सामुहिक लडाईं लडेर नै कोरोनालाई पराजित गर्ने पवन चामलिङको सल्लाह

सामुहिक लडाईं लडेर नै कोरोनालाई पराजित गर्ने पवन चामलिङको सल्लाह

गान्तोक, 15 जुलाई। पूर्व मुख्यमन्त्री एवं एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले राज्यमा अचानक कोभिड-19 मामिला बढेपछि सामुदायिक स्तरमा यसले ठूलो चिन्ता उत्पन्न भएको र विशेष गरी रङ्गेली र रिनाक क्षेत्रका मानिसहरूले भयावह स्थितिको सामना गरिरहेको कुराले आफूलाई चिन्तित बनाएको बताएका छन्। केही दिनअघिसम्म शून्य मामिलाका रूपमा परिचित सिक्किममा अहिले 200 अधिक मामिला र सार्वजनिक क्षेत्रमा कोरोना प्रसारणले राज्य प्रशासन र ग्रेफको ठूलो लापार्वाहीको पोल खोलेको बताएका छन्। पार्टी अध्यक्ष पवन चामलिङले सार्वजनिक कष्टप्रति सरकार संवेदनशील नभएको अनि हेलचेक्ˆयापूर्वक दिशानिर्देशहरू जारी गर्ने प्रशासनको कार्य अर्को चिन्ताजनक विषय रहेको बताएका छन्। पार्टी अध्यक्ष पवन चामलिङले निजी वाहन र दुई चक्के वाहनलाई जुन प्रकारले प्रतिबन्ध लगाइएको छ त्यो पूर्णतय अतार्किक निर्णय रहेको पनि बताएका छन्। यसरी नै रेड जोन नभएको क्षेत्रमा पनि अन्तरजिल्ला परिवहनमाथि अचानक प्रतिबन्ध लगाउने कुरा पनि संदिग्ध छ भनेका छन्। कतिपय मानिस आफ्नो घरदेखि बाहिर फँसेको, अड इभन नियमका कारण सार्वजनिक परिवहनमा सिमित टेक्सी सेवाले पनि यात्रीहरूलाई अझ धेरै जोखिमको स्थिति भइरहेको पनि उनले बताएका छन्। पवन चामलिङले संक्रमितहरूको सम्पर्कमा आउनेहरूको तत्काल खोजी गरेर व्यापक परिक्षण गराउन पनि सरकारलाई अऩुरोध गरेका छन्। पार्टी अध्यक्ष पवन चामलिङले खराब प्रशासनिक प्रदर्शन भए पनि सरकारसित मिलेर सहयोग जारी राख्ने नागरिकहरूलाई आह्वान पनि गरेका छन्। सरकारको फसेलालाई निरन्तर सहयोग गर्ने र सामुहिक लडाईं लडेर… Read More

सिक्किममा कोभिड-19 पछिको आर्थिक महामारी

सिक्किममा कोभिड-19 पछिको आर्थिक महामारी

राज्य सरकारले पहिला राज्यको वित्तीय स्थितिबारे तस्वीर स्पष्ट पार्नु पर्छ : प्रवक्ता सुब्बा – ग्रामीण संकटलाई राहतमा प्राथमिकता दिनुपर्छ। – बेरोजगार पञ्जीकरण केन्द्र स्थापना गर्नुपर्छ। – व्यावसायिक वाहन चालकहरूलाई राहत प्रदान गर्नुपर्छ। – ब्याङ्कको ऋण किस्ती भुक्तानीमा स्थगन गर्नुपर्छ। गान्तोक, 14 जुलाई। एसडीएफ पार्टीका मुख्य प्रवक्ता एमके सुब्बाले सिक्किममा कोभिड-19 पछिको सम्भावित आर्थिक महामारी विषय सरकारको ध्यानाकर्षण गराउँदै महत्वपूर्ण सुझाव राखेका छन्। सिक्किम राज्यमा कोभिड-19 पछिको आर्थिक महामारी विषय समय दैनिकसित आफ्नो विचार र सुझाव साझा गर्दै एसडीएफ पार्टीका मुख्य प्रवक्ता एमके सुब्बाले राज्य सरकारले सबैभन्दा पहिला राज्यको वित्तीय स्थितिबारे तस्वीर स्पष्ट पार्नु पर्छ भनेका छन्। प्रवक्ता सुब्बाले कोभिड-19 महामारी अघि र पछिको वित्तीय घाटा निर्धारित गर्नुपर्ने सुझाव राखेका छन्। यसरी नै सरकारले वस्तु एवं सेवा कर (जीएसटी) पेट्रोलियम उत्पादमाथि लाग्ने कर, मद-मदिरामाथि आबकारी मुद्रा महसुल तथा पञ्जीकरण शुल्क, वाहनहरूमाथि कर, विद्युतमाथि कर एवं महसुलका साथै गैर राजस्वबाट राज्यको राजस्व प्राप्त निर्धारित गर्नुपर्ने आवश्यकतामाथि पनि प्रवक्ता सुब्बाले जोड दिएका छन्। सिक्किम सरकारले यस चुनौतीपूर्ण समयमा आफ्नो संसाधन बढ़ाउँदै परिचालन गर्ने उपायहरू खोज्नु पर्ने पनि प्रवक्ता सुब्बाको सुझाव छ। उनले भनेका छन्, प्रधानमन्त्रीद्वारा 12 मईको दिन घोषित रु. 20.17 लाख करोडको आर्थिक उत्प्रेरक प्याकेजका साथमा वित्त मन्त्रीद्वारा 13 देखि 17 मईसम्म पाँच किस्तीमा विभाजित गर्दै विस्तारपूर्वक जानकारी दिएको दुई महीनाभन्दा धेरै… Read More