न्यायमूर्ति एपी सुब्बाद्वारा लोकायुक्त अध्यक्षको शपत ग्रहण

न्यायमूर्ति एपी सुब्बाद्वारा लोकायुक्त अध्यक्षको शपत ग्रहण

गान्तोक, 10 जुलाई (हिस)। न्यायमूर्ति एपी सुब्बाले आज सिक्किम लोकायुक्तको अध्यक्षको रूपमा शपत ग्रहण गरेका छन्। नयॉं राजभवनमा आयोजित शपत ग्रहण समारोहमा राज्यपाल गंगा प्रसादले न्यायमूर्ति सुब्बालाई पद अनि गोपनियताको शपत दिलाए। शपत ग्रहणपछि लोकायुक्तका अध्यक्षलाई मुख्यमन्त्री पीएस तामाङसहित अन्य आमन्त्रित अतिथिहरूले खादा लगाइदिएर बधाई दिए। यस अघि राज्यका मुख्य सचिव एससी गुप्ताले नियुक्ति अधिपत्र पढ़ेर सुनाएका थिए। आईपीआर विभागअनुसार न्यायमूर्ति एपी सुब्बा सिक्किम लोकायुक्तको अध्यक्ष पदमा नियुक्ति हुने प्रथम सिक्किमे न्यायाधीश हुन्। उनी सिक्किम उच्च न्यायालयका न्यायाधीश नियुक्त बन्ने पनि पहिलो सिक्किमे हुन्। यसअघि उनी सिक्किम कानून आयोगका अध्यक्ष पदमा असिन् थिए। शपत ग्रहण समारोहमा आज मुख्यमन्त्री तामाङसहित सिक्किम विधानसभाका अध्यक्ष एलबी दास, सिक्किम उच्च न्यायालयकी न्यायाधीश श्रीमती न्यायमूर्ति मिनाक्षी मदन राई, न्यायाधीश न्यायमूर्ति भास्करराज प्रधान, केबिनेट मन्त्रीहरू, विधायकहरू, सांसदहरू, विभागीय अधिकारीहरू आदि उप​स्थित थिए।

विद्यार्थीहरूको भविष्यका लागि सबै सम्मिलित बन्ने समय

विद्यार्थीहरूको भविष्यका लागि सबै सम्मिलित बन्ने समय

रचनात्मक चर्चा-परिचर्चा अनि कार्यद्वारा भारतलाई ज्ञानको केन्द्र बनाउने दिशामा पहल गर्न म सबैलाई सविनय निवेदन गर्न चाहन्छु| आउनुहोस्, हामी सबै मिलेर विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षाको निम्ति हाम्रो प्रयासलाई सम्मिलित गरौं-रमेश पोखरियाल ‘निशङ्क’* ‘आधुनिक दुष्प्रचारको उद्देश्य कुनै कार्वाहीलाई अघि बढाउनु वा गलत जानकारी दिनु मात्र होइन, तर सत्यलाई मेटाउन, सम्पूर्ण चिन्तन धारालाई नै तिरोहित गर्नु पनि हो|’ ग्यारी कासपेरोभको उक्त उक्ति मेरो मनमा सलबलाउन थालेको छ, र त्यो पनि जब सरकारले सीबीएसईका विद्यार्थीहरूको हितमा चालेको कदम दुर्जन दुष्प्रचारको माध्यम बन्नपुग्दा| प्रत्येकपटक शिक्षालाई राजनीतिदेखि टाढा राख्ने हाम्रो कोशिश भए तापनि, हरेकपटक शिक्षा त्यस्ता तुच्छ शक्ति प्रदशर्नीकको शिकार बन्नपुगेको छ जहॉं सस्तो ध्यान आकर्षिक गर्न सधैं तयार केही जमातले सरकारको दूरदृष्टि र कार्यलाई युवा शिक्षार्थीहरूलाई भ्रमित अनि पीडित बनाउन सक्दो प्रयास गर्ने गर्दछन्| हालमा यस्तै श्रेणीमा पर्ने जमातले शिक्षालाई विवेचनात्मक चिन्तन, वैज्ञानितकम मिजाज, विश्‍लेषणात्मक क्षमता र रचनात्मकताद्वारा शिक्षार्थीहरूलाई सशक्त तुल्याउँदै २१ औं शताब्दीको कौशल, नैतिकता र सत्यनिष्ठाले युक्त बनाउनुको साटो शिक्षालाई उनीहरूको प्रभुत्त्व जमाउने आधार बनाउने जमर्को गरिरहेका छन्| अप्रत्याशित महामारीले हाम्रा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै अध्यापनको परिणाम अक्षुण्ण राख्नु मात्र नभएर उनीहरूलाई तनाउ अनि चिन्तामुक्त परिवेश उपलब्ध गराउने ठूलो चुनौती मन्त्रालयसामु खडा गरिदिएको छ| यसको निम्ति मन्त्रालयले विद्यार्थी समुदायसित सम्बन्धित सबै विषयलाई सम्यक् रूपमा सम्बोधित गर्न कडा परिश्रम पनि गरिरहेको छ|… Read More

