तृणमूलको कथित हत्याकारी राजनीतिविरुद्ध केन्द्रलाई गुहार्दै बङ्गाल भाजपा

तृणमूलको कथित हत्याकारी राजनीतिविरुद्ध केन्द्रलाई गुहार्दै बङ्गाल भाजपा

नयाँ दिल्ली, १४ जुलाईः उत्तर दिनाजपुर जिल्लाको हेमताबादका भाजपा विधायक देवेन्द्र नाथ रे-को रहस्यमय मृत्युलाई केन्द्र गरी आज भाजपाका बङ्गाल प्रभारी कैलाश विजयवर्गीयको नेतृत्वमा भाजपाको एउटा टोलीले राष्ट्रपति रामनाथ कोविन्द र गृहमन्त्री अमित शाहसँग भेट गऱ्यो।टोलीमा सह-प्रभारी अरविन्द मेनन; पर्यावरण, वन एवं जलवायु परिवर्तन राज्यमन्त्री बाबुल सुप्रियो, राज्यसभा सांसद स्वपन दासगुप्त र राजु बिष्ट सामेल थिए।भाजपाले तृणमूल कङ्ग्रेसका ‘गुण्डाहरू’ -ले भाजपा विधायक रे-को हत्या गरेको दावी गर्दै सीबीआई जाँचको माग गर्दै आइरहेको छ। आज यसै सन्दर्भमा भाजपाको यो शीर्ष टोलीले राष्ट्रपति र गृहमन्त्रीलाई भेट गरेको हो।सांसद राजु बिष्टले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएअनुसार टोलीले राष्ट्रपति र गृहमन्त्रीलाई बङ्गालमा लगातार भाजपा कार्यकर्ताहरू तृणमूल कङ्ग्रेसको राजनीतिक हिंसाको शिकार भइरहेको अवगत गरायो।‘हामीले गृहमन्त्रीलाई पश्चिम बङ्गाल राज्यमा तृणमूल कङ्ग्रेसले कसरी विशेषगरी भाजपा नेताहरू र कार्यकर्ताहरूविरुद्ध हिंसा र हत्याको राजनीति गर्न जारी राखेको छ भनी अवगत गरायौं। हेमताबादका विधायक देवेन्द्रनाथ रे-लाई झुण्ड्याएर भयानक ढङ्गले गरिएको हत्याले तृणमूल कङ्ग्रेसद्वारा फिँज्याइएको जघन्य हत्याको सिलसिलामा एक अर्को कड़ी थपेको छ’, बिष्टले विज्ञप्तिमा थप भनेका छन्, ‘तृणमूल कङ्ग्रेसले यसैप्रकारले भाजपाका अन्य कार्यकर्ताहरू जस्तै पुरुलियाका त्रिलोचन महतो र दुलाल कुमारको हत्या गरेको थियो। पश्चिम बङ्गाल पुलिसले ती हत्याहरूलाई आत्महत्याको नाम दिने प्रयास समेत गरेका थिए।’उनका अनुसार टोलीले गृहमन्त्रीलाई हालैका वर्षहरूमा तृणमूल कङ्ग्रेसद्वारा १०५ भन्दा बढ़ी भाजपा कार्यकर्ताको हत्या… Read More

