2017-मा पनि 15 दिनभित्र वार्ता गर्ने वचन दिएको थियो : विनय

2017-मा पनि 15 दिनभित्र वार्ता गर्ने वचन दिएको थियो : विनय

दार्जीलिङ, 22 जुलाई। वर्ष 2017-को सेप्टेम्बर महीनामा तत्कालीन केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले पनि विमल गुरूङपन्थी गोजमुमोलाई 15 दिनभित्र त्रिपक्षीय वार्ता गर्ने वचन दिएका थिए। जसको आधारमा नै विमल गुरूङले त्यस समय चलेको 105 दिनको आन्दोलन फिर्ता लिएका थिए। तर आजसम्म पनि त्यो त्रिपक्षीय वार्ता भएको छैन अनि फेरि वर्तमान केन्द्रिय गृहमन्त्री अमित शाहले 15 दिनभित्र वार्ता गर्ने आश्वावसन दिएको दाबी गरिएको छ। आज विनय तामाङले यस्तो विज्ञप्ति जारी गरी विमलपन्थी गोजमुमोका सांगठनिक सचिवको दाबीको जवाब दिएका छन्। यसका साथै तामाङले भारत सरकारको प्रेस इन्फर्मेशन ब्यूरोको रिपोर्ट जाँच गर्दा यसप्रकारको कुरा कतै उल्लेख नभएको पनि बताएका छन्। जसलाई उनले विमल गुरूङपन्थी गोजमुमो र भारतीय जनता पार्टीको चुनावी स्टन्ट मात्रै हो भन्ने पनि बताएका छन्। उनले भने, वर्ष 2009-देखि भाजपाले चुनाउअघि जस्तोप्रकारको रणनीति अप्नाउँदै आइरहेको छ, त्यस्तै रणनीति बंगालको आगामी विधानसभा चुनाउलाई केन्द्र गरेर शुरू गरेको हो। यदि केन्द्रमा सत्तासीन भाजपा गोर्खा जातिको मुद्दासित साँच्चै इमान्दार भएको भए 11 वटा जातलाई जनजातिको मर्यादा प्रदान गर्ने कार्य फत्ते भइसकेको हुनेथियो। तर बंगाल सरकारले 2 पल्ट अनुमोदन गरिसकेको यो विषयलाई पनि केन्द्र सरकारले वास्ता नै गरेन। यसैले समय खेर फाल्ने भाजपाको यस्तो रणनीति हामीलाई चाहिन्दैन, उनले भने। भाजपा नेतृत्वावधीन केन्द्र सरकारले 11 वटा जात-गोष्ठीलाई जनजातिको मर्यादा प्रदान गर्छ भने मात्रै हामी आगामी दिनमा हुने… Read More

23, 25 र 29 जुलाई पूर्ण लकडाउन बंगाल

23, 25 र 29 जुलाई पूर्ण लकडाउन बंगाल

दार्जीलिङ, 22 जुलाई। भोलि 23, आगामी 25 र 29 जुलाईका दिन पश्चिोम बंगालभरि पूर्ण लकडाउन हुनेछ। दार्जीलिङका सदर थाना प्रभारी तीर्थ नाथले यसको जानकारी गराउँदै यस लकडाउनको अवधिभरि सम्पूर्ण बजार, यातायात सेवा, सब्जी, माछा, मासुका दोकान आदि पनि पूर्णरूपले बन्द रहने बताएका छन्। यद्यपि, यसमा स्वास्थ्य सेवा, औषधि दोकान, अग्निशमन विभाग, पानी सर्वराह आदि भने खुल्ला रहनेछन्। यति मात्रै होइन, चियाबगान, कृषिको काम आदि पनि खुल्ला रहनेछन्। यस लकडाउनको अवधि पुलिसले कठोर सुरक्षाको व्यवस्था गर्ने भएको पनि उनले जानकारी गराए। उनले दार्जीलिङ पहाड़भरिका जनतालाई कोरोना सङ्क्रमणबाट बाँच्नको लागि यस लकडाउनको समय घरभित्रै बसिदिने अपील गरेका छन्। यसैबीच, आजदेखि दार्जीलिङ पुलिसले मास्क नलगाउनेहरू विरूद्ध कार्वाही गर्न शुरू गरेको पनि बताए। उनले भने, कोरोना सङ्क्रमणले भयावह रूप लिइसक्दा पनि धेरैले मास्क लगाएका छैनन्, सामाजिक दूरीको नियमलाई पालन गरेका छैनन्। तर आफ्नो, परिवारका साथै सबैको ज्यान बँचाउन सबैले सरकारले तय गरेको दिशानिर्देशलाई पूर्णरूपले पालन गरेको उचित हुनेछ।

