनिश्‍चित गर्नु, सरकारको प्रमुख दायित्व हो : पवन चामलिङ

विद्यार्थीहरूको शिक्षाको अधिकारलाई सुनिश्‍चित गर्नु, सरकारको प्रमुख दायित्व हो : पवन चामलिङ

गान्तोक, 8 अक्टोबर। सिक्किमका विद्यार्थीहरूले सिक्किमकै कलेज र युनिभर्सिटीमा भर्ना नपाएकोमा पूर्व मुख्यमन्त्री एवं एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले दुख व्यक्त गरेका छन्। धेरै सङ्ख्यामा यस वर्ष सिक्किमका विद्यार्थीहरूले सिक्किमकै कलेजमा भर्ना नपाएको कारण विद्यार्थीहरू अहिले धेरै चिन्तित छन्। यस प्रकारको कार्यले सिक्किमका हजारौं विद्यार्थीहरूको भविष्यमाथि ठूलो प्रश्‍न चिन्ह खड़ा गरेको छ। राज्यका हजारौं सङ्ख्यामा विद्यार्थीले भर्ना नपाएको कुरा अति नै गम्भीर विषय हो भन्दै पूर्व मुख्यमन्त्री पवन चामलिङले भनेका छन्, 70 प्रतिशत अङ्क प्राप्त गर्ने विद्यार्थीले पनि कलेजमा भर्ना पाएका छैनन्। यी विद्यार्थीहरूको शिक्षा सुनिश्‍चित गर्नु सरकारको जिम्मेवारी र प्राथमिक दायित्व पनि हो। यसरी नै विद्यार्थीहरूको शिक्षाको अधिकारलाई सुनिश्‍चित गर्नुपर्ने सरकारको प्रमुख दायित्व हो। यस वर्ष जति पनि विद्यार्थीले 12औं श्रेणी उतीर्ण गरेका छन् उनीहरूले कलेजमा भर्ना पाउनुपर्छ भन्दै पवन चामलिङले अझ भनेका छन् आज सिक्किममा धेरै सङ्ख्यामा कलेज र युनिभर्सिटीहरू छन्। अहिले राज्यमा 28 वटा कलेज र 6 वटा प्राइभेट युनिभर्सिटी अनि एउटा केन्द्रिय विश्‍वविद्यालय र एउटा राज्य विश्‍वविद्यालय पनि छ। दुईवटा छोड़ेर अरूसबै उच्च शैक्षिक संस्थानहरू एसडीएफ सरकारको कार्यकालमा हामीले स्थापित गरेको हो। पवन चामलिङले भनेका छन्, जब मैले 1994 मा सत्ता सम्हालें त्यस समय केवल एउटा कलेज र एउटा रात्री विधि कलेज मात्र थियो। सिक्किमलाई देशकै सबैभन्दा शिक्षित राज्य बनाउने र हाम्रा विद्यार्थीहरूले यी कलेजहरूमा पढ्ने… Read More