सिक्किमको निम्ति नयाँ फसल प्रजातिको लोकार्पण

सिक्किमको निम्ति नयाँ फसल प्रजातिको लोकार्पण

  गान्तोक, 9 सेप्टेम्बर, 2020। गुवाहाटीमा 23-24 नोभेम्बर, 2019 को दिन आयोजित आइसीएआरको क्षेत्रीय समिति सङ्ख्या 3 को 24 औं बैठकमा सिक्किम सरकारको आग्रहमा आइसीएआर-एनओएफआरआइद्वारा सम्बोधित गर्नुपर्ने दुईवटा महत्त्वपूर्ण विषय चिन्हित गरिएको थियो। पहिलो थियो जैविक खेतीका लागि प्रभावी फसल-बालीको विकास तथा दोस्रो, सिक्किममा जैविक खेतीलाई अरू व्यापकता प्रदान गर्न जैविक बिउ-बिजनको व्यावसायिक उत्पादन। यी विषयहरूलाई प्रायः आइसीएआर-एनओएफआरआइका वैज्ञानिकहरूले सम्बोधित गरिसकेका छन्, जसको परिणामस्वरूप सिक्किमको जैविक स्थितिमा उपयुक्त हुने गरी आइसीएआर-राष्ट्रिय जैविक खेती शोध संस्थानद्वारा विकसित गरिएको नौवटा फसल-बालीको प्रजातिलाई 8 सेप्टेम्बर, 2020 को दिन राज्य प्रजाति लोकार्पण समिति (एसभीआरसी), सिक्किम सरकारद्वारा जारी गरियो।यस अवसरमा बोल्दै सिक्किम सरकारको कृषि विभागका सचिव एवं एसभीआरसीका अध्यक्ष आरसी भोटियाले लोकार्पण गरिएको बढी उब्जनी दिने फसल-बालीका प्रजातिले कृषकहरूको उब्जनी बढाउनका साथै उनीहरूको आमदानी दोब्बर बनाउने उद्देश्य सुनिश्चित गर्ने बताए। राज्यलाई आत्मनिर्भर बनाउन जैविक बिउ-बिजन उत्पादनको शृङ्खलालाई पनि सुदृढ बनाउन आवश्यक रहेको कुरामा पनि उनले बल दिए। बागवानी विभागका प्रधान निर्देशक पदम सुब्बाले सिक्किमको जैविक स्थितिलाई ध्यानमा राख्दै बिउ-बिजनका प्रजाति विकसित गरेकोमा आइसीएआर-एनओएफआरआइप्रति आभार व्यक्त गरे। यसका साथै स्थानीय प्रजातिका फसल-बालीको नस्ल सुधार गर्दै बिउ-बिजनको शृङ्खलामा सामेल गर्नुपर्ने उनले सुझाउ पेश गरे। आइसीएआर-एनओएफआरआइका संयुक्त निर्देशक डा. आरके अवस्थीले आइसीएआर-एनओएफआरआइका वैज्ञानिक डा. चन्दन कपूरको नेतृत्त्वमा रहेको टेलीले विभिन्न प्रजातिको विकास गर्न चलाएको कोशिशबारे जानकारी दिँदै जैविक… Read More

तेस्रो पोषण मास – कुपोषण विरुद्ध व्यापक पहलतेस्रो पोषण मास – कुपोषण विरुद्ध व्यापक पहल

तेस्रो पोषण मास – कुपोषण विरुद्ध व्यापक पहलतेस्रो पोषण मास – कुपोषण विरुद्ध व्यापक पहल