नयॉं एसटीएनएमको भाइरल ल्याबमा अहिलेसम्म 9,237 नमूनाको जॉंच

नयॉं एसटीएनएमको भाइरल ल्याबमा अहिलेसम्म 9,237 नमूनाको जॉंच

गान्तोक, 10 जुलाई (हिस)। राज्य स्वास्थ्य विभागका प्रधान सचिव के. श्रीनिवासुलुले कोविड 19 को समयमा विभागले झेल्न परिरहेका विभिन्न चुनौतीहरू अनि सरकारको सक्रिय समर्थनमा कसरी विभाग र अग्रिम पंक्तिका कर्मचारीहरूले यी चुनौतीहरू कुशलतापूर्वक पार गर्न सक्षम बने भन्ने विषयमाथि प्रकाश पारेका छन्। आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त विषयहरूमाथि प्रकाश पर्दै प्रधान सचिव श्रीनिवासुलुले नयॉं एसटीएनएम अस्पतालमा राज्यकै पहिलो भाइरल ल्याब स्थापना गर्न सरकारले तत्काल कार्य गरेकोमा तथा अग्रिम पंक्तिका कर्मचारीहरूलाई कोरोना महामारीसित लड्न आवश्यक सर सामग्री प्रदान गरेकोमा सरकारप्रति कृतज्ञता प्रकट गरे। यसैगरी, उनले स्वास्थ्य कर्मीहरू र विभागका कर्मचारीहरूलाई पनि उनीहरूको समर्पण एवं ​अथक प्रयासको निम्ति धन्यवाद दिए। यसैगरी, स्वास्थ्य विभाग सचिव डा. पेम्पा टी. भोटियाले भोलिदेखि रम्फू चेकपोस्टमा सेना अनि अर्धसैनिक बलको निम्ति एन्टीजेन टेस्ट शुरू गरिने जानकारी दिए। यो टेस्ट आगामी 15 दिनसम्म नि:शुल्करूपमा गरिने छ। यो जॉंच अवधि पोजिटिभ रिपोर्ट आउनेहरूलाई सिक्किम प्रवेश गर्न अनुमति दिइने छैन भने उनीहरूलाई तत्काल पुरानै एकान्तवास केन्द्रमा पठाइने छ। यसैगरी, माइक्रोबायोलोजी, एसटीएनएमका विभाग प्रमुख डा. तारा शर्माले 29 मईमा भाइरल ल्याबको सञ्चालन शुरू भए यता अहिलेसम्म कुल 9,237 नमूनाको जॉंच गरिएको जानकारी दिए। उनले राज्यमा भाइरल ल्याबको स्थापनाले कोरोना संक्रमणको रोकथाममा ठूलो टेवा पुगेको बताए। यसैगरी, मेडीसिन विभाग प्रमुख डा. सुरेश मदन रसाइलीले एसटीएनएम अस्पतालमा कोविड ड्यूटीबारे आफ्नो अनुभव साझा… Read More

हात्तीको दाँतसहित दार्जीलिङनिवासी दुइजना मङ्पूबाट पक्राउ

हात्तीको दाँतसहित दार्जीलिङनिवासी दुइजना मङ्पूबाट पक्राउ

सिलगढ़ी, १० जुलाईः हात्तीको दाँतको तस्करीको आरोपमा बेलाकोवा फरेस्ट रेञ्जले दार्जीलिङनिवासी दुइजनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा एकजना ६२ वर्षीय महिला पनि सामेल छिन्।पक्रा पर्नेहरू जोरबङ्ग्लो थानाअन्तर्गत बतासे निवासी शोभा तामाङ (६२) र सोम छिरिङ तामाङ (३६) रहेको बेलाकोवा रेञ्जका वन अधिकारी एवं स्पेशल टास्क फोर्स प्रमुख सञ्जय दत्तले बताएका छन्।उनीहरूलाई मङ्पूबाट पक्रा गरिएको हो। पक्रा परेका दुइजनाबाट विदेशी मुद्रा र केही एटीएम कार्ड पनि बरामद गरिएको छ।वन अधिकारी दत्तका अनुसार एक गोप्य सूचनाको आधारमा अभियान चलाएर दुवैलाई हिजो मङ्पूबाट पक्राउ गरिएको हो।यसबारे उनले थप बताएअनुसार डब्ल्यूबी ७६ ए ८२४४ नम्बरको वेगनर गाड़ीको छेउमा हात्तीको दाँतको मोलतोल गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।मोलतोल गर्नेहरू पाँचजना रहे पनि तीनजना भाग्न सफल बनेको उनले बताएका छन्। हात्तीको दाँतलाई उनीहरूले एउटा प्लास्टिकको झोलामा लुकाएर राखेका थिए। पक्रा परेका आरोपीद्वयमाथि वन्यजीव (संरक्षण) कानूनअन्तर्गतका विभिन्न धारा लगाइएको छ।बेलाकोवा फरेस्ट रेञ्जका अधिकारी सञ्जय दत्तका अनुसार हात्तीको दाँतलगायत अन्य वन्य जीव भूटान, नेपाललगायत देशका अन्य भागहरूमा तस्करीको कार्यमा शोभा तामाङले सम्झौता (डिल) गर्ने गर्थिन्।पक्रा परेका यी दुइका मोबाइल फोनबाट धेरै फोटो र जानकारी प्राप्त गर्नसकेको पनि उनले बताएका छन्। वन अधिकारी दत्तका अनुसार जफत गरिएको हात्तीको दाँतलाई तस्करीका लागि दार्जीलिङबाट नेपाल लैजाने उनीहरूले योजना बनाइरहेका थिए।

