गोजमुमो दुवै खेमाले पालन गर्‍यो 14औं स्थापना दिवस

गोजमुमो दुवै खेमाले पालन गर्‍यो 14औं स्थापना दिवस

दार्जीलिङ, 7 अक्टोबर। गोर्खा जनमुक्ति मोर्चा दुवै खेमाले आज आ-आफ्नै तरिकाले पार्टीको 14औं स्थापना दिवस पालन गरे। विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङको जज बजारस्थित केन्द्रिय कार्यालयसँगै विभिन्न स्तरमा समान्य ढङ्गले पार्टीको स्थापना दिवस पालन गर्‍यो भने विमल गुरूङपन्थी गोजमुमो समर्थकहरूले पनि सामान्यरूपले पार्टीको स्थापना दिवस पालन गरे। विनय तामाङपन्थी गोजमुमो प्रवक्ता केशवराज पोख्रेलले पार्टीको स्थापना दिवस विभिन्न स्तरमा पालन गरिएको जानकारी गराउँदै पार्टी स्थापनाको 14 वर्षमा सरकारले पनि गोर्खाल्याण्ड शब्दलाई आधिकारिकरूपमा मान्यता दिन शुरू गरेको बताए। जसलाई पार्टीले आफ्नो एउटा उपलब्धी मानेको पनि उनले जनाए। यसअघिसम्म गोर्खाल्याण्ड शबदलाई सरकारले अर्कै दृष्टिकोणले हेर्ने गरेको पनि उनले जनाए। यसैबीच, अर्कोतर्फ पार्टीको स्थापना दिवसको अवसर पारेर विमल गुरूङले एक विज्ञप्ति जारी गरी पार्टीका सम्पूर्ण समर्थकहरूलाई शुभकामना दिएका छन्। उनले बताएअनुसार, गोर्खा जनमुक्ति मोर्चा पाटर्टको 14औं स्थापना दिवसको शुभ उपलक्ष्यमा दार्जीलिङ पहाड, तराई अनि डुवर्सका कन्दरा कन्दरामा बस्ने मेरा प्यारा गोर्खे सन्तानलगायत भारत देश साथै विश्वभरि छरिएर बसेका सम्पूर्ण गोर्खाली समुदायलाई पार्टीको 14औं स्थापना दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यो देशले गोर्खा जातिलाई केही नदिए पनि गोर्खा जातिले आफ्नो शरीरको एक-एक थोपा रगत यो देशको सुरक्षा र समृद्धिको निम्ति दिएको छ। यो देशमा गोर्खाहरुले दिएको योगदान अनि सर्वोच्च बलिदानको सही मूल्यांकन होस् अनि भारत देशमा गोर्खाहरुको पहिचान र अस्तित्वको निम्ति छुट्टै राज्य… Read More

विमलपन्थी गोजमुमोले गोर्खाल्याण्डबारे कुरा उठाएको दावी

विमलपन्थी गोजमुमोले गोर्खाल्याण्डबारे कुरा उठाएको दावी

दार्जीलिङ, 7 अक्टोबर। जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेश)-सित सम्बन्धित विषयहरूमाथि चर्चाको लागि आज वार्ता भए पनि यसमा विमल गुरूङपन्थी गोजमुमोले अलग राज्य गोर्खाल्याण्डमाथि नै कुरा उठाएको दावी गरेको छ। यसका साथै पार्टीले यस वार्तामा 11 वटा जात-गोष्ठीलाई पनि अनुसूचित जनजातिको दर्जा दिनुपर्ने माग उठाएको पार्टीका कार्यकारी अध्यक्ष लोप्साङ योल्मो लामाले एक विज्ञप्ति जारी गरी बताएका छन्। आजको वार्तामा राज्य सरकारको कुनै भागीदारी थिएन, न यस वार्तामा विमल गुरूङपन्थी गोजमुमोले निम्तो दिएको गोरामुमो र क्रामाकपाका प्रतिनिधिहरूले नै भाग लिए। यस वार्तामा केन्द्रिय गृह राज्यमन्त्री जी. किशन रेड्डी, गृह सचिव अजय कुमार भल्लाका साथै गोजमुमोको पक्षबाट लोप्साङ योल्मो लामा, डा. कल्याण देवान, उर्मिला रूम्बा, विशाल छेत्री, विशाल लामा, बिनु सुन्दास अनि कानूनी सल्लाहकार आनन्द भण्डारी सामेल थिए। पार्टीका कार्यकारी अध्यक्ष योल्मोले विज्ञप्तिमा बताएअनुसार, वार्तामा केन्द्र सरकारको पक्षबाट उपस्थित रहेका मन्त्री साथै अधिकारीवर्गले जीटीए विषय लिएर कुरा उठाउन साथ गोजमुमोको प्रतिनिधि टोलीले अलग राज्य गोर्खाल्याण्ड र 11 वटा गैर जनजाति जात-गोष्ठीलाई जनजातिको दर्जा दिनुपर्ने माग उठायो। यसै विषय लिएर टोलीले सरकारपक्षलाई एक ज्ञापन पनि पेश गरेको छ। यसरी नै योल्मोले राज्य सरकारले 2011-को जीटीए सम्झौतालाई सम्मान नगरेको बताउँदै जीटीएमाथि अवैध हस्तक्षेप, अनियमितता र बाधा दिने कार्य गरिरहेको कारण नै वर्ष 2017-मा जीटीएका निर्वाचित सभासदहरूले आ-आफ्नो पदबाट राजीनामा दिएर जीटीएलाई खारेज गरेको पनि बताएको जानकारी… Read More

