स्थायीकरणको मागमा अस्थायी कर्मचारीहरूले पेन डाउनको रणनीति अप्नाउने

स्थायीकरणको मागमा अस्थायी कर्मचारीहरूले पेन डाउनको रणनीति अप्नाउने

खरसाङ, 29 अगस्त (हिस)। जीटीएको विभिन्न विभागहरूमा कार्यरत अस्थायी कर्मचारीहरूले अब स्थायीकरणको मागमा पेन डाउनको रणनीति अप्नाउने भएको छ। जीटीएको पे ब्याण्ड कर्मचारीहरूले स्थायीकरणको मागमा गरिरहेको धरणा प्रदर्शनबाट कुनै सफलता प्राप्त नभए आगामी 1 सेप्टेम्बरदेखि जीटीए क्षेत्रमा रहेका सरकारी कार्यालयहरूमा अस्थायी कर्मचारीहरूको संगठन एकीकृत कर्मचारी संगठनले यस्तो घोषणा गरेको छ। एकीकृत कर्मचारी संगठनको केन्द्रिय कार्यकारी सभापति दिलिप सिंहले आज खरसाङमा पत्रकार सम्मेलन गरी पेन डाउन कार्यक्रमको घोषणा गरेका हुन्। उनले भने, जीटीएले जसरी आफ्नो अधिकारको प्रयोग गरेर शिकक शिक्षिका नियुक्ति गरिरहेका छन्, त्यसको हामी स्वागत जनाउँदै। त्यसरी नै हाम्रो अस्थायी कर्मचारीहरूको स्थायीकरणको दीर्घकालीन मागलाई पनि जीटीए चेयरम्यान र जीटीएको मुख्य सचिवले सहानुभूतिपूर्वक हेरिदिएर स्थायीकरणको मागलाई पनि पूरा गरिदिने आशा व्यक्त गर्दछौ।

कोरोना महामारीका कारण साधारण रूपमा मनाइने इन्द्र जात्रा

कोरोना महामारीका कारण साधारण रूपमा मनाइने इन्द्र जात्रा

गान्तोक, 29 अगस्त (हिस)। सिक्किम नेवार गुठीले यो वर्ष इन्द्र जात्रा पर्व सदाझैं भव्यरूपमा नमनाउने निर्णय लिएको छ। वर्तमानमा कोरोना महामारीको प्रकोपलाई ध्यानमा राखेर गुठीले यस्तो निर्णय लिएको हो। उक्त जानकारी गुठीका अध्यक्ष दिलु कुमार प्रधानले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर दिएका छन्। यो वर्ष आगामी 31 अगस्तको दिन इन्द्र जात्रा पर्व परेको छ। प्रेस विज्ञप्तिमा भनिएको छ, कोविड-19 महामारीलाई ध्यानमा राख्दै राज्य सरकारले धार्मिक कार्यक्रम अनि विशाल सम्मेलनहरू आयोजन सम्बन्धी विभिन्न दिशानिर्देशहरू जारी गरेको छ। नेवार समुदायका धेरै सदस्यहरूले इन्द्रजात्राको मुख्य आकर्षण कुमारी पूजा साधारणरूपमा मनाउने सुझाउ दिए। गुठीले राज्यका नेवारहरूको हित अनि सुरक्षालाई ध्यानमा राख्दै यो वर्ष इन्द्र जात्रा भव्यरूपमा नमनाउने निर्णय लियो। अर्कोतिर, यो वर्ष कुमारी पूजा भने आयोजन नगर्ने निर्णय लिइएको छ। यसकारण 1 सेप्टेम्बरको दिन सिच्छेस्थित नेवार गुठी भवनमा क्षमा याचाना पूजा आयोजन गरिने जानकारी दिइएको छ। उक्त पूजा सबै दिशानिर्देशहरूलाई ध्यानमा राखेर गरिने छ। सिक्किम नेवार गुठीले इन्द्र जात्रा 2020 को बधाई एवं शुभकामना पनि दिएको छ। गुठीले नेवार समुदायका चार सदस्यलाई राज्य सरकारका विभिन्न प्रतिष्ठित पदहरूमा मनोनित गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार प्रकट गरेको छ।

