जीटीएलाई 175 करोड़को सहयोग

जीटीएलाई 175 करोड़को सहयोग

अनित-विनयहरूको अधीनमा आए जातगत विकास बोर्डहरू दार्जीलिङ, 30 सेप्टेम्बर। अब दार्जीलिङ पहाड़सँगै तराई-डुवर्समा रहेका विभिन्न जातगत विकास बोर्डहरू जीटीए अध्यक्ष अनित थापा, पूर्व अध्यक्ष विनय तामाङ, राज्यका मन्त्री अरूप विश्वास र जीटीएका मुख्य सचिव सुरेन्द्र गुप्तको अधीनमा रहनेछन्। आज राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले सिलगढ़ीमा आयोजित एक प्रशासनिक बैठकमा यस्तो निर्देश दिएकी हुन्। उनले भनिन्-राज्य सरकारले तराई-डुवर्स बोर्ड, आदिवासी बोर्डहरूलाई 10 करोड़ रूपियाँ दिइरहेको थियो। दार्जीलिङ पहाड़मा पनि 13 वटा विकास बोर्डहरू छन्। दार्जीलिङ पहाड़का यी 13 वटा विकास बोर्डहरू कोविडको कारण लगभग निष्क्रिय बनिरहेका थिए। अब यी विकास बोर्डहरूको देखरेख उपर्युक्त चारजनाको अधीनमा रहनेछन्। ज्ञात रहोस्, राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी हाल उत्तर बंगालको भ्रमणमा छिन्। यसै क्रममा आज उनले एक प्रशासनिक बैठक गरेकी हुन्। जसमा जीटीए वा दार्जीलिङ पहाड़को पक्षबाट जीटीए अध्यक्ष अनित थापा, गोजमुमो अध्यक्ष विनय तामाङ, मिरिक नगरपालिका अध्यक्ष एलबी राईका साथै उत्तर बंग विकास परिषदका अध्यक्ष अमरसिंह राई आदिलाई आ-आफ्नो पक्ष पेश गर्ने अवसर प्रदान गरिएको थियो। जसमा आफ्नो पक्ष प्रस्तुत गर्दै जीटीए अध्यक्ष अनित थापाले दार्जीलिङ पहाड़मा भारी वर्षाको कारण धेरै क्षति भएको जानकारी गराउँदै जीटीएले आफ्नो क्षमताले भ्याएसम्म यो समस्या समाधान गर्ने प्रयास गरेको बताए। यसैबीच, उनले दार्जीलिङ पहाड़को पर्यटन उद्योग कोरोना सङ्क्रमणको कारण नराम्रोघतले प्रभावित भएको बताउँदै यसलाई पुनः सुधारको मार्गमा अघि बढ़ाउन जीटीएले… Read More

