एसडीएफको सफलतालाई ईर्ष्याले जित्नसक्दैन

एसडीएफको सफलतालाई ईर्ष्याले जित्नसक्दैन

लब्धप्रतिष्ठ मोटिभेशनल स्पीकर शिव खेड़ाले आफ्नो बहुचर्चित पुस्तक ‘यु क्यान विन्’ –मा एक ठाउँमा भनेका छन् – ‘मानिसहरू कुनै सफल व्यक्तिको जीवनलाई देखेर ईर्ष्या गर्दछन् तर उनीहरू ती व्यक्तिको जीवनको सङ्घर्षशील पाटोलाई देख्दैनन्।’ हाम्रा अधिकांश मानिसहरू कुनै सफल व्यक्तिलाई देखेर भनिरहेका हुन्छन् – ‘परै कति भाग्यमानी!’ यो सामाजिक चिन्तनको दोष हो। सफल मानिसहरूलाई देखेर उसको नक्कल गर्ने हुँदा समाज बिग्रिन्छ। मान्छेको सङ्घर्षको पाटोलाई बिर्सेर कुनै सफल व्यक्तिले झैं सफलता प्राप्त गर्ने, त्यसका लागि छोटो बाटो (शर्टकट) खोज्ने प्रवृत्तिले समाजमा अपराध, हिंसा बढ़ेर जान्छ, संस्थाहरू बिग्रेर जान्छ र एउटा श्रमविरोधी संस्कृति हावी भएर जान्छ। सिक्किमको राजनीतिमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अनि पवन चामलिङ एक सफल नाम हो। एसडीएफ अनि पवन चामलिङ सफल मात्र होइन, सफलसँगै असल गुणहरूको सफलताको कथा हो। सबै सफलहरू असल हुन्छन् भन्ने हुँदैन, उसरी नै सबै असलहरूले सफल बन्ने सौभाग्य हासिल गर्दैनन्। सिक्किमको राजनैतिक इतिहासमा सफलता र असलताको यो सुखद संयोगले सिक्किम र सिक्किमे जनताको जीवनमा सकारात्मक अनि क्रान्तिकारी उपलब्धिहरू ल्याइदियो। सिक्किमको राजनीतिमा 25 वर्ष लगातार सरकार सञ्चालन गर्नु एसडीएफ पार्टीको यो एउटा यस्तो सफलता हो, जुन आजसम्म देशमा कुनै पनि राजनैतिक पार्टीले हासिल गर्नसकेको छैन। यसका साथै एसडीएफ अध्यक्ष पवन चामलिङले लगातार 25 वर्ष मुख्यमन्त्रीत्व गर्नु एउटा असाधारण सफलता हो, जुन आजको दिनसम्म भारतको कुनै राजनेताले हासिल… Read More

भानु जयन्तीको शुभकामना

भानु जयन्तीको शुभकामना

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यज्यूको २०६औँ जन्म जयन्तीको अवसरमा विश्वभरीका समग्र नेपाली भाषीहरूलाई मेरो हार्दिक शुभकामना। अनि आदिकविज्यूलाई समस्त भारतभरीका गोर्खा समुदायका साथ मेरो तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। भारतभर छरिएका गोर्खा समुदायलाई एक सूत्रमा बाँध्ने हाम्रो नेपाली भाषा र संस्कृति नै हो। विभिन्न जाति एवम् जनजातिले मिलेर बनेको हाम्रो गोर्खा समुदायको सम्पर्क भाषा हो नेपाली। यो नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउनका लागि भएको आन्दोलनमा समग्र गोर्खा समुदाय एकबद्ध भएका थिए र नेपाली भाषालाई सन् १९९२ मा भारतको संविधानको आठौँ अनुसूचीमा एक समृद्ध भाषाको रूपमा मान्यता दिइएको हो। संविधानद्वारा मान्यताप्राप्त २२ भारतीय भाषाहरूमध्ये नेपाली भाषा एक हो। हामीले हाम्रो भाषालाई अङ्गालेर यसको विस्तारका लागि अगाड़ि बढ्नुपर्ने यही समय हो – मेरो युवाहरुप्रति अपिल छ तपाईंको स्कूल वा कलेजमा नेपाली विषय अवश्य रोज्नुहोस्, नेपाली किताबहरू पढ्नुहोस्, नेपाली रचनाकारहरूको अनुगमन गर्नुहोस्, साहित्यलाई प्रोत्साहन दिनुहोस्, अनि हाम्रो अस्तित्वलाई चिह्नारी दिने भाषाको सम्बर्धनका लागि आफ्नो योगदान गर्नुहोस्। हाम्रो भाषा, हाम्रो संस्कृति, र हाम्रो विरासत अब हाम्रो जिम्मेबारी हो र यसलाई आजभन्दा बढी राम्रो बनाउने कर्तव्य हाम्रो हो। जुलाई २०१९ मा केन्द्रीय संस्कृति मन्त्रीसित असम नेपाली सम्मेलनसहित मेरो भेटको दौरान हामीले अनुरोध गरेका थियौँ र मन्त्रालयले तुरन्तै नेपाली भाषालाई संस्कृति मन्त्रालयको वरिष्ठ फेलोशिप अनुदान योजनामा नेपालीलाई सामेल गर्ने घोषणा गऱ्यो। मलाई आशा छ, हाम्रा विद्यार्थीहरूले… Read More

