सिलगढी महकुमा अन्तर्गत तराईको लालपुल बाँध अहिले निकै लोभलाग्दो र आकर्षक बनेर गएको छ

सिलगढी महकुमा अन्तर्गत तराईको लालपुल बाँध अहिले निकै लोभलाग्दो र आकर्षक बनेर गएको छ

दीप मिलन प्रधान , मिरिक ५ अक्टोबर , सिलगढी महकुमा अन्तर्गत तराईको लालपुल बाँध अहिले निकै लोभलाग्दो र आकर्षक बनेर गएको छ । पर्यटकहरुलाई दैनिक बोलाइरहेको छ । पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्न थालेको दैनिकरुपमा सिलगढी लगायत विभिन्न स्थानबाट लालपुल बाँधमा पर्यटकहरु अधिक सङ्ख्यमा देखिन थालेको छ । लालपुल बाँधको आकार्षण लक डाउन शुरु भएपछि बढ्न थालेको हो । यसअघि लालपसल बाँधमा मानिसहरु यसरी देखिदैन थियो । अहिले स्थानीय लालपुल क्षेत्रका मानिसहरुलाई रोजगारको एउटा आधार लालपुल बाँधले दिन थालेको छ । एकान्त अनि प्राकृतिकरुपले आकर्षक ठाउँ त छँदैछ तर लालपुलमा बग्ने खोला अनि बाँधले सृजना गरेको झील अनि झरणा जस्तो पानीको बहाव मुख्य आकार्षण बनेको छ । लालपुल बाँधले अर्को पर्यटन स्थलको जग बसाल्न थालेको देखिन्छ।

सामाजिक सशक्तिकरणका लागि उत्तरदायी आर्टिफिसियल इन्टेलिजेन्स  

सामाजिक सशक्तिकरणका लागि उत्तरदायी आर्टिफिसियल इन्टेलिजेन्स  

रविशङ्कर प्रसाद डिजिटल भारतको सफलताले समावेशी विकास, सुशासन तथा आम नागरिकको सशक्तिकरणका लागि डिजिटल प्रविधिलाई प्रभावित गर्ने नयाँ वैश्विक मापदण्ड अख्तियार गरेको छ। केही वर्ष अघिसम्म सम्भ्रान्त वर्गको निम्ति मात्र विलासको वस्तु रहेको डिजिटल प्रविधिका फाइदाहरू जनसाधारणको निम्ति सजिलै उपलब्ध हुनथालेको छ। द्रूत गतिमा परिवर्तन भइरहेको प्रविधिका लागि प्रणालीको निरन्तर उन्नति, तेज अनि पर्याप्त नियामक अनुक्रियाका साथमा आइपर्ने चुनौतीहरूको सामना गर्न क्षमता विकास आवश्यक पर्दछ। आर्टिफिसियल इन्टेलिजेन्सको (एआइ)) उद्भव वृद्धिशील परिवर्तन मात्र नभएर, प्रविधिको क्षेत्रमा रूपान्तरणकारी फड्को हो, जसलाई सर्वव्यापी रूपमा आत्मसात गर्दै मानवताको हितका लागि दोहन गर्नुपर्नेछ। कुनै पनि आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीको निम्ति तथ्याङ्क बुनियादी आधार हो। भारतमा 70 करोड इन्टरनेट उपभोक्ता, 1.21 अरब फोन प्रयोगकर्ता तथा 1.26 अरब आधार प्रयोगकर्ताले प्रतिदिन व्यापक मात्रामा तथ्याङ्क सिर्जना गर्दछन्। विश्वका केही प्रमुख इन्टरनेट कम्पनीका सर्वाधिक उपयोगकर्ता भारतमा छन्। यसका साथै विश्वमा सबैभन्दा सुपथ दरमा इन्टरनेट सेवा भारतले उपलब्ध गराउँदछ। विश्वमा आफ्नो क्षमता साबित गरिसकेको भारतीय आइटी क्षेत्रले सक्षम मानव संसाधनको उपलब्धता सुनिश्चित गर्दछ। नागरिकहरूको जीवनमा सुधार ल्याउन सधैं प्रोत्साहित गर्ने प्रधानमन्त्री मन्त्रीको नेतृत्त्वका साथमा यसले भारतमा आर्टिफिसियल इन्टेलिजेन्सको क्रान्ति ल्याउने निश्चित छ। भारत सरकारद्वारा 2018 मा, राष्ट्रिय एआइ रणनीति प्रकाशित गरियो। त्यस उपरान्त देशमा सुदृढ एआइ परिवेश विकास गर्न ईलेक्ट्रनिक्स तथा आइटी मन्त्रालयले अनेकौं कदम चालेको छ। स,रकारी विभागहरूमा विशेषज्ञ तथ्याङ्क… Read More

पूर्वोत्तरको संसाधन अनि विविधताका साथै प्रविधि अनि सक्षमताले दिव्याङ्गहरूको हितमा आत्मनिर्भर भारतलाई अग्रसर गराउने विशेषज्ञहरूको दाबी

पूर्वोत्तरको संसाधन अनि विविधताका साथै प्रविधि अनि सक्षमताले दिव्याङ्गहरूको हितमा आत्मनिर्भर भारतलाई अग्रसर गराउने विशेषज्ञहरूको दाबी

