युवाहरूमा तनाउ प्रबन्धनका साथै आचार-व्यवहारमा रचनात्मक परिवर्तनद्वारा कोभिड-19 को मामिलालाई सम्बोधित गर्नसकिने विशेषज्ञहरूको दाबी

युवाहरूमा तनाउ प्रबन्धनका साथै आचार-व्यवहारमा रचनात्मक परिवर्तनद्वारा कोभिड-19 को मामिलालाई सम्बोधित गर्नसकिने विशेषज्ञहरूको दाबी

कोभिड-19 तथा पूर्वोत्तरका युवाहरूको निम्ति तनाउ प्रबन्धन विषयमा पीआइबी गुवाहाटीद्वारा वेबिनार आयोजित गान्तोक, 13 अक्टोबर, 2020। युवाहरूमा तनाउ प्रबन्धनका साथै आचार-व्यवहारमा रचनात्मक परिवर्तनद्वारा कोभिड-19 को मामिलालाई सम्बोधित गर्नसकिने दाबी पत्र सूचना कार्यालय, गुवाहाटीद्वारा आयोजित वेबिनारमा विशेषज्ञहरूले दाबी गरेका छन्। वेबिनारमा चिकित्सा क्षेत्रका विशेषज्ञहरूका साथमा प्राज्ञहरूले चिकित्सा साथै नीतिगत पहलको दृष्टिकोणले कोभिडको स्थितिलाई सम्बोधित गर्ने विषयमा चर्चा-परिचर्चा अनि विमर्श गरे।कोभिडको समस्यालाई सम्बोधित गर्ने सजिलो उपाय अनुशासित जीवन रहेको पद्मश्री नरेशचन्दर लालले बताए। कोभिडको रोकथामका लागि सबैभन्दा आवश्यक स्वस्थकर भोजन अनि स्वच्छता रहेको उनले बताए। यसका साथै बाल स्वास्थ्य अनि तनाउ प्रबन्धन विषयमा पनि उनले प्रकाश पारे। बाल-बच्चाहरूलाई आफ्नो रुचि अनुसारले समय बिताउन दिनुपर्ने उल्लेख गर्दै यसले उनीहरूको एकाङ्कीपनका साथै अवसाद अनि तनाउबाट मुक्त राख्ने बताए। मिजोरम केन्द्रिय विद्याल, ऐजवालका उपकूलपति प्रो. डा. केआरएस सम्बशिव रावले आफ्नो सम्बोधनमा स्वस्थ अनि रचनात्मक आचरणका साथै भावनात्मक स्वास्थ्य विद्यार्थीहरूको बौद्धिक विकासका लागि महत्त्वपूर्ण रहेको बताए। प्रविधिले अध्ययनको परिपाटी नै परिवर्तन गइरहेको समय त्यसलाई विद्यार्थीहरूको उत्तोत्तर विकासमा लगाउनुपर्ने कुरामाथि उनले जोड दिए। शिक्षाले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभाको विकास गर्ने कुरा उल्लेख गर्दै यस प्रयासमा युवा जमातले अनुभव गर्ने तनाउका साथै कोभिड-19 को स्थितिलाई सम्बोधित गर्न उनीहरूको आचार-व्यवहारमा परिवर्तन आवश्यक रहेको डा. रावले बताए। यसका साथै भावावेश अनि तनाउले उनीहरूको बौद्धिक क्षमतालाई पनि प्रभावित पार्ने उल्लेख उनले गरे।… Read More

