सिक्किम राज्य विश्वविद्यालयमा गान्धी जयन्ती

सिक्किम राज्य विश्वविद्यालयमा गान्धी जयन्ती

गान्तोक, 2 अक्टोबर्। सिक्किम राज्य विश्वविद्यालयले आज राष्ट्रपिता महात्मा गान्धीको 151औं जन्म जयन्ती अनलाइन रूपमा पालन गर्दै विविध कार्यक्रमहरूको आयोजना गर्‍यो। नेपाली विभागका विद्यार्थीहरूद्वारा आयोजित कार्यक्रममा मुख्य अतिथिका रूपमा वरिष्ठ पत्रकार एवम् प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष जोसेफ लेप्चा उपस्थित थिए भने कार्यक्रमको अध्यक्षता विश्वविद्यालयकाकुलपति प्रोफेसर जीके निरौला छेत्रीले गरेका थिए्। यसरी नै विशिष्ठ अतिथिका रूपमा नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङकी नेपाली विभाग प्रमुख डा. गीता निरौलाको उपस्थिति रहेको थियो । राष्ट्र गानसित शुरु भएको कार्यक्रममा महात्मा गान्धीको जीवनसित सम्बन्धित वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो। कार्यक्रममा कविता प्रतियोगिता, गान्धी विचार प्रतियोगिता अनि हाजिरी जबाफ प्रतियोगिताको आयोजन गरिएको थियो। जसमा विश्वविद्यालयको नेपाली तथा सस्कृत विभागका विद्यार्थीसितै तादोङ महाविद्यालय र सरकारी संस्कृत महाविद्यालय, साम्दोङका विद्यार्थीले पनि भाग लिएका थिए्।प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरूलाई पुरस्कारका स्वरूप विभिन्न महत्त्वपूर्ण ई पुस्तकहरू प्रदान गरिएको थियो। विशिष्ठ अतिथि डा. गीता निरौलाले आफ्नो सम्बोधनमा महात्मा गान्धीले दिएको विचार र धारणामाथि प्रकाश पार्दै विद्यार्थीलाई त्यसबाट प्रेरणा ग्रहण गर्न आग्रह गरिन्। मुख्य अतिथि पत्रकार जोसेफ लेप्चाले आफ्नो सम्बोधनमा राष्ट्रपिता महात्मा गान्धी एकजना कर्मठ योद्धा रहेको जनाउँदै गान्धीले आफ्नो जीवन भारतभूमिका लागि समर्पित गरेको बताए्। सभाध्यक्ष कुलपति प्रोफेसर जीके निरौला छेत्रीले आफ्नो सम्बोधनमा विद्यार्थीहरूलाईयसप्रकारको रोचक कार्यक्रम आयोजन गरेर महात्मा गान्धीलाई श्रद्धाञ्जलि अर्पण गरेकोमा बधाई दिँदै विद्यार्थीहरूलाई महात्मा गान्धीको जीवन दर्शनबारे अध्ययन… Read More