स्थायी राजनैतिक समाधान र चुनाउ

स्थायी राजनैतिक समाधान र चुनाउ

अब फेरि स्थायी राजनैतिक समाधानको आवाज गुञ्जिन शुरू भयो। गत लोकसभा चुनाउ आउनअघि वर्तमान केन्द्रको सत्तारूढ़ दल भारतीय जनता पार्टीले आफ्नो संकल्प पत्र अर्थात चुनावी घोषणा पत्रमा दार्जीलिङको लागि स्थायी राजनैतिक समाधान गरिदिने वचन दिएको थियो। जसलाई हेरेर दार्जीलिङ पहाड़का केवल एउटा राजनैतिक पार्टी छोड़ेर सबै पार्टीहरूले भाजपाको उक्त वचनलाई शिरमा राखेर उक्त चुनाउमा दार्जीलिङ लोकसभा आसनबाट उम्मेद्वारका रूपमा उठाइएका राजु विष्टलाई जोड़तोड़ले समर्थन जनाएका थिए अनि राजु विष्टलाई ऐतिहासिक मतान्तरले जिताएर संसद पठाउने कार्य गरेका थिए। जसमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, विमल गुरूङपन्थी गोर्खा जनमुक्ति मोर्चा, क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी, गोर्खालण्याण्ड निर्माण मोर्चा, प्रताप खातीपन्थी अखिल भारतीय गोर्खालीग साथै अन्य साना-ठूला राजनैतिक-अराजनैतिक संघ-संस्थाहरू सामेल थिए। तर विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले आफ्नो पार्टीका वरिष्ठ नेता एवं तत्कालीन दार्जीलिङका विधायक अमरसिंह राईलाई तृणमूल कंग्रेस उम्मेद्वारका रूपमा राजु विष्टको विरूद्ध चुनावी मैदानमा खड़ा गराएर भाजपालाई हराउने प्रयास गरेको थियो। तर त्यस चुनाउमा अमरसिंह राई नराम्रोघतले पराजित भए भने राजु विष्ट ऐतिहासिक मतान्तरले जितेर संसद पुगे। यति मात्रै होइन, राजु विष्टले आफ्नो चुनावी प्रचारको अन्तिम दिन स्थानीय चौरास्तामा आयोजित एक जनसभालाई सम्बोधन गर्दै स्थायी राजनैतिक समाधानको रूपमा अलग राज्य गोर्खाल्याण्ड नै ल्याउने पनि वचन दिएका थिए। समय बित्दै जाँदैछ। यसै क्रममा राजु विष्टलाई सांसद बनाएर पठाउनमा अहम भूमिका निर्वाह गर्ने गोर्खा राष्ट्रिय… Read More

राज्यका विभिन्न स्थानमा भानु जयन्ती पालन

राज्यका विभिन्न स्थानमा भानु जयन्ती पालन

गान्तोक, 13 जुलाई (हिस)। आदिकवि भानुभक्त आचार्यको 206औं जन्म जयन्ती सोमबार राजधानी गान्तोकको जिरो पोइन्टस्थित भानु उद्यानमा मनाइयो। यस अवसरमा नेपाली साहित्य परिषदद्वारा आयोजित कार्यक्रममा राज्यपाल गंगा प्रसाद मुख्य अतिथिका रूपमा उपस्थित थिए। यस अवसरमा मुख्यमन्त्री, विधानसभा अध्यक्ष, विधायकगण, लोकसभा सांसद आदि पनि उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि राज्यपाल गंगा प्रसादले आदिकवि भानुभक्तको जीवनमाथि प्रकाश पारेका थिए। उनले नेपाली भाषाको विकासमा भानुभक्तले पुर्‍याएको योगदानमाथि आफ्ना कुराहरू राखेका थिए। रामायणले युगौंसम्म मानिसहरूलाई प्रेरणा दिइरहनेछ भन्दै उनले युवाहरूलाई आदिकवि भानुभक्तका महान कार्यबाट प्रेरणा लिन आह्वान गरे। तादोङ विद्यालय राजधानी गान्तोकस्थित तादोङ वरिष्ठ माध्यमिक विद्यालयले आज अनलाइन भानु जयन्ती पालन गर्‍यो। प्रधानाध्यापक श्रीमती डीएल जिम्बाको मार्गदर्शन एवं विद्यालयका नेपाली भाषा शिक्षक-शिक्षिकाहरूको सक्रियतामा भानुभक्त आचार्यलाई श्रद्धाञ्जली स्वरूप अनलाइन रामायण पाठ र कविता पाठ गरियो। साहित्य एवं संस्कृतिप्रति रूची राख्ने विद्यार्थीहरूको चाहनालाई मध्यनजर गर्दै आयोजित अनलाइन भानु जयन्तीमा सुश्री स्वेच्क्षा राई, शर्मिला शर्मा, निहा छेत्री र पुष्पालता गुरूङले रामायण गरे भने सुश्री आकांक्षा तामाङले सुमधुर भायोलिन बजाएकी थिइन्। सुश्री गंगा विश्वकर्माले भानुभक्त कृत ‘प्रश्न उत्तर’ कविता पाठ गरिन् भने सुश्री प्रिय शर्मा, सुश्री स्मीता शर्मा, सुश्री तुल्सी शर्मा र आदित्य अधिकारीले स्वरचित कविता पाठ गरेका थिए। अनलाइन व्यवस्थापनको सम्पूर्ण कार्य नेपाली भाषा शिक्षक त्रिभुवन ढकालले गरेका थिए। कोभिड-19 का कारण विद्यालय बन्द रहेको… Read More

