गठबन्धनको गलपासो

गठबन्धनको गलपासो

विगत 3 वर्षदेखि गुप्तवास बस्नुपुगेका गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का नेताहरू विमल गुरूङ र रोशन गिरीले भारतीय जनता पार्टी (भाजपा) -सितको गठबन्धन चलिरहेकै बेला भाजपाले घोषणा-पत्रमा उल्लेख गरेका वचनहरू पूरा गर्नेतर्फ नभई केवल आफ्नो साङ्गठनिक विस्तारमा मात्रै ध्यान दिएकोमा असन्तुष्टि पोख्दै घोषणा-पत्रका प्रतिबद्धताहरूलाई पनि पूरा गर्न ध्यान दिने आह्वान गरेपछि पहाड़मा एउटा तरङ्ग उत्पन्न भएको छ। गठबन्धनको एउटा घटक गोजमुमो बङ्गाल पुलिसको मुद्दाका कारण मुख्य नेतृत्व नै भूमिगत हुनुपर्ने अवस्थामा छ भने त्यही गठबन्धनको घटकको जोड़दार समर्थनको बलमा सन् 2009 -देखि लगातार चुनाउहबरू जित्दै आएको अर्को घटक अर्थात् भाजपा दार्जीलिङ जिल्लामा लगातार आफ्नो जनाधार बढ़ाउने कार्यमा संलग्न रहनु तर सन् 2009 -देखि नै दिँदै आएको वचनलाई पूरा गर्नेतर्फ भने रत्तीभर इच्छुक नदेखिनुले पहिलो घटक दलको नेतृत्वमा जुन निराशा, हताशा (फ्रस्ट्रेशन) जन्मिन्छ, रोशन गिरीको विज्ञप्ति त्यसैको अभिव्यक्ति हो। पश्‍चिम बङ्गालमा चुनाउ मुखैमा छ। गत लोकसभा चुनाउमा निक्कै राम्रो प्रदर्शन गरेर उत्साहित बनेको भाजपा आउँदो विधानसभा चुनाउमा राज्यको सत्तामा आउन चाहिरहेको छ। त्यसका लागि दार्जीलिङ पहाड़का तीनवटालगायत छुट्टै राज्यपन्थी गोजमुमोको प्रभाव रहेको तराई-डुवर्सका थुप्रै समष्टिहरूमा जित्ने आशा राख्नु भाजपाको लागि स्वाभाविक हो। यही उद्देश्यले भाजपा लगातार साङ्गठनिक विस्तारको काममा लागिपरेको छ। भाजपाको यस्तो गतिविधिबाट स्पष्टतया के बुझ्नसकिन्छ भने उसको ध्याउन्न केवल, अनि केवल चुनाउ जित्नु रहेको छ। अतीतमा कसलाई के-कस्तो वचन दिएको थियो,… Read More