सोरेङ, ८ सेप्टेम्बर (सरोज गुरुङ)  कुपोषण मुक्त भारतको उदेश्य सहित राष्ट्रिय पोषण माहको सार्वजनिकीकरण सोमबार हुनसाथ यता सोरेङ महकुमामा पनि राष्ट्रिय पोषण महिनालाई एउटा कार्यक्रमबिच थालनी गरिएको छ। आज महकुमा कार्यलयबाट महकुमा स्तरमा शुरुवात गरिएको उक्त महिनाव्यापी कार्यक्रम भोलिदेखि फिल्ड स्तरमा सम्बन्धित विभागले जनजागरणसहित कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने बताइएको छ।  उल्लेख, राष्ट्रिय पोषण माह यसै सेप्टेम्बर महिनाको पहिलो तारिखदेखि एक महिना देशव्यापी रूपमा पालन भइरहेको छ भने यस वर्षको प्रसंग ‘कुपोषण मुक्त भारत तर्फ एक हौं’ रहेको छ। सोरेङ महकुमा कार्यलयको सम्मेलन कक्षामा आयोजित कार्यक्रममा यस महत्वकांक्षी योजनाको विधिवत् शुरुवात महकुमा भित्र गरिएको छ। यहाँ आयोजित कार्यक्रममा महकुमा अधिकारी रञ्जन राई, अतिरिक्त जिल्लापाल (विकास) गायस पेगा, सामाजिक न्याय एवं कल्याण विभागकी सीडीपीओ गौरी तामाङ, आयुषकी मेडिकल अफिसर रोशनी थापा, आरओएडी बीबी राई, विभागीय कर्मचारीगण, आईसीडीएस सुपरभाइजर, विभिन्न आइसीडीएस केन्द्रका प्रतिनिधिहरुको उपस्थिति थियोे।  कार्यक्रममा महकुमा अधिकारी रञ्जन राईले प्रथमतः सबैलाई कुपोषण मुक्त भारत बनाउन साथै पोषण सुनिश्चित गरेर महिला, बालबालिका सँगसँगै आमनागरिकलाई स्वास्थ्य राख्न प्रत्येकले भूमिका निर्वाह गर्नपर्ने विषयमा शपथ दिलाए। कार्यक्रमको औचित्य सम्बन्धि सीडीपीओ गौरी तामाङले प्रकाश परेकी थिइन्। तेस्रो पोषण मास – कुपोषण विरुद्ध व्यापक पहल  -अभिशेख दयाल, निर्देशक, पीआइबी इम्फाल कोभिड-19 महामारीको बढ्दो प्रकोपका साथै टाट पल्टिने स्थितिमा पुगेको अर्थनीतिको पृष्ठभूमिमा देशव्यापी तेस्रो राष्ट्रिय पोषण मास पालन गरिँदैछ। यस विकट… Read More

गान्धी, खादी तथा आत्मनिर्भर अभियान : राष्ट्र निर्माणप्रति नवीकृत प्रतिबद्धता

गान्धी, खादी तथा आत्मनिर्भर अभियान : राष्ट्र निर्माणप्रति नवीकृत प्रतिबद्धता

गान्तोक, 10 सितम्बर। स्वस्थ अनि समृद्ध समाज निर्माणका लागि महात्मा गान्धीद्वारा सिकाइएको आत्मनिर्भरताको पाठलाई पुनरूद्धार गर्दै पूर्णरूपले कार्यान्वयन गर्नका साथै यदि गरीबी उन्मूलनको लक्ष्य हासिल गर्ने दिशामा सफलता हासिल गर्नु छ भने खादी आन्दोलनका सबै पक्षलाई राम्ररी बुझ्न जरुरी छ। पत्र सूचना कार्यालय, इम्फाल तथा क्षेत्रीय लोक सम्पर्क कार्यालय, इम्फालद्वारा आज आयोजित वेबिनारमा यस विषयमाथि विमर्श गरियो। मणिपुर विश्वविद्यालयको अर्थशास्त्र विभागका प्रोफेसर अमर युमनामले यस अवसरमा बोल्दै अर्थनीतिको आधुनिक चिन्तनधारा अधिकांश रूपमा महात्मा गान्धीका दर्शनहरूमा पाइने गरेको उल्लेख गरे। विकास अर्थनीतिमा लोकप्रिय विषय बन्न धेरै अघि नै मूल्य शृङ्खलाको परिकल्पना महात्मा गान्धीले गरेको उनले बताए। हामीले गान्धीजीका विचारहरूलाई समग्र रूपमा प्रयोग नगरी केवल उनीप्रति ओंठे भक्ति देखाइरहेको पनि उनले उल्लेख गरे। खादीको विषयमा हामीले सोच्दा केवल उत्पादहरूमाथि मात्र ध्यान केन्द्रित नगरेर खादी आन्दोलनका प्रक्रिया अनि गतिको परिप्रेक्ष्यमा पनि सोच्नुपर्ने प्रो. युमनामले बताए। आत्मनिर्भर भारत यिनै क्षेत्रीय अनि स्थानीय विविधतालाई बुझ्दै समग्रमा देशका जनमानसको उत्थानतर्फको प्रयास हो, उनले भने। यस अवसरमा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रो ध्यान एकपटक पुनः गान्धीवादी चिन्तन-दर्शनतर्फ आकर्षित गरेको कारण आत्मनिर्भरता नै राष्ट्र निर्माणको मुख्य औजार रहेको वरिष्ठ पत्रकार श्रीमती एन सबिताले बताइन्। गान्धीजीको खादी आन्दोलन विदेशी शक्तिको आर्थिक प्रभुत्त्वलाई चुनौती दिने मुख्य आधार मात्र नभएर भारतीय गाउँहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै बेरोजगारको समस्या अन्त्य गर्ने औजार… Read More