सिक्किममा कोरोनाका 108 नयाँ मामिला, संक्रमितहरूको संख्या पुग्यो 438

सिक्किममा कोरोनाका 108 नयाँ मामिला, संक्रमितहरूको संख्या पुग्यो 438

गान्तोक, 22 जुलाई (हिस)। सिक्किममा एकै दिनमा 108 नयाँ कोरोना संक्रमणको मामिला अघि आएको छ। हिजो एसटीएनएम अस्पतालसहित रम्फू, चानाटार, मामरिङ, रंगेली आदि ठाउँहरूमा गरिएको जाँचमा 108 जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको छ। कोरोना संक्रमणको यो अहिलेसम्मकै सर्वाधिक आँकड़ा हो। यसका साथै राज्यमा कोरोना संक्रमितहरूको संख्या बढ़ेर कूल 438 भएको छ। यसैगरी, सक्रिय कोरोना मामिलाको संख्या 326 रहेको छ भने 112 जना स्वस्थ भएर घर फर्किसकेका छन्। राज्य स्वास्थ्य विभाग सचिव डा. पेम्पा टी. भोटियाले हेल्थ बुलेटिनमा बताएअनुसार हिजो एसटीएनएम अस्पतालमा ट्रूनेटमा 37 जनाको टेस्ट गरियो भने सबैको रिपोर्ट नेगेटिभ आयो। यसैगरी, 515 जनाको आरटीपीसीआर टेस्टमा 6 जनाको रिपोर्ट पोजिटिभ आयो, जसमा 5 जना आईटीबीपीका जवान पनि सामेल छन्। यसरी नै रम्फूमा कोरोना पोजेटिभ व्यक्तिको सम्पर्कमा आउने 80 प्राइमेरी कन्ट्याक्टको हिजो रेपिड एन्टीजेन टेस्ट गरियो, जसमा 19 जनाको रिपोर्ट पोजेटिभ आयो। यसै क्रममा चानाटारमा पनि पोजेटिभ व्यक्तिको सम्पर्कमा आउने 70 जनाको रेपिड एन्टीजेन टेस्ट गरियो, जसमा 33 जनाको रिपोर्ट पोजेटिभ आएको छ। अर्कोतिर, मामरिङमा गरिएको 345 जनाको रेपिड एन्टीजेन टेस्टमा 37 (सोमबारको 9 जनासहित कूल 46) जनाको रिपोर्ट पोजेटिभ आएको छ। रंगेली, चलपचन्टमा गरिएको 405 जनाको टेस्टमा 1 जना पोजेटिभ र सिङताममा गरिएको 38 जनाको रेपिड एन्टीजेन टेस्टमा 3 जनाको रिपोर्ट पोजेटिभ आएको छ। रिनाकमा भने हिजो एकै जना पनि… Read More