अयोध्या विवादित ढाँचा विध्वन्स मामिलाका सबै 32 आरोपीहरू दोषमुक्त

अयोध्या विवादित ढाँचा विध्वन्स मामिलाका सबै 32 आरोपीहरू दोषमुक्त

लखनऊ, 30 सेप्टेम्बर (हिस)। अयोध्यामा 6 दिसम्बर, 1992 को दिन ढालिएको विवादित ढॉंचा मामिलामा सीबीआईको विशेष अदालतले सबै 32 आरोपीहरूलाई दोषमुक्त गरिदिएको छ। सो मामिलामा भाजपाका वरिष्ठ नेताहरू लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री कल्याण सिंह, उमा भारती तथा महन्त नृत्य गोपाल दाससहित 49 व्यक्तिहरू विरूद्ध एफआईआर दर्ता गरिएको थियो। यस मुद्दामा आरोपीहरू मध्ये 17 जनाको निधन भइसकेको छ। यस मुद्दामा सुनवाईपछि फैसला सुनाउँदै न्यायाधीश एसके यादवले भने– सबै आरोपी विरूद्ध कुनै ठोस प्रमाण छैन। फैसलामा अझ भनिएको छ कि प्रमाणको रूपमा जुन फोटो, भिडियो, फोटोकपी आदि अदालतमा पेश गरिएको थियो, त्यो ठोस प्रमाण होइनन् र त्यसले आरोप सिद्ध हुॅंदैन। दोषमुक्त गरिएका 32 आरोपीहरू हुन्: लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, कल्याण सिंह, उमा भारती, विनय कटियार, साध्वी ऋतम्भरा, महन्त नृत्य गोपाल दास, डा. राम विलास वेदांती, चंपत राय, महंत धर्मदास, सतीश प्रधान, पवन कुमार पाण्डेय, लल्लू सिंह, प्रकाश शर्मा, विजय बहादुर सिंह, सन्तोष दुबे, गान्धी यादव, रामजी गुप्ता, ब्रज भूषण शरण सिंह, कमलेश त्रिपाठी, रामचन्द्र खत्री, जय भगवान गोयल, ओम प्रकाश पाण्डेय, अमर नाथ गोयल, जयभान सिंह पवैया, महाराज स्वामी साक्षी, विनय कुमार राय, नवीन भाई शुक्ला, आरएन श्रीवास्तव, आचार्य धर्मेन्द्र देव, सुधीर कुमार कक्कड़ अनि धर्मेन्द्र सिंह गुर्जर। जम्मा 32 आरोपीहरू मध्ये 26 जना बुधवार लखनऊको सीबीआई… Read More

विहीबारदेखि रम्फू र मल्ली चेकपोस्टमा स्वास्थ्य जॉंच बन्द गरिने

विहीबारदेखि रम्फू र मल्ली चेकपोस्टमा स्वास्थ्य जॉंच बन्द गरिने

गान्तोक, 30 सेप्टेम्बर (हिस)। सिक्किम सरकारले लिएको निर्णयअनुरूप भोलि 1 अक्टोबरदेखि मानिसहरूका साथै वाहनहरूको अन्तर राज्य आवगमन पूर्णरूपमा खुल्ला गरिने छ। सिक्किम प्रवेश गर्नका निम्ति अनलाइन पञ्जीकरण गर्नुपर्ने अनिवार्यतालाई हटाइएको छ। यसैगरी, रम्फू अनि मल्ली चेकपोस्टमा गरिने स्वास्थ्य जॉंच प्रक्रियालाई पनि बन्द गरिएको छ। स्वास्थ्य विभागका प्रधान सचिव के. श्रीनिवासुलूले आज एउटा आदेश जारी गरेर उक्त जानकारी दिएका छन्। उनले चेकपोस्टहरूमा तैनात डाक्टर र स्वास्थ्य कर्मीहरू 1 अक्टोबरदेखि आआफ्नो ड्यूटीमा तैनात हुनेछन्। भोलिदेखि सिक्किमबाट बाहिर जाने मानिसहरूको निम्ति पनि सबै प्रकारको औपचारिक​ताहरू हटाइएको छ। यसरी नै सिक्किम प्रवेश गर्ने सबै प्रकारका आगन्तुकहरूलाई एकान्तवासमा पठाइने छैन। यदि उनीहरूमा कुनै प्रकारको लक्षण देखा परेको खण्डमा उनीहरू स्वास्थ्य जॉंचको निम्ति जानुपर्ने बताइएको छ। यस अतिरिक्त मास्क लगाउनु, सामाजिक दूरी पालन गर्नु, सार्वजनिक स्थलहरूमा नथुक्नु आदि नियमहरूलाई कड़ारूपमा पालन गर्नुपर्नेछ। टेस्टिङको निम्ति पनि लक्षण देखा परेका विरामीहरूलाई अधिक ध्यान दिइने पनि बताइएको छ।

