पूर्व सरकारको कामलाई हेरेर वर्तमान सरकारले जनताको सेवा गर्नुपर्छ

पूर्व सरकारको कामलाई हेरेर वर्तमान सरकारले जनताको सेवा गर्नुपर्छ

रङ्गेली ग्रेफ काण्डका दोषी जिल्लापाल, मुख्यसचिव र मुख्यमन्त्री हुन्ः एमके सुब्बा गान्तोक, 16 जुलाई। सिक्किममा कोविड-19 टेस्टिङ ल्याब निर्माणकोनिम्ति सिक्किम सरकारका मुख्यमन्त्री कहिल्यै सजग रहेनन् भन्ने एसडीएफ पार्टीले आरोप लगाएको छ। यदी राज्य सरकार सिक्किमे जनताप्रति चिन्तित थियो भने टेस्टिङ ल्याब सिलगढ़ीको साटो सिक्किममा बनाउने माग राख्नेथियो भनि एसडीएफ पार्टीका प्रवक्ता एमके सुब्बाले पत्रकार सम्मेलनमा बताएका छन्। उनले सिक्किममा टेस्टिङ ल्याब आउनु सिक्किमे जनताको सामुहिक प्रयासको कारण हो भन्दै यदी पहिले नै विपक्षी पार्टी र जनताको कुरा सुनेको भए सिक्किमको यस्तो हालात हुने थिएन भनेका छन्। राज्यमा बढ्दो कोरोना संक्रमणमा एसडीएफ पार्टीले नयाँ मोड ल्याइदिएको छ। कोरोना प्रसारमा राज्यका आम जनतादेखि विभिन्न विपक्षी राजनीतिक दलले पूर्व जिल्लाका जिल्लापालको गल्ती देखाउने काम भइरहेको बेला एसडीएफ पार्टीका मुख्य प्रवक्ता एमके सुब्बाले पनि पूर्व जिल्लाका जिल्लापाल र सरकारमाथि यसको दोष खन्याएका छन्। पूर्व जिल्लाका जिल्लापाल र रङ्गेली महकुमाभित्र रहेको ग्रेफका कमाण्डिङ अफिसरबीच पहिलेदेखि नै अप्रत्यक्ष कुराकानी भइबस्ने आफूहरूलाई जान्नमा आएको बताउँदै यस्तो स्थितिमा सबैकुरा जान्दा जान्दै पनि ग्रेफ क्याम्पमा किन कोरेण्टिन सेण्टर घोषित गरिएन भनी प्रश्न राखेका छन्। आज इन्दिरा बाइपासस्थित एसडीएफ भवनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूलाई सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन्। प्रवक्ता सुब्बाले एसडीएफ पार्टीले कोरोनाको शुरुवातदेखि नै राज्यको रम्फू र मल्ली नाकामा कोरोना नमुना जाँच गरिनुपर्ने माग राखेको थियो… Read More

