शुरुदेखि नै आरटीआइले उल्लेखनीय काम गर्दैआएको छ : एलआर विश्‍वनाथ

शुरुदेखि नै आरटीआइले उल्लेखनीय काम गर्दैआएको छ : एलआर विश्‍वनाथ

पीआइबी गुवाहाटीद्वारा आरटीआइमाथि वेबिनार आयोजित नागरिकद्वारा मागिएको सूचना समयबद्ध रूपमा सरकारले उपलब्ध गराउनुपर्ने हुँदा सूचनाको अधिकार (आरटीआइ) ऐन, २००५ धेरै महत्त्वपूर्ण छ : आरटीआइ विशेषज्ञ जी सुब्रमणियम गुवाहाटी, २५ जून,। पत्र सूचना कार्यालय, गुवाहाटीद्वारा आज सूचनाको अधिकार ऐन, २००५ तथा यसको विशेषता एवं कार्यान्वयन विषयमाथि वेबिनार आयोजन गरियो| पूर्व उपसचिव तथा केन्द्रिय सूचना आयोगका पञ्जियक जी सुब्रमणियमद्वारा ासञ्चालित परोक्ष कार्यगोष्ठीमा सम्पूर्ण पूर्वोत्तर क्षेत्रका पत्र सूचना कार्यालय, क्षेत्रीय अभिगम्य कार्यालय तथा स्थल सुगम्य कार्यालयका अधिकारीहरूले सहभागिता जनाए| आफ्नो सम्बोधनमा सुब्रमणियमले सूचनाको अधिकार (आरटीआइ) ऐन, २००५ नागरिकहरूद्वारा सरकारलाई मागिएको सूचना समयबद्ध रूपमा उपलब्ध गराउनुपर्ने हुँदा धेरै महत्त्वपूर्ण रहेको बताए| सूचनाको अधिकारको विशेषताका साथै यसको कार्यान्वयनबारे उनले विस्तारका साथ जानकारी दिए| भारत जस्तो लोकतान्त्रिक देशमा सूचनाको पारदर्शिता धेरै महत्त्वपूर्ण रहेको कुरामाथि पनि उनले बल दिए| सूचनाको अधिकारले नागरिकहरूलाई सरकारको कार्यप्रणालीमाथि प्रश्‍न खडा गर्ने अधिकार मात्र प्रदान गरेर भ्रष्टाचारको रोकथान गर्न र लोकसेवकलाई जवाफदेय बनाउन पनि सहयोग पुर्‍याउने गरेको बताए| सूचना एवं प्रसारण मन्त्रालयको पूर्वोत्तर क्षेत्रका महानिर्देशक एवं विभाग प्रमुख एलआर विश्‍वनाथले आफ्नो स्वागत सम्बोधन पेश गर्दै सूचनाको अधिकारले प्रभावी भएको मितिदेखि नै देशमा उल्लेखनीय काम गर्दैआएको बताए| यस ऐनको उद्देश्य सबै लोक प्राधिकरणको कार्यशैलीमा पारदर्शिता साथै जवाफदेयता सुनिश्‍चित गर्नुरहेको उनले बताए| सरकारी अधिकारीहरूले आफ्नो काममा पारदर्शिता कायम गर्नका अतिरिक्त कुनै पनि फाइल थॉंतीमा… Read More

भरियाहरूको भर्नाबारे दुष्प्रचारको खण्डन

भरियाहरूको भर्नाबारे दुष्प्रचारको खण्डन

गान्तोक, 25 जून, 2020। सीमामा तनाउको कारण सेनाले भरियाहरूको भर्ना गरिरहेको समाचार सिक्किमको सञ्चार माध्यममा प्रकाशित भइरहेका छन्।भरियाहरूको भर्ना सेनाको वार्षिक गतिविधि हो र यसको कुनै पनि सीमा विषयसँग सम्बन्ध नरहेको यहाँ स्पष्ट गरिन्छ।यस्ता कर्मीहरूको भर्ना सिक्किम, बिहार तथा उत्तर बङ्गालका मानिसहरूको निम्ति आयोजन गरिने गरिएको सबैलाई सूचित गरिन्छ। यी क्षेत्रका जनमानसको जानकारीका लागि एक महिनाअघि नै भर्नाबारे विज्ञापनहरू प्रकाशित गरिएका थिए। (पीआइबी)

