विक्ली एडिटर्स फोरमको बैठक सम्पन्न

विक्ली एडिटर्स फोरमको बैठक सम्पन्न

गान्तोक, 28 अगस्त (हिस)। विक्ली एडिटर्स फोरमको एक महत्त्वपूर्ण बैठक शुक्रवार ‘सिक्किम दर्शन’ साप्ताहिक समाचार-पत्रकी सम्पादक श्रीमती राधा प्रधानको अध्यक्षतामा गान्तोकको तिब्बत पथस्थित बीएल हाउसको प्रेक्षागृहमा सम्पन्न भयो। फोरमका अध्यक्ष धिरज बान्तवा र वरिष्ठ पत्रकार बीपी कँड़ेलको विशेष उपस्थितिमा आयोजित बैठकमा वरिष्ठ पत्रकार हेमन्त गिरी, प्रणय लामिछाने, जीवन कटुवाल, एचके खवास, आरपी शर्मालगायत राज्यबाट प्रकाशित हुने साप्ताहिक समाचार-पत्रका सम्पादक र प्रकाशकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकमा 2006 मा स्थापित विक्ली एडिटर्स फोरमलाई अब पञ्जीकरण गराउने प्रक्रियालाई अघि बढ़ाउने विषयमा चर्चा गरियो। यसरी नै फोरमलाई एक सशक्त संस्थाका रूपमा निर्माण गर्न सदस्यता अभियानलाई तीव्र रूप दिने सर्वसम्मतिले प्रस्ताव पारित गरिएको छ। सामाजिक दुरी पालन गर्दै आयोजन गरिएको बैठकलाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार राधा प्रधानले साप्ताहिक समाचार-पत्रका पत्रकारहरूको आर्थिक स्थिति कमजोर रहेको कारण अभिभावक विभागको नातामा सूचना तथा जनसम्पर्क (आईपीआर) विभागले समाचार-पत्रहरूले वर्षौंदेखि पाउँदै आइरहेको डिसप्ले विज्ञापन नकाटिदिन अपील गरिन्। वरिष्ठ पत्रकार जीवन कटुवालले फोरमलाई पञ्जीकरण गराउनका लागि आवश्यकता पर्ने विभिन्न प्रक्रियाबारे बुँदागत रूपमा जानकारी दिए। यसरी नै वरिष्ठ पत्रकार प्रणय लामिछानेले साप्ताहिक समाचार-पत्रहरूले भोग्न परिरहेको समस्यालाई फोरमले अघि बढ़ाउन सक्ने जनाउँदै यसका लागि सबै एकजुट हुन अनिवार्य रहेको बताए। पत्रकार हेमन्त गिरीले फोरमको नयाँ समितिमा युवा तथा महिला पत्रकारहरूलाई विशेष रूपमा स्थान दिन सुझाउ राखे। बैठकमा पत्रकार एचके खवास, आरपी शर्मा,… Read More