दार्जीलिङ ट्रक चालक संगठनको सभापतिको निधनमा 14 अक्टोबर पहाड़को ट्रकहरू बन्द रहने

दार्जीलिङ ट्रक चालक संगठनको सभापतिको निधनमा 14 अक्टोबर पहाड़को ट्रकहरू बन्द रहने

सोनादा, 13 अक्टोबर (हिस)। दार्जीलिङ ट्रक चालक संगठनको सभापति हरिप्रसाद प्रधानको आज बिहान निधन भएको छ। उनी 73 वर्षका थिए । उनी सन् 1975-76 सालतिर नै गठित दार्जीलिङ ट्रक चालक संगठनको संस्थापक सदस्य थिए भने विगत 35 सालदेखि दार्जीलिङ ट्रक चालक संगठनको सभापतिको रुपमा कार्य गर्दै आएका थिए। उनको आज बिहान 9.30 बजेतिर सिलगढीको एक निजी नर्सिङ होममा ह्रदयघातको कारणले निधन भएको छ। उनले आफुपछि पत्नी, दुई छोरा र एक छोरी छोड़ी गएका छन्। उनी केही समयदेखि मुटु रोग, सुगर र फोक्सोमा समस्या झेल्दै आएका थिए। सभापति हरिप्रसाद प्रधानको निधनपछि उनले संगठनलाई आजीवन दिएको योगदानको लागि र संगठनले उनको अगुवाईमा गरेको उपलब्धिहरूका लागि शोक प्रकट गर्दै श्रध्दाञ्जली स्वरुप बुधबार 14 अक्टोबरको दिन सम्पूर्ण दार्जीलिङ पहाड़का मालवाहक ट्रक गाड़ीहरू बन्द राखिने भएको जानकारी दार्जीलिङ ट्रक चालक संगठनको महासचिव राजेन छेत्रीले दिएका छन्। उनले हरिप्रसाद प्रधान संगठनको सभापतिको रुपमा धेरै काम गर्दै आएको र संगठनको सभापतिको निधनमा गहिरो शोक समवेदना प्रकट गर्दै संगठनको मात्र होइन तर आफुले एकजना अभिभावक र मित्र गुमाएको बताएका छन्।

बंगभङ्ग होबेना भने बंगालको भाजपालाई सांसद राजु बिष्टले स्थायी राजनैतिक समाधान के हो त्यो बुझाइ दिउन् - केशवराज पोखरेल

बंगभङ्ग होबेना भने बंगालको भाजपालाई सांसद राजु बिष्टले स्थायी राजनैतिक समाधान के हो त्यो बुझाइ दिउन् - केशवराज पोखरेल

भारतीय जनता पार्टीका सांसद लकेट च्याटर्जी अनि भाजपा पश्चिम बङ्गाल राज्य समिति महासचिव सायन्त घोषले गोर्खाल्यान्ड नहुने,दार्जिलिङ पहाड बङ्गालको अभिन्न अङ्ग अनि स्थायी राजनैतिक समाधान भनेको गोर्खाल्यान्ड होइन अर्थात बङ्गालबाट छुट्टिनु होइन भनी दिएको बयानको गोर्खा जनमुक्ति मोर्चाले विरोध एवम् भत्सर्ना जनाएको छ। यसबारे बोल्दै गोजमुमो केन्द्रीय समिति प्रवक्ता केशवराज पोख्रेलले सांसद एवम् भाजपा राज्य समिति महासचिवको बयानको पार्टी पक्षबाट बिरोध जनाउँदै चुनावअवधि भाजपाले गरेको बाचा केवल गोर्खाहरूलाई ढाँटेको मात्र थियो ? भनी प्रश्न गरे। स्थायी राजनैतिक समाधानको प्रक्रिया सुरु भयो भनी दार्जिलिङका सांसद राजु बिष्टले दिएको बयानबारे पनि प्रतिक्रिया जनाउँदै तिनले सांसद राजु बिष्टले फेरिपनि दार्जिलिङ पहाडको जनतालाई ढाँट्न खोजिरहेको आरोप लगाए। “विगत सात अक्टोबरको बैठकबारे के भन्नुछ भनेर सोधिएको प्रश्नको उत्तर दिँदै सांसद राजु बिष्टले उक्त दिनको बैठकपछि स्थायी राजनैतिक समाधानको प्रक्रिया सुरु भइसकेको बताए। तर सम्पूर्ण पहाडलाई थाहा छ कि उक्त दिनको बैठक गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन विषयलाई लिएर भएको थियो। यसबाट हामीले के बुझ्नु? ´´तिनले भने। पश्चिम बङ्गाल राज्य का भाजपा प्रतिनिधिहरू एवम् दार्जिलिङका सांसद राजु बिष्टको वयान अलगअलग रहेको तथा यी सबै कुराले जनतालाई भ्रममा पारिरहेको तिनले बताए। दार्जिलिङका सांसद राजु बिष्टले अब दार्जिलिङको जनतालाई नढाँट्ने आह्वान गर्दै तिनले देशको लुटाहा पार्टीलाई प्रतिनिधित्व गर्ने झुठको पोका सांसदको संज्ञा पनि दिए। कोरोना भाइरसको महामारी अवधि विगत ११… Read More

