कोरोना भाइरको रोकथाम गर्न अत्याधुनिक फायर टेन्डरको प्रयोग

कोरोना भाइरको रोकथाम गर्न अत्याधुनिक फायर टेन्डरको प्रयोग

सिङताम, 26 जुलाई। एन.एच.पी.सी. लिमिटेड, पावर स्टेशन- 5 ले 25 जुलाईको दिन पूर्व सिक्किमको माखा, सिङबेल, रालाप, दुङदुङ, र अन्य स्थानमा सेनिटाइज गरेको छ। कोरोना महामारीबाट नागरिकहरूलाई बचाउन शुरू गरिएको यो कार्यक्रममा फायर टोन्डरको प्रयोग गरिएको थियो। महाप्रबन्धक शहदेव खटुवाले यो कार्यक्रम विषयमा बोल्दै कोरोना भाइरसको रोकथाम गर्न अत्याधुनिक फायर टेन्डरको प्रयोग गरिएको बताए।

गोजमुमो बिमलपन्थीको बयानको विरोधमा गोरामुमोद्वारा दार्जीलिङमा पोस्टरिङ

गोजमुमो बिमलपन्थीको बयानको विरोधमा गोरामुमोद्वारा दार्जीलिङमा पोस्टरिङ

दार्जीलिङ, 26 जुलाई (हिस)। गोजमुमो बिमल खेमाका कार्यकर्ता बिनु सुन्दासले गोर्खा एकतामा फुट ल्याउन खोज्ने आफ्नो बयान अविलम्ब फिर्ता लिनुपर्छ भन्दै गोरामुमो दार्जीलिङ टाउन कमिटीले दार्जीलिङ चोक बजारमा आज पोस्टरिङ गरेको छ। दार्जीलिङ बजारमा गोरामुमोद्वारा टाँसिएका पोस्टरहरूमा “गोर्खा एकतामा भाँजो हाल्न खोज्ने बिनु सुन्दासले दिएको बयान अविलम्ब फिर्ता लिनुपर्छ”, “गोजमुमो एकले स्थायी राजनैतिक समाधानमा बाधा सृष्टि गर्छ भने यसको उत्तरदायित्व पनि लिएको हुनुपर्छ”, “पहाड़ तराई डुवर्सको भविष्यलाई तहस नहस गर्ने अधिकार सुन्दासलाई छैन, त्यसैले आफ्नो बयान झट्टै फिर्ता लिनुपर्छ” जस्ता कुराहरू लेखिएका छन्।

डाक्टर संक्रमितपछि सरकारलाई प्रदेश कंग्रेसको प्रश्‍न

डाक्टर संक्रमितपछि सरकारलाई प्रदेश कंग्रेसको प्रश्‍न

27 जुलाईदेखि एक साता लकडाउन बढ़ाउनुपर्ने माग गान्तोक, 25 जुलाई। नयाँ एसटीएनएमको एमरजेन्सी वार्डमा खटिरहेकी डाक्टरलाई पनि कोरोना संक्रमण भएपछि अब उसो मणिपालमा उपचार गराउने सरकारको निर्णयमाथि सिक्किम प्रदेश कंग्रेस कमेटीले विभिन्न प्रश्न उठाएको छ। प्रदेश कंग्रेसले राज्यको भाजपा र एसकेएमको गठबन्धन सरकारको ध्यानाकर्षण गर्दै राजधानी गान्तोकको पुरानो एसटीएनएम अस्पताललाई कोविड-19 महामारीबाट अलग्गै राखी तयारी गरिनुपर्ने आवश्यकतामाथि बल दिँदै सरकारलाई अनेकौंपटक अनुरोध गरेको बताएको छ। प्रदेश कंग्रेसकी मूल सचिव सुमित्रा राईद्वारा जारी विज्ञप्तिमा मणिपाल अस्पतालमा पनि यदि कोही स्वास्थ्य कर्मीलाई संक्रमण भएको खण्डमा त्यसको लागि राज्यमा के कस्तो तयारी छ? भन्ने प्रश्न पनि उठाइएको छ। यसका साथै नयाँ एसटीएनएम अस्पताललाई कोविड-19 को निम्ति मात्र सीमित राखेर बाहिरी उपचारको निम्ति मनिपाल जानुपर्ने विषयलाई लिएर उपचारको खर्च के सरकारले भुक्तान गर्छ? भन्ने प्रश्न पनि गरेको छ। विज्ञप्तिमा भनिएको छ, प्रदेश कंग्रेस कमेटीले राज्यको भाजपा एसकेएम गठबन्धन सरकारको ध्यानाकर्षण गर्दै महामारी कोविड-19 सम्बन्धि प्रारम्भिक कालदेखि जनताको सुरक्षा हेतु आवश्यक सुझाउहरू सार्वजनिक रूपमा राख्दै आएको छ। यस अन्तर्गत राजधानी गान्तोकको पुरानो एसटीएनएम अस्पताललाई कोविड-19 महामारीबाट अलग्गै राखी तयारी गरीनु पर्ने आवश्यकता अनुरूप अनेकौ अनुरोध गरेको हो। यद्यपि, राज्य सरकारले बिपक्षको कुनै सुझाउ सल्लाहलाई वास्ता नगरी सौतेली मानसिकताबाट हेर्ने गरेको छ। लोकतांत्रिक व्यवस्थामा बिपक्षी दलको कतिपय सुझाउहरूको पनि कदर गर्दै र बिपक्षी दलसँगको तालमेलबाट सरकार… Read More