दरामदिनलाई दिगो आय स्रोतको पूर्वाधार दिने पवन चामलिङको परिकल्पना हो

दरामदिनलाई दिगो आय स्रोतको पूर्वाधार दिने पवन चामलिङको परिकल्पना हो

जीएस रिजाल, दरामदिन, प. सिक्किम गान्तोक, 13 जुलाई। पवन चामलिङको नेतृत्वमा सिक्किमले सर्वाङ्गीण विकास गर्न सफलता प्राप्त गरेको हो। विविध क्षेत्रमा भएको उल्लेखयोग्य विकासमध्ये पर्यटन एउटा हो। पर्यटन यस्तो क्षेत्र हो जहाँ एकपल्ट निवेष गरेपछि हजार जुनिसम्मका लागि आयको दिगो स्रोत बन्दछ। पर्यटन क्षेत्रमा कति विकास भएको छ भनेर म यहाँ धेरै बखान गर्दिन तर मेरो घरको नजिकमा एसडीएफ सरकारले निर्माण गरेको पूर्वाधार सर्वधर्म केन्द्र दरामदिनको बारे केही भन्छु। यसलाई धेरैले सत्य साई मन्दिर दरामदिन भनेर चिन्छन्। स्वर्गीय लालबहादुर प्रधानको परिवार अनि यज्ञप्रसाद रिजालको परिवारले यो मन्दिर निर्माणका लागि जमीन दान गरेका थिए। पछि मन्दिरको अघिल्लो भागमा पर्ने जमीन स्वर्गीय इलाहाङ सुब्बाको परिवारबाट किनेर मूल सड़कदेखि मन्दिरसम्म बाटो निर्माण गर्न सकियो। साई मन्दिरको निर्माण गर्ने विषय जनताको माग थिएन। यहाँ दूरदर्शी नेतृत्व पवन चामलिङले एउटा भव्य साई मन्दिर निर्माण गर्ने सपना बोकेर दरामदिनका साई भक्तिहरूलाई बोलाएका थिए। यो वर्ष 2002 दिसम्बर महिनाको कुरा हो। उनले साई भक्तिहरूलाई पश्‍चिम सिक्किममा एउटा राज्यको नै अद्वितीय पूर्वाधार बनाउने कुरा गर्दै नागरिकहरूलाई निर्माण स्थल उपलब्ध गराउने सल्लाह दिएका थिए। सोहीअनुरूप यो पवित्र कार्यका लागि दरामदिनका दुई परिवारले जमीन दान गर्ने निर्णय गरेका थिए। निर्माण कार्यका लागि जमीन दानमा दिन दुई परिवारका सदस्यहरूले सम्झौतामा हस्ताक्षर गरेका थिए। त्यसताक लालबहादुर प्रधानका छोरा मणि प्रधानको अध्यक्षतामा दुई… Read More