विपक्षको रूपमा एसडीएफको भूमिका

विपक्षको रूपमा एसडीएफको भूमिका

सिक्किममा विगत 14 महीनादेखि सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) राज्यमा एकमात्र विपक्षी पार्टीको रूपमा कार्यरत देखिन्छ। विधानसभामा प्रतिनिधित्व गरिरहेको अर्थमा एसडीएफ एक्लो विपक्षी भनिएको हो, अन्यथा राज्यमा थुप्रै राजनैतिक पार्टीहरू आज विपक्षको कित्तामा उभिएका छन्। विपक्षलाई केवल सङ्ख्या बल नमानेर आवाज मान्ने हो भने सिक्किममा सत्तारूढ़ एसकेएम र भाजपाबाहेक सबै राजनैतिक पार्टीहरू विपक्षमा छन्। अहिले हामी केवल विधानसभामा जनप्रतिनिधित्व गर्ने विपक्षी दलको मात्र चर्चा गरौं। साड़े 24 वर्ष लगातार सत्तामा बसेपछि एसडीएफ गत वर्षदेखि विपक्षको आसनमा छ। लगातार अढ़ाई दशक सत्तामा बसेर अचानक विपक्षमा बस्नपुग्दा कुनै दललाई आफ्नो नवीन भूमिकामा अवतरित हुनु कठिन हुनसक्छ। हामीले प्रायः के देख्नेगरेका छौं भने पार्टीहरू चुनाउमा पराजित भए दोष कि भोटिङ मशीनमाथि दिन्छन् कि चाहिँ पुरै निरूत्साहित बनेर राजनीतिबाटै हराउँछन्। विगत 25 वर्ष सिक्किममा भएका चुनाउहरूमा विपक्षी पार्टीहरूले पहिलो काम नै गरे, अर्थात सत्तारूढ़ पार्टीले भोटमा धाँधली गरेको, मशीन बिगारेको आरोप आदि। केही राजनैतिक दलहरूले त चुनाउ आयोगसम्मै उजुरी पनि नगरेका होइनन् विगतमा। उप-चुनाउमा पराजित हुँदा पनि तर एसडीएफले भोटिङ मशीनमा धाँधलीको आरोप लगाएन, यद्यपि गत उप-चुनाउमा विपक्षी एसडीएफ पार्टीका उम्मेद्वार तथा समर्थकहरूमाथि प्रशासनको निष्क्रियतामा व्यापक ढुङ्गा-मूढ़ा, भौतिक प्रहार भएको हो, दक्षिण सिक्किमको पोकलोक-कामराङ समष्टि एकप्रकारले विपक्षका लागि पुग्न नसकिने दुर्ग बनाइएको पक्का हो। त्यहाँ सत्तारूढ़ पार्टीका उम्मेद्वारले मतगणनाको परिणामपछि (हारेको खण्डमा) मतदाताहरूका लागि परिस्थिति… Read More