सम्पर्कविहीन बनेको उत्तर सिक्किमको दुईवटा गाउँमा पुर्‍याइयो खाद्यान्न

सम्पर्कविहीन बनेको उत्तर सिक्किमको दुईवटा गाउँमा पुर्‍याइयो खाद्यान्न

गान्तोक, 25 जुलाई। भारी वर्षाका कारण आएको पैह्रो अनि पुल बगाएको हुनाले जङ्गु क्षेत्रका दुइवटा गाउँ सम्पर्क विहीन रहेपछि यी दुई गाउँका मानिसहरूका लागि आज भारतीय सेनाको हेलिकप्टरद्वारा खाद्यान्न एवं आवश्यक सामग्रीहरू पुर्‍याउन काम भएको छ। विभिन्न स्थानमा झरेको पैह्रो र भेल-बाड़ीले जङ्गु क्षेत्रका अन्य भागसितै राज्यका अन्य जिल्लाहरूसित पनि जोड़ने झोलुङ्गे पुलसम्म बगाएको हुनाले जङ्गु, उत्तर सिक्किमको साक्योङ र पेन्टोङ गाउँका मानिसहरू गत 10 जुलाईदेखि सम्पर्क विहीन रहेको बताइएको छ। यद्यपि, गत 20 जुलाई कै दिन क्षेत्रका जिल्ला पञ्चायत छिरिङ ग्याछो लेप्चाले यी दुईवटा गाउँ सम्पर्कविहीन भएको 25 दिन पुगिसकेको बताउँदै राज्य आपदा बल तथा राष्ट्रिय आपदा बल सेवा नपुगेको पनि बताएका थिए। उनले सहयोगका लागि केन्द्र सरकारको ध्यानार्षण पनि गराएका थिए। अन्ततः आज भारसीय सेनाको सहयोगमा यी दुवै गाउँका मानिसहरूलाई खाद्यान्नसितै आवश्यक सामग्रीहरू पुर्‍याइएको बताइएको छ।