चामलिङ युगलाई गरीबी उन्मूलनको स्वर्णिम युगनै मानिन्छ

चामलिङ युगलाई गरीबी उन्मूलनको स्वर्णिम युगनै मानिन्छ

-जीएस रिजाल, दरामदिन मैले तीनवटा स्कूलको आधारभूत विकासबारे विस्तारमा भनिसकेको छु। जुन विकासलाई हामी हेरेर बुझ्न सक्छौ। कतिपय विकास भनेको र लेखेको भन्दा देख्न सक्ने विकासको छुट्टै महत्व हुन्छ। देख्न सक्ने विकास एसडीएफ सरकारको कार्यकालमा भएको छ। जुन कुरालाई हामी एसडीएफ सरकारभन्दा अघिको अवस्थासित तुलना गर्न सक्छौं। हाम्रो नजिकमा छिमेकी राज्य छ जो हाम्रो सिक्किम राज्यभन्दा 28 वर्ष अघि स्वाधीन भएको हो। सिक्किममा हामी हिँडेर जान सक्ने स्थानमा निम्न माध्यमिक र माध्यमिक स्कूल पाउँछौं अर्थात 1 किलोमिटरको दूरीभित्र स्कूल स्थापित छन्। हाम्रो छिमेकी राज्यका विद्यार्थीहरू दैनिक 4 किलोमिटर हिँड़ेर प्राथमिक शिक्षा ग्रहणका लागि स्कूल जाने गर्छन्। माध्यमिक शिक्षा आर्जनका लागि 5 किलोमिटरसम्म हिँड्नु पर्छ। तिकपुर र बेयोङ पहिला सुख्खाग्रस्त क्षेत्र भनेर जानिन्थ्यो। अहिले सबैतिर समान विकास भएको कारण यो अवस्था छैन। विगत 30 वर्ष अघाड़ि जुन दुःख थियो त्यसको अनुभव मलाई छ। त्यसबेला नून, तेल, चामल पहिचो माग्नु पर्थ्यो। यदि कसैको घरमा पाहुना आए चिनीसमेत पहिचो माग्नु पर्थ्यो। कसै-कसैको घरमा नून, तेल, चामल, चिनी बक्समा ताला लगाएर राख्ने गरिन्थ्यो अनि कोही बेला अबर परेर पहिचो माग्नेलाई दिने गरिन्थ्यो। यदि आइतबार किनेको माचिस शुक्रबार सकिए फेरि आउने आइतबारसम्मका लागि मचिसको काँटीसमेत पहिचो माग्नु पर्ने स्थिति थियो। हार्ड बजारमा साटासाट गर्ने प्रणाली पनि थियो। हाम्रो बाबा-आमाले नून, तेल र मसलाका लागि सब्जी… Read More

सिक्किममा कोरोनाको 13 नयाँ मामिला, सङ्ख्या पुग्यो 222

सिक्किममा कोरोनाको 13 नयाँ मामिला, सङ्ख्या पुग्यो 222

गान्तोक, 16 जुलाई (हिस)। सिक्किममा कोरोना संक्रमणको मामिला तीव्ररूपमा बढ्न थालेको छ। हिजो गरिएको जाँचमा 13 नयाँ कोरोना मामिला अघि आएको छ। यसका साथै राज्यमा कोरोना संक्रमितहरूको कूल संख्या बढ़ेर 222 पुगेको छ भने सक्रिय मामिलाहरूको संख्या 135 रहेको छ। अर्कोतिर, अहिलेसम्म 87 जना पूर्णरूपमा स्वस्थ भएर घर फर्किसकेका छन्। राज्य स्वास्थ्य विभागका सचिव डा. पेम्पा टी. भोटियाले आज हेल्थ बुलेटिनमा बताएअनुसार हिजो एसटीएनएम अस्पतालमा कूल 300 जनाको आरटीपीसीआर जाँच गरिएको थियो, जसमा 11 जनाको रिपोर्ट पोजिटिभ आयो भने रहल 289 जनाको रिपोर्ट नेगेटिभ आएको छ। यसैगरी, उनले हिजो रम्फू चेकपोस्टमा कूल 110 जनाको रेपिड एन्टीजेन टेस्ट गरिएको र 2 जनाको रिपोर्ट पोजिटिभ आएको थप जानकारी दिए। सबै कोरोना संक्रमितहरूलाई एसटीएनएम अस्पतालमा भर्ती गरिएको छ। उनले आजदेखि पूर्व सिक्किमको रंगेली र रिनाकमा रेपिड एन्टीजेन टेस्ट शुरू गरिएको पनि बताए। यस अतिरिक्त सचिवअनुसार सिक्किममा अहिलेसम्म कूल 13,762 जनाको कोरोना जाँच भइसकेको छ। अहिलेसम्म राज्यको पूर्व जिल्लामा 155, पश्‍चिम जिल्लामा 22, दक्षिण जिल्लामा 44 र उत्तर जिल्लामा 1 जना कोरोना संक्रमणको मामिला अघि आएको छ।

