हाम्रो माग स्थायी राजनीतिक समाधान हो, बैठकमा हामी सहभागी बन्दैनौं: रोशन गिरी

हाम्रो माग स्थायी राजनीतिक समाधान हो, बैठकमा हामी सहभागी बन्दैनौं: रोशन गिरी

गान्तोक, 30 जुलाईः केन्द्रिय गृह मन्त्रालयकी निदेशक (सीएस-2) रेनु सरिनद्वारा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए)-सित सम्बन्धि मुद्दालाई केन्द्र गरी आगामी 7 अगस्तको दिन नयाँ दिल्लीको नर्थ ब्लकस्थित कोठा सङ्ख्या-119 मा गृह सचिवको अध्यक्षतामा सम्पन्न हुने बैठकमा सहभागी हुन पश्चिम बङ्गालका गृह सचिव, दार्जीलिङका जिल्लाशासक, जीटीएका प्रधान सचिव, जीटीएका मुख्य कार्यपालका प्रतिनिधि, गोर्खा जनमुक्ति मोर्चाका प्रतिनिधिलाई पत्राचार गरेपछि सामाजिक सञ्जालमा यस विषय लिएर निकै तनातनी भइरहेको छ। यसै सन्दर्भमा गोजमुमो (विमलपन्थी)-का महासचिव रोशन गिरीले एक बयान जारी गरेर स्पष्टीकरण दिएका छन्। महासचिव गिरीले लेखेको बयानमा आफ्नो पार्टीले केन्द्र सरकारसमक्ष बारम्बार स्थायी राजनीतिक समाधानका लागि बैठक डाक्न निवेदन गर्दै आएको बताएका छन्। “हामीले केन्द्र सरकारसँग बारम्बार स्थायी राजनीतिक समाधानको निम्ति वार्ता डाक्न निवेदन गरेका हौं, जीटीए व्यवस्थाको समीक्षा गर्नलाई होइन। गत 29 जनवरी, 2015 मा जीटीएको अन्तिम समीक्षा सभा भएको थियो। आज आएर पाँच वर्ष पछाडि त्यो व्यवस्थाको समीक्षा सभा गर्नु कुनै औचित्य रहँदैन। जीटीएका मुख्य कार्यपाललगायत हामी सबै सभासद्ले 23 जून, 2017 मै जीटीए पदत्याग गरेका हौं।” भाजपाले आफ्नो सङ्कल्प पत्रमा पनि गोर्खा जनमुक्ति मोर्चा (विमलपन्थी) पार्टीको मुद्दा स्थायी राजनैतिक समाधान तथा छुटेका 11 जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्ने विषयलाई समावेश गरेको गिरीले उल्लेख गरेका छन्। “सङ्कल्प पत्रमा जीटीएको कहीँकतै उल्लेख छैन। हाम्रो केन्द्र सरकारसँग वार्ता स्थायी राजनैतिक समाधान र छुटेका 11… Read More