राजनैतिक कार्यक्रममुक्त हुनेछ भानुभवन,आम जनताको लागि खोलिने घोषणा

राजनैतिक कार्यक्रममुक्त हुनेछ भानुभवन,आम जनताको लागि खोलिने घोषणा

  दार्जीलिङ, 2 अक्टोबर। गोर्खा रङ्गमञ्च भवन वा भानुभवनमा अबोप्रान्त कुनै राजनैतिक कार्यक्रम हुनेछैन। यसबारे भोलि नै जीटीए (गोर्खाल्याण्ड टेरियटोरियल एड्मिनिस्ट्रेशन)-ले एक आधिकारिक निर्देश जारी गर्ने भएको छ। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले आज गोर्खा रङ्गमञ्च भवनमा कुनै राजनैतिक कार्यक्रम गर्न नहुनेबारे जीटीए अध्यक्ष अनित थापा, जीटीएका मुख्य सचिव सुरेन्द्र गुप्तअघि अपील गरेपछि तत्कालै जीटीए अध्यक्ष थापाले यसबारे भोलि नै जीटीएले यसबारे एक आधिकारिक निर्देश जारी गर्ने घोषणा गरे। यसका साथै थापाले भोलिदेखि नै गोर्खा रङ्गमञ्च भवन परिसरलाई आम जनताको लागि पनि खुल्ला राखिने घोषणा गरे। गोर्खा रङ्गमञ्च भवनको टुप्पोमा गोर्खा सिपाहीको सालिग पुनः स्थापना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नै आज गोजमुमो अध्यक्ष तामाङले गोर्खा रङ्गमञ्च भवनमा अबोप्रान्त कुनै राजनैतिक कार्यक्रम गर्न नदिने अपील गरेका थिए। स्मरण गराइन्छ, 8 जून 2017-को दिन गोर्खा रङ्गमञ्च भवनमा एक राजनैतिक कार्यक्रम भइरहेको थियो, जुन राजनैतिक कार्यक्रमबीच पहाड़मा आगो सल्किएको थियो। त्यसपछि गोर्खा रङ्गमञ्च भवनलाई राज्य सरकारले आफ्नो कब्जामा लिएर कठोर सुरक्षाको घेरोमा राखेको थियो। जहाँ केही महीनाअघि मात्रै जीटीएको सूचना एवं सांस्कृतिक विभागलाई आफ्नो कार्यालय सञ्चालन गर्ने अनुमति प्रदान गरिएको थियो। तरै पनि यहाँ आम जनतालाई प्रवेश गर्ने अनुमति थिएन। आज गोर्खा रङ्गमञ्च भवनमा आयोजित सालिग पुनः स्थापना समारोहलाई सम्बोधन गर्ने क्रममा गोजमुमो अध्यक्ष विनय तामाङले भने-आज पुनः गोर्खा रङ्गमञ्च भवनको… Read More

खोलिएकै दिन दार्जीलिङ जू-मा 250 पर्यटक

खोलिएकै दिन दार्जीलिङ जू-मा 250 पर्यटक

दार्जीलिङ, 2 अक्टोबर। आज पुनः खोलिनसाथ दार्जीलिङको पद्मजा नायडु हिमालयन जुलोजिकल पार्क अनि हिमालयन पर्वतारोहण संस्थानमा 250 भन्दा अधिक पर्यटकहरूको आगमन भयो। जसमा स्थानीयहरू पनि सामेल छन्। राज्य सरकारले आज 2 अक्टोबरदेखि दार्जीलिङको पद्मजा नायडु हिमालयन जुलोजिकल पार्कसँगै राज्यका अन्य चिड़ियाघरहरू पनि खोल्ने घोषणा गरेको थियो। जसको प्रथम दिनमा नै दार्जीलिङ जू-मा 250 भन्दा अधिक पर्यटकको आगमन भएको रेकर्ड दर्ता भएको छ। स्मरण गराइन्छ, कोरोना सङ्क्रमणको कारण देशमा लकडाउन शुरू हुनसाथ दार्जीलिङ जू पनि बन्द भएको थियो भने यसैसँगै टाँसिएको हिमालयन पर्वतारोहण संस्थान पनि ठप्प नै बनेको थियो। तर सरकारले कोविड-19-को विभिन्न नियमहरूलाई पालन गरेर जू अनि हिमालयन पर्वतारोहण संस्थान खोल्ने निर्देश दिएपछि आजदेखि दार्जीलिङ जू अनि हिमालयन पर्वतारोहण संस्थान खोलिन शुरू भयो। यसबारे हिमालयन पर्वतारोहण संस्थानका प्राचार्य क्याप्टन जयकिशनले भने-कोरोना सङ्क्रमणको कारण लगभग 7 महीनासम्म देश लगभग अचल नै बन्यो। सबै मानिसहरूको आफ्नो ज्यान बँचाउन सरकारले दिशानिर्देश जारी गरेको थियो। जसअनुसार, दार्जीलिङको जू र एचएमआई पनि बन्द गर्न परेको थियो। तर बिस्तारै जनजीवन सामान्य बन्दै गइरहेको छ र सरकारको दिशानिर्देशअनुसार नै आजदेखि दार्जीलिङको जू र एचएमआईको ढोका पनि खोलिएको हो। तर जू अनि एचएमआई परिसरमा सामाजिक दूरीको नियमलाई पूर्णरूपले पालन गरिएको छ, प्रत्येक मानिसहरू 2 मिटरको दूरीमा रहन आवश्यक छ। फेस मास्क लगाउन अनिवार्य बनाइएको छ अनि ठाउँ-ठाउँमा सेनिटाइजर… Read More