1 अक्टोबरदेखि अन्तर राज्य आवगमन खुल्ला, दिशानिर्देश जारी

1 अक्टोबरदेखि अन्तर राज्य आवगमन खुल्ला, दिशानिर्देश जारी

गान्तोक, 30 सेप्टेम्बर (हिस)। भोलि 1 अक्टोबर, 2020 देखि भइरहेको अन्तर राज्य आवगमन छुटलाई लिएर राज्य सरकारले दिशानिर्देश जारी गरेको छ। राज्य गृह विभागद्वारा आज जारी गरिएको एक आदेशमा भोलि 1 अक्टोबरदेखि मानिसहरूका साथै वाहनहरूको अन्तर राज्य आवगमन पूर्णरूपमा खुल्ला रहने बताएको छ। तर, पर्यटकहरूलाई भने राज्य पर्यटन विभागले जारी गरेको मानक सञ्चालन प्रक्रिया अनुरूप 10 अक्टोबर, 2020 देखि प्रवेश गर्न अनुमति दिइने छ। मजदूरहरूको प्रवेश श्रम विभागद्वारा इन्टर स्टेट माइग्रेण्ट वर्कमेन एक्ट, 1979 अन्तर्गत जारी परमिटको आधारमा गरिने छ। वाहनहरूको अन्तर राज्य आवगमन पनि खुल्ला रहने छ भने निजी वाहनहरूले पनि 9 अक्टोबर, 2020 सम्म अड-इवन फर्मूला पालन गर्नुपर्नेछ। साना वाहनहरू (भ्यान/कार) लाई केवल तीन जना यात्री तथा लक्जरी ट्याक्सी/एसयुवीहरूलाई पॉंच जना यात्री चड़ाउने अनुमति दिइएको छ। अर्कोतिर, सिनेमा हल, स्वीमिङ पूल, इन्टरटेन्मेन्ट पार्क, थिएटर भने अहिले बन्द नै रहनेछन्। वाणिज्यिक प्रतिष्ठानहरूले सामाजिक दूरीलाई कडारूपमा पालन गर्नुपर्नेछ भने प्रबन्धकलाई सबै कर्मचारीहरूद्वारा आरोग्य सेतु एपको प्रयोग सुनिश्चित गर्न लगाइएको छ। सरकारी कार्यालयहरूमा पनि शनिबार र आइतबार बाहेक अन्य सबै दिन काम चल्नेछ। विवाह अनि अन्त्योष्टिमा केन्द्रिय गृह मन्त्रालयद्वारा जारी दिशानिर्देश लागू रहनेछ। यसैगरी, 65 वर्षदेखि माथि उमेर पुगेका मानिसहरू, 10 वर्षदेखि मुनि उमेरका नानीहरू, गर्भवती महिलाहरू, अन्य विभिन्न रोगले ग्रस्त मानिसहरूले विशेष सावधानी अपनाउनु पर्ने बताइएको छ। अर्कोतिर, राज्यका मुख्य… Read More

क्रामाकपाले गऱ्यो माग प्रदर्शन, भन्यो- हामी गोर्खाल्याण्डका लागि गणतान्त्रिक ढङ्गमा सधैँ लड़िरहनेछौँ

क्रामाकपाले गऱ्यो माग प्रदर्शन, भन्यो- हामी गोर्खाल्याण्डका लागि गणतान्त्रिक ढङ्गमा सधैँ लड़िरहनेछौँ

