जीटीएलाई 175 करोड़को सहयोग

जीटीएलाई 175 करोड़को सहयोग

अनित-विनयहरूको अधीनमा आए जातगत विकास बोर्डहरू दार्जीलिङ, 30 सेप्टेम्बर। अब दार्जीलिङ पहाड़सँगै तराई-डुवर्समा रहेका विभिन्न जातगत विकास बोर्डहरू जीटीए अध्यक्ष अनित थापा, पूर्व अध्यक्ष विनय तामाङ, राज्यका मन्त्री अरूप विश्वास र जीटीएका मुख्य सचिव सुरेन्द्र गुप्तको अधीनमा रहनेछन्। आज राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले सिलगढ़ीमा आयोजित एक प्रशासनिक बैठकमा यस्तो निर्देश दिएकी हुन्। उनले भनिन्-राज्य सरकारले तराई-डुवर्स बोर्ड, आदिवासी बोर्डहरूलाई 10 करोड़ रूपियाँ दिइरहेको थियो। दार्जीलिङ पहाड़मा पनि 13 वटा विकास बोर्डहरू छन्। दार्जीलिङ पहाड़का यी 13 वटा विकास बोर्डहरू कोविडको कारण लगभग निष्क्रिय बनिरहेका थिए। अब यी विकास बोर्डहरूको देखरेख उपर्युक्त चारजनाको अधीनमा रहनेछन्। ज्ञात रहोस्, राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी हाल उत्तर बंगालको भ्रमणमा छिन्। यसै क्रममा आज उनले एक प्रशासनिक बैठक गरेकी हुन्। जसमा जीटीए वा दार्जीलिङ पहाड़को पक्षबाट जीटीए अध्यक्ष अनित थापा, गोजमुमो अध्यक्ष विनय तामाङ, मिरिक नगरपालिका अध्यक्ष एलबी राईका साथै उत्तर बंग विकास परिषदका अध्यक्ष अमरसिंह राई आदिलाई आ-आफ्नो पक्ष पेश गर्ने अवसर प्रदान गरिएको थियो। जसमा आफ्नो पक्ष प्रस्तुत गर्दै जीटीए अध्यक्ष अनित थापाले दार्जीलिङ पहाड़मा भारी वर्षाको कारण धेरै क्षति भएको जानकारी गराउँदै जीटीएले आफ्नो क्षमताले भ्याएसम्म यो समस्या समाधान गर्ने प्रयास गरेको बताए। यसैबीच, उनले दार्जीलिङ पहाड़को पर्यटन उद्योग कोरोना सङ्क्रमणको कारण नराम्रोघतले प्रभावित भएको बताउँदै यसलाई पुनः सुधारको मार्गमा अघि बढ़ाउन जीटीएले… Read More

अयोध्या विवादित ढाँचा विध्वन्स मामिलाका सबै 32 आरोपीहरू दोषमुक्त

अयोध्या विवादित ढाँचा विध्वन्स मामिलाका सबै 32 आरोपीहरू दोषमुक्त

लखनऊ, 30 सेप्टेम्बर (हिस)। अयोध्यामा 6 दिसम्बर, 1992 को दिन ढालिएको विवादित ढॉंचा मामिलामा सीबीआईको विशेष अदालतले सबै 32 आरोपीहरूलाई दोषमुक्त गरिदिएको छ। सो मामिलामा भाजपाका वरिष्ठ नेताहरू लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री कल्याण सिंह, उमा भारती तथा महन्त नृत्य गोपाल दाससहित 49 व्यक्तिहरू विरूद्ध एफआईआर दर्ता गरिएको थियो। यस मुद्दामा आरोपीहरू मध्ये 17 जनाको निधन भइसकेको छ। यस मुद्दामा सुनवाईपछि फैसला सुनाउँदै न्यायाधीश एसके यादवले भने– सबै आरोपी विरूद्ध कुनै ठोस प्रमाण छैन। फैसलामा अझ भनिएको छ कि प्रमाणको रूपमा जुन फोटो, भिडियो, फोटोकपी आदि अदालतमा पेश गरिएको थियो, त्यो ठोस प्रमाण होइनन् र त्यसले आरोप सिद्ध हुॅंदैन। दोषमुक्त गरिएका 32 आरोपीहरू हुन्: लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, कल्याण सिंह, उमा भारती, विनय कटियार, साध्वी ऋतम्भरा, महन्त नृत्य गोपाल दास, डा. राम विलास वेदांती, चंपत राय, महंत धर्मदास, सतीश प्रधान, पवन कुमार पाण्डेय, लल्लू सिंह, प्रकाश शर्मा, विजय बहादुर सिंह, सन्तोष दुबे, गान्धी यादव, रामजी गुप्ता, ब्रज भूषण शरण सिंह, कमलेश त्रिपाठी, रामचन्द्र खत्री, जय भगवान गोयल, ओम प्रकाश पाण्डेय, अमर नाथ गोयल, जयभान सिंह पवैया, महाराज स्वामी साक्षी, विनय कुमार राय, नवीन भाई शुक्ला, आरएन श्रीवास्तव, आचार्य धर्मेन्द्र देव, सुधीर कुमार कक्कड़ अनि धर्मेन्द्र सिंह गुर्जर। जम्मा 32 आरोपीहरू मध्ये 26 जना बुधवार लखनऊको सीबीआई… Read More