7 अगस्त जीटीएबारे त्रिपक्षीय वार्ता-जीटीएका चीफ एक्जिक्यूटिव, गोजमुमोलाई निम्तो

7 अगस्त जीटीएबारे त्रिपक्षीय वार्ता-जीटीएका चीफ एक्जिक्यूटिव, गोजमुमोलाई निम्तो

दार्जीलिङ, 30 जुलाई।(मोहन लामा) केन्द्र सरकारले जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-को विषय लिएर आगामी 7 अगस्तको दिन त्रिपक्षीय वार्ता गर्ने निर्णय लियो। 7 अगस्त 2020-को अपरान्ह 3 बजी दिल्लीस्थित नर्थ ब्लकको रूम नम्बर 119-मा आयोजना गरिने भएको यस बैठकमा पश्‍चिम बंगालका गृह सचिव, दार्जीलिङका जिल्लापाल, जीटीएका मुख्य सचिव, जीटीएका चीफ एक्जिक्यूटिव अनि गोर्खा जनमुक्ति मोर्चाका प्रतिनिधिलाई उपस्थित हुने अपील गरिएको छ। यस पत्रको प्रतिलिपि जीटीएका चीफ एक्जिक्यूटिवलाई जीटीएका मुख्य सचिवको हातबाट दिने अनि गोजमुमोका प्रतिनिधिलाई जिल्लापालको हातबाट दिने पनि अपील गरिएको छ। तर यहाँ गोर्खा जनमुक्ति मोर्चा कुन खेमा हो, त्यो केही लेखिएको छैन। यति मात्रै होइन, यस निमन्त्रणा पत्रमा गत लोकसभा चुनाउमा दार्जीलिङ आसनबाट भाजपालाई सहयोग प्रदान गर्ने गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी आदिको नाम उल्लेख गरिएको छैन। जीटीएको विषय लिएर गरिने यस समीक्षा बैठक भनिएको पत्र 27 जुलाईको दिन जारी गरिएको हो। जसमा आगामी 7 अगस्तको दिन त्रिपक्षीय वार्ता तय गरिएको बताइएको छ। स्मरण गराइन्छ, गत केही दिनअघि मात्रै गोजमुमो विमल गुरूङ खेमाका दुइ सदस्यीय प्रतिनिधि टोलीले केन्द्रिय गृहमन्त्री अमित शाहसित दिल्लीमा भेट गरेको फोटो सार्वजनिक गरेका थिए अनि 15 दिनभित्र त्रिपक्षीय वार्ताको लागि राज्य सरकार, गोजमुमोलाई पत्राचार गर्ने दावी गरेका थिए। यति मात्रै होइन, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङ र पार्टीका शीर्ष नेता… Read More

कोरोनाविरुद्ध सङ्घर्षरत हाम्रा अग्रिमपंक्तिका योद्धाहरूलाई एउटा पत्र

कोरोनाविरुद्ध सङ्घर्षरत हाम्रा अग्रिमपंक्तिका योद्धाहरूलाई एउटा पत्र

प्रिय कोभिड-19 अग्रपङ्क्तिका योद्धाहरू, सृष्टिका जम्मै प्राणीहरूमा मानव आफ्ना समस्त योग्यता अनि विशेषाधिकारहरूको कारण अत्यन्त भाग्यवान प्राणी हो। मानवले उपभोग गरेसरह विशेष अग्राधिकार यो पृथ्वीमा कुनै पनि प्राणीले उपभोग गर्नसकेको छैन अनि त्यस अर्थमा हामीले सृष्टिको केन्द्रीय अवस्थान हासिल गर्ने सौभाग्य प्राप्त गरेका छौं। यो सत्यलाई स्वीकार्ने प्रत्येक मानव उनै सृष्टिकर्ता ईश्वरप्रति कृतज्ञ छन्। हामीले यसैकारण जीवनलाई सृष्टिको त्यो मूल्यवान आशिर्वादको रूपमा महत्व दिन्छौं, जुन अरू कसैसित तुलना हुनसक्दैन। वर्तमानमा, यो अमूल्य मानवजीवनले प्राणघातक कोरोना भाइरसको सामना गर्नपरिरहेको छ। मानवजातिले आज लाखौं यसका शिकारहरूको मृत्यु शोक मनाइरहेको छ। यसको गहिरो आतङ्कले सारा संसारलाई ग्रास गरेको छ। यस आतङ्कले जर्जरित संसारमा तपाईंहरूले घरबाहिर निस्कने अनि हामीलाई यस प्राणघातक कोरोना भाइरसको चपेटबाट बचाउन आफ्नो जीवनलाई जोखिममा हाल्ने आह्वानलाई आत्मसात गर्ने साहस प्रदर्शन गर्नुभएको छ। म तपाईंहरूले देखाउनुभएको योभन्दा ठूलो महानता र सुन्दरताको कल्पनै गर्नसक्दिनँ। जब म तपाईंहरूलाई यस युद्धको अघिल्लो पङ्क्तिमा उभिएको देख्छु, गहिरो कृतज्ञता र उच्च सम्मानभावले मेरो शिर तपाईंहरूसामु निहुरिन्छ। म तपाईंहरूप्रति हार्दिक प्रेम र दयार्द्रताले भरिन्छु। तपाईंहरूले घरमा छोड़ेर आउनुभएका जीवनसङ्गी, नानीहरू, अभिभावक, साइनो-सम्बन्ध तथा नजीकका प्रियजनहरू मेरो मनमा आउँछन्, जससित विदा मागेर निस्कँदा तपाईंहरूलाई थाहा हुन्न कि अघि के हुनसक्छ! तपाईंहरूले रोगीहरूलाई अत्यन्त आवश्यक सेवा-सुश्रुषा दिनुहुन्छ। तपाईंहरू मानव समुदायलाई पहरा दिनुहुन्छ, जनताको सुरक्षा सुनिश्चित गर्नुहुन्छ। हामीलाई भाइरसको आक्रमणबाट… Read More