विक्ली एडिटर्स फोरमको बैठक सम्पन्न

विक्ली एडिटर्स फोरमको बैठक सम्पन्न

गान्तोक, 28 अगस्त (हिस)। विक्ली एडिटर्स फोरमको एक महत्त्वपूर्ण बैठक शुक्रवार ‘सिक्किम दर्शन’ साप्ताहिक समाचार-पत्रकी सम्पादक श्रीमती राधा प्रधानको अध्यक्षतामा गान्तोकको तिब्बत पथस्थित बीएल हाउसको प्रेक्षागृहमा सम्पन्न भयो। फोरमका अध्यक्ष धिरज बान्तवा र वरिष्ठ पत्रकार बीपी कँड़ेलको विशेष उपस्थितिमा आयोजित बैठकमा वरिष्ठ पत्रकार हेमन्त गिरी, प्रणय लामिछाने, जीवन कटुवाल, एचके खवास, आरपी शर्मालगायत राज्यबाट प्रकाशित हुने साप्ताहिक समाचार-पत्रका सम्पादक र प्रकाशकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकमा 2006 मा स्थापित विक्ली एडिटर्स फोरमलाई अब पञ्जीकरण गराउने प्रक्रियालाई अघि बढ़ाउने विषयमा चर्चा गरियो। यसरी नै फोरमलाई एक सशक्त संस्थाका रूपमा निर्माण गर्न सदस्यता अभियानलाई तीव्र रूप दिने सर्वसम्मतिले प्रस्ताव पारित गरिएको छ। सामाजिक दुरी पालन गर्दै आयोजन गरिएको बैठकलाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार राधा प्रधानले साप्ताहिक समाचार-पत्रका पत्रकारहरूको आर्थिक स्थिति कमजोर रहेको कारण अभिभावक विभागको नातामा सूचना तथा जनसम्पर्क (आईपीआर) विभागले समाचार-पत्रहरूले वर्षौंदेखि पाउँदै आइरहेको डिसप्ले विज्ञापन नकाटिदिन अपील गरिन्। वरिष्ठ पत्रकार जीवन कटुवालले फोरमलाई पञ्जीकरण गराउनका लागि आवश्यकता पर्ने विभिन्न प्रक्रियाबारे बुँदागत रूपमा जानकारी दिए। यसरी नै वरिष्ठ पत्रकार प्रणय लामिछानेले साप्ताहिक समाचार-पत्रहरूले भोग्न परिरहेको समस्यालाई फोरमले अघि बढ़ाउन सक्ने जनाउँदै यसका लागि सबै एकजुट हुन अनिवार्य रहेको बताए। पत्रकार हेमन्त गिरीले फोरमको नयाँ समितिमा युवा तथा महिला पत्रकारहरूलाई विशेष रूपमा स्थान दिन सुझाउ राखे। बैठकमा पत्रकार एचके खवास, आरपी शर्मा,… Read More