कालेबुङ, 30 सेप्टेम्बरः पछिल्लो लोकसभा चुनाउअवधि सङ्कल्प-पत्रमा उल्लिखित वाचा भाजपालाई याद दिलाउँदै आज क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले कालेबुङको मुटु मानिने डम्बर चोकमा माग प्रदर्शन गऱ्यो। माग प्रर्दशन गर्नअघि क्रामाकपा कार्यकर्ताहरूले प्ला-कार्डहरू बोकेर पार्टी कार्यालयदेखि डम्बरचोकसम्मै मौन ऱ्यालीसमेत निकालेका थिए। उनीहरूले बोकेका प्ला-कार्डहरूमा ‘वी वान्ट गोर्खाल्याण्ड’, ‘हाम्रो समर्थन राज्यको निम्ति मात्र हो’, ‘बहुसङ्ख्यक र पुञ्जीपतिको निम्ति कानून बनाउन सक्छौ; अल्पसङ्ख्यक गोर्खाको सुरक्षा खोई?’, ‘गोर्खाको सपना मेरो सपना भन्ने मोदीजी, हाम्रो सपना कहिले विपना हुने?’, ‘केन्द्र सरकार गोर्खाको माग पूरा गर’ र ‘हाम्रो केवल एउटै माग छुट्टै राज्य गोर्खाल्याण्ड’ आदि जस्ता नारा लेखिएका थिए। यसैबीच पत्रकारहरूसँग कुराकानी गर्दै क्रामाकपा नेता किशोर प्रधानले क्रामाकपा छुट्टै राज्य गोर्खाल्याण्ड गठनका लागि गणतान्त्रिक र संसदीय ढङ्गमा सधैँ लड़िरहने बताए। उनले क्रामाकपाका गठन नै भारतीय गोर्खाहरूका राष्ट्रिय चिनारी र राजनीतिक सुरक्षाका लागि भएकाले शुरूदेखि नै लगातार छुट्टै राज्य गोर्खाल्याण्डका लागि राजनीतिक आन्दोलनहरू गणतान्त्रिक ढङ्गमा गरिरहेको बताए। प्रधानका अनुसार गोर्खाहरूको दीर्घलम्बित माग छुट्टै राज्य गोर्खाल्याण्डका लागि काम गर्छु भनेर भाजपाले धेरै वर्षदेखि भरोसा दिइरहेको कारण नै राज्यकै लागि क्रामाकपाले पछिल्लो चुनाउमा भाजपालाई सघाएको हो। “तर हामीलाई लाग्दैछ, कता कता यो माग फत्ते हुन अब विलम्ब हुँदै जाँदैछ। विलम्ब मात्रै होइन यो मागलाई सत्ताको भुमरीभित्र हालेर चाहे डढ़ेलो लगाउने प्रचेष्टा पनि हुँदैछ कि भनेर क्रामाकपाले आत्माले भन्न थालेको… Read More

कोविड-19 को प्रकोपलाई मध्यनजर राख्दै भण्डारी जयन्ती साधारण रूपमा पालन गरिने

कोविड-19 को प्रकोपलाई मध्यनजर राख्दै भण्डारी जयन्ती साधारण रूपमा पालन गरिने

सोरेङ, 29 सेप्टेम्बर (हिस)। सिक्किमका भूतपूर्व मुख्यमन्त्री स्व. नर बहादुर भण्डारीको जन्म जयन्ती यो वर्ष साधारण रूपमा पालन गरिने भएको छ। वैश्विक महामारी कोविड-19 को बढ्दो प्रकोपलाई मध्यनजर राख्दै यस वर्ष साधारण रूपमा पालन गरिने जानकारी एउटा प्रेस विज्ञप्ति जारी गरेर दिइएको छ। विज्ञप्तिमा भनिएको छ, भारतीय नेपाली राष्ट्रिय परिषदका अध्यक्ष स्व. नरबहादुर भण्डारीको जन्म जयन्ती 2019 सालदेखि मनाइरहेको कुरो सर्वविदित छ। यसलाई निरन्तरता दिनुपर्ने कुरालाई मध्यनजर गर्दै यो वैश्विक महामारी कोभिड-19 ले गर्दा गत पोहोर सालकै तदर्थ समितिले सानो कार्यक्रम गर्ने 27 सेप्टेम्बरको दिन ग्राम प्रशासन केन्द्र मलबाँसेमा बसेको सभाले सर्बसम्मतिले प्रस्ताव पारित गर्‍यो, जुन सभाको अध्यक्षता सिक्किम सरकारका चेयरमेन बिनोद बस्नेतले गरेका थिए। आउँदो भण्डारी जयन्तीको कार्यक्रमलाई कोविड-19 को निर्देशिकालाई अनुपालन गर्दै सम्पन्न गरिनेछ, साहित्य विभागका प्रभारी ज्ञान पी. दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उल्लेख्य, भूतपूर्व मुख्यमन्त्री स्व. नर बहादुर भण्डारीको जन्म जयन्ती गत वर्षदेखि उनकै पैतृक गाउँ मालबाँसेमा पालन गर्न शुरु गरिएको छ। गत वर्ष पालन गरिएको भव्य भण्डारी जयन्ती समारोहमा राज्यका मुख्यमन्त्री पीएस गोलेले पनि अंशग्रहण गरेका थिए। स्व. भण्डारीको जन्म सोरेङ महकुमा अन्तर्गत मालबाँसेमा 05 अक्टोबर, 1941 मा भएको थियो।हिन्दुस्थान समाचार/सरोज