राफेल बन्यो भारतको निम्ति आकाशको शक्ति

राफेल बन्यो भारतको निम्ति आकाशको शक्ति

नयाँ दिल्ली, 10 सेप्टेम्बर (हिस)। अन्ततः दुश्मनको पसीना निकाल्ने फ्रान्सको फाइटर जेट राफेल बिहिबार भारतको निम्ति आकाशको शक्ति बनेर भारतीय वायुसेनामा सामेल भएको छ। यस अवसरमा भारतका लडाकू विमानहरूले राफेलको साथ फ्लाई पास्ट गरेर आकाशमा भारतको ताकत देखाए। सबैभन्दा पहिले शक्तिशाली सुखोई विमानले आकाशमा गर्जन गरेर फ्लाई पास्ट शुरु गरेको थियो। यसपछि जगुआर, राफेल लडाकू विमान, स्वदेशी तेजस एयरक्राफ्ट अनि सारङ्ग एयरेटिक टीमले आकाशमा उडेर शानदार एयर डिस्प्ले गरे। अम्बाला एयरबेसमा राफेल लडाकू विमानलाई औपचारिक रूपमा वायु सेनामा सामेल गराउन अघि सर्वधर्म पूजा गरिएको थियो। जसमा रक्षामन्त्री राजनाथ सिंहसँग फान्सका रक्षामन्त्री फ्लोरेन्स पार्ली पनि थिइन्। रक्षामन्त्री राजनाथ सिंहले भारतीय वायु सेनाको टीमको लडाकू विमानलाई पारम्परिक वाटर केनन सेल्यूट दिए अनि फेरि यसका साथै फाइटर जेट वायुसेनाको गौरवशाली टीमको हिस्सा बनाइयो। अब भारतीय वायु सेनाको सबैभन्दा राम्रो फाइटर जेट कुनै पनि मोर्चामा तैनात हुनको निम्ति तयार छ। एयर डिस्पलको समय अम्बाला एयर बेसमा वन्दे मातरम अनि माँ तुझे सलामको गीतले राष्ट्रिय पर्वको माहोल नै बनाएको थियो। स्वदेशी तेजस एयरक्राफ्टले आकाशमा आफ्नो कला देखाउनका साथै आफ्नो मारक क्षमताको पनि प्रदर्शन गर्यो। गणतन्त्र दिवस या स्वतन्त्रता दिवसमा आफ्नो कला प्रदर्शन गर्ने सारङ्ग एयरोबेटिक टीमले आज यहॉंं अम्बाला एयरबेसको आकाशमा पनि आफ्नो कला देखाएका थिए। डेढ सालसम्म फ्रान्समा ट्रेनिङ लिएपछि फ्रान्सबाट भारत लिएर आउने… Read More

राङ्कामा माङ्खिम समितिद्वारा 15औं स्थापना दिवस पालन

राङ्कामा माङ्खिम समितिद्वारा 15औं स्थापना दिवस पालन

गान्तोक, 10 सेप्टेम्बर (हिस)। पारुहाङ साप्टेन माङ्खिम समितिद्वारा आज आज 15औं स्थापना दिवस पालन गरियो। कोभिड-19 को वर्तमान महामारीलाई ध्यानमा राख्दै कार्यक्रममा सामाजिक दुरुत्वको नियमलाई पालन गरिएको थियो। विगत वर्षहरू झैं 15औं स्थापना दिवसलाई भव्यताका साथ आयोजन नगरिएको समितिका महासचिव सूर्यकुरमार राईले जनाएका छन्। माङ्पा देवीराई राईद्वारा पूजाअर्चना गरिएपछि प्रचार सचिव मोहन राणाको स्वागत सम्बोधनबाट कार्यक्रम शुरू गरिएको थियो। यस क्रममा पारुहाङ साप्टेन माङ्खिम समितिका मुख्य संरक्षक मोहन दुङ्मालीले वर्ष 2006-मा राङ्का राईगाउँ स्कूलको प्राङ्गनमा बसेको पहिलो सभापछि नै यो समिति गठन गरिएको जानकारी गराए। राङ्का भेगबाट यो समितिले धेरै कामहरू गरिसकेको उल्लेख गर्दै लगभग निर्माण कार्य पूरा हुनै लागेको भव्य ‘पारुहाङ साप्टेन माङ्खम’-लाई यहाँसम्म ल्याइपुराउन सकेको पनि उनले बताए। पूर्व सरकारको पनि उल्लेख्य योगदान रहेको यो माङ्खिम निर्माणका लागि वर्तमान मुख्यमन्त्री पीएस तामाङप्रति पनि प्रमुख संरक्षक दुङ्मालीले कृतज्ञता प्रकट गरेका छन्। केहीदिन अघिमात्रै उनका ससुराको दुःखद निधन भएकोमा शोक प्रकट गर्दै दुङ्मालीले माङ्खिम निर्माणका लागि मुख्यमन्त्री तामाङको सुझाउलाई ध्यानमा राखी काम भइरहेको पनि बताएका छन्। विशेष, सरकारको तर्फबाट 9 करोड़ रुपियाँको सहयोगार्थ समितिको तर्फबाट आभार प्रकट पनि गरे। आफ्नो सम्बोधनमा प्रमुख संरक्षक दुङ्मालीले वितेर गएका समितिका दिङ्गत सदस्यहरूलाई पनि स्मरण गरे। उनीहरूको अथक प्रयास र निरन्तर सहयोगकै परिणामस्वरूप समिति अघि बढ्न सकेको र माङ्खिम निर्माणमा लागिपर्न सकेको बताउँदै उनीहरूलाई… Read More