त्रिवेणी कोविड अस्पतालमा सङ्क्रमितहरूको उपचार शुरू

त्रिवेणी कोविड अस्पतालमा सङ्क्रमितहरूको उपचार शुरू

दार्जीलिङ, 28 जुलाई। टिस्टा त्रिवेणीमा निर्माण गरिएको कोविड-19 अस्पतालमा कोरोना सङ्क्रमित रोगीहरूको भर्ना अनि उपचार शुरू भयो। गत 18 जुलाईको दिन मात्रै आधिकारिकरूपमा पूर्ण कोविड अस्पतालको दर्जा पाएको यस अस्पतालमा हिजोदेखि कोरोना सङ्क्रमितहरूलाई भर्ना गर्न शुरू गरिएको जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन) सूत्रले बताएको छ। गत दुइ दिनअघिसम्म कोरोनाको लक्षण नभएका पोजिटिव रोगीहरूलाई दार्जीलिङको बतासेस्थित टीबी अस्पतालमा राख्ने गरिन्थ्यो भने कोरोनाको लक्षण नै रहेका रोगीहरूलाई सोझै सिलगढ़ीस्थित डा. च्याङ सुपर स्पेशियलिटी अस्पतालमा उपचारको लागि भर्ना गरिन्थ्यो। प्राथमिक चरणमा 100 वटा पलङमा सञ्चालन शुरू गरिएको त्रिवेणी कोविड अस्पतालमा रूघा-खोकी रहेका रोगीहरूलाई पनि भर्ना गरिन्थ्यो अनि उनीहरूलाई उपचारको सुविधा उपलब्ध गराइन्थ्यो। तर अब यहाँ कोरोनाका लक्षण भएका साथै नभएका पोजिटिव रोगीहरूको उपचार शुरू गरिएको छ। विशेष दार्जीलिङ पहाड़मा कोरोना सङ्क्रमित भेटिएको खण्डमा उनीहरूलाई उपचारको लागि सिलगढ़ी लानुपर्ने बाध्यता साथै त्यहाँ झेल्नपर्ने विभिन्न असुविधाहरूलाई ध्यानमा राखेर नै जीटीए अध्यक्ष अनित थापाले दार्जीलिङ पहाड़मा नै कोविड अस्पतालको निर्माण गर्नुपर्ने माग उटाएका थिए। जसलाई पूर्णरूपले स्वीकृति प्रदान गर्दै राज्यकी मुख्यमन्त्रीको निर्देशमा दार्जीलिङ पहाड़मा यसको लागि उपयुक्त स्थान हेर्ने जीटीएलाई निर्देश दिएकी थिइन्। जसबारे जिल्लाको स्वास्थ्य विभाग साथै सम्बन्धित निकायहरूले त्रिवेणीको टुरिष्ट लजलाई कोविड अस्पतालको रूपमा सञ्चालन गर्न सकिने उचित ठानेपछि यहाँ 21 दिनभित्रै यसलाई एक अस्पतालको रूप प्रदान गरिएको थियो। प्राथमिकरूपमा यसलाई सारी (सिभियर एक्युट रेस्पिरेटोरी… Read More

