राज्यका विभिन्न स्थानमा भल-पैह्रोले धेरै क्षति,मगनमा पैह्रोले तान्यो पूर्व सांसदको घर

राज्यका विभिन्न स्थानमा भल-पैह्रोले धेरै क्षति,मगनमा पैह्रोले तान्यो पूर्व सांसदको घर

गान्तोक, 12 जुलाई। भारी वर्षाको कारण राज्यका विभिन्न स्थानमा भल-पैह्रोले धेरै क्षति पुगेको छ। चारै जिल्लामा भल-पैह्रोले ठाउँ-ठाउँमा सडक अवक्षसद्ध बनेको छ। पैह्रोले कतिपय स्थानमा खेतीबाली, अलैंची बाली, घर, गाई-गोठ, सुँगुरको खोर, कुखुराको खोर, दोकानपाठ, बिजुलीको पोल, दुध संकल्न केन्द्र र वाहनलाई पनि क्षति पुगेको छ।उत्तर सिक्किमको मगनमा पूर्व राज्यसभा सांसद सलोमन सारिङको घरलाई पैह्रोले क्षति पुराएको छ। भारी वर्षाको कारण राफोङ खोलामा लगाइएको ह्यूम पाइपमा ढुङ्गा अड़िएपछि पानी मगन बजारतर्फ फर्कियो। यसले गर्दा यो घर क्षति भएको थाहा लागेको छ। पैह्रोले घरलाई क्षति पुर्‍याएता पनि भाग्यवश कसैको ज्यान गएन। प्रशासनले अगावै यो घरमा बसोबासो गर्नेलाई सुरक्षित निकालिसकेको थियो। यो घटनामा आज बिहानदेखि नै उत्तर जिल्ला प्रशासन, आपदा प्रबन्धन टोली, राहत बल र अन्यले नागरिकहरूलाई सुरक्षित निकाल्न तथा आवश्यक सामान बाहिर ल्याउन सहयोग गरेका थिए। यसरी नै पश्‍चिम सिक्किमको विभिन्न स्थानमा पैह्रोले धेरै क्षति पुगेको छ। योक्सम-टाशीडिङअन्तर्गत आरिथाङ-चोङराङ ग्राम पञ्चायतको चुमाङ वार्डमा भारी वर्षाको कारण डुरमान लिम्बूको अलैंची बारीलाई धेरै क्षति पुगेको छ। यसरी नै मनबहादुर सिंहको घर पनि भल-पैह्रोको कारण क्षति भएको छ। पश्‍चिम जिल्लामा धेरैवटा परिवार पैह्रोले प्रभावित बनेका छन्। योक्सम-थिङलिङका जिल्ला पञ्चायत सदस्य बुद्धहाङ सुब्बाले आज पैह्रो प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। यस भ्रमणका अवसरमा स्थानीयहरूले भारी वर्षा र पैह्रोले धेरै क्षति पुगेको गुनासो गरेका छन् भने… Read More

206औं भानु जयन्तीको उपलक्ष्यमा पूर्व मुख्यमन्त्री एवं एसडीएफ अध्यक्ष पवन चामलिङको शुभकामना

file photo गान्तोक, 12 जुलाई। 206औं आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको उपलक्ष्यमा पूर्व मुख्यमन्त्री एवं एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले सिक्किमे जनतालाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन् – आदिकवि भानुभक्त आचार्यलाई नेपाली जातीय कवि भनेर मूल रूपमा मानिन्छ। किनभने, कवि भानुभक्त आचार्यले नै बाल्मिकी रामायणको अनुवाद गरेर नेपाली जातिलाई भाषिक रूपमा एक सूत्रमा बाँध्ने काम गरेका छन्। उनको योगदान साहित्यकारहरूमा सबैभन्दा ठूलो योगदान छ। कवि भानुभक्त आचार्यकै योगदानले भाषिक रूपमा नेपाली जनता एक भएका हुन्। यसका साथै उनको योगदान समाजको विविधतालाई स्वीकार गर्न र संस्कृतिको विकास गर्नका निम्ति आज पनि प्रेरणाको मूल स्रोत बनेको छ। कवि भानुभक्तको जन्म जयन्तीलाई अबउसो जातीय एकता, सद्भावना र भावनात्मक एकीकरण उत्सवका रूपमा मनाउनुपर्छ। भानुजयन्तीलाई एकीकरण दिवसको रूपमा अपनाउनु पर्ने आवश्यक भएकोले यसमा बुद्धिजीवीवर्ग, भाषा अनुरागी, बौद्धिक समाजले सोच्ने र निर्णय लिने कुरा हो। यदि भानुभक्तको जन्मलाई यसरी हाम्रो समाजको समृद्धि, हित र उद्देश्यसँग जोड़ेर मनाउने अर्थमा शुरू गरियो भने कवि भानुभक्तको योगदानलाई समयसापेक्ष र प्रासङ्गिक बनाउनसकिन्छ। यदि यसो गर्नसकिएमा आदि कविप्रति हाम्रो साँचो श्रद्धाञ्जली हुनेछ। नेपालीभाषीले आजको दिन कवि भानुभक्ति आचार्यको जीवन र योगदानबाट चिन्तन-मनन गरेर अभिप्रेरित हुने दिन पनि हो। कवि भानुभक्त आचार्य जात-जातिदेखि मुक्त भएका नेपाली जातीय कवि हुन्। नेपालीभाषीहरूलाई जात-जातमा विभाजित नभई एकीकृत… Read More

