मूल्यको राजनीति अनि एसडीएफ

मूल्यको राजनीति अनि एसडीएफ

पवन चामलिङ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) -का संस्थापक अध्यक्ष हुन् अनि अद्यावधिक उनी एसडीएफ पार्टीका अध्यक्ष नै हुन्। एसडीएफ पार्टीको आधारभूत दर्शन, सिद्धान्त, नीति, कार्यक्रम पवन चामलिङले नै तर्जुमा गरेका हुन्। जतिखेर उनी राजनीतिमा आए, उनीसित आफूले देखेको सपनाअनुरूप भावी सिक्किमको स्पष्ट नक्शा थियो। उनी सङ्ग्राम परिषद् पार्टी र सरकारमा हुँदा पनि उनले त्यो मञ्चलाई सिक्किमको नवनिर्माण गर्ने आफ्नो सपनाअनुरूप नै साधनको सपना प्रयोग गरे। सन् 1985 सालमा दक्षिण सिक्किमको दामथाङ विधानसभा समष्टिबाट विधायक चुनिएपछि उनले आफ्नो समष्टि तथा जनताको विकासको निम्ति जुन कार्यशैली लिएर समर्पणसहित काम गरे, त्यसले नै उनी राजनीतिमा कस्तो एजेण्डा लिएर आएका थिए, सो स्पष्ट हुन्छ। आफ्नो पहिलो कार्यकालमा चामलिङले दामथाङ क्षेत्रमा गरेका कामहरूको वृतान्त उनको पुस्तक ‘दामथाङ : हिजो र आज’ -मा पाउनसकिन्छ, जसबाट सिक्किमको राजनीतिमा मूल्य, विचार, प्रतिबद्धताको प्रवेश भएको देख्नसकिन्छ। ढाँटेर, छलेर, जनतालाई उड़न्ते सपना देखाएर, अपवित्र गठबन्धनहरू गरेर, राज्य र जनताको हितसित सम्झौता गरेर; संविधान, कानून र प्रजातान्त्रिक मर्यादा मिचेर जसरी भए पनि सत्तामा पुग्ने राजनीतिको बोलबाला भएको समयमा पवन चामलिङले जनतासामु स्पष्ट एजेण्डा राखेर, सङ्गठित र अनुशासित पार्टीको शक्ति बढ़ाएर अनि पूर्ण रूपमा प्रजातान्त्रिक र संवैधानिक मर्यादाको पालन गरेर सन् 1994 -मा एसडीएफलाई चुनाउमा जिताएर सरकारमा पुर्‍याएका हुन्। सन् 1992 -मा सङ्ग्राम परिषद् पार्टी र सरकारबाट निकालिएपछि अनि सन् 1993 -मा… Read More

सिक्किममा कोरोनाको 13 नयॉं मामिला, संख्या पुग्यो 222

सिक्किममा कोरोनाको 13 नयॉं मामिला, संख्या पुग्यो 222

गान्तोक, 16 जुलाई (हिस)। सिक्किममा कोरोना संक्रमणको मामिला तीव्ररूपमा बढ्न थालेको छ। हिजो गरिएको जॉंचमा 13 नयॉं कोरोना मामिला अघि आएको छ। यसका साथै राज्यमा कोरोना संक्रमितहरूको कुल संख्या बढ़ेर 222 पुगेको छ भने सक्रिय मामिलाहरूको संख्या 135 रहेको छ। अर्कोतिर, अहिलेसम्म 87 जना पूर्णरूपमा स्वस्थ भएर घर फर्किसकेका छन्।राज्य स्वास्थ्य विभागका सचिव डा. पेम्पा टी. भोटियाले आज हेल्थ बुलेटिनमा बताएअनुसार हिजो एसटीएनएम अस्पतालमा कुल 300 जनाको आरटीपीसीआर जॉंच गरिएको थियो, जसमा 11 जनाको रिपोर्ट पोजिटिभ आयो भने रहल 289 जनाको रिपोर्ट नेगेटिभ आएको छ। यसैगरी, उनले हिजो रम्फू चेकपोस्टमा कुल 110 जनाको रेपिड एन्टीजेन टेस्ट गरिएको र 2 जनाको रिपोर्ट पोजिटिभ आएको थप जानकारी दिए। सबै कोरोना संक्रमितहरूलाई एसटीएनएम अस्पतालमा भर्ती गरिएको छ।उनले आजदेखि पूर्व सिक्किमको रंगेली र रिनाकमा रेपिड एन्टीजेन टेस्ट शुरू गरिएको पनि बताए। यस अतिरिक्त सचिवअनुसार सिक्किममा अहिलेसम्म कुल 13762 जनाको कोरोना जॉंच भइसकेको छ। अहिलेसम्म राज्यको पूर्व जिल्लामा 155, पश्चिम जिल्लामा 22, दक्षिण जिल्लामा 44 र उत्तर जिल्लामा 1 जना कोरोना संक्रमणको मामिला अघि आएको छ।