पीपीएस भनेको गोर्खाल्याण्ड होइन

पीपीएस भनेको गोर्खाल्याण्ड होइन

पीपीएस (स्थायी राजनैतिक समाधान) भनेको गोर्खाल्याण्ड होइन। दार्जीलिङका सांसद राजु विष्टले यसो नभने पनि उनकै पार्टीकी एक वरिष्ठ सदस्या एवं सांसद लकेट च्याटर्जीले यो कुरा सिलगढ़ीमा नै आएर सबैले बुझ्ने गरी स्पष्ट शब्दमा भनेकी छन्। लकेट च्याटर्जीले भनेकी छन्-दार्जीलिङ पहाड़ बंगालको मुकुट हो, यो कहिले पनि बंगालबाट अलग हुन सक्तैन। यसैले स्थायी राजनैतिक समाधान भनेको गोर्खाल्याण्ड पटक्कै होइन। यसरी नै भारतीय जनता पार्टीका राज्य कमिटी महासचिव सयान्तन बसुले पनि लकेट च्याटर्जीकै कुरामा बल दिंदै आफ्नो पार्टीले दार्जीलिङ पहाड़को लागि 2019-को चुनावी घोषणा पत्रको आधारमा गम्भीरतासित काम गरिरहेको बताए पनि गोर्खाल्याण्ड गठनको कुरामा उनले पनि सोझै नहुने नै बताए। उनले पनि भने-बंगाल कदापि विभाजन हुनेछैन। यसपछि अब स्थायी राजनैतिक समाधान भनेको गोर्खाल्याण्ड नै हो भन्ने दार्जीलिङ पहाड़का भाजपाका घटक दलहरू क्रमैले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी, विमल गुरूङपन्थी गोर्खा जनमुक्ति मोर्चा आदिले के भने आफ्ना गोर्खाल्याण्डप्रेमी समर्थकहरूलाई सम्झाउने? गत लोकसभा चुनाउमा दार्जीलिङ पहाड़का जनताले गोर्खाल्याण्डकै लागि भारी मत दिएर राजु विष्टलाई सांसद बनाएर पठाएका हुन्, यो कसैले पनि नकार्न सक्तैन। यसैले गोर्खाल्याण्डको सम्बन्धमा कुनै प्रश्न अघि आउँदा दार्जीलिङका सांसद विष्ट पन्सिहाल्छन्। गोर्खाल्याण्डको विरोधमा पार्टीको टेक के छ, त्यो उनले अहिलेसम्म पनि जनताअघि स्पष्ट पार्ने प्रयास गरेका छैनन्। गोर्खाल्याण्डबारे पार्टीको के अड़ान छ, त्यो स्पष्ट बताए, जनता विरोधमा जानसक्ने… Read More