सिक्किममा कोभिड-19 पछिको आर्थिक महामारी

सिक्किममा कोभिड-19 पछिको आर्थिक महामारी

सिक्किम सरकारले कोभिड-19 का चुनौतीहरू न्यूनिकरण गर्न केन्द्रबाट विशेष अनुदानको माग गर्नसक्नेछ। यस अर्थमा, कोभिड-19 महामारीले ल्याएको आर्थिक कठिनाई र चुनौतीलाई सिक्किमे जनमानको निम्ति विस्तृत नीतिका साथ सिक्किमको अर्थनीति पुनरूद्धार गर्ने, आर्थिक अवसरहरू सिर्जना गर्ने तथा आर्थिक असमानता घटाउँदै सामाजिक न्याय तथा आर्थिक सशक्तिकरणको अवसरमा परिणत गर्ने हिसाबले स्वीकार गर्नुपर्नेछ। -एमके सुब्बा, प्रमुख प्रवक्ता, एसडीएफ पार्टी   अनलक 2.0 को दोस्रो हप्ता बित्दा-नबित्दै भारतका प्रधानमन्त्रीद्वारा गरी कल्याण योजना अन्तर्गत 80 करोड लाभार्थीलाई आगामी नोभेम्बर महिनासम्म प्रति व्यक्ति पाँच केजी चामल वा गहूँ तथा एक केजी दाल मासिक रूपमा वितरण गरिने घोषणाले स्टेण्डर्ड एण्ड पूअर्स (एस एण्ड पी) ग्लोबल रेटिङको पूर्वानुमान अनुरूप भारत आर्थिक तनाउको स्थितिमा रहेको स्पष्ट पार्दछ जसले भारतको अर्थनीति धएरै ठूलो समस्यामा रहेको र महामारी नियन्त्रित गर्न मात्र नभएर त्यसलाई सम्बोधित गर्ने लचर नीति लगायत वित्तीय क्षेत्रमा आइपर्ने जोखिमको परिणामस्वरूप आउँदो वर्ष 2021 मा सामान्यतर्फ फर्कनुअघि वार्षिक वृद्धि दर यस वित्तीय वर्षमा 5 प्रतिशतभन्दा तल झर्ने अनुमान लगाएको छ। अर्को एउटा स्कच ग्रुप नामक प्रतिष्ठित विचार मञ्च समूहका साथै फिस्मे (भारतीय कोष एवं औषधि उद्यम परिसङ्घ)-द्वारा गरिएको राष्ट्रिय बहुराष्ट्रिय सर्वेक्षणमा 62 प्रतिशत एमएसएमईले (सूक्ष्म, लघु एवं मध्यम उद्यम) आफ्नो कर्मचारीहरूलाई रोजगारमुक्त गर्ने र 78 प्रतिशतले ज्यालामा कटौती गर्ने निधो गरेको जनाएको छ। तथापि, भारत सरकारका प्रमुख आर्थिक सल्लाहकार… Read More

वाक् एवं अभिव्यक्तिको स्वतन्त्रता

वाक् एवं अभिव्यक्तिको स्वतन्त्रता

 सूचना शक्ति हो र सकारात्मक सूचना सर्वोच्च शक्ति हो, जनताको सशक्तिकरण हो। ‘लोकतन्त्र जनताको, जनताद्वारा जनताको निम्ति सरकार हो – अब्राहम लिमन।’’   -केटी ग्याल्छेन, पूर्व अध्यक्ष (सिक्किम विधानसभा) ‘संयुक्त राष्ट्रको मानव अधिकार घोषणाको धारा 17 मा, ‘प्रत्येक व्यक्तिसँग अभिमत तथा अभिव्यक्तिको स्वतन्त्रता रहनेछ; यसमा कुनै हस्तक्षेपबिना आफ्नो विचार वा अभिमत व्यक्त गर्ने तथा कुनै प्रकारको सीमाका विपरीत कुनै माध्यमद्वारा सूचना एवं विचार लिने, प्राप्त गर्ने वा आयात गर्ने अधिकार सामेल रहनेछ” भनी उल्लेख गरिएको छ। समाज अनि सरकारको सबैभन्दा महत्त्वपूर्ण सरोकार भनेकै अत्यावश्यक चिन्ताका विषयहरूबारे सत्यको उपस्थिति तथा उपलब्धता हुन्छ। यो पूर्णतया प्रणालीमा निर्बाध बहस, वार्ता तथा पारदर्शिताद्वारा मात्र सम्भव हुँदछ। तथापि, बाहिरी आक्रमणबाट सुरक्षा वा राज्य वा जनताको बढी हित जस्ता केही विषय वा प्रयोजनलाई ध्यानमा राख्दै; असीमित बहस वा त्यस्ता अधिकारको प्रयोगले लोकतान्त्रिक प्रक्रियाद्वारा हासिल गर्न परिलक्षित प्रयोजन वा उद्देश्यलाई परास्त गर्न वा त्यसमाथि हावी हुनसक्दछ। त्यस्ता परिस्थितिमा, प्रयोजन तथा वाक् स्वतन्त्रताबीच सन्तुलन कायम गरिनुपर्दछ र यसमा लोकतन्त्रको मौलिक प्रकृति सामेल रहेको हुँदा, यस्ता मामिलामा वाक् स्वतन्त्रता त्यसमाथि हावी रहेको हुनुपर्दछ। मूलरूपमा भारतीय संविधानको अनुच्छेद 19 मा सातवटा अधिकार अनि सातवटा स्वतन्त्रता थिए। ‘कानून तथा संशोधन’ तथा ‘संशोधन’ ‘कानून’ हो वा होइन भन्ने शब्दावलीको न्यायसङ्गत व्याख्यानबारे लामो सङ्घर्षपछि, कैयौं महत्त्वपूर्ण मामिलामा, भारतको सर्वोच्च न्यायालयले फसेला सुनाएको थियो,… Read More