गोर्खा जनमुक्ती मोर्चा खरसाङ महकुमा समितिद्वारा शहीद दिवस पालन

गोर्खा जनमुक्ती मोर्चा खरसाङ महकुमा समितिद्वारा शहीद दिवस पालन

हामी हाम्रो अलग राज्यको मागमा संघर्षरत छौ :गोर्खा जनमुक्ती मोर्चा खरसाङ, 27 जुलाई । गोर्खा जनमुक्ती मोर्चा खरसाङ महकुमा समितिले आज छुट्टै राज्य प्राप्तीको महासंग्राममा आफ्नो जीवन बलिदान गर्ने सम्पूर्ण वीर सपुतहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ। यस अवसरमा खरसाङ महकुमा समितिका सभापति प्रदीप मगर र सचिव सुरज छेत्रीले संयुक्त रूपमा एउटा प्रेस बयान जारी गर्दै भनेका छन, भारत देशमा आफ्नो छुट्टै राज्य हुनपर्छ भन्न खातिर ढेड करोड भारतीय गोर्खाहरूले आफ्नो राजनैतिक हकहित र अधिकारको लडाई शताब्दी देखी नै लडदै आईरहेका छन्। मुख्यत गोरामुमोको नेतृत्वमा सन 1986 देखी शुरू भएको छुट्टै राज्य गोर्खाल्यान्डको आन्दोलनमा आज कै मितिमा अर्थात 27 जुलाई 1986 कै दिन कालेम्पोङ बजार परिक्रमा गरिरहेको जुलुसमा बंगाल सरकारको प्रशासनले निहत्था हाम्रो जनतालाई गोली ठोकेर निर्मम हत्या गरेको थियो । यो ऐतिहासिक घटनालाई आलो राख्दै 27 जुलाईको दिन शहीद दिवसको रूपमा सश्रद्धा श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ। तथापी सन 1986 देखी लिएर 2007 मा पुन छुट्टै राज्य गोर्खाल्यान्डको मागलाई पुनः बुलन्द गर्दै गोर्खा जनमुक्ती मोर्चाको जन्मभए यता आज पर्यन्त हामी हाम्रो अलग राज्यको मागमा संघर्षरत छौ। हामीले हाम्रो राजनैतिक लक्ष्य उक्लन सकेका छैनौ । आज सन 1986 देखी लिएर बिगत 2017 सालमा भएको छुट्टै राज्य प्राप्तीको महासंग्राम सम्म आईपुग्दा जाति र माटो निम्ती आफ्नो अमुल्य जीवनको बलिदान दिने ती सम्पुर्ण बीर… Read More

उर्जा विभागका कर्मचारी करेन्ट लाग्दा घाइते, उपचार गराउन जॉंदा कोविड पोजिटिभ पाइयो

उर्जा विभागका कर्मचारी करेन्ट लाग्दा घाइते, उपचार गराउन जॉंदा कोविड पोजिटिभ पाइयो

सोरेङ, 27 जुलाई (हिस)। पश्चिम सिक्किमको टिम्बुरबुङबाट फेरि एउटा नयाँ कोरोना संक्रमित मामिला थपिएको पुष्टि भएको छ। उनी उर्जा विभागका कर्मचारी हुन्। यसका साथै टिम्बुरबुङमा कोरोना पोजिटिभ मामिला बढेर चार पुगेको छ। बुदाङमा अघिबाटै पुष्टि भएका दुईवटा कोरोना पोजिटिभ मामिलालाई जोड्दा सोरेङ-च्याखुङ समष्टिमा कोविड मामिलाको संख्या 6 वटा पुगेको छ। टिम्बुरबुङ ब्लकलाई अघिबाटै जिल्ला प्रशासनले कन्टेनमेन्ट जोन घोषित गरिसकेका थिए। आज पुष्टि भएका कोरोना संक्रमित युवक उर्जा विभागका फिल्ड स्टाफ हुन्। आइतबार उनी टिम्बुरबुङ गाउँमा बिजुली आपूर्तिलाई दुरुस्त गर्न 5:30 बजे बिजुलीको पोलमा चढेर काम गरिरहेको बेला उनलाई करेन्ट लाग्दा पोलबाट झरेका थिए। यस घटनामा उनको हात जलेको छ। यसरी भाग्यले बाँचेका घाइते फिल्ड स्टाफलाई तत्कालै नजिकको सोरेङ सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। सोरेङमा डाक्टरले प्राथमिक उपचार गरेपछि उनलाई अस्पतालबाट एम्बुलेन्समा हिजै जोरथाङ सामुदायिक स्वास्थ्य केन्द्र लगियो। जोरथाङबाट एनटीपीसी-को एम्बुलेन्समार्फत गान्तोक सीआरएच मणिपाल लगेर उपचारको निम्ति भर्ना गरिएको थियो। करेन्टले फ्याँकेर घाइते बनेका युवकको मणिपाल अस्पतालमा जाँचको क्रममा कोरोना पोजिटिभ रिपोर्ट आएको हो। घाइते फिल्ड स्टाफको मणिपालमा रेपिड एन्टीजन टेस्ट गरिएको थियो। संक्रमित युवकसँग अस्पताल गएका अन्यहरुको जाँचमा नेगेटिभ रिपोर्ट आएको बताइएको छ। संक्रमित युवकलाई नयॉं एसटीएनएम अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ। अर्कोतिर आइतबार ड्युटीमा रहेका युवकलाई करेन्टले लागेपछि उपचार गर्न अस्पताल पुर्‍याएपछि कोरोना संक्रमित पनि रहेको पुष्टि हुनाले… Read More