मोदीद्वारा पूर्व केन्द्रिय मन्त्री बालासाहेब पाटिलको आत्मकथा विमोचन

मोदीद्वारा पूर्व केन्द्रिय मन्त्री बालासाहेब पाटिलको आत्मकथा विमोचन

नयाँ दिल्ली, 13 अक्टोबर (हिस)। प्रधानमन्त्री नरेन्द्र मोदीले भीडियो कॉन्फ्रेंसिंग माध्यमले पूर्व केन्द्रिय मन्त्री बालासाहेब विखे पाटिलको आत्मकथाको विमोचन गरे। बालासाहेब विखे पाटिल महाराष्ट्रका ठूला नेता हुन। पीएम मोदीले उनको आत्मकथा ‘देह वीचवा करणी’ को विमोचन गरे। यस अवसरमा उनले भने यस सोसाइटीको माध्यमले गाउँका युवाहरुको शिक्षा तथा कौशल विकासलाई लिएर, गाउँमा चेतना जगाउनका लागि उनले जुन काम गरेका छन, त्यसलाई हामी राम्ररी जान्दछौ। यस्तोमा आजबाट प्रवरा रूरल एजुकेशन सोसायटीका साथ पनि बालासाहेबको नाम जोड़िन त्यतिनै उचित हो। यस अवसरमा महाराष्ट्रका सीएम उद्धव ठाकरे पनि उपस्थित थिए ।  पीएम मोदीले भने डॉक्टर बाला साहेब विखे पाटिल सदैव महाराष्ट्रको गाउँहरुको समस्या समाधानलाई लिएर प्रयासरत रहेका छन। एमएसपी लाई लागू गर्ने, राम्रो फसल बीमा समेत किसानहरुका हरेक सानो भन्दा सानो समस्याहरुलाई उनले समाधान गर्न प्रयास गरे। पीएम मोदीले भने प्रधानमन्त्री कृषि सिंचाई योजना बमोजिम महाराष्ट्रमा वर्षौ देखिको लम्बित 26 परियोजनाहरुलाई पूरा गर्नका लागि तीव्रतासित काम गरेका छन्। यसमध्ये 9 योजनाहरु अहिले सम्म पूरा भएका छन् । यो पूरा हुनाले कम्तीमा 5 लाख हेक्टेयर भूमिलाई सिंचाई सुविधाको लाभ मिलेको छ ।  किसान, पशुपालक र मछुवारा, यी तीनैलाई बैंकहरुबाट आसान ऋण सुविधा प्राप्त भएको छ, यसका लागि सबैलाई किसान क्रेडिट कार्डको सुविधा दिएको छ। उनले थप भने गाउँहरुको आर्थिक र सामाजिक व्यवस्थामा माइक्रो फाइनेन्सको… Read More

सिक्किमका प्रथम मुख्यमन्त्री स्वर्गीय एल.डी. काजीको ११६औं जन्म दिवसमा पवन चामलिङले स्मरण गरे

सिक्किमका प्रथम मुख्यमन्त्री स्वर्गीय एल.डी. काजीको ११६औं जन्म दिवसमा पवन चामलिङले स्मरण गरे

आज सिक्किमका प्रथम मुख्यमन्त्री स्वर्गीय एल.डी. काजीको ११६औं जन्म दिवस भनेर अङ्कित भएको दिन हो। उनी ११ अक्टोबर, सन्‌ १९०४ -मा जन्मिएका थिए भने १०३ वर्षको उमेरमा २८ जुलाई, सन्‌ २००७ -मा उनको देहान्त भएको थियो। लामो उमेरसम्म बाँच्ने सिक्किमेली नागरिकहरूमध्ये उनी एक थिए भनेर पनि उनलाई आजपर्यन्त स्मरण गरिन्छ। स्वर्गीय एल.डी. काजीले सिक्किममा प्रजातन्त्रिक आन्दलनको सूत्रपात गरेका थिए र सन्‌ १९७५ -मा सिक्किमलाई भारतको २२औं राज्य बनाउनका निम्ति उनको नेतृत्व प्रमुख रहेको थियो। सिक्किममा प्रजातन्त्र स्थापना गर्नका निम्ति उनले निभाएका मुख्य भूमिका तथा संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक देशको भारतीय नागरिकको मूल स्रोतमा सिक्किमेली जनतालाई पुर्याउनका लागि गरिएको उनका प्रयासलाई कदर गर्दै एसडीएफ सरकारले ‘सिक्किममा प्रजातन्त्रका पिता’ भनेर सम्मानित र पुरस्कृत गरेको थियो। उनले सिक्किमको पहिलो मुख्यमन्त्रीका रूपमा छ वर्षसम्म सेवा पुर्याए अनि विकासको आधार उनले स्थापति गरेका थिए। हाम्रो सरकारले पद्मभूषण पुरस्कारका निम्ति उनको नामलाई चयनित गरेर केन्द्रमा पठाएको थियो। उनको उदाहणीय योगदानलाई कदर गर्दै त्यसबेलाको सिक्किम सरकारले सन्‌ २००४ -मा उनलाई सिक्किम सेवा रत्नजस्तो उच्च सम्मानले सम्मानित गरेको थियो। हामीले अन्तर विद्यालय एस.डी. काजी स्मृति स्वर्ण कप पनि प्रारम्भ गरेका थियौं। सन्‌ १९७९ -को चुनाउमा पराजयपछि पनि उनी राजनीतिमा केही वर्षसम्म सक्रिय रहेका थिए। राजनीतिक जीवनबाट संन्यास लिएपछि उनले सिक्किमको राजनीतिलाई गहन अवलोकन गरिरहे भने उनी सिक्किम र… Read More