केन्द्रले गोर्खा जातिमाथि अवहेलना गरेको गोरामुमोको अनुभव

केन्द्रले गोर्खा जातिमाथि अवहेलना गरेको गोरामुमोको अनुभव

दार्जीलिङ, 7 अक्टोबर। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले केन्द्र सरकारले गोर्खा जातिमाथि अवहेलना गरेको अनुभव गरिरहेको छ। तर अबउसो यस जातिमाथि यस्तो खेलाँची नगरियोस् भन्ने पनि पार्टीले केन्द्र सरकारलाई अपील गरेको छ। आज गोरामुमो केन्द्रिय समितिको एक आपतकालीन बैठक भएको थियो, जसमा केन्द्र सरकारले आजको वार्ताबारे पठाएको पत्रबारे नै चर्चा भएको थियो। यसैबारे जानकारी गराउँदै गोरामुमो प्रवक्ता महेन्द्र छेत्रीले केन्द्रिय गृह मन्त्रालयले 48 घण्टाको अवधिभित्र 7 अक्टोबरको दिन गरिने वार्ताबारे दुइवटा पत्र पठाएर सम्पूर्ण गोर्खा जातिलाई अन्यौलमा पारेको बताए। यसका साथै उनले गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-लाई पहिलादेखि नै विरोध गरेको बताउँदै आजको वार्ताबाट नै जीटीएलाई खारेज गर्ने पहल शुरू होस् भन्ने चाहेको पनि बताए। उनले भने-गोरामुमोले जीटीएको विरोध गरिरहेको छ, यसैले जीटीएको विषयमाथि भएको वार्तामा गोरामुमोले भाग लिने कुरै आएन। तर यस वार्तामा भाग लिने केन्द्र सरकार र विमल गुरूङपन्थी गोजमुमोले जीटीएलाई खारेज गर्ने पहल पनि शुरू गर्नुपर्छ। किनभने, जीटीएमा सम्झौता गर्ने केन्द्र सरकार र विमल गुरूङपन्थी गोजमुमो हुन्। यसैले जीटीएलाई खारेज गरेर वर्ष 2021-अघि नै दार्जीलिङको लागि स्थायी राजनैतिक समाधानको लागि ठोस पहल अनि वार्ता पनि शुरू गरियोस्।

कोभिड-19 सित सम्बन्धित उचित व्यवहारका लागि प्रधानमन्त्रीले जनआन्दोलन शुरु गर्ने

कोभिड-19 सित सम्बन्धित उचित व्यवहारका लागि प्रधानमन्त्रीले जनआन्दोलन शुरु गर्ने

नयाँ दिल्ली, 7 अक्टोबर 2020।प्रधानमन्त्री नरेन्द्र मोदीले 8 अक्टोबरको दिन ट्वीटको माध्यमद्वारा कोभिड-19 सित सम्बन्धित उचित व्यवहारबारे अभियान शुभारम्भ गर्नेछन्। आगामी चाड-पर्वका साथै हिउँदको मौसम र अर्थनीति पुनः खोल्ने प्रक्रियालाई ध्यानमा राख्दै यो अभियान शुरु गरिने भएको हो। जनमानसलाई जन आन्दोलनको निम्ति प्रोत्साहित गर्ने उद्देश्यका साथ यो अभियान शुरु गर्ने तय गरिएको हो। यो मास्क लगाउने, शारीरिक दूरी कायम राख्ने तथा हातको सर-सफाई कायम गर्ने जस्ता मुख्य सन्देशका साथ कम लागतको तर व्यापक प्रभावको पहल हुनेछ।सबैद्वारा कोभिड-19 विरुद्ध सङ्कल्प गरिनेछ। तल उल्लेखित बुँदाहरू अनुरूप केन्द्र सरकारको मन्त्रालय, विभागका साथै राज्य सरकार अनि केन्द्र शासित प्रदेशहरूद्वारा ठोस कार्ययोजना कार्यान्वयन गरिनेछ : • बढी सङ्क्रमण देखिएका जिल्लाहरूमा क्षेत्र विशेष सञ्चार साधन, • प्रत्येक नागरिकले सजिलै बुझ्ने सरल सन्देशहरू, • सबै सञ्चार माध्यमको सहयोगमा देशव्यापी रूपमा प्रसारण, • सबै सार्वजनिक स्थलमा पोस्टर अनि ब्यानर टाँगिनेछ; सबै अग्रपङ्क्तिका कर्मचारीहरूलाई सामेल गर्दै सरकारी योजनाका लाभार्थीहरूलाई लक्षित गरिनेछ, • सरकारी परिसरहरूमा होर्डिङ, भित्तेचित्र, ईलेक्ट्रनिक प्रदर्शनी बोर्ड लगाइनेछ, • सन्देश प्रसारित गर्न स्थानीय साथै राष्ट्रिय दूतहरू संलग्न गरिनेछ, • नियमित रूपमा जागरूकता फैलाउन मोबाइल भ्यान गुडाइनेछ, • जागरूकताबारे श्रव्य सन्देश, पर्चा, ब्रुसर बाँडिनेछ, • कोभिडबारे सन्देश प्रसारित गर्न स्थानीय केबल अपरेटरहरूको सहयोग लिइनेछ, • प्रभावी लोक सम्पर्कका साथ असरदार बनाउन समन्वित रूपमा सञ्चार अभियान चलाइनेछ। (पीआइबी)