पश्चिम सिक्किमको मालबाँसे र बुदाङ ब्लकलाई नाकाबन्दी

पश्चिम सिक्किमको मालबाँसे र बुदाङ ब्लकलाई नाकाबन्दी

सोरेङ, 25 जुलाई। पश्चिम सिक्किमको सोरेङ-च्याखुङ समष्टि अन्तर्गत बुदाङमा एकजना व्यक्तिलाई कोरोना संक्रमण भएको आधिकारिक पुष्टि भएपछि स्थानीय जनताको सुरक्षा हेतु पुलिस प्रशासन, सम्बन्धित निकाय साथै समष्टि स्तरीय समितिका सभापति विनोद बस्नेतसहित उनको टोलीले मालबाँसे र बुदाङ ब्लकलाई नाकाबन्दी गरेको छ। उल्लेख्य, जाँचमा बुदाङबाट एकजना व्यक्ति कोरोना पोजिटिभ रहेको आज पुष्टि भएको थियोे। सोरेङ-च्याखुङ समष्टिमा कोरोना पोजिटिभ मामिला पाँच दिन भित्रमा चारवटा पुगेको छ। यो भन्दा अघि तीनवाट टिम्बुरबुङ ब्लकबाट रहेको थियो। पश्चिम जिल्ला प्रशासनले टिम्बुरबुङलाई अघिबाटै नियन्त्रित क्षेत्र (कण्टेनमेण्ट जोन) घोषित गरिसकेको छ भने आज जिल्ला प्रशासनले बुदाङ ब्लकलाई पनि नियन्त्रित क्षेत्र घोषणा गरेको छ। अर्कोतिर स्वास्थ्य विभागले दिएको जानकारी अनुसार बुदाङका संक्रमित व्यक्तिसँग प्राथमिक (प्राइमरी) सम्पर्कमा रहेका तमाम व्यक्तिको रेपिड एन्टीजन टेस्ट गरिनेछ। संक्रमित व्यक्तिको सम्पर्कमा को-को रहेका थिए भन्ने कुराको ट्रेसिङ पनि सामुहिक पहलमा गरिएको जानकारी पाइएको छ। सोरेङ-च्याखुङ समष्टि स्तरीय समितिका अध्यक्ष विनोद बस्नेतले सरकारको निर्देशिकालाई सबैले अनुपालन गर्नु पर्ने र बुदाङका संक्रमित मामिला सम्बन्धि कुनै जानकारी भए साझा गरिदिने अपिल गरेका छन्।

गोजमुमोविनय खेमा त्रिपक्षीय वार्ताको एजेण्डा गोर्खाल्याण्ड हो भने जाने: केशवराज

गोजमुमोविनय खेमा त्रिपक्षीय वार्ताको एजेण्डा गोर्खाल्याण्ड हो भने जाने: केशवराज

दार्जीलिङ, 25 जुलाई। केन्द्र सरकारले दार्जीलिङ पहाड़को समस्या विषय लिएर गर्ने वार्तामा एकमात्र अलग राज्य गोर्खाल्याण्डको मुद्दामाथि चर्चा हुन्छ भने विनय तामाङपन्थी गोजमुमो पनि त्यस वार्तामा जान तयार छ। यसै विषय लिएर आज विनय तामाङपन्थी गोजमुमो केन्द्रिय समिति प्रवक्ता केशवराज पोख्रेलले भने-गत केही दिनअघि गोजमुमो विमल खेमाका प्रतिनिधि टोलीसितको भेटवार्तामा गृहमन्त्री अमित शाहले त्रिपक्षीय वार्ता शुरू गर्नको निम्ति हिजो अर्थात23 जुलाईभित्रकेन्द्रले राज्य अनि क्षेत्रीय दललाई त्रिपक्षीय वार्ताको निम्ति निमन्त्रणा दिने वचन दिएको कुरा गोजमुमो विमल खेमाका सागंठनिक सचिव निमा तामाङले बताएका थिए, तर आजसम्म पनि केन्द्र सरकारले उक्त पहल शुरू गरेको छैन। यस विषयलाई लिएर मीडियाबाट लगातार हामीलाई प्रश्नहरू आइरहेको छ। गृहमन्त्री अमित शाहको उक्त वचन भाजपाले हरेक चुनाउअघि गोर्खाहरूलाई खुवाउने गरेको हावा मिठाईकै एउटा अङ्श हो भन्ने हामीलाई त्यसै बेला लागेको थियो। किनभने, गृहमन्त्री अमित शाह अनि गोजमुमो विमल खेमाका प्रतिनिधि टोलीको भेटवार्ताको रेकर्ड प्रेस इन्फर्मेशन ब्यूरोमा कतै उल्लेख थिएन। यदि उक्त भेट आधिकारिक भेटवार्ता थियो भने त्यस भेटवार्ताको विषयमा प्रेस इन्फर्मेशन ब्यूरोमा उल्लेख हुनुपर्ने थियो। यसैले विगतका वर्षहरूमा झै चुनाउको समयजनताका आँखामा धूलो हाल्न केन्द्र अनि क्षेत्रीय नेतृत्वहरूले भेटवार्ताको नाममा फोटो सेशन गरेर प्रेस विज्ञप्तिको धाँक दिने चलन नै दोहोराइने कोशिष गरिएको हो। गृहमन्त्रीले तोकेको मियाद सकेर 24 घण्टा बितिसक्दा पनि त्रिपक्षीय वार्ताको निमन्त्रणा नगरिएपछि यो शङ्का विश्वासमा… Read More