हामीले लत्याएको, विश्वले पछ्याएको हाम्रो प्राचिन पूर्वीय ज्ञान

हामीले लत्याएको, विश्वले पछ्याएको हाम्रो प्राचिन पूर्वीय ज्ञान

                                                                  – कमल रिजाल वैदिक दर्शनप्रति पश्चिमी दृष्टिकोण बुझाउने विशिष्टतम पुस्तकको नाम हो ‘विश्वविख्यात विद्वान्हरूका दृष्टिमा पूर्वीय सभ्यता’ । प्रा.डा. गोविन्दराज भट्टराईद्वारा नेपालीमा अनुदित यस पुस्तकका मूल शोधकर्ता  शिलाङ (पूर्वोत्तर भारत) निवासी सलील ज्ञवाली हुन्, जहाँ सत्रौं शताब्दीका फ्रान्सेली दार्शनिक फ्राँस्वा भोल्तेयरदेखि उन्नाइसौं शताब्दीका महान् वैज्ञानिक आइन्सटाइन तथा एक्साइसौं शताब्दीका राजनीतिज्ञ बाराक ओबामासम्मका दर्जनौं दार्शनिक लेखक तथा राजनीतिज्ञका अभिमत सङ्कलित छन् । यस पुस्तकमा सत्रौं शताब्दीका फ्राँस्वा भोल्तेयरले वैदिक दर्शनको प्रशंसा गर्दै भनेका छन्– ‘वेद र उपनिषद्लाई पूर्वको त्यस्तो सर्वाधिक मूल्यवान् उपहार हो, जसका निमित्त पाश्चात्य जगत सदैव ऋणी रहदै आएको छ ।’ त्यस्तै अठारौं शताब्दीका फ्रान्सेली खगोलविद् जाँ सिल्भाइन बेलीले हिन्दूहरूको ग्रहगति गणना पद्धतिको प्रशंसा गर्दै भन्छन्– ‘२५ सय वर्षपूर्व हिन्दूले गणना गरेर निकालेका तारागणको गति आजसम्म कासिनी र मेयरले निकालेका आधुनिक तालिकाभन्दा एकपल पनि फरक छैन ।’ अठारौं शताब्दीकै फ्रान्सेली अर्का विद्वान् पियरे साइमन डी ल्यापलेसका दृष्टिमा सम्पूर्ण सङ्ख्यालाई दसको सङ्केतले गणना गर्न सकिने विलक्षण पद्धतिको दिग्दर्शन गराउने काम भारतवर्षले गरेको छ तर अठारौं शताब्दीकै जर्मनेली दार्शनिक आर्थर शोपेन्हावरका विचारमा भने समस्त विश्वमा उपनिषद् बराबरको कल्याणकारी र… Read More

विद्यार्थीहरूको शिक्षाको अधिकारलाई सुनिश्‍चित गर्नु, सरकारको प्रमुख दायित्व हो : पवन चामलिङ

विद्यार्थीहरूको शिक्षाको अधिकारलाई सुनिश्‍चित गर्नु, सरकारको प्रमुख दायित्व हो : पवन चामलिङ