पैह्रो प्रभावित परिवारलाई तारपोलिन प्रदान

पैह्रो प्रभावित परिवारलाई तारपोलिन प्रदान

गेजिङ, 13 जुलाई। पश्‍चिम सिक्किमको माङसारी मंगरजुङ जीपीयूअन्तर्गत वार्ड न. 1 नेसुर गाउँ लुङथुङका पञ्चायत ज्ञानबहादुर तामाङले पैह्रो प्रभावित परिवारलाई तारपोलिन प्रदान गरेका छन्। पैह्रोको कारण समवेदनशील भएको घरलाई सुरक्षा दिने उद्देश्यमा यो तारपोलिन प्रदान गरिएको छ। यसरी नै ज्ञानु डेकोरेटर्स एण्ड क्याटरिङ सोरेङको तर्फबाट वार्ड न. 2 सुन्तले बगानबारीका टेकबहादुर खड्काको घर नजिक गएको पैह्रोलाई सुरक्षा गर्न पनि तारपोलिन प्रदान गरिएको छ।

2 दिने पर्वको रूपमा पालन गर्नुपर्छ भानु जयन्तीः अनित

2 दिने पर्वको रूपमा पालन गर्नुपर्छ भानु जयन्तीः अनित

दार्जीलिङ, 13 जुलाई। जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन) अध्यक्ष अनित थापाले अर्को वर्षदेखि दार्जीलिङ पहाड़मा भानु जयन्तीलाई दुई दिवसीय पर्वको रूपमा पालन गर्नुपर्ने सबैसित अपील गरे। यति मात्रै होइन, दार्जीलिङ पहाड़मा क्षेत्रीय प्रशासन, राज्य सरकार अनि नेपाली साहित्य संस्थानले एकजुट बनेर भानु जयन्ती पालन गर्न शुरू गरेकामा पनि उनले खुशी व्यक्त गरे। आज स्थानीय चौरास्तास्थित भानु सालिगअघि सूचना एवं सांस्कृतिक विभाग पश्‍चिम बंगाल सरकार, सूचना एवं सांस्कृतिक विभाग जीटीए र नेपाली साहित्य सम्मेलनले संयुक्तरूपमा पालन गरेको आदिकवि भानुभक्त आचार्यको 206औं जन्म जयन्ती समारोहलाई सम्बोधन गर्दै जीटीए अध्यक्ष अनित थापाले भने, सबै एकजुट भएर गरेको कार्य सधैं नै सफल हुन्छ। यसैले आगामी दिनमा पनि भानु जयन्तीलाई सबैले एकजुट बनेर नै पालन गर्न आवश्यक छ। विगत केही वर्षअघिसम्म दार्जीलिङ पहाड़मा नेपाली साहित्य सम्मेलनले आफ्नैप्रकारले भानु जयन्ती पालन गर्थ्यो भने जीटीएको सूचना एवं सांस्कृतिक विभागले अलगै आफ्नै तरिकाले भानु जयन्ती पालन गरिरहेको थियो। त्यति मात्रै होइन, पश्‍चिम बंगाल सरकारको सूचना एवं सांस्कृतिक विभागले पनि आफ्नो ढङ्गमा भानु जयन्ती पालन गर्ने गरेको थियो। जसको कारण दार्जीलिङ पहाड़का साहित्यकार तथा भाषाविदहरू पनि विभिन्न निमन्त्रणाको कारण अन्यौलमा पर्ने गर्थे। यसैकारण गत वर्षदेखि जीटीएको पहलमा सबैले एकजुट बनेर भानु जयन्ती पालन गर्न शुरू गरिएको हो। उनले भने, आदिकवि भानुभक्त आचार्य एकजना हुन्, दार्जीलिङको चौरास्तामा उनको एउटै सालिग छ… Read More