आउने दिनहरूमा देशमा 10 लाख प्रतिदिन टेस्ट हुनेछ- डा. हर्षवर्धन

आउने दिनहरूमा देशमा 10 लाख प्रतिदिन टेस्ट हुनेछ- डा. हर्षवर्धन

नयाँ दिल्ली, 16 जुलाई (हिस)। केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री डा. हर्षवर्धनले बिहीबार एम्समा नयाँ ओपीडी राजकुमारी अमृतकौर ओपीडी भवनको उद्घाटन गरे। यो भवन बुजुर्ग रोगीहरूको निम्ति समर्पित छ। यस अवसरमा भवनमा पूजा-अर्चना गरियो, जसमा डा. हर्षवर्धनको साथ स्वास्थ्य राज्यमन्त्री अश्विनी कुमार चौबे पनि उपस्थित थिए। आउने समयमा एम्समा अझ् धेरै ब्लकको शुरूआत हुनेछ। डा. हर्षवर्धनले यस अवसरमा भनेका छन्, ‘वर्तमान समयमा देशको रिकवरी रेट 63.25 प्रतिशत छ, जबकि मृत्यु दर 2.57 प्रतिशत छ। अहिले देशमा 2 प्रतिशतभन्दा कम मानिस आईसीयूमा छन् औं 0.32 प्रतिशत मानिस वेन्टिलेटरमा छन्। आउने दिनहरूमा देशमा एक दिनमा कोरोनाको 10 लाखभन्दा धेरै टेस्ट गरिनेछ’।

सिलगढीमा फेरि लकडाउन, उल्लङ्घन गर्नेहरूलाई पुलिसले समात्ने

सिलगढीमा फेरि लकडाउन, उल्लङ्घन गर्नेहरूलाई पुलिसले समात्ने

सिलगढी, 16 जुलाई (हिस)। कोरोनाको कारण सिलगढीमा बिहिबारदेखि आगामी सात दिनको निम्ति लकडाउन गरिएको छ। सिलगढी पुलिस लकडाउनलाई अदेखा गर्नेहरू विरुद्ध कार्वाही गर्ने हिसाबमा छ। अकारण जे पनि सडकमा निस्किने छन् उनीहरूलाई पुलिसले पक्राउ गरिरहेको छ। लकडाउनको उल्लङ्घन गरेको आरोपमा सिलगढी, प्रधाननगर, भक्तिनगर, एनजेपी थानाको पुलिसले सयकडौं मानिसहरू पक्राउ गरेको छ। यसरी नै धेरै ई-रिक्शा पनि समाएको छ। बिहानदेखि नै सिलगढी पुलिस कमिश्नरेटको सबै थानका पुलिस मुख्य मार्ग अनि विभिन्न वार्ड र गल्लीबहरूमा लगातार गश्ती अनि चेकिङ गरिरहेका छन्। पुलिसले मीडियाको माध्यमबाट मानिसहरूलाई यस महामारीको गम्भीर सङकटमा पुलिस प्रशासनलाई सहयोग पुऱ्याउने अपील गरेको छ।