गान्तोक, 8 अक्टोबर। सिक्किमका विद्यार्थीहरूले सिक्किमकै कलेज र युनिभर्सिटीमा भर्ना नपाएकोमा पूर्व मुख्यमन्त्री एवं एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले दुख व्यक्त गरेका छन्। धेरै सङ्ख्यामा यस वर्ष सिक्किमका विद्यार्थीहरूले सिक्किमकै कलेजमा भर्ना नपाएको कारण विद्यार्थीहरू अहिले धेरै चिन्तित छन्। यस प्रकारको कार्यले सिक्किमका हजारौं विद्यार्थीहरूको भविष्यमाथि ठूलो प्रश्‍न चिन्ह खड़ा गरेको छ। राज्यका हजारौं सङ्ख्यामा विद्यार्थीले भर्ना नपाएको कुरा अति नै गम्भीर विषय हो भन्दै पूर्व मुख्यमन्त्री पवन चामलिङले भनेका छन्, 70 प्रतिशत अङ्क प्राप्त गर्ने विद्यार्थीले पनि कलेजमा भर्ना पाएका छैनन्। यी विद्यार्थीहरूको शिक्षा सुनिश्‍चित गर्नु सरकारको जिम्मेवारी र प्राथमिक दायित्व पनि हो। यसरी नै विद्यार्थीहरूको शिक्षाको अधिकारलाई सुनिश्‍चित गर्नुपर्ने सरकारको प्रमुख दायित्व हो। यस वर्ष जति पनि विद्यार्थीले 12औं श्रेणी उतीर्ण गरेका छन् उनीहरूले कलेजमा भर्ना पाउनुपर्छ भन्दै पवन चामलिङले अझ भनेका छन् आज सिक्किममा धेरै सङ्ख्यामा कलेज र युनिभर्सिटीहरू छन्। अहिले राज्यमा 28 वटा कलेज र 6 वटा प्राइभेट युनिभर्सिटी अनि एउटा केन्द्रिय विश्‍वविद्यालय र एउटा राज्य विश्‍वविद्यालय पनि छ। दुईवटा छोड़ेर अरूसबै उच्च शैक्षिक संस्थानहरू एसडीएफ सरकारको कार्यकालमा हामीले स्थापित गरेको हो। पवन चामलिङले भनेका छन्, जब मैले 1994 मा सत्ता सम्हालें त्यस समय केवल एउटा कलेज र एउटा रात्री विधि कलेज मात्र थियो। सिक्किमलाई देशकै सबैभन्दा शिक्षित राज्य बनाउने र हाम्रा विद्यार्थीहरूले यी कलेजहरूमा पढ्ने… Read More

गोजमुमो दुवै खेमाले पालन गर्‍यो 14औं स्थापना दिवस

गोजमुमो दुवै खेमाले पालन गर्‍यो 14औं स्थापना दिवस

दार्जीलिङ, 7 अक्टोबर। गोर्खा जनमुक्ति मोर्चा दुवै खेमाले आज आ-आफ्नै तरिकाले पार्टीको 14औं स्थापना दिवस पालन गरे। विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङको जज बजारस्थित केन्द्रिय कार्यालयसँगै विभिन्न स्तरमा समान्य ढङ्गले पार्टीको स्थापना दिवस पालन गर्‍यो भने विमल गुरूङपन्थी गोजमुमो समर्थकहरूले पनि सामान्यरूपले पार्टीको स्थापना दिवस पालन गरे। विनय तामाङपन्थी गोजमुमो प्रवक्ता केशवराज पोख्रेलले पार्टीको स्थापना दिवस विभिन्न स्तरमा पालन गरिएको जानकारी गराउँदै पार्टी स्थापनाको 14 वर्षमा सरकारले पनि गोर्खाल्याण्ड शब्दलाई आधिकारिकरूपमा मान्यता दिन शुरू गरेको बताए। जसलाई पार्टीले आफ्नो एउटा उपलब्धी मानेको पनि उनले जनाए। यसअघिसम्म गोर्खाल्याण्ड शबदलाई सरकारले अर्कै दृष्टिकोणले हेर्ने गरेको पनि उनले जनाए। यसैबीच, अर्कोतर्फ पार्टीको स्थापना दिवसको अवसर पारेर विमल गुरूङले एक विज्ञप्ति जारी गरी पार्टीका सम्पूर्ण समर्थकहरूलाई शुभकामना दिएका छन्। उनले बताएअनुसार, गोर्खा जनमुक्ति मोर्चा पाटर्टको 14औं स्थापना दिवसको शुभ उपलक्ष्यमा दार्जीलिङ पहाड, तराई अनि डुवर्सका कन्दरा कन्दरामा बस्ने मेरा प्यारा गोर्खे सन्तानलगायत भारत देश साथै विश्वभरि छरिएर बसेका सम्पूर्ण गोर्खाली समुदायलाई पार्टीको 14औं स्थापना दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यो देशले गोर्खा जातिलाई केही नदिए पनि गोर्खा जातिले आफ्नो शरीरको एक-एक थोपा रगत यो देशको सुरक्षा र समृद्धिको निम्ति दिएको छ। यो देशमा गोर्खाहरुले दिएको योगदान अनि सर्वोच्च बलिदानको सही मूल्यांकन होस् अनि भारत देशमा गोर्खाहरुको पहिचान र अस्तित्वको निम्ति छुट्टै राज्य… Read More