पूर्वोत्तरमा प्रविधिको शुरुवाती प्रयोगले दिव्याङ्गहरूको सशक्तिकरणमा उल्लेखनीय परिवर्तन ल्याएको छ : पद्मश्री उद्धवकुमार भराली केन्द्र सरकारको पहलले दिव्याङ्गहरूको सामाजिक-आर्थिक विकासलाई टेवा प्रदान गरिरहेको छ : पद्मश्री नरेशचन्दर लाल गान्तोक, 5 अक्टोबर 2020। पूर्वोत्तरको संसाधन अनि विविधताका साथै प्रविधि अनि सक्षमताले दिव्याङ्गहरूको हितमा आत्मनिर्भर भारतलाई अग्रसर गराउने दाबी पत्र सूचना कार्यालय, गुवाहाटीद्वारा “महात्मा गान्धीको 150 औं जन्म जयन्ती – दिव्याङ्गहरूको सामाजिक-आर्थिक विकासका लागि आत्मनिर्भर भारतलाई गति प्रदान गर्ने” विषयमा आयोजित वेबिनारमा विशेषज्ञहरूले गरे। उद्योग जगत्, सरकारी क्षेत्रका साथै शिक्षाविद्हरूले बहुक्षेत्रीय साथै नीतिगत दृष्टिकोणको सम्भावनाबारे चर्चा-परिचर्चा अनि विमर्श गरे। पूर्वोत्तरको चुनौती तथा केन्द्र सरकारको पहलबारे उदाहरण प्रस्तुत गर्दै पद्मश्री उद्धवकुमार भरालीले महात्मा गान्धीको 150 औं जन्म जयन्तीले नागरिकहरूमा समाजको हरेक तप्काको सर्वव्यापी विकासका लागि अरू बढी काम गर्ने जिम्मेवारी दिएको बताए। प्रविधि अनि सिर्जनशीलताले दिव्याङ्गहरूको सामाजिक-आर्थिक विकासमा महत् भूमिका खेल्ने आसमको लखिमपुर जिल्लाका बासिन्दा भरालीले बताए। दिव्याङ्गहरूलाई आत्मनिर्भर बनाउन खुवाउने यन्त्र, घुँडाका लागि चप्पल, सफा गर्ने यन्त्र, घाँस काट्ने यन्त्रका साथा सुपारी, लसुन, कदम, नरियल, मुसलीको बोक्रा ताछ्ने मशिन जस्ता प्रविधिको रचनात्मक प्रयोगद्वारा दिव्याङ्गहरूलाई सशक्त बनाउने माध्यम रहेको उनले बताए। पूर्वोत्तरमा प्रविधिको शुरुवाती प्रयोगले दिव्याङ्गहरूको सशक्तिकरणमा उल्लेखनीय परिवर्तन ल्याएको पनि उनले दाबी गरे। यसै गरी चर्चामा भाग लिँदै पद्मश्री नरेशचन्दर लालले भने, “केन्द्र सरकारको पहलहरूले दिव्याङ्गहरूको सामाजिक-आर्थिक विकासलाई टेवा दिइरहेको छ।” दिव्याङ्ग… Read More

7 अक्टोबरको वार्ता गोर्खाल्याण्ड होइन, जीटीएबारे हुनेछ

7 अक्टोबरको वार्ता गोर्खाल्याण्ड होइन, जीटीएबारे हुनेछ

पहाड़मा विभिन्न प्रतिक्रिया दार्जीलिङ, 5 सेप्टेम्बर। गोर्खा जातिमाथि खेलाँची गरिएको हो? आज केन्द्रिय गृह मन्त्रालयले संशोधन पत्र जारी गरी 7 अक्टोबरको दिन हुने वार्ता गोर्खाल्याण्डसित सम्बन्धित विषयबारे नभएर जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-सित सम्बन्धित विषयबारे हुने बताइएको छ। आज 5 अक्टोबरकै दिन सीएस-2 निर्देशक रेणु सरिनद्वारा जारी गरिएको यो पत्र सार्वजनिक हुनसाथ दार्जीलिङ पहाड़मा विभिन्न प्रतिक्रिया अघि आन थालेको छ। यो पत्रमा भनिएको छ-गत 3 अक्टोबरको दिन जारी गरिएको पत्रको शीर्षकलाई गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशनद्वारा सम्बन्धित विषयमाथि भनेर पढ़्नपर्छ। गत 3 अक्टोबरको दिन जारी गरिएको पत्रमा 7 अक्टोबरको दिन गोर्खाल्याण्डसित सम्बन्धित विषयहरूमाथि वार्ता गरिने भनिएको थियो। तर आज यसलाई संशोधन गरिएको छ। जसमा वार्ताको स्थान, समय र मिति 3 अक्टोबरको दिन पठाइएको पत्रमा उल्लेख गरअनुसार नै हुने पनि उल्लेख गरिएको छ। यसबारे यो समाचार लेख्दासम्म विमल गुरूङपन्थी गोजमुमोले कुनै प्रतिक्रिया दिएको छैन भने क्रामाकपाले जीटीएमाथि वार्ता हुने हो भने वार्तामा भाग नलिने बताएको छ। यसरी नै गोरामुमोले वार्ताको दिन नै एक बैठक गरेर उचित निर्णय लिने बताएको छ। गत 3 अक्टोबरको दिन केन्द्रिय गृह मन्त्रालयले विमल गुरूङपन्थी गोजमुमोलाई 7 अक्टोबरको दिन गोर्खाल्याण्डसित सम्बन्धित वार्ता गर्ने भनेर एक पत्र पठाएपछि विमलपन्थी गोजमुमोले यस वार्तामा क्रामाकपा र गोरामुमोलाई पनि लाने निर्णय लिएको थियो अनि आज बिहान मात्रै यी दुइ पार्टीका अध्यक्षद्वय मन घिसिङ र… Read More