राज्यको लकडाउन सफल

राज्यको लकडाउन सफल

आइतबारदेखि जीटीएको लकडाउन शुरू दार्जीलिङ, 25 जुलाई। राज्य सरकारले आह्वान गरेको यस सप्ताहको दोस्रो लकडाउन आज पनि पूर्णरूपले सफल भयो। अब भोलिदेखि शुरू हुने जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-को एक सप्ताहव्यापी लकडाउनलाई पनि यसरी नै सफल बनाएर कोरोनालाई हराउन एक कदम अघि बढ्ने आवश्यकता छ। राज्यभरि नै कोरोना सङ्क्रमणको खतरा बढ़िरहेको कारण नै राज्य सरकारले गत 23 जुलाईदेखि दिन बिराउँदै राज्यमा लकडाउन शुरू गरेको छ। जसअनुसार, गत 23 जुलाईको दिन प्रथम लकडाउन भएको थियो भने त्यसलाई दार्जीलिङ पहाड़का जनताले पनि पूर्ण समर्थन जनाएर सफल बनाएका थिए। यसरी नै आज दोस्रो दिनको लकडाउनलाई पनि पूर्णरूपले सफल बनाउन दार्जीलिङवासी जनताले सहयोग प्रदान गरेकामा दार्जीलिङ सदर थाना प्रभारी तीर्थ नाथले जनतालाई धन्यवाद दिएका छन्। यद्यपि, उनले आज बिना कुनै काममा बजार आउने मानिसहरूका साथै गाड़ीहरूलाई जहाँबाट आए, त्यतैतिर फर्काइदिएको जानकारी गराए। उनले भने-आज राज्य सरकारद्वारा आह्वान गरिएको लकडाउनलाई दार्जीलिङवासी जनताले पूर्ण सफल बनाइदिएका छन्, यसको लागि सम्पूर्ण जनतालाई धन्यवाद छ। यसरी नै भोलिदेखि फेरि जीटीए अनि जिल्ला प्रशासनको पहलमा एक सप्ताव्यापी लकडाउन शुरू हुनेछ, यसलाई पनि यसरी नै सफल बनाउन सम्पूर्ण जनतालाई अपील छ। राशिनका एकलो दोकान खोल्न सकिनेछ, तर मण्डी खोल्ने अनुमति हुनेछैन। जीटीए र जिल्ला प्रशासनले भोलिदेखि विशेष दार्जीलिङ पहाड़का 4 वटा नगरपालिका क्षेत्र अनि केही स-साना बजारहरूमा लकडाउन गर्ने घोषणा गरेका… Read More

लकडाउन: दोस्रो दिन खरसाङ पनि रह्यो शुनसान

लकडाउन: दोस्रो दिन खरसाङ पनि रह्यो शुनसान

सुवास छेत्री खरसाङ, 25 जुलाई। राज्यमा बढ़दो कोरोना संक्रमणलाई ध्यानमा राखेर पश्चिम बंगाल राज्य सरकारको तर्फबाट सप्ताहको दुई दिन बिहिवार अनि शनिवार राज्यभरिनै कठोरता पूर्वक लकडाउन गरिने निर्णय लिइएपछि आज शनिवार दोस्रो दिन खरसाङ शहर शुनसान रह्यो। यहाँका सबै दोकानपाट बन्द रह्यो भने आवश्यक गाडीहरू बाहेक अन्य गाडीहरू पनि आज चलेन। प्राय: दिनभरिनै पुलिस प्रशासनको निगरानी शहरमा रहेको देखियो।