लिङ्गी-पायोङ माध्यमिक विद्यालयका सय प्रतिशत विद्यार्थी उत्तीण

लिङ्गी-पायोङ माध्यमिक विद्यालयका सय प्रतिशत विद्यार्थी उत्तीण

गान्तोक, 16 जुलाई (हिस)। दक्षिण सिक्किमको लिङ्गी-पायोङ माध्यमिक विद्यालयले दशौं श्रेणीको सीबीएसई बोर्ड परीक्षामा सय प्रतिशत उत्तीर्ण परिमाण प्राप्त गरेको छ। फरवरी-मार्च महिनामा भएको बोर्ड परीक्षाको नतिजा 15 जुलाईमा घोषणा भएको थियो। यसमा विद्यार्थी विवेक खतिवड़ाले 87 प्रतिशत अङ्क प्राप्त गरेर स्कूल टपर बनेका छन्। यसरी नै नोर्कित लेप्चा र लिना राई दोस्रो र तेस्रो स्थानमा आएका छन्। विद्यार्थी मिके डोमा लेप्चाले भाषामा सबैभन्दा बढ़ी 93 अङ्क प्राप्त गरेकी छन्। लिङ्गी पायोङ विद्यालय 2016-मा निम्न माध्यमिकबाट माध्यमिकस्तरमा बढ़ोत्तरी भएको थियो। पहिला एफिलेशनमा ढिलो भएकाले गर्दा दशौं श्रेणीको परीक्षामा बस्ने विद्यायार्थीहरूले आशाङथाङ माध्यमिक विद्यालयबाट पञ्जीकरण गराएका थिए। यसपल्ट विद्यार्थीहरूबाट नतिजा सम्बन्धमा विद्यालयले गरेको आशा भन्दा राम्रो परिणाम आएको विद्यालय पक्षको भनाइ छ। प्रधानाध्यापक सूरज शर्माले विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको मेहनत र प्रतिवद्धताप्रति विद्यालय गौरवान्वित रहेको बताएका छन्। उनले राम्रो परिणामका लागि विद्यालयका शिक्षक, अभिभावक, विद्यालय प्रबन्धन समिति र सबै शुभचिन्तकलाई धन्यवाद दिएका छन्। विद्यालयबाट यस वर्ष कूल 17 जना विद्यार्थीले परीक्षा दिएका थिए।

दक्षिण जिल्ला प्रशासनले नाकामा सर्तकता बड्यो

दक्षिण जिल्ला प्रशासनले नाकामा सर्तकता बड्यो

नाम्ची, 16 जुलाई। दक्षिण जिल्ला प्रशासनले मामरिङ पुलमा नाका स्थापित गरेको छ। विशेष गरी अन्तरजिल्ला वाहन र नागरिकहरूको आवत-जावतलाई निषेध गर्न यो नाका स्थापित गरिएको जनाइएको छ। जिल्ला प्रशासनअनुसार दुवै जिल्लाको सीमाबाट नागरिकहरूलाई पैदल हिँड्न पनि निषेध गरेको छ। यसरी नै दक्षिण जिल्लाअन्तर्गत मल्ली, सिरवानी, आदर्श गाउँ र मामरिङमा पनि दक्षिण जिल्ला पुलिसले कड़ा निगरानी शुरू गरेको छ। प्रत्येक नाकामा प्रवेश गर्ने र बाहिर निस्कने वाहनहरूको 24औं घण्टा रेकर्ड राख्नु पर्ने र प्रत्येक दिन जिल्ला प्रशासनलाई यसको रिपोर्ट बुझाउनु पर्ने छ। यसरी नै वाहनका सहायक चालकले पनि अनिवार्य छुट्टै परमिट जिल्ला प्रशासनबाट निकाल्नु पर्नेछ। ट्रानजिट वाहनका चालकहरू जसले जिल्ला प्रशासनबाट अनुमति लिएका छन् उनीहरू जिल्लाबाट बाहिर निस्केपछि सोही दिन फर्कनु पर्नेछ। चालकहरूले पनि कुनै एक ट्रानजिट क्याम्प नाम्ची, जोरथाङ र मल्लीमा रिपोर्ट गर्नुपर्ने छ। दक्षिण जिल्ला प्रशासन बन्दगर्न थाल्यो पेड अनि फ्री क्वारन्टाइन सेन्टरहरू गान्तोक, 16 जुलाई (हिस)। देशका विभिन्न राज्यहरूबाट सिक्किम फर्कने मानिसहरूको संख्या निकै घट्न थालेको छ। यसै क्रममा दक्षिण जिल्ला प्रशासनले राज्य बाहिरबाट आउने मानिसहरूका निम्ति बनाइएका पेड अनि फ्री क्वारन्टाइन सेन्टरहरू बन्द गर्न थालेको छ। एकान्तवास केन्द्र बनाउन विभिन्न महाविद्यालय, विद्यालय, होटेल आदि ठाउँहरू प्रयोगमा ल्याइएको थियो। दक्षिण जिल्ला प्रशासनले कामराङ सरकारी महाविद्यालय र तिमीको चेरी रिसोर्टमा सञ्चालित एकान्तवास केन्द्र बन्द गरेको छ। जिल्ला प्रशासनले नोडल… Read More