स्टेट टास्क फोर्सको उच्चस्तरीय बैठक आयोजित

स्टेट टास्क फोर्सको उच्चस्तरीय बैठक आयोजित

फेक न्यूज प्रचार प्रसार गर्ने विरूद्ध सरकारले कड़ा कारबाही गर्नेछ : मुख्यमन्त्री गान्तोक, 27 जुलाई (हिस)। मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा सोमबार सम्मान भवनमा स्टेट टास्क फोर्सको उच्चस्तरीय बैठक गरियो, जसमा कोविड-19 विषय राज्य सरकारको कार्ययोजनाको समीक्षा गरियो। बैठकमा केबिनेट मन्त्रीहरू, मुख्य सचिव, विभिन्न विभागीय प्रमुखहरू र वरिष्ठ अधिकारीहरू सहभागी थिए। मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनको क्रममा सामाजिक सञ्जालमा प्रचार प्रसार भइरहेका फेक न्यूजले राज्यको वर्तमान चुनौतीलाई अझ गम्भीर बनाइरहेको बताए। उनले विश्वसनीय स्रोतबाट सही सूचना प्रसार गरिनुपर्ने र कुनै पनि समाचार सामग्री प्रचार प्रसारमा ल्याउनअघि राम्ररी जॉंच पड़ताल गर्नुपर्ने विषयमाथि बल दिए। उनले सामाजिक सञ्जाल, इलेक्ट्रोनिक मीडिया अथवा समाचार सम्प्रेषणका कुनै पनि माध्यमद्वारा फेक न्यूज प्रचार प्रसार गरिन्छ भने सरकारले कड़ा कारबाही गर्नेछ भनी बताए। मुख्यमन्त्रीले सरकारद्वारा लगाताररूपमा अपील गरिएको भए तापनि लाकडाउन दिशानिर्देशको उल्लंघन हुॅंदा राज्यमा कोविड मामिला अचानक बढेर गएको बताए। उनले लाकडाउन दिशानिर्देश उल्लंघन गर्नेहरू विरूद्ध पुलिसलाई कड़ा कारबाही गर्न निर्देश दिए। उनले सही स्वास्थ्य दिशानिर्देश अक्षरस पालन गरिनुपर्छ भनी बताए। यस अतिरिक्त मुख्यमन्त्रीले 1 अगस्तपछि कतिपय गतिविधिहरूमा छुट दिइने छ भन्दै सबैलाई सुरक्षा नियम पालन गर्न आह्वान गरे। बैठकमा वर्तमान अनि भविष्यका आवश्यकहरूलाई ध्यानमा राख्दै जनशक्ति प्रबन्धको निम्ति एक राज्यस्तरीय सञ्चालन गर्ने गठन गर्ने निर्णय लिइएको छ। बैठकमा यदि कुनै व्यक्ति कोविड पोजिटिभ व्यक्तिको सम्पर्कमा आए तत्काल… Read More