नयाँ बजार पुलिसले ब्राउन सुगर, एसपी र नगद राशिसहित तीन युवकलाई गऱ्यो पक्राउ

नयाँ बजार पुलिसले ब्राउन सुगर, एसपी र नगद राशिसहित तीन युवकलाई गऱ्यो पक्राउ

सोरेङ, 26 जुलाई । (सरोज गुरूङ) सोरेङ महकुमा अन्तर्गत नयाँ बजार पुलिसले तीनजना युवकलाई प्रतिबन्धित ड्रग्ससहित पक्राउ गरेको छ। उनीहरूलाई गाउँलेको सहायतामा नयाँ बजार  पुलिसले शनिबार पक्राउ गरेका हुन्। आरोपी युवकहरुबाट २१ पोका जसमा १३.२५ ग्राम ब्राउन सुगर, नगद राशि एक लाख १७ हजार ९ सय पचास रुपियाँ अनि १० वटा खुल्ला स्पास्मोप्रिक्शिवन एसपी क्याप्शुल पुलिसले जफ्त गरेको छ। पक्रा पर्ने तीनजना युवकहरु मध्ये दुईजना पश्चिम सिक्किमको जुम निवासी जुलियन राई (२९) र प्रेम कुमार राई (३२) अनि पश्चिम सिक्किम चुम्बुङका प्रयास राई (२४) रहेका छन्। नयाँ बजार पुलिसले आरोपी जुलियन राईको गाडी पनि जफ्त गरेका छन्। सुत्रले दिएको जानकारी अनुसार ती आरोपी युवकहरुले प्रतिबन्धित नशालु पदार्थको सेवन गर्नेगरेको सुचना पुलिसले पाए पछि उनीहरू नयाँ बजार र सोरेङ पुलिसको नजरमा थिए।नयाँ बजार पुलिसले आरोपीहरु विरुद्ध एनडीपीएस अन्तर्गत मुद्दा दायर गरेको छ।  

आइतबारदेखि जीटीएको लकडाउन शुरू

आइतबारदेखि जीटीएको लकडाउन शुरू

राज्यको लकडाउन सफल दार्जीलिङ, 25 जुलाई।राज्य सरकारले आह्वान गरेको यस सप्ताहको दोस्रो लकडाउन आज पनि पूर्णरूपले सफल भयो। अब भोलिदेखि शुरू हुने जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-को एक सप्ताहव्यापी लकडाउनलाई पनि यसरी नै सफल बनाएर कोरोनालाई हराउन एक कदम अघि बढ्ने आवश्यकता छ। राज्यभरि नै कोरोना सङ्क्रमणको खतरा बढ़िरहेको कारण नै राज्य सरकारले गत 23 जुलाईदेखि दिन बिराउँदै राज्यमा लकडाउन शुरू गरेको छ। जसअनुसार, गत 23 जुलाईको दिन प्रथम लकडाउन भएको थियो भने त्यसलाई दार्जीलिङ पहाड़का जनताले पनि पूर्ण समर्थन जनाएर सफल बनाएका थिए। यसरी नै आज दोस्रो दिनको लकडाउनलाई पनि पूर्णरूपले सफल बनाउन दार्जीलिङवासी जनताले सहयोग प्रदान गरेकामा दार्जीलिङ सदर थाना प्रभारी तीर्थ नाथले जनतालाई धन्यवाद दिएका छन्। यद्यपि, उनले आज बिना कुनै काममा बजार आउने मानिसहरूका साथै गाड़ीहरूलाई जहाँबाट आए, त्यतैतिर फर्काइदिएको जानकारी गराए। उनले भने-आज राज्य सरकारद्वारा आह्वान गरिएको लकडाउनलाई दार्जीलिङवासी जनताले पूर्ण सफल बनाइदिएका छन्, यसको लागि सम्पूर्ण जनतालाई धन्यवाद छ। यसरी नै भोलिदेखि फेरि जीटीए अनि जिल्ला प्रशासनको पहलमा एक सप्ताव्यापी लकडाउन शुरू हुनेछ, यसलाई पनि यसरी नै सफल बनाउन सम्पूर्ण जनतालाई अपील छ। राशिनका एकलो दोकान खोल्न सकिनेछ, तर मण्डी खोल्ने अनुमति हुनेछैन। जीटीए र जिल्ला प्रशासनले भोलिदेखि विशेष दार्जीलिङ पहाड़का 4 वटा नगरपालिका क्षेत्र अनि केही स-साना बजारहरूमा लकडाउन गर्ने घोषणा गरेका छन्। विशेष… Read More