10औं अनि 12औं श्रेणीको बोर्ड परीक्षामा विद्या ज्योति एकाडेमीको उत्कृष्ट प्रदर्शन

10औं अनि 12औं श्रेणीको बोर्ड परीक्षामा विद्या ज्योति एकाडेमीको उत्कृष्ट प्रदर्शन

गान्तोक, 16 जुलाई (हिस)। अखिल भारतीय शिक्षा संस्थान विद्या भारतीको मार्गदर्शनमा दार्जीलिङको बिजनबारीमा सञ्चालित विद्या ज्योति एकाडेमीले 10औं अनि 12औं श्रेणीको बोर्ड (सीबीएसई) परीक्षामा उत्कृष्ट प्रदर्शन गरेको छ। उक्त विद्यालयका विद्यार्थीहरू दुवै बोर्ड परीक्षामा सत प्रतिशत उत्तीर्ण बनेका छन्। 12औं श्रेणीको बोर्ड परीक्षामा विद्यालयकी सुश्री स्नेहा छेत्रीले 89%, सुश्री रूसाली छेत्रीले 86.6%, सुश्री अनुष्का छेत्रीले 85.6% अङ्क प्राप्त गरेकी छन्। यसरी नै 10औं श्रेणीको बोर्ड परीक्षामा प्रतीक प्रधानले 91.4%, निखिलकुमार शाहले 90.2%, प्रतीक्षा छेत्रीले 85.6%, निश्‍चल लिम्बूले 84%, शुभम गुरूङले 83.6%, सिराज सुब्बाले 79%, आस्था कार्कीडोली दर्जीले 75.4%, आर्या प्रधानले 72.6%, महेन्द्र भण्डारीले 71.8% र सिमरन सुब्बाले 70.6% अङ्क प्राप्त गरेका छन्। यस अतिरिक्त अन्य सबै विद्यार्थीहरूले पनि उत्कृष्ट अङ्कको साथमा परीक्षा उत्तीर्ण गरेका छन्। वर्ष 1990-मा स्थापित यो विद्यालय डा. एस. राधाकृष्णन मेमोरियल चेरिटेबल ट्रस्टद्वारा सञ्चालित रहेको बताइएको छ। विद्यालयका प्रधानाध्यापक अरूण चौलागाईले परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिएका छन्।