मिरिक महकुमाका अग्रपंक्तिका कोरोना योद्धाहरू सम्मानित

मिरिक महकुमाका अग्रपंक्तिका कोरोना योद्धाहरू सम्मानित

मिरिक 13 जुलाई मिरिक महकुमाका अग्रपंक्तिका कोरोना योद्धाहरूलाई आदिकवि भानुभक्त आचार्यको 206औं जन्मजयन्तीको अवसरमा सम्मानसहित प्रमाण-पत्र प्रदान गरियो। मिरिक महकुमा अधिकारी अश्विनी कुमार रोयको विशेष पहलमा मिरिक प्रेस क्लबका सञ्चार कर्मीहरू रोशन राई, दीप मिलन प्रधान, यवन गुरुङ, बालकृष्ण शर्मा, विशाल लामा, मनोहर शर्मा, अरुण खवास, विकास प्रधान, प्रणु प्रधान अनि प्रेस क्लबका संरक्षक दधिराम घिरिरे सम्मानित भए। सञ्चार कर्मीहरूअतिरिक्त मिरिक स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मीहरू, मिरिक नगरपालिकाको स्वस्थ्य कर्मीहरू, मिरिक इनिसिएटिवका कार्यकर्ताहरू, सेल्फ हेल्प ग्रुपका स्वयंसेवीहरू अनि विभिन्न सङ्घ संस्थाका अग्रणी कार्यकर्ताहरू समाजलाई बचाउन अनि मिरिक महकुमालाई नै बचाउन आफ्नो जीवनको पर्वाह नगरी कार्यरत रहेकाले सम्मानित गरिएको हो। महकुमा अधिकारीले मिरिक नगर प्रशासन, स्वस्थ्य केन्द्र, पारिजात सङ्घ अनि विभिन्न सङ्घहरुलाई संलग्न गराएर आदिकवि भानु जयन्तीको अवसरमा कोरोना भाइरसको विरुद्ध एउटा योद्धाको रूपमा शपथ ग्रहण पनि गराइयो। शपथ ग्रहण मिरिक नगरपालिका, मिरिक स्वास्थ्य केन्द्र, पारिजात सङ्घ, मिरिक प्रेस क्लब, सेल्फ हेल्प ग्रुपहरूको सङ्घ अनि उपसङ्घहरूले शपथ ग्रहण गरे भने मिरिक प्रेस क्लबले पनि शपथ ग्रहण प्रेस क्लब कार्यालयमा गरे। यस अवसरमा प्रेस क्लबका अध्यक्ष दीपमिलन प्रधान, उपाध्यक्ष रोशन राई अनि सहसचिव मनोहर शर्माले आ-आफ्नो विचार व्यक्त गरेका थिए।

विभिन्न कार्यक्रमसितै भानु जयन्ती पालन

विभिन्न कार्यक्रमसितै भानु जयन्ती  पालन

दीपमिलन प्रधान मिरिक, 13 जुलाई। मिरिकमा आज विभिन्न कार्यक्रम माझ 206 औं भानु जयन्ती पालन गरियो। कोरोना माहमारीमाझ पनि साहित्यकारहरूको बिशेष उपस्थितिमा शारीरिक दुरत्वलाई कायमराख्दै पालन गरिएको भानु जयन्ती कार्यक्रम आज मिरिक नगरपालिका कार्यलयमा भब्यरूपमा सम्पन्न भयो। नगरपालिका अध्यक्ष एलबि राईको मुख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा नगरपालिकाका कर्मचारीहरू अनि सन्चारकर्मीहरूले आदिकवी भानुभक्त आचार्यको तस्बिरमा दिपधुप प्रज्ज्वलन गरि सम्मान चडाए। यसरीनै, मिरिक प्राथमिक खण्ड स्वास्थ्य केन्द्रमा पनि बिएमओएच डाक्टर टाशी लामाको अध्यक्षतामा भानु जयन्ती पालन गरियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा मिरिक महकुमा अधिकारी अश्विनी कुमार रोय उपस्थित थिए जब कि बिशिस्ट अतिथिमा डिएमडसि मृदुल श्रीमोनी, महकुमा आपदा प्रबन्धन अधिकारी पार्थ सारथि उपस्थित थिए। यस अवसरमा मिरिक खण्डका 84 जना आशाकर्मीहरूलाई कोविड वारियर्सको रूपमा सम्मान जनाइयो। यसरीनै मिरिक बजार ब्यवासायी संगठन भवनमा पारिजात संघको आयोजनामा भानु जयन्ती भब्य कार्यक्रम माझ पालन गराइयो। पारिजात संघका अध्यक्ष श्रीमती बुद्ध तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका सदस्यहरुले रामायण पाठ गरे भने कोभिड वारियर्सको रूपमा मिरिक प्रेस क्लबका अध्यक्ष दीप मिलन प्रधान, महासचिव यवन गुरुङ लगायत सम्पुर्ण सदस्यहरुलाई सम्मानित गरियो। अर्पना पाखरीनद्वारा सन्चालित कार्यक्रममा मिरिक महकुमा अधिकारी अश्विनि कुमार रोय, नगरपालिका अध्यक्ष एलबी राई, वरिष्ठ समाजसेवी दधिराम घिमिरे, ब्यवसायी संगठनका अध्यक्ष सौराज गोले, मनिटेरिङ कमिटीका अध्यक्ष-सेवन राई, मिरिक थानाका एसआई सुरज लोहार लगायत अन्य बिशिस्ट अतिथिको रूपमा उपस्थित… Read More

