सेप्टेम्बरदेखि शिक्षण संस्थानहरूमा शिक्षक र संस्थान प्रमुखहरूको उपस्थिति अनिवार्य

सेप्टेम्बरदेखि शिक्षण संस्थानहरूमा शिक्षक र संस्थान प्रमुखहरूको उपस्थिति अनिवार्य

गान्तोक, 27 अगस्त (हिस)। आउँदो एक सेप्टेम्बरदेखि सिक्किमका सबै सरकारी स्कूल, कलेज र अन्य शिक्षण संस्थानहरूका प्रमुख, शिक्षक-शिक्षिका, सहायक कर्मचारीहरूले आ-आफ्नो स्कूल तथा अन्य शिक्षण संस्थानहरूमा अनिवार्य रूपमा उपस्थिति दिनुपर्नेछ। निक्कै लामो मथिङ्गल मन्थनपछि सरकारले यस्तो निचोड निकालेको छ। राज्य प्रशासनले एउटा सरकारी परिपत्र जारी गरेर स्कूल कलेजहरू नखोलिए पनि शिक्षक र अन्य कर्मचारीहरू भने अनिवार्य रूपमा स्कूल कलेज जानैपर्ने निर्देश दिएको छ। शिक्षकहरूले आफ्नो कार्यस्थलबाटै डिजिटल अफलाईन क्लासको निम्ति तयारी गर्नुपर्नेछ। यसैगरी सबै शिक्षण संस्थानहरूको रखरखाउ अनि व्यवस्थापनमा विशेष ध्यान पुऱ्याइनुपर्ने उल्लेख गरिएको छ। परिपत्रमा जनाएअनुसार अबउसो नयाँ राष्ट्रिय शिक्षा नीति सम्बन्धी प्रचार-प्रसार गरिनुपर्नेछ। आउँदो 5 देखि 25 सेप्टेम्बरसम्म यो कार्य सम्पन्न गरिनुपर्नेछ भने पञ्चायतीराज संस्थानलाई पनि यसमा सम्मेलित गर्नुपर्ने बताइएको छ। यसका निम्ति राज्य सरकारको एससीईआरटी, जिल्ला प्रमुख र स्कूल अनि कलेजहरूले स्रोत वक्ता चयन गर्नसक्नेछन्।

नेहरू-गान्धी परिवारवादः कहिल्यै अन्त नहुने श्रृंखला

नेहरू-गान्धी परिवारवादः कहिल्यै अन्त नहुने श्रृंखला

अंबिकानंद सहाय “उमर भर ग़ालिब यही भूल करता रहा धूल चेहरे पर थी, और आईना साफ़ करता रहा।” अर्थात म जीवनभर ऐनाको धूलो सफा गरिरहें, यो कुरा महसूस नगरीकन कि आवश्यकता आफ्नो अनुहार सफा गर्नुपर्ने थियो, ऐना होइन। यो चर्चित भनाइमा जुन आत्म-विश्लेषणको कुरा गरिएको छ, कांग्रेस त्यससित बारम्बार होइन, तर निराशाजनक अनि तथ्यात्मक रूपमा पनि सामना गरिरहेको छ। वास्तविकतामा तीन प्रमुख कुरा स्पष्ट देखिॅंदैछ। पहिलो, यस्तो लाग्दछ कि लोकतन्त्रको समयमा पनि कांग्रेस नेतृत्व राजवंशकै प्रतिनिधित्व गर्न चहान्छन्। यदि तपाई कांग्रेसी हुनुहुन्छ भने तपाई नेतृत्वको मामिलामा नेहरू-गान्धी परिवारका सदस्यलाई बद्लने सोच्न पनि सक्नु हुन्न। यस पार्टीमा ‘युवा जोशको आवश्यकता’, ‘सबैको निम्ति समान अवसर’ जस्ता वाक्यांशहरूको निम्ति अब कुनै ठाउॅं छैन। दोस्रो, सम्भावनाहरूले पूर्ण कुनै भावी नेता, जसलाई आफ्नो राज्यमा जनसमर्थन प्राप्त छ, पार्टीको वंशवादी नेतृत्वको निम्ति चुनौती बन्ने गर्दछ। त्यसपछि उसलाई अनिश्चित वा अबूझ परिस्थितिहरूमा पार्टी छोड्न बाध्य गरिन्छ। 1990 को दशकको उत्तरार्धमा पश्चिम बंगालको ममता ब्यानर्जीसित पनि यस्तै भएको थियो। 2009 मा आफ्नो पिताको मृत्युपछि केही महिना आन्ध्र प्रदेशका जगन मोहन रेड्डीले पनि यस्तै परिस्थितिहरूको सामना गर्नु परेको थियो। अहिलेको समयमा असमका हिमन्त बिस्म शर्मा र मध्य प्रदेशका ज्योतिरादित्य सिंधियाको निम्ति ​पनि पार्टीमा रहिरहन लगभग असम्भव बनेको थियो। यसकारण के थाहा कि ‘लेटर बम’ मा हस्ताक्षर गर्नेहरूले पनि आज… Read More