एसडीएफले एक विश्वासी अनि समर्पित नेता गुमाएको छ: चामलिङ

एसडीएफले एक विश्वासी अनि समर्पित नेता गुमाएको छ: चामलिङ

गान्तोक, 29 सेप्टेम्बर (हिस)। दक्षिण सिक्किमको नाम्ची नगर परिषदका अध्यक्ष उदय चन्द्र राईको मंगलबार बिहान निधन भएको छ। पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले उनको निधनमा शोक प्रकट गरेका छन्। एसडीएफ प्रचार प्रसार महासचिव कविता सुब्बाद्वारा जारी प्रेस विज्ञप्तिमा एसडीएफ अध्यक्ष चामलिङले नाम्ची नगर परिषदका अध्यक्ष उदय चन्द्र राईको निधनले आफु दुखित बनेको बताएका छन्। उनको निधनका साथै एसडीएफ पार्टीले आफ्नो एक विश्वासी अनि समर्पित नेता गुमाएको उनले उल्लेख गरेका छन्। उदय चन्द्र राईसित वर्ष 1993 देखि आफु परिचित रहेको र स्व. राईले आफ्नो सरकारी नोकरी छाड़ेर एसडीएफ पार्टीको राजनीतिक संघर्षमा साथ दिएको पनि उनले स्मरण गरेका छन्। स्व. राईले आफ्नो सरकारी नोकरी त्यागेको भए पनि कहिल्यै चुनाउमा टिकट अथवा पार्टीमा पदको आशा नगरेको उनले जानकारी दिएका छन्। अर्कोतिर, एसडीएफ अध्यक्ष चामलिङले स्व. राई जस्ता एक योग्य उम्मेदवारलाई चुनावी राजनीतिमा भाग लिने अवसर दिनु नपाएकोमा पछुतो पनि गरेका छन्। उनको नेतृत्व क्षमतालाई सम्मान गर्दै उनलाई नाम्ची नगर परिषद अध्यक्ष बनाउने निर्णय लिइएको पनि उनले अवगत गराएका छन्। संस्थापक अध्यक्षका रूपमा स्व. राईले नाम्चीको विकासमा महत्वपूर्ण योगदान दिएको र उनी नाम्चीको इतिहासमा सदैव अमर रहने उनले उल्लेख गरेका छन्। उनले शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्।

खरसाङमा नेप इण्डिया फाउण्डेशनको महत्वपूर्ण सभा

खरसाङमा नेप इण्डिया फाउण्डेशनको महत्वपूर्ण सभा

दार्जीलिङ, 29 सेप्टेम्बर (निसं)। गत आइतबारको दिन खरसाङ टुरिष्ट लजमा नेप इण्डिया फाउण्डेशन, दार्जीलिङका प्रतिनिधिहरूले वरिष्ठ अधिवक्ता तथा जनअभियोजक, सेसन कोर्ट, खरसाङका रमेश अग्रवालसित भेटवार्ता गरेको थाहा लागेको छ। वार्ताको क्रममा धेरै सामाजिक विषयहरूमा अालोचना भएको कुरा जान्नमा अाएको छ। दीन, दु:खी तथा असहायहरूको सेवामा लागिपरेको नेप इण्डिया फाउण्डेशन, दार्जीलिङलाई हरप्रकारको सहयोग पुर्याउने वचनबद्धता जनाउँदै अधिवक्ता अग्रवालले जनसेवा नै माधव सेवा हो भन्ने कुरामा जोर दिएका थिए। कोरोना सङ्क्रमणकालले गर्दा शैक्षिक संस्थानहरू, जस्तै:- पाठशाला, कलेज, विश्वविद्यालय अादि दीर्घ दिनदेखि बन्द राखिएको छ। फलस्वरूप स्कूल-कलेजका विद्यार्थीहरूको दैनिक अध्ययनमा न‍ोक्सानी तथा ह्रास देखापरेको विषयमा पनि चर्चा-परिचर्चा गरियो। यसै क्रममा यसको भरपाईको निम्ति माता-पिता, अभिभावक, विद्यार्थी, शिक्षक-शिक्षिका तथा स्कूल-कलेजका प्रशासकहरूको भूमिका सम्बन्धित धेरै उपयोगी तथा सचेतनामूलक सुझाउहरू राखिन् सन्त अल्फन्सस उच्चतर माध्यमिक पाठशाला, खरसाङकी शिक्षिका श्रीमती सङ्गीता थापाले। कोरोना सङ्क्रमणबाट सुरक्षित रहने पहल विषयमा अति तथ्यपूर्ण प्रस्तुति पेश गर्दै समाजसेवी जीवन भण्डारीले अाम जनतालाई जागरूक रहन  आह्वान पनि गरे। संस्था अध्यक्ष के.एस. सुब्बाले संस्थाको कार्यप्रणाली सुचारू रूपले सञ्चालन गर्नलाई विशेषत: कानुनी सल्लाहकारको अावश्यकता रहेको कुरा खुलासा गर्दै सर्वसम्मतिले नै अधिवक्ता तथा जनअभियोजक रमेश अग्रवाललाई नै नेप इण्डिया फाउण्डेशन, दार्जीलिङको कानुनी सल्लाहकारको रूपमा मनोनीत गरेको घ‍ोषणा गरे। संस्थाका सबै उपस्थित सदस्यहरूले समर्थन जनाएपछि संस्थाकै समन्वयक श्रीमती आराधना नाम्चुले उनलाई खदा अर्पण गरी सम्मान जनाइन्।… Read More