क्रामाकपाद्वारा सामान्य रुपमा शहीद दिवस पालन 

क्रामाकपाद्वारा सामान्य रुपमा शहीद दिवस पालन 

दार्जीलिङ, 27 जुलाई (हिस)। क्रामाकपा केन्द्रिय कार्यालयमा आज 34औं शहीद दिवस साधारण रूपमा पालन गरियो। क्रामाकपा केन्द्रिय प्रवक्ता गोविन्द छेत्रीद्वारा दिप प्रज्वलन गरि साथै खदा लगाएर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरियो। 27 जुलाई, 1986 मा कालेबुङ थाना डाँडामा भएको घटनाबारे बोल्दै प्रवक्ता गोविन्द छेत्रीले भारतमा गोर्खाहरूको राजनैतिक इतिहासमा सर्वप्रथम यस्तो घटना भएको र यतिका हाम्रा सन्तानहरू शहीद भएको बताए। तर, हामीलाई लाग्छ आजसम्म पनि त्यसको सहीरूपमा मूल्यांकन हुन सकेको छैन। धेरै सत्ता परिवर्तन भए, धेरै नेतृत्वहरू आए, तर सही आजसम्म पनि शहीदहरूको मूल्यांकन हुन सकेको छैन। गोर्खाल्याण्डको निम्ति आफ्नो सर्वस्व त्याग्नेहरूले आजसम्म पनि न्याय पाउँन सकेका छैनन्- उनले भने। उनले रिस, राग, द्वेष र झण्डालाई थन्काएर ती वीर शहीदहरूले गरेको त्याग अनि बलिदानलाई सही अर्थमा मूल्यांकन गर्नका निम्ति गोर्खाल्याण्डको निम्ति सबै एकजुट भएर अगाडी बढ्नुपर्ने छेत्रीले बताए। उनले शहीद दिवसको उपलक्ष्यमा सबैसित आ-आफ्नो द्वेषहरू र सहुलियतहरूलाई तिलाञ्जली दिएर गोर्खाल्याण्डको सपनालाई साकार बनाउॅंदै ती शहीदहरूको सपनालाई साकार बनाउनुपर्ने आह्वान गरे। उनले यो संग्राम कठिन छ, तर सबै एकजुट भएर यदि हामी एक मन भएर यसलाई अगाडी बढाउनु सक्यौं भने संसारको कुनै पनि शक्तिले रोक्न नसक्ने क्रामाकपा प्रवक्ता गोविन्द छेत्रीले बताए।

"हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला ,गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला"

"हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला ,गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला"

सहीदलाई हार्दिक श्रद्धाञ्जली “हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला ,गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला” कवि भूपी शेरचनद्वारा रचित कविताको यो दुई पंक्तिले हामीलाई अाज पर्यन्त बारम्बार झकझकाइरहेको प्रतित हुन्छ। २७ जुलाई १९८६ को दिन सि.आर.पि.एफ को तात्तातो गोली निलेका ती शहीदहरुको सपना अझै साकार भएको छैन। आजको दिन नै कालेबुङका विरंगना चेलीहरु अनि बिर छोराहरु आफ्नो मातृभूमिको निम्ति हाँसी हाँसी बलि चढ़ीदिएका हुन्। कालेबुङले देखेको त्यो कालो दिन हामी कहिल्यै भुल्दैनौं। शहीदको कुनै पार्टी हुँदैन – झण्डा हुँदैन भन्ने उक्तिलाई आत्मसात गर्दै आज उनीहरूले दिएको सर्वोच्च बलिदानको स्मरण गर्दछु सँग सँगै गोर्खा जनमुक्ति मोर्चाको पक्षमा म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। ती शहीदहरुले देखेको स्वर्णीम सपना साकार पार्न हामी आजसम्म अनेकौं कठिनाइहरु सहेर पनि युद्धरत छौं अनि सम्पूर्ण गोर्खाली आमा बाबा दाजु भाई तथा बहिनीहरूलाई यो बताउन चाहन्छौं कि हामीले आफ्नो कर्तव्य भुलेका छैनौं – हामी हाम्रो कर्तव्य पुरा गर्न बचनबद्ध छौं। हामी ती शहीदहरुको सपना पुरा गरेर नै छोड़ने दृढ़ संकल्पित छौं। आज “शहीद दिवस” को उपलक्ष्यमा म फेरि पनि मेरो आन्तरिक हृदयबाट नै सम्पूर्ण शहीदहरुलाई सम्झना गर्दै श्रद्धाञ्जली व्यक्त गर्दछु साथै ती शहीदहरुको परिवारलाई कोटी कोटी प्रणाम टक्राउँदछु।  

कोरोना भाइरको रोकथाम गर्न अत्याधुनिक फायर टेन्डरको प्रयोग

कोरोना भाइरको रोकथाम गर्न अत्याधुनिक फायर टेन्डरको प्रयोग

सिङताम, 26 जुलाई। एन.एच.पी.सी. लिमिटेड, पावर स्टेशन- 5 ले 25 जुलाईको दिन पूर्व सिक्किमको माखा, सिङबेल, रालाप, दुङदुङ, र अन्य स्थानमा सेनिटाइज गरेको छ। कोरोना महामारीबाट नागरिकहरूलाई बचाउन शुरू गरिएको यो कार्यक्रममा फायर टोन्डरको प्रयोग गरिएको थियो। महाप्रबन्धक शहदेव खटुवाले यो कार्यक्रम विषयमा बोल्दै कोरोना भाइरसको रोकथाम गर्न अत्याधुनिक फायर टेन्डरको प्रयोग गरिएको बताए।