कोरोनाको महामारी देखाउँदै गरीबलाई नोकरी छैन, लाखौं वेतन खानेलाई एक्सटेन्सनः नवीन किरण

कोरोनाको महामारी देखाउँदै गरीबलाई नोकरी छैन, लाखौं वेतन खानेलाई एक्सटेन्सनः नवीन किरण

गान्तोक, 15 जुलाई। सिक्किम सरकारले महामारीको कारण देखाएर गरीब दुःखी सरकारी अस्थायी कर्मचारीलाई रोजगार नविकरण नगरेर हुनेखाने धनी कर्मचारीहरूलाई भने महामारीकै कारण देखाएर कार्यकाल विस्तार गर्ने जन विरोधी कार्य गरिरहेको सिक्किम सब्जेक्ट कमिटीका उप-संयोजक नवीन किरणले आरोप लगाएका छन्। गत 30 जूनको दिन टिस्टा ऊर्जा प्राइवेट लिमिटेडको प्रबन्धन निर्देशक समेत अन्यलाई लाखौं रुपियाँको वेतन भुक्तान गर्दै कोभिड-19 को महामारी देखाएर पुनः एक्सटेन्सन दिइनु सरकार आफैंले आफ्नो खुट्टामा बञ्चरो हान्नु हो भनि उनले दावी गरे। पत्रकार सम्मेलनमा उनले अर्विन्द कुमारलगायत पाँचजनाको निम्ति सेवा काल विस्तार गरिएको कार्यालय आदेशले एसकेएम सरकारको अप्रेल पछि एक्सटेन्सन नगर्ने अधिसूचनाको धजिया उडाउने काम गरिएको बताए। उनीहरूलाई सिमित पैसामात्र घटाएर पहिलेकै स्तरमा फेरि एक्सटेन्सन दिनु सरासर गलत रहेको अनि गरीब एडहक शिक्षकहरूको सेवाकाल विस्तार नगर्नु सरकारको नीतिले केवल हुनेखानेलाई मात्र चेपेको स्पष्ट भएको बताएका छन्। यसरी नै निजी पाठशालाहरूमा आवश्यक शुल्क बाहेक भुक्तान गर्नुपर्ने डेवलप्मेण्ट फीस, कम्प्यूटर फीस, एक्स्ट्रा करिकुलर एक्टिविटिज फीस भने काटेरमात्र भुक्तान गर्नुपर्ने व्यवस्था हुनुपर्ने कुरालाई सरकारले ध्यान नदिएको आरोप लगाए। यसमा भुक्तभोगी अभिभावक समस्यामा रहेको जनाए। यसरी नै चालकहरूको पक्षमा सरकारले केही काम नगरेको अनि पाँच-पाँच हजार रुपियाँ दिने भन्ने घोषणा मात्र गरिएको तर वास्तविकता छानविन नगरी चालकहरूको आवश्यकतालाई गम्भीरतासित नलिएको आरोप लगाए भने केन्द्र सरकारबाट धेरै धनराशी प्राप्त भएको अनि त्यसबारे मुख्यमन्त्रीले… Read More