खरसाङमा दुइ चरणमा भानु जयन्ती पालन

खरसाङमा दुइ चरणमा भानु जयन्ती पालन

खरसाङ,13 जुलाई। आदिकवि भानुभक्तको 206औं जन्म जयन्ती आज खरसाङमा पनि गोर्खल्याण्ड क्षेत्रीय प्रशासन, सूचना एवं सांस्कृतिक विभाग अनि गोर्खा जनपुस्तकालयको संयुक्त आयोजनामा दुई चरणमा सम्पन्न गरियो। कोभिड-19 को महामारीलाई ध्यानमा राखेर यस वर्ष यो समारोह साधरण रूपमा सामाजिक दुरी अनि सरकारको नियमलाई पालन गर्दै आयोजना गरियो। कार्यक्रमको प्रथम चरणको कार्यक्रम यहाँको पंखाबारी रोडमा अवस्थित जातिय विभूति उद्यानमा त्यहाँ अवस्थित आदिकवि भानुभक्तको सालिगमा धूप-दीप बालेर अनि पुष्प अर्पण गरेर कविलाई श्रद्धाञ्जली अर्पण गरियो। त्यहाँ जीटीए सूचना एवम् सांस्कृतिक विभागका कलाकारहरूद्वारा रामायण पाठ गरे भने समारोहमा उपस्थित समारोहका विशिष्ट अतिथि खरसाङ नगरपालिका अध्यक्ष कृष्ण लिम्बु, जीटीए बीओए सदस्यद्वय अनु प्रधान अनि जैतुन निशा, पूर्व खरसाङ नगर पार्षद पेमेन्द्र गुरूङ, खरसाङ महाविद्यालयका प्राध्यापक योगेश खाती लगायत उपस्थित विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू तथा साहित्यकारहरूले श्रद्धा सुमन अर्पण गरे। दोस्रो चरणको कार्यक्रम गोर्खा जनपुस्तकालयको डा. पारसमणि प्रधान प्रेक्षागृहमा पुस्तकालयका अध्यक्ष पूर्ण गुरूङ निरूपमको अध्यक्षतामा सम्पन्न गरियो। पुस्तकालयका सचिव बिनोद रसाईलीले संचालन गरेको समारोहमा जीटीए सूचना एवम् सांस्कृतिक विभागका कलाकारहरूद्वारा रामायण पाठ, गीत आदि प्रस्तुत गरियो भने स्थानीय कविहरू रचना राई अनाकार, बालकृष्ण थामी अनि प्रदीप शेर्पाले कविता पाठ गरे अनि वरिष्ट नागरिक एचएस बस्नेतले सुन्दर ढङ्गमा रामायण पाठ गरे तथा प्राध्यापक योगस खातीले आदिकवि भानुभक्त आचार्यमाथि वार्ता प्रस्तुत गरे। समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कृष्ण लिम्बुले… Read More