लकडाउनभरि टोरेन्ट कम्पनी बन्द गरिदिन कर्मचारीहरूको माग

लकडाउनभरि टोरेन्ट कम्पनी बन्द गरिदिन कर्मचारीहरूको माग

गान्तोक, 22 जुलाई (हिस)। सिङताम-रानीपुलबीचको राष्ट्रिय राजमार्ग 32 नम्बर अवस्थित टोरेन्ट फार्मास्युटिकल कम्पनीका कर्मचारीहरूको एउटा समूहले लकडाउनभरि कम्पनी बन्द गरिदिन माग गरेको छ। कम्पनीका कर्मचारीलगायत यस वरपरका वासिन्दा पनि कोरोना भाइरस संक्रमणको हो-हल्लाले त्रसित बनेका छन्। केही दिन कम्पनी बन्द राखिए संक्रमण नफैलने उनीहरूको भनाइ छ। कर्मचारी र स्थानीयले आज कम्पनी प्रबन्धनसित बन्दको माग गर्दै प्रवेशद्वारमा धरना प्रदर्शन गरेका छन्। कम्पनीले उनीहरूको कुरा नसुनेर नोकरीबाट निष्कासित गर्ने धम्की दिइरहेको कर्मचारीहरूले आरोप लगाएको छ। सरकारले डाकेको लकडाउनमा कारखानाहरूलाई छुट दिइएकोमा उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

एसआरपीका अध्यक्षलाई एकान्तवास बस्ने सल्लाह

एसआरपीका अध्यक्षलाई एकान्तवास बस्ने सल्लाह

गान्तोक, 22 जुलाई (हिस)। जिल्ला प्रशासनको कन्ट्याक्ट ट्रेसिङ टीमले सिक्किम रिपब्लिकन पार्टीका अध्यक्ष केबी राईलाई होम क्वारन्टाइनमा बस्ने सल्लाह दिएको थियो। अध्यक्ष राईका छोरा हालै पोजेटिभ रिपोर्ट आएका एक व्यक्तिसित यात्रा गरेको थाहा पाएपछि कन्ट्याक्ट ट्रेसिङ टीमले उनलाई तत्कालै होम क्वारन्टाइन बस्ने सल्लाह दिएको थियो। अर्कोतिर, राईले आज केही सञ्चारकर्मीलाई उनकै निवासमा बोलाएर पत्रकार सम्मेलन गरेको थाहा पाएपछि सम्मेलनमा भाग लिन गएका 8 जना सञ्चारकर्मीलाई पनि जिल्ला प्रशासनले होम क्वारन्टाइनमा बस्ने आग्रह गरेको छ।

जनतालाई खाद्य सामग्री वितरण गर्न कंग्रेसको माग

जनतालाई खाद्य सामग्री वितरण गर्न कंग्रेसको माग

गान्तोक, 22 जुलाई (हिस)। सिक्किम प्रदेश कंग्रेस कमिटीले लकडाउन पूर्व जनतालाई आवश्यक खाद्य सामग्री उपलब्ध नगराएको भन्दै सरकारको आलोचना गरेको छ। राज्य सरकारले लकडाउनको समयमा खाद्य सामग्री वितरण गर्न केन्द्रले दिएको अनुदानको एक प्रतिशतको पनि वितरण नगरेको आरोप लगाउँदै कंग्रेसले समयमा यसको लेखाजोखा गरिने बताएको छ। सरकारले सर्वसाधारण जनता, मजदूरवर्ग, कृषक समुदाय, चालक, निम्नवर्गका व्यापारी आदिलाई झट्टै खाद्य सामग्री उपलब्ध गराउन पार्टीले माग गरेको छ। कोरोनाको संक्रमणमा अचानक अनियन्त्रित रूपमा वृद्धि भएको घटनाले राज्यका जनता त्रसित बनेको बताउँदै सबै जनसमुदायलाई सरकारी निर्देशिका पालन गरी घरमै सुरक्षित बस्न आग्रह गरेको छ।