रंगेलीकाण्डमा सरकारले गल्ती स्वीकार गर्नुपर्छ

रंगेलीकाण्डमा सरकारले गल्ती स्वीकार गर्नुपर्छ

जिल्लापाल, चेकपोस्ट र ग्रेफविरुद्ध कारवाही होसः केबी राई गान्तोक, 15 जुलाई। पूर्व सिक्किमको रंगेली महकुमामा तैनाथ रहेका ग्रेफका कर्मचारीहरूमार्फत कोरोना संक्रमण सामुदायिक संक्रमणको रूप लिनथालेपछि मात्र प्रशासनले तत्परता देखाएको तर विभिन्न समयमा कुनै जाँच स्क्रिनिङबिनै 43 जना ग्रेफ कर्मचारी सिक्किम छिरेर सिक्किमेको ज्यान खतरामा पार्दासमेत सरकार, जिल्ला प्रशासक र रम्फू चेकपोस्टले काम गर्न नसकेको स्पष्ट भएको कारण कार्वाही हुनुपर्ने सिक्किम रिपब्लिकन पार्टीले माग राखेको छ। पार्टीका अध्यक्ष केबी राईले यस विषयमा सरकारले पटक-पटक गर्दै आएको गल्ती सरह चुक गर्दै आएको र अब सरकारले अपराध ढाकछोप गर्न होइन तर स्पष्टरूपमा आफ्नो गल्ती स्वीकार्दै माफी माग्नु पर्छ। यसरी नै रंगेली काण्डमा अर्को प्रमुख दोषी पूर्व जिल्लाको निम्ति आपदा प्रबन्धन प्राधिकरणका अध्यक्ष समेत रहेका जिल्लापाल राज यादव रहेको दावी गर्दै सरकारले उनको लापरवाही र गैर जिम्मेवारी कार्यको निम्ति कार्वाही गर्नुपर्ने माग गरे। उनले भने, जिल्लापाल यादवले रंगेलीको ग्रेफ क्याम्पमा कोरेण्टिन गरिने सुविधा असुविधा र स्थितिबारे जानकारी र निरीक्षण किन गरेनन्। उनले यस्तो संवेदनशील विषयलाई किन लापरवाहीसित लिएर अहिले आफ्नो गैर जिम्मेवारी कार्यको निम्ति ढाकछोप गर्ने प्रयास गरिरहेका छन्। उनले व्यक्तिगत कुराहरूमा ध्यान नदिएर यस्तो संवेदनशील विषयमा रम्फू चेकपोस्टमा पूर्ण जाँच र प्रमाणित भएको पुष्टिपछि मात्र किन ग्रेफका कर्मचारीहरूलाई छिर्ने आदेश दिएनन्। यसमा उनले आफ्नो जिम्मेवारी वहन गर्न नसकेको स्पष्ट छ। यसैगरी मल्ली चेकपोस्टमा… Read More

दार्जीलिङ न.पा. कर्मचारी संगठन बन्यो गोजमुमोको भ्रातृ संगठन

दार्जीलिङ न.पा. कर्मचारी संगठन बन्यो गोजमुमोको भ्रातृ संगठन

दार्जीलिङ, 15 जुलाई। दार्जीलिङ नगरपालिकाका कर्मचारी संगठनले आजदेखि विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाको भ्रातृ संगठनको रूप लियो। जसले दार्जीलिङ नगरपालिकालाई महानगरपालिकाको दर्जा दिनुपर्ने मागलाई प्राथमिकता दिने भएको छ। नगरपालिकाभित्र रहेका समस्याहरूको समाधान अनि कर्मचारीहरूको हितलाई ध्यानमा राखेर नै आज यहाँका कर्मचारीहरूले विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चामा सामेल हुने निर्णय लिएको नगरपालिका कर्मचारी संगठनका सचिव रवी प्रधानले बताए। नगरपालिकाका यी कर्मचारीहरूलाई आज पार्टीका केन्द्रिय समितिका सेक्रेटेरी जेनरल केशवराज पोख्रेलले स्वागत जनाउँदै आजदेखि दार्जीलिङ नगरपालिका कर्मचारी संगठन गोजमुमोको एक भ्रातृ संगठन बनेको घोषणा गरे। उनले भने, गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङ नगरपालिकालाई महानगरपालिकाको दर्जा दिलाउनको लागि धेरैअघिदेखि नै पहल शुरू गरिसकेको छ। यसका साथै दार्जीलिङ नगरपालिका क्षेत्रको विकास अनि जनताका बुनियादी सुविधाहरूका लागि पनि पार्टीले ठोस पहल गर्दै आइरहेको छ। यसै विषयलाई ध्यानमा राखेर नै दार्जीलिङ नगरपालिकाका कर्मचारीहरूले गोजमुमोसित सोझैसित जोड़िएर काम गर्ने निर्णय लिएका हुन्। यसैले आज यहाँ कार्यरत कर्मचारीहरूको संगठन नै गोजमुमोमा सामेल भएको छ। फोटोः नगरपालिका कार्यालय।