विहीबारदेखि रम्फू र मल्ली चेकपोस्टमा स्वास्थ्य जॉंच बन्द गरिने

विहीबारदेखि रम्फू र मल्ली चेकपोस्टमा स्वास्थ्य जॉंच बन्द गरिने

गान्तोक, 30 सेप्टेम्बर (हिस)। सिक्किम सरकारले लिएको निर्णयअनुरूप भोलि 1 अक्टोबरदेखि मानिसहरूका साथै वाहनहरूको अन्तर राज्य आवगमन पूर्णरूपमा खुल्ला गरिने छ। सिक्किम प्रवेश गर्नका निम्ति अनलाइन पञ्जीकरण गर्नुपर्ने अनिवार्यतालाई हटाइएको छ। यसैगरी, रम्फू अनि मल्ली चेकपोस्टमा गरिने स्वास्थ्य जॉंच प्रक्रियालाई पनि बन्द गरिएको छ। स्वास्थ्य विभागका प्रधान सचिव के. श्रीनिवासुलूले आज एउटा आदेश जारी गरेर उक्त जानकारी दिएका छन्। उनले चेकपोस्टहरूमा तैनात डाक्टर र स्वास्थ्य कर्मीहरू 1 अक्टोबरदेखि आआफ्नो ड्यूटीमा तैनात हुनेछन्। भोलिदेखि सिक्किमबाट बाहिर जाने मानिसहरूको निम्ति पनि सबै प्रकारको औपचारिक​ताहरू हटाइएको छ। यसरी नै सिक्किम प्रवेश गर्ने सबै प्रकारका आगन्तुकहरूलाई एकान्तवासमा पठाइने छैन। यदि उनीहरूमा कुनै प्रकारको लक्षण देखा परेको खण्डमा उनीहरू स्वास्थ्य जॉंचको निम्ति जानुपर्ने बताइएको छ। यस अतिरिक्त मास्क लगाउनु, सामाजिक दूरी पालन गर्नु, सार्वजनिक स्थलहरूमा नथुक्नु आदि नियमहरूलाई कड़ारूपमा पालन गर्नुपर्नेछ। टेस्टिङको निम्ति पनि लक्षण देखा परेका विरामीहरूलाई अधिक ध्यान दिइने पनि बताइएको छ।

1 अक्टोबरदेखि अन्तर राज्य आवगमन खुल्ला, दिशानिर्देश जारी

1 अक्टोबरदेखि अन्तर राज्य आवगमन खुल्ला, दिशानिर्देश जारी

गान्तोक, 30 सेप्टेम्बर (हिस)। भोलि 1 अक्टोबर, 2020 देखि भइरहेको अन्तर राज्य आवगमन छुटलाई लिएर राज्य सरकारले दिशानिर्देश जारी गरेको छ। राज्य गृह विभागद्वारा आज जारी गरिएको एक आदेशमा भोलि 1 अक्टोबरदेखि मानिसहरूका साथै वाहनहरूको अन्तर राज्य आवगमन पूर्णरूपमा खुल्ला रहने बताएको छ। तर, पर्यटकहरूलाई भने राज्य पर्यटन विभागले जारी गरेको मानक सञ्चालन प्रक्रिया अनुरूप 10 अक्टोबर, 2020 देखि प्रवेश गर्न अनुमति दिइने छ। मजदूरहरूको प्रवेश श्रम विभागद्वारा इन्टर स्टेट माइग्रेण्ट वर्कमेन एक्ट, 1979 अन्तर्गत जारी परमिटको आधारमा गरिने छ। वाहनहरूको अन्तर राज्य आवगमन पनि खुल्ला रहने छ भने निजी वाहनहरूले पनि 9 अक्टोबर, 2020 सम्म अड-इवन फर्मूला पालन गर्नुपर्नेछ। साना वाहनहरू (भ्यान/कार) लाई केवल तीन जना यात्री तथा लक्जरी ट्याक्सी/एसयुवीहरूलाई पॉंच जना यात्री चड़ाउने अनुमति दिइएको छ। अर्कोतिर, सिनेमा हल, स्वीमिङ पूल, इन्टरटेन्मेन्ट पार्क, थिएटर भने अहिले बन्द नै रहनेछन्। वाणिज्यिक प्रतिष्ठानहरूले सामाजिक दूरीलाई कडारूपमा पालन गर्नुपर्नेछ भने प्रबन्धकलाई सबै कर्मचारीहरूद्वारा आरोग्य सेतु एपको प्रयोग सुनिश्चित गर्न लगाइएको छ। सरकारी कार्यालयहरूमा पनि शनिबार र आइतबार बाहेक अन्य सबै दिन काम चल्नेछ। विवाह अनि अन्त्योष्टिमा केन्द्रिय गृह मन्त्रालयद्वारा जारी दिशानिर्देश लागू रहनेछ। यसैगरी, 65 वर्षदेखि माथि उमेर पुगेका मानिसहरू, 10 वर्षदेखि मुनि उमेरका नानीहरू, गर्भवती महिलाहरू, अन्य विभिन्न रोगले ग्रस्त मानिसहरूले विशेष सावधानी अपनाउनु पर्ने बताइएको छ। अर्कोतिर, राज्यका मुख्य… Read More