भारतमा कोभिड-19 को कारण बन्द गर्ने र खोल्ने निर्णय ,सिक्किमको वस्तुगत स्थिति तथा गणित

भारतमा कोभिड-19 को कारण बन्द गर्ने र खोल्ने निर्णय ,सिक्किमको वस्तुगत स्थिति तथा गणित

सिक्किमले आफ्नो बिडो आफै थाम्नुपर्ने स्थिति आइपरेको छ कारण भारत सरकारले सेप्टेम्बरको शुरुवातदेखि सबै अन्तर राज्य अनि राज्यभित्रको आवागमन खुल्ला गर्दै सामान्यतर्फ अघि बढ्न निर्देशित गर्नसक्ने कुरालाई ध्यानमा राख्दा अनलक 4.0 पछि हामीले आफ्नो ध्यान आफै राख्नुपर्ने स्थिति हुनेछ-एमके सुब्बा, प्रमुख प्रवक्ता, एसडीएफ पार्टी   अनलक 3.0 : भारत सरकारको गृह मन्त्रालयद्वारा 29 जुलाई, 2020 को दिन चरणबद्ध तरिकाले जनसाधारणको गतिविधि खोल्ने दिशानिर्देशले सिनेमाघर, स्वीमिङ पुल, थिएटर, रङ्गभवन, सभा भवन, मनोरञ्जन उद्यान, मद्यशालाका साथै सामाजिक, राजनीतिक, खेलकूद, शैक्षणिक एवं सांस्कृतिक-धार्मिक भेलाका अतिरिक्त निषेध क्षेत्र बाहिर भेला लगायत स्कूल, कलेज अनि विश्‍वविद्यालयलाई 31 अगस्त, 2020 सम्म खोल्नमाथि बन्देजले भारत करिब 70 प्रतिशत खोलिसकेको मान्न सकिन्छ। यो छूट कोभिड-19 द्वारा सङ्क्रमितहरूको 10 प्रतिशतको वृद्धि दरका साथ कूल सङ्ख्याले 30 लाखको आँकडा पार गर्नका अतिरिक्त दैनिक 3.5 प्रतिशतको वृद्धिको पृष्ठभूमिमा अमेरिकाको 55 लाख र ब्राजिलको 35 लाख सङ्क्रमणपछि कुख्यातिको तेस्रो स्थानमा आज भारत उभिएको छ। निषेध क्षेत्र बाहिरतिर रोक लगाइएका सम्पूर्ण गतिविधि खोल्न चौथो चरणको देश खोल्ने प्रक्रिया नजिकिँदै गएसँगै भारत सरकारको गृह मन्त्रालयले दिशानिर्देश अरू थप दिशानिर्देश जारी गर्नुपर्नेछ। यसपछि, राज्य तथा केन्द्र शासित प्रदेशहरूले स्कूल, कलेज अनि विश्‍वविद्यालयहरू खोल्ने तथा धूलीसात बन्नपुगेको अर्थनीति पुनरूद्धार गर्न राज्यहरूले आ-आफ्नो हिसाबले नीतिगत पहल गर्नुपर्नेछ। चीनको वुहान शहरबाट केरल राज्य फर्की आएका चिकित्सा विज्ञानका विद्यार्थीमा… Read More