वित्तीय अनियमितता उदाङ्गो हुने डरले सरकारले ‘दिशा’ गठनमा रोक लगाएको छः बिष्ट

वित्तीय अनियमितता उदाङ्गो हुने डरले सरकारले ‘दिशा’ गठनमा रोक लगाएको छः बिष्ट

दार्जीलिङ, 16 जुलाई। दार्जीलिङ र कालेबुङ जिल्लामा डिस्ट्रिक्ट डेवलपमेन्ट कोअर्डिनेशन एन्ड मनिटेरिङ कमिटिज (दिशा) -को बैठक नभएकोमा सांसद राजु बिष्ट आश्चर्य प्रकट गर्दै चाँड़ोभन्दा चाँड़ो दिशाको बैठक डाक्ने अनुरोध गरेका छन्। बिष्टका अनुसार उनी सांसद निर्वाचित भएयता एकैपटक पनि दिशाको बैठक भएको छैन। अहिले आफू दिशाको बैठक कहिले बोलाउँछ भनेर पर्खिबसेको उनले बताएका छन्। दिशाको बैठक नहुनुमा सांसदले बङ्गाल सरकारलाई दोष्याएका छन्। ‘सबैभन्दा दुःखको कुरा के छ भने जिल्ला प्रशासन जनताको भलाइका लागि काम गर्न चाहिरहेको स्थितिमा समेत बङ्गाल सरकारलाई उनीहरूलाई त्यसतो गर्न स्पष्ट रोक लगाएको छ’, बिष्टले आरोप लगाएका छन्, ‘दिशा समितिको गठन भयो भने यसले कति विकास कोष आयो, विकास प्राथमिकता के हो र विकास आवण्टन कसरी गरियो भनी सबै परियोजना जनतासमक्ष राख्नेछ। र हाल त्यहाँ भइरहेको बेलगाम वित्तीय अनियमितताहरूमा उनीहरूको संलिप्तता उदाङ्गो हुनेछ भन्ने डरले तृणमूल कङ्ग्रेसलाई सताइरहेको छ।’ यसैगरी उनले दार्जीलिङ पहाड़ी क्षेत्रको विकासमा विकासमा नचाहिँदो बाधा-पर्खाल तेर्साउन बन्द गर्न तथा दार्जीलिङ र कालेबुङ दुवै जिल्लाका लागि दिशा समिति अविलम्ब गठन गर्न बङ्गाल सरकारसमक्ष अनुरोध गरेका छन्। सांसद राजु बिष्टले भनेका छन्, ‘प्रधानमन्त्रीको नेतृत्वमा भारत सरकारद्वारा दिशा समितिहरूको परिकल्पना सरकारका दिशा-निर्देशहरूको विधिअनुसार पालना गर्दै परियोजनाहरूका समुचित कार्यान्वयन सुनिश्चित गर्न गर्न तथा योजनाहरूको कार्यान्वयनसम्बन्धी गुनासो/अनियमितताका आरोपहरूलगायत लाभार्थीहरूको गलत छनौट, धनराशिको दुरुपयोग/गलत ठाउँमा प्रयोगबारे छानबिन गर्नु र फलोअप… Read More

सिलगढ़ीमा फेरि लकडाउन

सिलगढ़ीमा फेरि लकडाउन

उल्लङ्घन गर्नेहरूलाई पुलिसले समात्ने सिलगढ़ी, 16 जुलाई (हिस)। कोरोनाको कारण सिलगढ़ीमा बिहीवारदेखि आगामी सात दिनको निम्ति लकडाउन गरिएको छ। सिलगढ़ी पुलिस लकडाउनलाई अदेखा गर्नेहरूविरुद्ध कार्वाही गर्ने हिसाबमा छ। अकारण जे पनि सडकमा निस्किने छन् उनीहरूलाई पुलिसले पक्राउ गरिरहेको छ। लकडाउनको उल्लङ्घन गरेको आरोपमा सिलगढ़ी, प्रधाननगर, भक्तिनगर, एनजेपी थानाको पुलिसले सयकडौं मानिसहरू पक्राउ गरेको छ। यसरी नै धेरै ई-रिक्शा पनि समाएको छ। बिहानदेखि नै सिलगढी पुलिस कमिश्‍नरेटको सबै थानका पुलिस मुख्य मार्ग अनि विभिन्न वार्ड र गल्लीहरूमा लगातार गश्ती अनि चेकिङ गरिरहेका छन्। पुलिसले मीडियाको माध्यमबाट मानिसहरूलाई यस महामारीको गम्भीर सङ्कटमा पुलिस प्रशासनलाई सहयोग पुर्‍याउने अपील गरेको छ।