युवाहरूले गरे जिल्लापाललाई जीम खोलिदिने अनुरोध

युवाहरूले गरे जिल्लापाललाई जीम खोलिदिने अनुरोध

गान्तोक, 9 जुलाई (हिस)। बडीबिल्डर सञ्जय छेत्री बुढ़ाथोकीको समर्थनमा रम्फूका केही युवाहरू अघि आएका छन्। उनीहरूले आज प्रेस क्लब अफ सिक्किममा एक संवाददाता सम्मेलन आयोजन गरेर उनीहरू सञ्जय छेत्री बुढ़ाथोकीको साथमा रहेको बताउँदै उनीप्रति ऐक्यबद्धता प्रकट गरे। उल्लेखनीय छ, बडीबिल्डर सञ्जय छेत्री बुढ़ाथोकीद्वारा रम्फूमा सञ्चालित एउटा जीम पूर्व जिल्ला प्रशासनले सिल गरिदिएको छ। लकडाउनको समयमा पनि जीम खोलेको आरोपमा प्रशासनले उनको जीम सिल गरेको बताइएको छ। अर्कोतिर, बडीबिल्डर छेत्रीले जिल्ला प्रशासनमाथि भेदभाव अनि आफुलाई मात्र टार्गेट गरिएको आरोप लगाएका छन्। उनको जीम अझै पनि खोलिएको छैन।   बडीबिल्डर छेत्रीको पक्षमा बोल्दै शेखर राईले भने, ‘जिम किन बन्द गरियो, त्यो हामीलाई थाहा छैन, तर जीम बन्द हुँदा हामीलाई धेरै नोकसान भइरहेको छ। सञ्जय छेत्रीले धेरै युवाहरूलाई ड्रग्स र अन्य कुलतहरूबाट निकालेर स्वास्थ्यप्रति सचेत गर्ने काम गरिरहेका छन्। तर, आज अचानक जीम बन्द हुँदा युवाहरू फेरि कुलततिर फर्कने डर बढ्न थालेको छ।’ आपदा प्रबन्धन अधिनयमको अनुसार हो भने जीम अस्ति नै खोलिनुपर्ने हो, तर अझै पनि नखोलिँदा हामी यसरी मीडिया समक्ष आएर गुहार लगाउन बाध्य बनेका छौ भनी उनले बताए।   उनले जिल्लापाललाई जिम चाँड़ोभन्दा चाँड़ो खोलिदिने अनुरोध गरे।यसैगरी, अभिषेक दर्नालले खेलकुदको साटो आफुहरू बडीबिल्डिङको क्षेत्रमा आएको, तर जीम बन्द हुँदा धेरै समस्या भइरहेको बताए। उनले सञ्जय छेत्रीको पक्षमा बोल्दै एक प्रगतिशील… Read More

जनताले कानुनी लड़ाईं लड़ेर भएपनि आफ्नो जन्मसिद्ध अधिकार लिनुपर्छ : पवन चामलिङ

न्याय खोज्दै तीनवटा जिल्लाका जनता पुगे एसडीएफ भवनजगन दाहाल गान्तोक, 9 जुलाई। गलत मान्छे चौकीमा पुग्यो भने गलत मान्छेकै बोलबाला चल्छ। चुनाउमा गुण्डा, भट्टू, चोर सबैले उठ्न पाउछन् तर त्यसमा जनताको फैसला राम्रो हुनुपर्छ। सिक्किमको वर्तमान सरकारले जनतालाई न्याय दिँदैन। जनताले डर, अन्याय र दुःख पाउँछन् यो सरकार रहुञ्जेल। सङ्गठनमा शक्ति हुन्छ त्यसैले जनता सङ्गठित बन्नुपर्छ। डरको कारण सत्तारूढ़ पार्टीमा जानु भनेको अत्याचारीलाई बढ़ावा दिनु हो। यो कुरा पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले बताएका हुन्। आज इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालयमा पार्टी अध्यक्षसमक्ष अन्यायको गुनासो बोकेर आएका तीनवटा जिल्लाका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले वर्तमान स्थितिलाई हेर्दा सिक्किम सरकार नै असुरक्षित रहेको बताए। पार्टी अध्यक्ष पवन चामलिङले भारत सरकारको नियमअनुसार यस्तो स्थितिमा श्रमजिवीहरूले पूर्णरूपमा खान, लाउन, दवाई पानी पाउनुपर्ने हो तर यस्तो भएको छैन भने। उनले वर्तमान सरकार प्रजातन्त्रिक ढङ्गमा छानिएको भएपनि अप्रजातन्त्रिक काम गरिरहेको छ भने। उनले भने, अब सिक्किमे जनताले राजनीतिक शक्तिलाई हातमा राख्नुपर्छ। जनतालाई सङ्गठित भएर आफ्नो राजनीतिक अधिकारको प्रयोग गरेर बस्ने अपील गर्दै उनले आगामी 2024-को सिक्किम विधानसभा चुनाउको निम्ति राजनीतिमा नयाँ प्रयोग ल्याउने जानकारी दिए भने उनले 2024-को चुनाउ आफ्नै नेतृत्वमा लड्ने र पार्टीले कम्तिमा 80 प्रतिशत नयाँ अनुहार मैदानमा उतार्ने बताए। एसडीएफ अध्यक्षले अब आफू मुख्यमन्त्री होइन तर 1994-को जस्तो जवान भएर चुनावी… Read More