विमलपन्थी गोजमुमोले गोर्खाल्याण्डबारे कुरा उठाएको दावी

विमलपन्थी गोजमुमोले गोर्खाल्याण्डबारे कुरा उठाएको दावी

दार्जीलिङ, 7 अक्टोबर। जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेश)-सित सम्बन्धित विषयहरूमाथि चर्चाको लागि आज वार्ता भए पनि यसमा विमल गुरूङपन्थी गोजमुमोले अलग राज्य गोर्खाल्याण्डमाथि नै कुरा उठाएको दावी गरेको छ। यसका साथै पार्टीले यस वार्तामा 11 वटा जात-गोष्ठीलाई पनि अनुसूचित जनजातिको दर्जा दिनुपर्ने माग उठाएको पार्टीका कार्यकारी अध्यक्ष लोप्साङ योल्मो लामाले एक विज्ञप्ति जारी गरी बताएका छन्। आजको वार्तामा राज्य सरकारको कुनै भागीदारी थिएन, न यस वार्तामा विमल गुरूङपन्थी गोजमुमोले निम्तो दिएको गोरामुमो र क्रामाकपाका प्रतिनिधिहरूले नै भाग लिए। यस वार्तामा केन्द्रिय गृह राज्यमन्त्री जी. किशन रेड्डी, गृह सचिव अजय कुमार भल्लाका साथै गोजमुमोको पक्षबाट लोप्साङ योल्मो लामा, डा. कल्याण देवान, उर्मिला रूम्बा, विशाल छेत्री, विशाल लामा, बिनु सुन्दास अनि कानूनी सल्लाहकार आनन्द भण्डारी सामेल थिए। पार्टीका कार्यकारी अध्यक्ष योल्मोले विज्ञप्तिमा बताएअनुसार, वार्तामा केन्द्र सरकारको पक्षबाट उपस्थित रहेका मन्त्री साथै अधिकारीवर्गले जीटीए विषय लिएर कुरा उठाउन साथ गोजमुमोको प्रतिनिधि टोलीले अलग राज्य गोर्खाल्याण्ड र 11 वटा गैर जनजाति जात-गोष्ठीलाई जनजातिको दर्जा दिनुपर्ने माग उठायो। यसै विषय लिएर टोलीले सरकारपक्षलाई एक ज्ञापन पनि पेश गरेको छ। यसरी नै योल्मोले राज्य सरकारले 2011-को जीटीए सम्झौतालाई सम्मान नगरेको बताउँदै जीटीएमाथि अवैध हस्तक्षेप, अनियमितता र बाधा दिने कार्य गरिरहेको कारण नै वर्ष 2017-मा जीटीएका निर्वाचित सभासदहरूले आ-आफ्नो पदबाट राजीनामा दिएर जीटीएलाई खारेज गरेको पनि बताएको जानकारी… Read More