भारतीय विद्यार्थीहरू पढ्न विदेश किन न जाने

भारतीय विद्यार्थीहरू पढ्न विदेश किन न जाने

सलमा, कोरोनाका कारण अमेरिकामा पनि अधिकांश कलेज र विश्वविद्यालयहरूमा अनलाइन कक्षा सञ्चालन भइरहेको छ। अमेरिकामा विदेशी विद्यार्थीहरूमा लाखौंको संख्यामा भारतीय विद्यार्थीहरू पनि सामेल छन्। ट्रम्प प्रशासनको फसेला अन्तिम भने होइन, तर यसकारण लाखौं भारतीयहरूको निन्द्रा भने उड़ेको छ। हाम्रो देशमा शिक्षाको स्तर किन यति स्तरीय हुन सकिरहेको छैन कि हरेक साल लाखौं नानीहरू राम्रो शिक्षाको निम्ति देश बाहिर जानु परिरहेको छ? किन हामी आफ्नो शिक्षण संस्थानहरूमा राम्रो फेकल्टी र अन्य सुविधाहरू बढ़ाउन सकिरहेका छैनौं? आर.के. सिन्हा  कहिले यस कुरामाथि ध्यान दिनुभएको छ कि भारतबाट हरेक साल लाखौं विद्यार्थीहरू शिक्षा ग्रहण गर्न अमेरिका, ब्रिटेन, आस्ट्रेलिया, क्यानाडा आदि देशहरू किन जान्छन्? यो प्रश्न यसकारण पनि महत्वपूर्ण छ, कारण अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत विदेशी विद्यार्थीहरूलाई अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले एउटा ठूलो झटका दिएको छ। यी विद्यार्थीहरूमा भारतीयहरूको संख्या धेरै छ। अमेरिकाले विदेशी विद्यार्थीहरूलाई यदि उनीहरूको कलेज अथवा विश्वविद्यालयमा पूर्णरूपमा अनलाइन पढ़ाई शुरू भइसकेको छ भने अन्य संस्थान अथवा यस्तो कुनै कोर्स चयन गर्न सुझाउ दिएको छ, जहॉं कक्षामा प्रत्यक्ष उपस्थितिको माध्यमद्वारा पढ़ाई चलिरहेको छ, किनकि अनलाइन पढ़ाईको निम्ति वीजा स्वीकृत गरिने छैन। असलमा, कोरोनाका कारण अमेरिकामा पनि अधिकांश कलेज र विश्वविद्यालयहरूमा अनलाइन कक्षा सञ्चालन भइरहेको छ। अमेरिकामा विदेशी विद्यार्थीहरूमा लाखौंको संख्यामा भारतीय विद्यार्थीहरू पनि सामेल छन्। ट्रम्प प्रशासनको फसेला अन्तिम भने होइन, तर यसकारण… Read More

कोरोना पोजिटीभ मामिला 70 पुग्यो

कोरोना पोजिटीभ मामिला 70 पुग्यो

गान्तोक, 12 जुलाई (हिस)। सिक्किममा कोरोना भाइरस पोजिटिभ मामिलामा पुनः वृद्धि भएको छ। आज पनि राज्यमा कुल 4 जनाको रिपोर्ट पोजिटिभ आएको छ। अर्कोतिर एक कोरोना भाईरस पोजिटिभ व्यक्तिको रिपोर्ट नेगेटिभ आएपछि उनलाई एसटीएनएम अस्पतालबाट छुट्टी दिइएको छ। हाल राज्यमा कोरोना भाइरस पोजिटिभ मामिलाको संख्या बढेर 70 पुगेको छ। स्वास्थ्य विभागका सचिव एवम् महानिर्देशक डा. पेम्पा टी. भोटियाले यसको जानकारी दिएका छन्। आज पोजिटिभ रिपोर्ट आउनेहरू सबै राज्य बाहिरबाट फर्केकाहरू रहेका छन्। हालसम्म राज्य बाहिरबाट 9 हजार अधिक मानिस सिक्किम फर्किसकेका छन्।