एशियामा 1967 पछि सबैभन्दा कम्ति रहनेछ विकास दर- विश्व ब्याङ्क

एशियामा 1967 पछि सबैभन्दा कम्ति रहनेछ विकास दर- विश्व ब्याङ्क

नयाँ दिल्ली, 29 सेप्टेम्बर (हिस)। कोविड-19 को महामारीका कारण एशियामा 1967 पछि सबैभन्दा कम विकास दर रहन सक्नेछ। विश्व ब्याङ्कको अनुमानअनुसार सकल घरेलू उत्पाद (जीडीपी) 0.9 प्रतिशत रहन सक्नेछ। यो जानकारी विश्व ब्याङ्कले आफ्नो ताजा आर्थिक अपडेटमा दिएको छ। विश्व ब्याङ्कले जारी गरेको एक बयानमा भनिएको छ, कोरोना भाइरस महामारीका कारण पूर्वी एशिया अनि प्रशान्त क्षेत्रका साथै चीनको अर्थव्यवस्थामा पनि पछिल्लो 50 भन्दा धेरै सालको समयमा सबैभन्दा कम्ति वृद्धि दर रहने छ। वर्ष 2020 मा यस क्षेत्रका केवल 0.9 प्रतिशतसम्म बढोत्तरीको अनुमान छ। यो विकास दर 1967 पछिको सबैभन्दा कम्ति हो। आर्थिक अपडेट अनुसार पूर्वी एशिया अनि प्रसान्त क्षेत्रका बाँकी स्थानमा जीडीपीको वृद्धि दरमा 3.5 प्रतिशत ह्रास आउन सक्नेछ। रिपोर्टमा भनिएको छ, कोविड-19 अनि यसको प्रसारलाई रोक्नको निम्ति आर्थिक गतिविधिमा एक अह्म सुधार गरिएको छ। यी देशहरूलाई महामारीबाट आर्थिक अनि वित्तीय प्रभावबाट निस्किनको निम्ति रेभिन्यू जुटाउन वित्तीय सुधारलाई अघि बढाउन जरूरी छ। उल्लेखनीय छ, भारतको जीडीपी ग्रोथ रेटमा पहिलो तीन महिनामा भारी ह्रास आएको छ। केन्द्र सरकारको सांख्यिकी मन्त्रालयअनुसार वित्त वर्ष 2020-21 को पहिलो तीन महिना (अप्रेल-जून) बीच विकास दरमा 23.9 प्रतिशत ह्रास दर्ता गरिएको छ। यस्तो अनुमान लगाइएको थियो कि कोरोना भाइरस महामारी अनि देशव्यापी लकडाउनका कारण देशको जीडीपीको दर पहिलो तीन महिनामा 18 प्रतिशतसम्म ह्रास आउन सक्नेछ। हिन्दुस्थान… Read More