सिक्किममा कोभिड-19 पछिको आर्थिक महामारी

सिक्किममा कोभिड-19 पछिको आर्थिक महामारी

सिक्किम सरकारले कोभिड-19 का चुनौतीहरू न्यूनिकरण गर्न केन्द्रबाट विशेष अनुदानको माग गर्नसक्नेछ। यस अर्थमा, कोभिड-19 महामारीले ल्याएको आर्थिक कठिनाई र चुनौतीलाई सिक्किमे जनमानको निम्ति विस्तृत नीतिका साथ सिक्किमको अर्थनीति पुनरूद्धार गर्ने, आर्थिक अवसरहरू सिर्जना गर्ने तथा आर्थिक असमानता घटाउँदै सामाजिक न्याय तथा आर्थिक सशक्तिकरणको अवसरमा परिणत गर्ने हिसाबले स्वीकार गर्नुपर्नेछ। -एमके सुब्बा, प्रमुख प्रवक्ता, एसडीएफ पार्टी   अनलक 2.0 को दोस्रो हप्ता बित्दा-नबित्दै भारतका प्रधानमन्त्रीद्वारा गरी कल्याण योजना अन्तर्गत 80 करोड लाभार्थीलाई आगामी नोभेम्बर महिनासम्म प्रति व्यक्ति पाँच केजी चामल वा गहूँ तथा एक केजी दाल मासिक रूपमा वितरण गरिने घोषणाले स्टेण्डर्ड एण्ड पूअर्स (एस एण्ड पी) ग्लोबल रेटिङको पूर्वानुमान अनुरूप भारत आर्थिक तनाउको स्थितिमा रहेको स्पष्ट पार्दछ जसले भारतको अर्थनीति धएरै ठूलो समस्यामा रहेको र महामारी नियन्त्रित गर्न मात्र नभएर त्यसलाई सम्बोधित गर्ने लचर नीति लगायत वित्तीय क्षेत्रमा आइपर्ने जोखिमको परिणामस्वरूप आउँदो वर्ष 2021 मा सामान्यतर्फ फर्कनुअघि वार्षिक वृद्धि दर यस वित्तीय वर्षमा 5 प्रतिशतभन्दा तल झर्ने अनुमान लगाएको छ। अर्को एउटा स्कच ग्रुप नामक प्रतिष्ठित विचार मञ्च समूहका साथै फिस्मे (भारतीय कोष एवं औषधि उद्यम परिसङ्घ)-द्वारा गरिएको राष्ट्रिय बहुराष्ट्रिय सर्वेक्षणमा 62 प्रतिशत एमएसएमईले (सूक्ष्म, लघु एवं मध्यम उद्यम) आफ्नो कर्मचारीहरूलाई रोजगारमुक्त गर्ने र 78 प्रतिशतले ज्यालामा कटौती गर्ने निधो गरेको जनाएको छ। तथापि, भारत सरकारका प्रमुख आर्थिक सल्लाहकार… Read More

वाक् एवं अभिव्यक्तिको स्वतन्त्रता

वाक् एवं अभिव्यक्तिको स्वतन्त्रता

 सूचना शक्ति हो र सकारात्मक सूचना सर्वोच्च शक्ति हो, जनताको सशक्तिकरण हो। ‘लोकतन्त्र जनताको, जनताद्वारा जनताको निम्ति सरकार हो – अब्राहम लिमन।’’   -केटी ग्याल्छेन, पूर्व अध्यक्ष (सिक्किम विधानसभा) ‘संयुक्त राष्ट्रको मानव अधिकार घोषणाको धारा 17 मा, ‘प्रत्येक व्यक्तिसँग अभिमत तथा अभिव्यक्तिको स्वतन्त्रता रहनेछ; यसमा कुनै हस्तक्षेपबिना आफ्नो विचार वा अभिमत व्यक्त गर्ने तथा कुनै प्रकारको सीमाका विपरीत कुनै माध्यमद्वारा सूचना एवं विचार लिने, प्राप्त गर्ने वा आयात गर्ने अधिकार सामेल रहनेछ” भनी उल्लेख गरिएको छ। समाज अनि सरकारको सबैभन्दा महत्त्वपूर्ण सरोकार भनेकै अत्यावश्यक चिन्ताका विषयहरूबारे सत्यको उपस्थिति तथा उपलब्धता हुन्छ। यो पूर्णतया प्रणालीमा निर्बाध बहस, वार्ता तथा पारदर्शिताद्वारा मात्र सम्भव हुँदछ। तथापि, बाहिरी आक्रमणबाट सुरक्षा वा राज्य वा जनताको बढी हित जस्ता केही विषय वा प्रयोजनलाई ध्यानमा राख्दै; असीमित बहस वा त्यस्ता अधिकारको प्रयोगले लोकतान्त्रिक प्रक्रियाद्वारा हासिल गर्न परिलक्षित प्रयोजन वा उद्देश्यलाई परास्त गर्न वा त्यसमाथि हावी हुनसक्दछ। त्यस्ता परिस्थितिमा, प्रयोजन तथा वाक् स्वतन्त्रताबीच सन्तुलन कायम गरिनुपर्दछ र यसमा लोकतन्त्रको मौलिक प्रकृति सामेल रहेको हुँदा, यस्ता मामिलामा वाक् स्वतन्त्रता त्यसमाथि हावी रहेको हुनुपर्दछ। मूलरूपमा भारतीय संविधानको अनुच्छेद 19 मा सातवटा अधिकार अनि सातवटा स्वतन्त्रता थिए। ‘कानून तथा संशोधन’ तथा ‘संशोधन’ ‘कानून’ हो वा होइन भन्ने शब्दावलीको न्यायसङ्गत व्याख्यानबारे लामो सङ्घर्षपछि, कैयौं महत्त्वपूर्ण मामिलामा, भारतको सर्वोच्च न्यायालयले फसेला सुनाएको थियो,… Read More