पार्टी मजबूत बनाउने विषय चर्चा

पार्टी मजबूत बनाउने विषय चर्चा

मिरिक, 22 जुलाई। दार्जीलिङ विधानसभा क्षेत्र तृणमूल कंग्रेसका प्रतिनिधिहरूले आज मिरिकमा हिल्स तृणमूल कंग्रेस अध्यक्ष एलबी राईसित भेट गरी पहाडको वर्तमान सांगठनिक गतिविधिबारे विस्तृत चर्चा गर्यो। आज हिल्स तृणमूल कंग्रेस अध्यक्ष एलबी राईसित भेट गर्नेहरूमा दार्जीलिङ विधान सभा क्षेत्र तृणमूल कंग्रेस संयोजक एनबी खवास, उपाध्यक्षहरू मिलन डुक्पा, अजय गुप्त, सचिव निर्मल सिङ्ग, सुके खण्ड अध्यक्ष एसके राई, विजनबारी खण्ड अध्यक्ष पर्वरिस सुब्बा, युवा दार्जीलिङ टाउन अध्यक्ष गणेश छेत्री, महिला प्रकोष्टका डिम्पल सुब्बा, दिपिका थापा आदि प्रमुख थिए। यस विषयमा बोल्दै दार्जीलिङ विधानसभा क्षेत्र तृणमूल कंग्रेसका संयोजक एनबी खवासले दार्जीलिङ पहाडमा तृणमूल कंग्रेसले हाल सांगठनिक विस्तारमा सक्रियता ल्याएको अनि पहाडको विभिन्न ठाँउबाट तृणमूल कंग्रेसलाई माया गरेर समर्थन जनाउने कार्य भइरहेकोले अब संगठनलाई सक्रिय गर्न के कसो गर्नु पर्ने विषयमा पार्टी अध्यक्षसित चर्चा भएको बताए। पार्टी अध्यक्ष एलबी राईले संगठन विस्तारलाई अघि बडाउने निर्देश दिँदै कतिपय समस्याहरूको समधानको लागि पहल गरिदिने आश्‍वासन दिएको खवासले जानकारी गराउँदै पहाडमा तृणमूल कंग्रेसको बड्दो लोकप्रियताले सांगठनिक गतिविधिबारे योजना तयार पार्ने कार्य विषयमा पनि चर्चा गरिएको बताए। तिनले हामीले चुनाउलाई हेरेर राजनैतिक सक्रियता अघि बडाएको होइन। यो दलको चली रहने सांगठनिक गतिविधि हो भन्दै कसरी हुन्छ हामी कोरोना भाइरसको संक्रमणबाट जनतालाई सुरक्षित राख्न चहान्छौ। यसमा नै पार्टीले फोकस गरेको छ। कोरोनाकालमा भाजपाले जस्तो हामीले राजनैतिक रोटी सेक्ने… Read More

माझिटार क्षेत्रमा पूर्ण सेनिटाइजेशन कार्य सम्पन्न

माझिटार क्षेत्रमा पूर्ण सेनिटाइजेशन कार्य सम्पन्न

रम्फू, 22 जुलाई। क्षेत्रमा बढ़िरहेको कोरोना संक्रमितहरूको संख्यालाई ध्यानमा राख्दै आज माउण्ट डिस्टिलेरिज लिमिटेड माझिटार पूर्व सिक्किमका डाक्टर सेफ टीमद्वारा रम्फू पुलिसको सहयोगमा नगर पञ्चायत रम्फू र विश्‍व गुरुङको विशेष नेतृत्वमा माझिटार क्षेत्रमा पूर्ण सेनिटाइजेशन अभियान चलायो।