क्रामाकपाले गऱ्यो माग प्रदर्शन, भन्यो- हामी गोर्खाल्याण्डका लागि गणतान्त्रिक ढङ्गमा सधैँ लड़िरहनेछौँ

क्रामाकपाले गऱ्यो माग प्रदर्शन, भन्यो- हामी गोर्खाल्याण्डका लागि गणतान्त्रिक ढङ्गमा सधैँ लड़िरहनेछौँ

कालेबुङ, 30 सेप्टेम्बरः पछिल्लो लोकसभा चुनाउअवधि सङ्कल्प-पत्रमा उल्लिखित वाचा भाजपालाई याद दिलाउँदै आज क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले कालेबुङको मुटु मानिने डम्बर चोकमा माग प्रदर्शन गऱ्यो। माग प्रर्दशन गर्नअघि क्रामाकपा कार्यकर्ताहरूले प्ला-कार्डहरू बोकेर पार्टी कार्यालयदेखि डम्बरचोकसम्मै मौन ऱ्यालीसमेत निकालेका थिए। उनीहरूले बोकेका प्ला-कार्डहरूमा ‘वी वान्ट गोर्खाल्याण्ड’, ‘हाम्रो समर्थन राज्यको निम्ति मात्र हो’, ‘बहुसङ्ख्यक र पुञ्जीपतिको निम्ति कानून बनाउन सक्छौ; अल्पसङ्ख्यक गोर्खाको सुरक्षा खोई?’, ‘गोर्खाको सपना मेरो सपना भन्ने मोदीजी, हाम्रो सपना कहिले विपना हुने?’, ‘केन्द्र सरकार गोर्खाको माग पूरा गर’ र ‘हाम्रो केवल एउटै माग छुट्टै राज्य गोर्खाल्याण्ड’ आदि जस्ता नारा लेखिएका थिए। यसैबीच पत्रकारहरूसँग कुराकानी गर्दै क्रामाकपा नेता किशोर प्रधानले क्रामाकपा छुट्टै राज्य गोर्खाल्याण्ड गठनका लागि गणतान्त्रिक र संसदीय ढङ्गमा सधैँ लड़िरहने बताए। उनले क्रामाकपाका गठन नै भारतीय गोर्खाहरूका राष्ट्रिय चिनारी र राजनीतिक सुरक्षाका लागि भएकाले शुरूदेखि नै लगातार छुट्टै राज्य गोर्खाल्याण्डका लागि राजनीतिक आन्दोलनहरू गणतान्त्रिक ढङ्गमा गरिरहेको बताए। प्रधानका अनुसार गोर्खाहरूको दीर्घलम्बित माग छुट्टै राज्य गोर्खाल्याण्डका लागि काम गर्छु भनेर भाजपाले धेरै वर्षदेखि भरोसा दिइरहेको कारण नै राज्यकै लागि क्रामाकपाले पछिल्लो चुनाउमा भाजपालाई सघाएको हो। “तर हामीलाई लाग्दैछ, कता कता यो माग फत्ते हुन अब विलम्ब हुँदै जाँदैछ। विलम्ब मात्रै होइन यो मागलाई सत्ताको भुमरीभित्र हालेर चाहे डढ़ेलो लगाउने प्रचेष्टा पनि हुँदैछ कि भनेर क्रामाकपाले आत्माले भन्न थालेको… Read More