अटब्बे जङ्गलदेखि ‘वैकुण्ठपुर’-सम्म

अटब्बे जङ्गलदेखि ‘वैकुण्ठपुर’-सम्म

जातिको इतिहासलाई सदासर्वदा ननिभ्ने बनाउनका खातिर सायद वैकुण्ठपुर पत्रिकाका सम्पादक भानु प्रकाश मार्मिक यसो भन्छन्-‘भारतीय नेपाली जन-जीवनका युगधरोहर एक तीर्थ-पारसतीर्थ।’ यति भनेकै कारण यो पत्रिकाको सार्थकता झल्किन्छ भन्ने कुरमा म विश्वस्त छु। केवल सम्पादकको लेखन-सम्पादनले मात्र धेरै कुरा सम्भव हुनसक्दैन। यसको निम्ति व्यवस्थापकवर्ग लगायत सम्पूर्ण टीमले कार्य निष्पादन गर्नुपर्ने हुन्छ। यो सामूहिक प्रयास हो। त्यसैकारण यहाँ यसका व्यवस्थापक प्रकाश छेत्रीलाई पनि सायद भुल्न नसकिएला। -अर्जुन पीयूष   खोलाचन्द फाप्रि आफू सानो छदाँ अथवा भानौँ स्कूल पढ्दाताका बरालिन जाने ठाउँ। अहिले त्यहाँको वातावरण पहिलेको जस्तो मिल्दैन। मिल्नु हुँदैन पनि। मिल्न गयो भने त्यो वातावरणले विकासको मुहार देख्न पाउँदैन। समय परिवर्तनशील भए जस्तै खोलाचन्द फाप्रिले पनि शनै शनै आफ्नो मुहार फेर्दै ल्यायो। घना जङ्गले राज गरेको स्थानमा खोलाचन्द फाप्रि स्कूल, पारसमणि प्रधानको सालिग, शहीद दुर्गा मल्लको सालिग स्थापना भयो। यसलगायत विविध कुराहरूको स्थापना आदिले बुझाउँछ कि नेपाली जाति संसारको कुनै पनि कुनामा पुगोस् त्यहाँ उसले आफ्नो लायकको ठाउँ बनाएरै छाड्छ। नेपाली जातिलाई एक समयमा मानव वस्ती बसाउन नसकिने स्थानलाई सम्याएर मान्छे बस्नयोग्य ठाउँ बनाएपछि यो जाति स्वतः पलायन बन्छ भन्ने भनाइहरू दन्त्य कथा होइनन्। यी वाक्यहरू वास्तविक थिए, यथार्थिक थिए तर त्यसमा पनि अब ब्रेक लाग्नुपर्छ र त्यो त्यो ब्रेक लगाउने कार्य खोलाचन्द फाप्रिले पनि गरेको देखिन्छ। यही ठाउँबाट समसामयिक पत्रिका वैकुण्ठपुर… Read More