सिक्किममा कोरोनाका अझ 11 नयाँ मामिला, कुल संख्या पुग्यो 209

सिक्किममा कोरोनाका अझ 11 नयाँ मामिला, कुल संख्या पुग्यो 209

गान्तोक, 15 जुलाई (हिस)। सिक्किममा कोरोना संक्रमणको मामिला तीव्ररूपमा बढ्न थालेको छ। हिजो 354 जनाको आरटीपीसीआर टेस्ट गरिएको थियो, जसमा 11 जनाको रिपोर्ट पोजिटिभ आएको छ। यसैगरी, हिजो 19 जनाको ट्रूनेट टेस्ट गरिएको थियो भने सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ। हिजो रम्फू चेकपोस्टमा 40 जनाको एन्टीजेन टेस्ट गरिएको थियो भने सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी राज्य स्वास्थ्य विभागका सचिव डा. पेम्पा टी. भोटियाले आज हेल्थ बुलेटिनमा दिए। 11 नयाँ संक्रमणको मामिलाका साथै सिक्किममा संक्रमितहरूको संख्या 209 पुगेको छ। यसमा 122 सक्रिय मामिला छन् भने अहिलेसम्म 87 जना स्वस्थ भइसकेका छन्। सचिव भोटियाले हिजो भेटिएको 11 नयाँ संक्रमितमा 9 जना रंगेलीको ग्रेफमा संक्रमितहरूको सम्पर्कमा आउनेहरू रहेको बताए।

श्रावण महिनामा लेगसेप किरातेश्‍वर मन्दिरमा कोरोनाको कारण जल अर्पण गर्न निषेध

श्रावण महिनामा लेगसेप किरातेश्‍वर मन्दिरमा कोरोनाको कारण जल अर्पण गर्न निषेध

गेजिङ, 15 जुलाई। कोरोना भाइरसको महामारीको कारण यो वर्ष श्रावण महिनामा जल अर्पण गर्न लेगसेप किरातेश्‍वर मन्दिरमा निषेध गरिएको छ। श्रावण महिना शुरू भएपनि यसपाली जल चढ़ाउने भक्तहरूले घरमा नै बसेर विभिन्न मन्दिर सम्झना गर्नुपर्ने भएको छ। हालमा सबै मन्दिरहरू बन्द रहेको र श्रदालु भक्तहरूले मन्दिरको दर्शन गर्न नसक्ने मन्दिर समितिले अगुवाई नै प्रचार गरिसकेको छ। यो वर्ष प्रायः मन्दिरहरू बन्द अवस्थामा रहेको अनि कोभिड-19 ले व्यापक रूपमा धार्मिक विषयलाई पनि प्रभाव पारेको कारण कुनै पनि मन्दिरमा अहिले भने भक्तहरू आवत-जावत गरेका छैनन्। पश्‍चिम दक्षिणको सिमानामा रहेको किरातेश्‍वर शिवालय मन्दिर सुनसान रहेको छ। मन्दिरमा केवल पुजारी मात्रै छन्, महामारीले भक्तहरू एउटा धुप समेत लिएर मन्दिर पुग्न सक्दैनन्। कोरोना साम्य भएपछि मात्रै प्रायः रूपमा विभिन्न धार्मिक स्थलहरू खुल्ला हुने देखिएको छ। लेगसेप किरातेश्‍वर शिवालय मन्दिरमा राज्य भरीका भक्तहरू श्रावन महिनामा भेला भएर जल अर्पण गर्ने अनि पूजा गर्ने कार्यक्रम ठप्प भएको छ। पवित्र पोखरी खेचिपेरीबाट जल लिएर यसै मन्दिरमा पुराउने गर्थे भक्तहरू। श्रावन महिना लेगसेप मन्दिरमा जल चढ़ाउने कार्यले यहाँको बजार पनि धेरै चल्ने अनि व्यापार व्यावसाय हुने गर्थ्यो यो सबै मन्द अवस्थामा रहेको बताएका छन्।