7 अगस्त जीटीएबारे त्रिपक्षीय वार्ता-जीटीएका चीफ एक्जिक्यूटिव, गोजमुमोलाई निम्तो

7 अगस्त जीटीएबारे त्रिपक्षीय वार्ता-जीटीएका चीफ एक्जिक्यूटिव, गोजमुमोलाई निम्तो

दार्जीलिङ, 30 जुलाई।(मोहन लामा) केन्द्र सरकारले जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-को विषय लिएर आगामी 7 अगस्तको दिन त्रिपक्षीय वार्ता गर्ने निर्णय लियो। 7 अगस्त 2020-को अपरान्ह 3 बजी दिल्लीस्थित नर्थ ब्लकको रूम नम्बर 119-मा आयोजना गरिने भएको यस बैठकमा पश्‍चिम बंगालका गृह सचिव, दार्जीलिङका जिल्लापाल, जीटीएका मुख्य सचिव, जीटीएका चीफ एक्जिक्यूटिव अनि गोर्खा जनमुक्ति मोर्चाका प्रतिनिधिलाई उपस्थित हुने अपील गरिएको छ। यस पत्रको प्रतिलिपि जीटीएका चीफ एक्जिक्यूटिवलाई जीटीएका मुख्य सचिवको हातबाट दिने अनि गोजमुमोका प्रतिनिधिलाई जिल्लापालको हातबाट दिने पनि अपील गरिएको छ। तर यहाँ गोर्खा जनमुक्ति मोर्चा कुन खेमा हो, त्यो केही लेखिएको छैन। यति मात्रै होइन, यस निमन्त्रणा पत्रमा गत लोकसभा चुनाउमा दार्जीलिङ आसनबाट भाजपालाई सहयोग प्रदान गर्ने गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी आदिको नाम उल्लेख गरिएको छैन। जीटीएको विषय लिएर गरिने यस समीक्षा बैठक भनिएको पत्र 27 जुलाईको दिन जारी गरिएको हो। जसमा आगामी 7 अगस्तको दिन त्रिपक्षीय वार्ता तय गरिएको बताइएको छ। स्मरण गराइन्छ, गत केही दिनअघि मात्रै गोजमुमो विमल गुरूङ खेमाका दुइ सदस्यीय प्रतिनिधि टोलीले केन्द्रिय गृहमन्त्री अमित शाहसित दिल्लीमा भेट गरेको फोटो सार्वजनिक गरेका थिए अनि 15 दिनभित्र त्रिपक्षीय वार्ताको लागि राज्य सरकार, गोजमुमोलाई पत्राचार गर्ने दावी गरेका थिए। यति मात्रै होइन, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङ र पार्टीका शीर्ष नेता… Read More

कोरोनाविरुद्ध सङ्घर्षरत हाम्रा अग्रिमपंक्तिका योद्धाहरूलाई एउटा पत्र

कोरोनाविरुद्ध सङ्घर्षरत हाम्रा अग्रिमपंक्तिका योद्धाहरूलाई एउटा पत्र

प्रिय कोभिड-19 अग्रपङ्क्तिका योद्धाहरू, सृष्टिका जम्मै प्राणीहरूमा मानव आफ्ना समस्त योग्यता अनि विशेषाधिकारहरूको कारण अत्यन्त भाग्यवान प्राणी हो। मानवले उपभोग गरेसरह विशेष अग्राधिकार यो पृथ्वीमा कुनै पनि प्राणीले उपभोग गर्नसकेको छैन अनि त्यस अर्थमा हामीले सृष्टिको केन्द्रीय अवस्थान हासिल गर्ने सौभाग्य प्राप्त गरेका छौं। यो सत्यलाई स्वीकार्ने प्रत्येक मानव उनै सृष्टिकर्ता ईश्वरप्रति कृतज्ञ छन्। हामीले यसैकारण जीवनलाई सृष्टिको त्यो मूल्यवान आशिर्वादको रूपमा महत्व दिन्छौं, जुन अरू कसैसित तुलना हुनसक्दैन। वर्तमानमा, यो अमूल्य मानवजीवनले प्राणघातक कोरोना भाइरसको सामना गर्नपरिरहेको छ। मानवजातिले आज लाखौं यसका शिकारहरूको मृत्यु शोक मनाइरहेको छ। यसको गहिरो आतङ्कले सारा संसारलाई ग्रास गरेको छ। यस आतङ्कले जर्जरित संसारमा तपाईंहरूले घरबाहिर निस्कने अनि हामीलाई यस प्राणघातक कोरोना भाइरसको चपेटबाट बचाउन आफ्नो जीवनलाई जोखिममा हाल्ने आह्वानलाई आत्मसात गर्ने साहस प्रदर्शन गर्नुभएको छ। म तपाईंहरूले देखाउनुभएको योभन्दा ठूलो महानता र सुन्दरताको कल्पनै गर्नसक्दिनँ। जब म तपाईंहरूलाई यस युद्धको अघिल्लो पङ्क्तिमा उभिएको देख्छु, गहिरो कृतज्ञता र उच्च सम्मानभावले मेरो शिर तपाईंहरूसामु निहुरिन्छ। म तपाईंहरूप्रति हार्दिक प्रेम र दयार्द्रताले भरिन्छु। तपाईंहरूले घरमा छोड़ेर आउनुभएका जीवनसङ्गी, नानीहरू, अभिभावक, साइनो-सम्बन्ध तथा नजीकका प्रियजनहरू मेरो मनमा आउँछन्, जससित विदा मागेर निस्कँदा तपाईंहरूलाई थाहा हुन्न कि अघि के हुनसक्छ! तपाईंहरूले रोगीहरूलाई अत्यन्त आवश्यक सेवा-सुश्रुषा दिनुहुन्छ। तपाईंहरू मानव समुदायलाई पहरा दिनुहुन्छ, जनताको सुरक्षा सुनिश्चित गर्नुहुन्छ। हामीलाई भाइरसको आक्रमणबाट… Read More