कोभिड-19 को खोप जाइकोभ-डी को मानव परिक्षण शुरू

कोभिड-19 को खोप जाइकोभ-डी को मानव परिक्षण शुरू

नयाँ दिल्ली, 16 जुलाई। जाइडस केडिला औषधी कम्पनीले कोभिड-19 को खोप जाइकोभ-डी को मानव परिक्षण शुरू गरेको छ। प्लाजमा आधारित डीएनए खोप जाइकोभ-डी को नमूना तयार पार्ने र यसलाई विकसित गर्ने काम जाइडस केडिलाले गरेको छ। जैवप्रौद्योगिकी विभागले यसमा आंशिक रूपमा वित्तीय सहायता उपलब्ध गराएको छ। भारत बायोटेकद्वारा विकसित खोप-को भ्याकसिनपछि यो दोस्रो टिका हो र यसको प्रयोग गर्ने अनुमति केन्द्रिय औषधी नियन्त्रण संस्थानले दिएको छ। जाइडस केडिलाद्वारा विकसित जाइडस-डी टिका र यसको मानव प्रयोगमाथि कोभिड-19 का निम्ति खोप विकास कार्यक्रमका लागि एउटा माइलखुट्टी मानिएको छ। केन्द्रिय स्वस्थ्य एवं परिवार कल्याण मन्त्री डा. हर्षवर्द्धनले जाइडस केडिलाद्वारा विकसित कोभिड-19 खोप जाइडस-डी को मानव प्रयोग आत्मनिर्भर भारतका लागि महत्वपूर्ण पाइला भएको बताएका छन्।

556 किमीको दौड़ लगाएर प्रथम बने जतीन

556 किमीको दौड़ लगाएर प्रथम बने जतीन

दार्जीलिङ, 16 जुलाई। 10 दिनमा 556.3 किलोमिटरको दौड़ लगाएर दार्जीलिङ निवासी जतीन छेत्री अनलाइन दौड़ प्रतियोगितामा प्रथम बने भने 541.06 किलोमिटरको दौड़ लगाएर आशिष सुब्बाले दोस्रो स्थान ओगट्ने सफलता पाए। यसबाहेक 495.9 किलोमिटर कुदेर रिम्बीक निवासी तेञ्जिङ छोम्बे तेस्रो बने। यी तीन धावकहरू प्रत्येक दिन नै लगभग 12 घण्टा अर्थात बिहान 5 बजीदेखि साँझ 5 बजीसम्म कुदेर रेकर्ड बनाएको आयोजक समितिले बताएको छ भने हिजो अन्तिम दिन रिम्बीक निवासी तेञ्जिङ छोम्बेले 82 किलोमिटरको दौड़ लगाएको पनि जानकारी गराएको छ। आयोजक माउण्टेन बाइक क्लबका प्रमुख दावा शेर्पाले यसबारे जानकारी गराउँदै भने-यस प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीहरू बिहान जुन रफ्तारमा कुद्न शुरू गर्थे, साँझसम्म पनि उनीहरूको रफ्तार एउटै गतिमा अघि बढ़िरहेको हुन्थ्यो। यसैले कतिपय मानिसहरूले मलाई यो प्रतियोगिता धावकहरूको ज्यान लिन आयोजना गरिएको हो? भन्ने प्रश्‍न खड़ा गरेर मलाई निरूत्साहित पनि तुल्याएका थिए। तरै पनि यो एउटा खेल थियो अनि आज यो खेल पूर्णरूपले सफल भएको छ, उनले भने। विशेष कोरोना सङ्क्रमणको कारण शुरू भएको लकडाउन अवधिमा मानिसहरूको मानसिक अनि शारीरिक तनाउलाई हटाउने उद्देश्य लिएर नै दार्जीलिङको माउण्टेन बाइक क्लबले एड्वर्ड फाउण्डेशनको सहयोगमा गत 6 जुलाईदेखि अनलाइन दौड़ प्रतियोगिताको आयोजना शुरू गरेको थियो। जसमा भाग लिएका जतीन र आशिषहरूले दिनभरि नै चौरास्ता वरिपरिको दौड़ लगाएर ऐतिहासिक रेकर्ड बनाएका छन्। जसमध्ये… Read More