2 दिने पर्वको रूपमा पालन गर्नुपर्छ भानु जयन्तीः अनित

दार्जीलिङ, 13 जुलाई। जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन) अध्यक्ष अनित थापाले अर्को वर्षदेखि दार्जीलिङ पहाड़मा भानु जयन्तीलाई दुइ दिवसीय पर्वको रूपमा पालन गर्नुपर्ने सबैसित अपील गरे। यति मात्रै होइन, दार्जीलिङ पहाड़मा क्षेत्रीय प्रशासन, राज्य सरकार अनि नेपाली साहित्य संस्थानले एकजुट बनेर भानु जयन्ती पालन गर्न शुरू गरेकामा पनि उनले खुशी व्यक्त गरे। आज स्थानीय चौरास्तास्थित भानु सालिगअघि सूचना एवं सांस्कृतिक विभाग पश्चिम बंगाल सरकार, सूचना एवं सांस्कृतिक विभाग जीटीए र नेपाली साहित्य सम्मेलनले संयुक्तरूपमा पालन गरेको आदिकवि भानुभक्त आचार्यको 206औं जन्म जयन्ती समारोहलाई सम्बोधन गर्दै जीटीए अध्यक्ष अनित थापाले भने-सबै एकजुट भएर गरेको कार्य सधैं नै सफल हुन्छ। यसैले आगामी दिनमा पनि भानु जयन्तीलाई सबैले एकजुट बनेर नै पालन गर्न आवश्यक छ। विगत केही वर्षअघिसम्म दार्जीलिङ पहाड़मा नेपाली साहित्य सम्मेलनले आफ्नैप्रकारले भानु जयन्ती पालन गर्थ्यो भने जीटीएको सूचना एवं सांस्कृतिक विभागले अलगै आफ्नै तरिकाले भानु जयन्ती पालन गरिरहेको थियो। त्यति मात्रै होइन, पश्चिम बंगाल सरकारको सूचना एवं सांस्कृतिक विभागले पनि आफ्नो ढङ्गमा भानु जयन्ती पालन गर्ने गरेको थियो। जसको कारण दार्जीलिङ पहाड़का साहित्यकार तथा भाषाविदहरू पनि विभिन्न निमन्त्रणाको कारण अन्यौलमा पर्ने गर्थे। यसैकारण गत वर्षदेखि जीटीएको पहलमा सबैले एकजुट बनेर भानु जयन्ती पालन गर्न शुरू गरिएको हो।उनले भने-आदिकवि भानुभक्त आचार्य एकजना हुन्, दार्जीलिङको चौरास्तामा उनको एउटै सालिग छ अनि उनको जन्म… Read More

संयुक्त राष्ट्रको उच्च स्तरीय राजनीतिक मञ्चमा नीति आयोगद्वारा भारतको दोस्रो स्वैच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत

संयुक्त राष्ट्रको उच्च स्तरीय राजनीतिक मञ्चमा नीति आयोगद्वारा भारतको दोस्रो स्वैच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत

कार्वाहीपूर्ण दसक : एसडीजीलाई वैश्‍विकदेखि स्थानीयसम्म पुर्‍याउँदै नामक प्रतिवेदनको लोकार्पण नयॉं दिल्ली, १३ जुलाई, २०२०| नीति आयोगद्वारा संयुक्त राष्ट्र उच्च स्तरीय राजनीतिक मञ्चमा (एलएचपीएफ) वहनीय विकासको सम्बन्धमा दोस्रो स्वैच्छि राष्ट्रिय समीक्षा (भीएनआर) प्रस्तुत गरियो| संयुक्त राष्ष्ट्रको १७ वटा वहनीय विकास लक्ष्यको प्रगति र अनुगमनको सम्बन्धमा एचएलपीएफ सबैभन्दा अग्रपङ्क्तिको अन्तरराष्ट्रिय मञ्च हो| नीति आयोगका उपाध्यक्ष डा. राजीव कुमारद्वारा उक्त भीएनआर प्रस्तुत गरियो| ‘कार्वाहीपूर्ण दसक : एसडीजीलाई वैश्‍विकदेखि स्थानीयसम्म पुर्‍याउँदै’ शीर्षकमा तयार भारतको भीएनआर २०२० प्रतिवेदन नीति आयोगका उपाध्यक्ष डा. राजीव कुमार, नीति आयोगका सदस्य डा. भीके पाउल, नीति आयोगका सीईओ अमिताभ कान्त तथा सल्लाहकार श्रीमती संयुक्त समादरद्वारा लोकार्पण गरियो| कोभिड-१९ महामारीको कारण परोक्ष रूपमा आयोजित एचएलपीएफमा, १० देखि १६ जुलाईबीच ४७ वटा सदस्य राष्ट्रले भीएनआर प्रस्तुत गर्नेछन्| संयुक्त राष्ट्रको आर्थिक एवं सामाजिक परिषद्को (ईसीओएसओसी) तत्वावधानमा एचएलपीएफको जुलाई महिनामा आठ दिनको निम्ति एचपीएलएफको वार्षिक बैठक हुने गर्दछ| एचएलपीएफमा सदस्य राष्ट्रहरूद्वारा प्रस्तुत गरिने भीएनआर कार्यसूत्र २०३० तथा एसडीजीको कार्यान्वयनको प्रगति र समीक्षासित सम्बन्धित महत्त्वपूर्ण घटक हो| राष्ट्रहरूको नेतृत्त्वमा समीक्षा स्वैच्छिक हुनका साथै सफलता, चुनौती र पढिएका पाठहरू लगायत अनुभूतिहरू साझा गर्न बैठक केन्द्रित हुने गर्दछ| मुलुकको भीएनआरको तयारीले विभिन्न सम्बन्धित हितधारकको सहभागितासहित  साझेदारीको मञ्च पनि प्रदान गर्दछ| नीति आयोगद्वारा भारतको पहिलो भीएनआर २०१७ मा तयार गरिएको थियो| भारतो भीएनआर २०२० भारतले बङलादेश, जर्जिया,… Read More