म बाँचुञ्जेलसम्म इमान्दारीसाथ आफ्नो काम गरिरहनेछु - अनित थापा

म बाँचुञ्जेलसम्म इमान्दारीसाथ आफ्नो काम गरिरहनेछु - अनित थापा

दार्जीलिङ, 28 अगस्त (हिस)। जीटीए चेयरम्यान अनित थापाले आज दार्जीलिङको तकदाह-ग्लेनवर्ण समष्टि भ्रमणावाधि सम्पन्न एक सभामा जबसम्म यस ठाऊँमा रहन्छु र बाँचुञ्जेलसम्म नढाँटी इमान्दारीताका साथमा आफ्नो जिम्मेवारी बहन गरिरहने छु भनी बताएका छन्। सभामा थापाले भने, बिगत समयमा यस ठाउँमा धेरै नेतृत्वहरु आएर गए। सबैले आश्वसन मात्रै दिएर गए। तर म आश्वासनमा विश्वास गर्दिन, सक्ने काम हुन्छ भन्छु, नसक्ने काम छ भने प्रयास गर्छु। तपाईहरूको क्षेत्रमा रहेको यस मुख्य सड़कलाई पीडब्ल्युडीमा अन्तर्भुक्त गराउने छु भनेर वचन दिएको थिए, त्यसै अनुरूप कामको थालनी भइसकेको छ। जीटीए चेयरम्यान अनित थापाले आफ्नो सम्बोधनमा नेताहरूले ढाँट्ने गरेकाले हामी त्यही प्रवृतिमा छौं भन्दै आफु यहाँ भोट माग्नु नआएको अनि आफुलाई भोटमा जित्नु पनि नरहेको दाबी गरे। उनले राजनैतिक पार्टीमा रहेपछि कुनै राजनैतिक पार्टीमा मिल्नुपर्छ अनि हामी राज्यको सत्तारुढ़ पार्टी तृणमूल कंग्रेससित गठबन्धनमा छौं र विकासका कार्यहरू गरिरहेका छौं भनी बताए। उनले भने, हामी अझैं सचेत भएनौं भने भोलि अझ दु:ख पाउँछौं। अब हामीले हाम्रो नजिककै भेट्न सक्ने मान्छेलाई नै भोट दिनुपर्छ।

कोरोना : रूमानियत र तीतो यथार्थ

कोरोना : रूमानियत र तीतो यथार्थ

हरेक महान विपत्ति, सङ्कटहरूले मानव जीवनमा महान अवसर र समृद्धिका सूत्रहरू लिएर आउँँछन् भन्ने एउटा खुबै आदर्श वाक्य अचेल खुब चलिरहेको पाइन्छ। यसो सुन्दा साह्रै आशावादी लाग्ने यस वाक्यले विपत्तिमा परेका मानिसहरूमा आशाको सञ्चार गर्दछ, उनीहरूलाई अवसादग्रस्त हुनबाट बचाउँदछ। तर यो सत्य उति सरल छैन, उति सहजै फलीभूत हुने विषय पक्कै होइन। यो सत्यलाई फलीभूत हुन दशकौं लाग्नसक्छ। आज विपत्ति सकियो अनि भोलिदेखि समृद्धिको युग शुरू हुन्छ भन्ने हुँदैन। यस्ता विपत्तिहरूले एउटा जीवित पीढ़ीलाई सम्पूर्णतः बर्बाद बनाइदिनसक्छ, एउटा अर्थव्यवस्थालाई तहसनहस पारिदिननसक्छ। विपत्तिपछि समृद्धि आउने भन्ने कुरा त विपत्तिले पार्ने सार्विक बर्बादीपछि समस्त अनुभवलाई संश्‍लेषण गरेर नयाँ पुस्ताले त्यसबाट शिक्षा लिएर बर्बादीपछि जनजीवनमा त्यो संश्‍लेषित अनुभवलाई लामो समयसम्म प्रयोग गरेर प्राप्त गरिने उपलब्धि हो। अहिलेघरी हामी विश्‍वव्यापी कोरोना महामारीबीच फँसेका छौं। यसका कारण संसारभरि लाखौं मानिसहरू कालको गालमा परिसकेका छन्। दिनहुँ रोगबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या बढ्दैछ, मानिसहरू मरिरहेका छन्। हामी कोरोनाकालको अन्त्यतिर छैनौं, किनभने हामीसित अझै पनि यस रोगलाई प्रतिरोध गर्ने औषधि, टीका आइसकेको छैन। वैज्ञानिकहरू निश्‍चय नै यस रोगको औषधि र टीका खोज्न रात-दिन लागिपरेका छन्, तर औषधि विकसित हुन समय लाग्छ। औषधि विकसित नभइञ्जेल मानिसहरूको पीड़ा, कष्ट र त्रासदी कम हुनसक्दैन। यसैले हामी आज कोरोनाकालको अँध्यारो गल्लीमा फालिएका छौं। हामी उन्मुक्तिको, आरोग्यको र भयहीनताको उज्यालोको खोजीमा भौंतारिरहेका छौं। तर… Read More

