त्रिवेणी कोविड अस्पतालमा सङ्क्रमितहरूको उपचार शुरू

त्रिवेणी कोविड अस्पतालमा सङ्क्रमितहरूको उपचार शुरू

दार्जीलिङ, 28 जुलाई। टिस्टा त्रिवेणीमा निर्माण गरिएको कोविड-19 अस्पतालमा कोरोना सङ्क्रमित रोगीहरूको भर्ना अनि उपचार शुरू भयो। गत 18 जुलाईको दिन मात्रै आधिकारिकरूपमा पूर्ण कोविड अस्पतालको दर्जा पाएको यस अस्पतालमा हिजोदेखि कोरोना सङ्क्रमितहरूलाई भर्ना गर्न शुरू गरिएको जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन) सूत्रले बताएको छ। गत दुइ दिनअघिसम्म कोरोनाको लक्षण नभएका पोजिटिव रोगीहरूलाई दार्जीलिङको बतासेस्थित टीबी अस्पतालमा राख्ने गरिन्थ्यो भने कोरोनाको लक्षण नै रहेका रोगीहरूलाई सोझै सिलगढ़ीस्थित डा. च्याङ सुपर स्पेशियलिटी अस्पतालमा उपचारको लागि भर्ना गरिन्थ्यो। प्राथमिक चरणमा 100 वटा पलङमा सञ्चालन शुरू गरिएको त्रिवेणी कोविड अस्पतालमा रूघा-खोकी रहेका रोगीहरूलाई पनि भर्ना गरिन्थ्यो अनि उनीहरूलाई उपचारको सुविधा उपलब्ध गराइन्थ्यो। तर अब यहाँ कोरोनाका लक्षण भएका साथै नभएका पोजिटिव रोगीहरूको उपचार शुरू गरिएको छ। विशेष दार्जीलिङ पहाड़मा कोरोना सङ्क्रमित भेटिएको खण्डमा उनीहरूलाई उपचारको लागि सिलगढ़ी लानुपर्ने बाध्यता साथै त्यहाँ झेल्नपर्ने विभिन्न असुविधाहरूलाई ध्यानमा राखेर नै जीटीए अध्यक्ष अनित थापाले दार्जीलिङ पहाड़मा नै कोविड अस्पतालको निर्माण गर्नुपर्ने माग उटाएका थिए। जसलाई पूर्णरूपले स्वीकृति प्रदान गर्दै राज्यकी मुख्यमन्त्रीको निर्देशमा दार्जीलिङ पहाड़मा यसको लागि उपयुक्त स्थान हेर्ने जीटीएलाई निर्देश दिएकी थिइन्। जसबारे जिल्लाको स्वास्थ्य विभाग साथै सम्बन्धित निकायहरूले त्रिवेणीको टुरिष्ट लजलाई कोविड अस्पतालको रूपमा सञ्चालन गर्न सकिने उचित ठानेपछि यहाँ 21 दिनभित्रै यसलाई एक अस्पतालको रूप प्रदान गरिएको थियो। प्राथमिकरूपमा यसलाई सारी (सिभियर एक्युट रेस्पिरेटोरी… Read More