अटब्बे जङ्गलदेखि ‘वैकुण्ठपुर’-सम्म

अटब्बे जङ्गलदेखि ‘वैकुण्ठपुर’-सम्म

जातिको इतिहासलाई सदासर्वदा ननिभ्ने बनाउनका खातिर सायद वैकुण्ठपुर पत्रिकाका सम्पादक भानु प्रकाश मार्मिक यसो भन्छन्-‘भारतीय नेपाली जन-जीवनका युगधरोहर एक तीर्थ-पारसतीर्थ।’ यति भनेकै कारण यो पत्रिकाको सार्थकता झल्किन्छ भन्ने कुरमा म विश्वस्त छु। केवल सम्पादकको लेखन-सम्पादनले मात्र धेरै कुरा सम्भव हुनसक्दैन। यसको निम्ति व्यवस्थापकवर्ग लगायत सम्पूर्ण टीमले कार्य निष्पादन गर्नुपर्ने हुन्छ। यो सामूहिक प्रयास हो। त्यसैकारण यहाँ यसका व्यवस्थापक प्रकाश छेत्रीलाई पनि सायद भुल्न नसकिएला। -अर्जुन पीयूष   खोलाचन्द फाप्रि आफू सानो छदाँ अथवा भानौँ स्कूल पढ्दाताका बरालिन जाने ठाउँ। अहिले त्यहाँको वातावरण पहिलेको जस्तो मिल्दैन। मिल्नु हुँदैन पनि। मिल्न गयो भने त्यो वातावरणले विकासको मुहार देख्न पाउँदैन। समय परिवर्तनशील भए जस्तै खोलाचन्द फाप्रिले पनि शनै शनै आफ्नो मुहार फेर्दै ल्यायो। घना जङ्गले राज गरेको स्थानमा खोलाचन्द फाप्रि स्कूल, पारसमणि प्रधानको सालिग, शहीद दुर्गा मल्लको सालिग स्थापना भयो। यसलगायत विविध कुराहरूको स्थापना आदिले बुझाउँछ कि नेपाली जाति संसारको कुनै पनि कुनामा पुगोस् त्यहाँ उसले आफ्नो लायकको ठाउँ बनाएरै छाड्छ। नेपाली जातिलाई एक समयमा मानव वस्ती बसाउन नसकिने स्थानलाई सम्याएर मान्छे बस्नयोग्य ठाउँ बनाएपछि यो जाति स्वतः पलायन बन्छ भन्ने भनाइहरू दन्त्य कथा होइनन्। यी वाक्यहरू वास्तविक थिए, यथार्थिक थिए तर त्यसमा पनि अब ब्रेक लाग्नुपर्छ र त्यो त्यो ब्रेक लगाउने कार्य खोलाचन्द फाप्रिले पनि गरेको देखिन्छ। यही ठाउँबाट समसामयिक पत्रिका वैकुण्ठपुर… Read More