पाबोङमा अग्निकाण्ड एउटा घर जलेर खरानी

पाबोङमा अग्निकाण्ड एउटा घर जलेर खरानी

कालेबुङ, 28 अगस्तः कालेबुङ खण्ड-1 को समालबुङ ग्राम पञ्चायत अधीनस्थ लोअर पाबोङमा आज बिहानै भएको अग्निकाण्ड एउटा घर जलेर खरानी भएको छ।जानकारीका अनुसार आज बिहान करिब 9:30 बजी अचानक आगलागी हुँदा स्थानीयवासी विक्रम रसाइलीको काठको ठूलो घर जलेर खरानी भएको छ।जानकारीका अनुसार जतिबेला यो घटना घट्यो, त्यसबेला परिवारका एकैजना सदस्य पनि घरमा थिएनन्। उनीहरू अलैंची उठाएका लागि बारी गएका थिए। यसैले पनि घरभित्रका एउटै सामान निकाल्न नपाइएको पीड़ित परिवारले बताएका छन्। कागज-पत्र, पैसा रुपियाँ र गरगहना तथा अन्य सबै सामान जलेर खरानी भएको छ।अहिले पीड़ित परिवारसँग उनीहरूले लगाएको लुगाबाहेक केही बचाएको छैन। सट् सर्किटका कारण आगो लागेको बताइएको छ।घटनाबारे थाह पाएपछि गाउँलेहरू हतार हतार जुटेर आगो निभाउन प्रयास गरे तापनि त्यसबेलासम्म आगोले उग्र रूप लिइसकेको थियो। पीड़ित विक्रम रसाइलीको दुई तले मूल घर र भान्सा घर दुवै जलेर खरानी भएका छन्।

जर्नालिस्ट्स युनियन अफ् सिक्किमको बैठक आयोजित

जर्नालिस्ट्स युनियन अफ् सिक्किमको बैठक आयोजित

गान्तोक, 28 अगस्त (हिस)। जर्नालिस्ट्स युनियन अफ् सिक्किमको एउटा बैठक शुक्रवार युनियनका अध्यक्ष भीम रावतको अध्यक्षतामा गान्तोकमा बस्यो। यसमा युनियनको कार्यकारी समिति र अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकमा महासचिव सुजल प्रधानले केही दिनअघि नेशनल युनियन अफ् जर्नालिस्ट्स इण्डियाले आयोजन गरेको वेबिनारमा भएका निर्णय विषय बैठकलाई जानकारी गराए। यो वेबिनारमा अध्यक्ष भीम रावत र महासचिव सुजल प्रधानले भाग लिएका थिए। अध्यक्ष बीम रावतले बैठकलाई सम्बोधन गर्दै बैठकको उद्देश्य युनियनलाई दह्रिलो बनाउनका लागि सदस्यता बढाउनु पर्ने आवश्यकता रहेकाले यस बारे सबैले विमर्ष गरेर निर्णय लिनुपर्ने जानकारी गराए। युनियनमा सदस्यता क-कस्लाई दिन सकिन्छ भन्ने बारेमा निर्णय सबै सदस्यहरूको सहमतिबाट लिइनुपर्ने भएकाले यो बैठक आयोजन गर्नु आवश्यक रहेको उनले जानकारी गराए। बैठकमा छलफलपछि नियम अनुरूपमा यसमा सदस्यता लिन चहानेहरूलाई सामेल गर्न सकिने निर्णय लिएको छ। कोरोनाको महामारीपछि पत्रकारिता क्षेत्रमा भएको प्रभाव तथा सिक्किमका विभिन्न मिडिया हाउसमा कार्यरत पत्रकारहरूले के-कस्ता समस्याको सामना गर्नु पर्‍यो भन्ने विषयमा राज्यमा सर्वेक्षण सञ्चालन गर्न इन्टरनेशनल युनियन अफ् जर्नालिस्ट्सको निगरानीमा नेशनल युनियन अफ् जर्नालिस्ट्स इण्डियाले सिक्किमको युनियनलाई एउटा प्रोजेक्टमा काम गर्ने जिम्मेवारी सुम्पिएकाले त्यसलाई कसरी सफल बनाउने भन्ने विषयमाथि पनि बैठकमा छलफल भयो। यो प्रोजेक्टमाथि राज्य युनियनलाई दिइएको जिम्मेवारी आगामी अक्टोबर महिनाभित्र पूरा गरिनु पर्ने जानकारी गराइएको छ। राज्यमा यो प्रोजेक्ट सञ्चालन गर्न एक जना समन्वयकको (कोअडिनेटर) आवश्यकता परेको… Read More