महात्मा गान्धीको 150 औं जन्म जयन्ती तथा स्वच्छ भारत उत्सव पालन

महात्मा गान्धीको 150 औं जन्म जयन्ती तथा स्वच्छ भारत उत्सव पालन

गान्तोक, 2 अक्टोबर, 2020। भारत सरकारको सूचना एवं प्रसारण मन्त्रालय अन्तर्गत क्षेत्रीय लोक सम्पर्क कार्यालय सिलगढीद्वारा पीआइबी कोलकाता, गोर्खा क्षेत्रीय प्रशासन, दार्जीलिङको स्वच्छ भारत अभियानका (ग्रामीण) सहायक जिल्ला समन्वयक, पूर्व सिक्किमको लोवर साम्दोङको युवा जागृति सङ्घ तथा दार्जीलिङका अभियानकर्मीहरूको सहयोगमा 1 अक्टोबरको दिन वेबिनार आयोजन गरियो। वेबिनारको शुरुमा गान्धीजीमाथि संक्षिप्त वृत्तचित्र प्रस्तुत गरियो। यसपछि सबै प्रतिभागीलाई स्वागत जनाउँदै पीआइबी, पश्चिम बङ्गालकी एडीजी सुश्री जेन नाम्चूले आफ्नो सम्बोधनमा महात्मा गान्धीको 150 औं जन्म जयन्तीको समापन पालन गरिरहेको जानकारी दिइन्। क्षेत्रीय लोक सम्पर्क कार्यालयले विगत केही वर्षदेखि स्वच्छ भारत अभियानको सम्बन्धमा अनेकौं कार्यक्रम आयोजन गर्दै आएको र कोभिड-19 महामारीले तनाउपूर्ण बनाएको परिस्थितिमा व्यक्तिगत सर-सफाईका साथै स्वच्छता धेरै महत्त्वपूर्ण रहेको बताइन्। स्रोतवक्ताका रूपमा उपस्थित सामाजिक अभियानकर्मी ओमनारायण गुप्ताले आफ्नो सम्बोधनमा महात्मा गान्धीको स्वच्छ भारतको परिकल्पना सरकारको मात्र सबै नागरिकको पनि जिम्मेवारी रहेको बताए। भारतलाई स्वच्छ बनाउने महात्मा गान्धीको क्रान्तिकारी परिकल्पना रहेको उल्लेख गर्दै भारतको उन्मुक्ति स्वतन्त्रताद्वारा मात्र नभएर स्वच्छताद्वारा मात्र सम्भव हुनसक्ने बुझेका एकमात्र महान् नेता रहेको उनले बताए। यस कारण प्रधानमन्त्री नरेन्द्र मोदीले महात्मा गान्धीको यो सपना साकार बनाउने घोषणा गरे तापनि देशका 130 करोड जनमानसले साथ दिनुपर्ने उनले बताए। महात्मा गान्धीको स्वच्छ भारतको सपना स्वच्छता सुनिश्चित गर्नु मात्र नभएर जनमानसलाई यो लक्ष्य हासिल गर्न योगदान पुऱ्याउन सक्षम बनाउनु पनि रहेको उनले… Read More