भाजपा-एसकेएम गठबन्धन

भाजपा-एसकेएम गठबन्धन

भारतीय जनता पार्टी (भाजपा) -को सिक्किम प्रदेश एकाईका सातजना विधायकहरू अनि राज्य भाजपा अध्यक्षलाई सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारले सरकारमा ‘एडजस्ट’ गर्‍यो अन्ततः। धेरै पहिलेदेखि यस किसिमको अनुमान लगाइँदै थियो। अनुमान त अझ के पनि लगाइँदै थियो भने भाजपाका विधायकहरूलाई मन्त्रीमण्डलमै समावेश गरिनेछ वा वेतन तथा अन्य सुविधासहितको पदमा सुशोभित गराइनेछ आदि। तर जेहोस्, एडभाइजरको रूपमा भए पनि भाजपाका विधायकहरू एसकेएम सरकारमा सामेल भए। यसरी एउटा गठबन्धनले पूर्णता पाएको छ। यस गठबन्धनको मूल सहमति के हो त! अब प्रश्‍न यहाँ उठेको छ। केन्द्रमा भाजपा सरकार छ, राज्यमा एसकेएमले भाजपासित गठबन्धन गरेको खण्डमा सिक्किमका मागहरू, बजटहरू सहज रूपमा फत्ते गराउन सघाउ पुग्नेछ भन्ने कुरा उप-चुनाउअघि एसकेएमका प्रवक्ताहरूले प्रेस सम्मेलनमा दोहोर्‍याएका थिए। एसकेएम नेताहरूले यही तर्क अघि राखेर सिक्किमेली जनतासमक्ष भोट मागेका थिए। वास्तवमा उप-चुनाउमा मात्र होइन, त्यसभन्दा पहिलेको मूल चुनाउमा पनि एसकेएम र भाजपाबीच देखिने प्रकारको तालमेल थियो। त्यसभन्दा अघि सन् 2014 -को उप-चुनाउमा पनि एसकेएमले भाजपालाई आफ्नो सदस्य दिएर उठाएको थियो। भाजपा र एसकेएमबीच यसबीच धेरैपटक तालमेलका वार्ताहरू भएका हुन्। ती वार्ताहरूकै नतीजास्वरूप आज सरकारमा सामेल हुनेसम्मको अवस्था आइपुगेको हो। समान विचार भएका दलहरूबीच तालमेल, गठबन्धन प्रजातन्त्रका स्वाभाविक परिघटना हुन्। तर गठबन्धनको नैतिक आधार हुन्छ। एसकेएम-भाजपाको गठबन्धनमा हामी त्यो नैतिक वा सैद्धान्तिक आधार खोजेर पनि भेट्दैनौं, सत्ता सुविधाबाहेक। किनभने… Read More

जैविक पवन लहर लद्दाख पुग्यो

जैविक पवन लहर लद्दाख पुग्यो

सिक्किमबाट शुरू भएको जैविक खेतीको पवन लहर अब लेह, लद्दाखसम्म पुर्‍याउन भारत सरकारले कम्मर कसेको छ। 74औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लाको प्राचिरबाट यो सन्देश देशलाई दिइसकेका छन्। जैविक खेती कति महत्वपूर्ण छ भन्ने कुरामा जोर दिँदै प्रधानमन्त्रीले जुन प्रेरणा लेह-लद्दाखका जनतालाई संकेत गरेर दिएका छन् त्यो सिक्किमको निम्ति महत्वपूर्ण छ। प्रधानमन्त्रीको सम्बोधनले जैविक कृषिमा सिक्किमको थप जिम्मेवारी पनि बडेको छ। स्मरण गराइन्छ, लद्दाखमा भारत सरकारले कृषि र बागवानी क्षेत्रमा विशेष प्राथमिकता दिएर विकास गर्ने कार्य शुरू गरिसकेको छ। लद्दाखलाई वर्ष 2025 सम्म पूर्ण जैविक क्षेत्र बनाउनका लागि मिशन अर्गानिक डेभलोपमेन्ट इनिसिएटिभ (मोदी) योजनाको शुरूवात गरेको छ। यसका लागि रु.500 करोड अनुमोदन पनि भइसकेको गृह मन्त्रालयले जनाएको छ। विशेष गरी बितेको वर्ष 5 अगस्तमा जम्मू-काश्मिरलाई विशेष राज्यको दर्जा दिने धारा 370 निरस्त गरेपछि जम्मू-काश्मिरसितै लेह-लद्दाख केन्द्र शासित प्रदेशमा विकासका विभिन्न योजनाहरू लागू गर्न केन्द्र सरकारले ध्यान दिएको छ। यसमा सरकारी भर्तीमा आदरभूत योग्यताको संसोधन, प्रमाण पत्र प्रदान गर्ने कार्य, पञ्चायत चुनाउ, औद्योगिक उद्यानहरूको विकास कार्य प्रमुख छन्। यहाँ उल्लेखयोग्य विषय के छ भने जैविक कृषिको सफलता सिक्किम राज्यबाट शुरू भएको हो। प्रधानमन्त्रीले सिक्किमलाई पूर्ण जैविक राज्य घोषणा गरेको समयमा सिक्किमको जैविक पवन लहर देशभरि छाउनु पर्ने सन्देश दिएका थिए। यसपछि पूर्वोत्तर भारतलाई नै जैविक कृषिको गड बनाउने… Read More

कोरोना संक्रमणको 20 नयॉं मामिला, 28 जना घर फर्किए

कोरोना संक्रमणको 20 नयॉं मामिला, 28 जना घर फर्किए

गान्तोक, 17 अगस्त (हिस)। आज पनि कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर 28 जना घर फर्केका छन्। 28 जनाको दोहोरो जाँचको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई अस्पतालबाट छुट्टी दिइएको छ। आज घर फर्केका 28 जनासँगै अहिलेसम्म जाती भएर घर फर्कनेहरूको संख्या 701 पुगेको छ। अर्कोतिर आज 20 वटा कोरोना पोजिटिभको नयाँ मामिला अघि आएको छ। आज रिपोर्ट आएका 20 जनासँगै राज्यमा एक्टिभ पोजिटिभ मामिला 485 पुगेको छ। आज रिपोर्ट गरिएका 20 वटा मामिला पूर्व सिक्किमबाट रहेका छन्। राज्यमा अहिले कोरोना संक्रमितहरूको कुल संख्या 1187 पुगेको छ।