रोटरी सदस्य र परिवारहरूले 3638 बिरुवा रोपे

रोटरी सदस्य र परिवारहरूले 3638 बिरुवा रोपे

रम्फू, 22 जुलाई। रोटरी जिल्ला 3240 द्वारा वान इच वान प्लान्ट वान श्यामलिमा अभियानअन्तर्गत संरक्षण हप्ताको अवधिमा, असम, मेघालय, मणिपुर, नागाल्याण्ड, त्रिपुरा, मिजोरम, अरुणाचल प्रदेश, सिक्किम, पश्‍चिम बंगालका केही भागहरूमा गो ग्रीनमा सहभागिता जनाए। यस महामारीको समयमा प्रत्येक ठाउँमा भीड़ गर्नु निषेध गरिएको कारण डिस्ट्रिक्ट गभर्नर सुभाषिस चटर्जीले आफ्ना जिल्लाका रोटेरियनहरू र उनीहरूका परिवारलाई आवासीय स्थानहरूमा बिरुवा रोप्न अपील गरेका थिए। आफ्नो घर, आँगन, बगैंचा, बाल्कनीसहित घरका छप्परहरूमा बिरूवा रोपण गर्ने अपीलको असर र परिणाम अति नै राम्रो देखा पर्यो। समाचारअनुसार रोप्ने लक्ष्य 3240 रहेको थियो भने जिल्लाअन्तर्गत रहेका 92 क्लबका रोटरी सदस्य र परिवारहरूले 3638 बिरुवा रोपेका छन्।

आत्मनिर्भर भारत अगाड़ि जाने बाटो

आत्मनिर्भर भारत अगाड़ि जाने बाटो

गुवाहाटीद्वारा वेबिनारको आयोजना गुवाहाटी, 22 जुलाई। देशका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-19 महामारीको कारण सामना गरिरहेको संकटबाट देशलाई राहत दिन भारतलाई आत्मनिर्भर राष्ट्र बनाउने सोचको साथ आत्मनिर्भर योजनाअन्तर्गत 20 लाख करोड रुपियाँको विशेष आर्थिक प्याकेजको घोषणा गरेका थिए। आत्मनिर्भर भारतको ध्यान भनेको घरेलु खेलाडीहरूलाई व्यवसाय पारिस्थितिक प्रणालीमा जानको लागि प्रोत्साहित गर्नु र विदेशी खेलाडीहरूमा निर्भरता कम गर्नु हो। यस सम्बन्धमा प्रेस सूचना ब्यूरो, गुवाहाटीले आज आत्मनिर्भर भारत अगाडि जाने बाटोमा वेबिनारको आयोजना गर्यो। विभिन्न क्षेत्रका संसाधन व्यक्तिहरूले आफ्नो विचार साझा गरे र वेबिनारमा उत्तर पूर्वमा आत्मनिर्भर भारत प्याकेजको दायराबारे छलफल गरे। सूचना तथा प्रसारण मन्त्रालयको उत्तर पूर्वी जोनका प्रमुख एलआर विश्‍वनाथले आफ्नो सम्बोधनमा भने कि आत्मनिर्भर भारत प्याकेजको घोषणामा सरकारले एकदमै अनौंठो र नवीन एकीकरण गरिसकेको छ र यस पहलमा हरेक क्षेत्रमा सुधार भएको छ। उनले भने कि अर्थतन्त्रको प्रत्येक क्षेत्रलाई एकीकृत गर्ने दृष्टिकोण हुनु महत्वपूर्ण छ। उनले भने, ‘साना स्तरका उद्योगहरूलाई पनि समान समर्थन दिन धेरै महत्वपूर्ण छ।’ कोभिड-19 महामारीको कारण वर्तमान संकटको अवस्थाको उल्लेख गर्दै विश्‍वनाथले भनेकी बाधकको रूपमा आउने सबै कुराले नवीनताका लागि अवसर प्रदान गर्दछ। आत्मनिर्भर भारत प्याकेजमा उद्यमशीलता विकासको अवसरलाई औंल्याउँदै नेरामेकका प्रबन्ध निर्देशक तथा भारतीय उद्यमशीलता संस्थानका पूर्व निर्देशक मनोज कुमार दासले भने कि उत्तरी पूर्वमा स्रोतहरू प्रशस्त छन् जसको सरकारले घोषणा गरेको मजबूत वित्तीय… Read More