एसडीएफले ‘दश मिनट पृथ्वीको लागि’ पालन गर्ने

एसडीएफले ‘दश मिनट पृथ्वीको लागि’ पालन गर्ने

गान्तोक, 24 जून। राज्यको प्रमुख विपक्षी पार्टी एसडीएफले भोलि 25 जूनको दिन राज्यका सबै निर्वाचन क्षेत्रमा दश मिनट पृथ्वीको लागि पालन गर्ने भएको छ। एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङको निर्देशनमा पार्टीले भोलि बिहान 11 बजी सबै निर्वाचन क्षेत्रमा पालन गर्ने निर्णय लिएको हो। दश मिनट पृथ्वीको लागि कार्यक्रम आयोजन गर्ने विषयमा पार्टी मुख्यालयले एसडीएफ पार्टीका सबै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष-प्रभारी, जिल्ला समितिका अध्यक्ष, सबै महासचिव, सबै क्षेत्रस्तरीय समिति र पार्टी कार्यकर्ताहरूलाई सूचित गरिसकेको छ। स्मरण गराइन्छ, दश मिनट पृथ्वीको लागि एसडीएफ पार्टीले वर्ष 2009 देखि शुरू गरेर पर्यावरण संरक्षणको लागि गर्दै आएको एउटा प्रमुख कार्यक्रम हो। पूर्व मुख्यमन्त्री पवन चामलिङको अवधारणामा शुरू भएको यो कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष 25 जूनको दिन बिहान 11 बजीदेखि 10 मिनट पृथ्वीको सेवामा समर्पित गरेर बिरुवा लगाउनसितै सर-सफाइ र गोडमेल गर्ने कार्यक्रम आजोजन गरिन्छ। पार्टीले पर्यावरण संरक्षणका लागि आफ्नो सरकारकालमा शुरू गरेको यस कार्यक्रमलाई निरन्तर अघि बड़ाएर लान यो वर्ष पनि दश मिनट पृथ्वीको लागि पालन गर्ने बताएको छ।

सांसद सुब्बाद्वारा सड़क निर्माणकार्यको निरीक्षण

सांसद सुब्बाद्वारा सड़क निर्माणकार्यको निरीक्षण

गान्तोक, 24 जून (हिस)। पश्चिम सिक्किमको देन्ताम क्षेत्रअन्तर्गत लिङ्गे-कुनाबार वार्डमा निर्माणाधीन सड़कको आज सांसद ईन्द्रहाङ सुब्बाले निरीक्षण भ्रमण गरे। यस अवसरमा सांसद सुब्बासित यस क्षेत्रका पार्टी प्रभारी पूर्णहाङ सुब्बा, सीएलसी अध्यक्ष टीबी थापा र अन्यको उपस्थिति रहेको थियो। यस अवसरमा स्थानीय वासिन्दाहरूले सांसद र उनको टोलीलाई स्वागत जनाएका थिए। स्थानीय जनताले सांसद सुब्बा र विशेष वर्तमान सरकारप्रति यस क्षेत्रमा गरिएका विकासीय कार्य अनि लामो समयदेखि थाँतीमा रहेको सड़क निर्माणको माग पूरा गरिएकोमा आभार प्रकट गरेको पार्टीकी प्रचार-प्रसार सचिव रञ्जना प्रधानले एउटा विज्ञप्तीमार्फत जनाएकी छन्।

4 नयाँ कोभिड मामिला, कूल सङ्ख्या पुग्यो 83, एक्टिभ मामिला 44

4 नयाँ कोभिड मामिला, कूल सङ्ख्या पुग्यो 83, एक्टिभ मामिला 44

गान्तोक, 24 जून (हिस)। सिक्किममा कोभिड-19 को चार नयाँ मामिला अघि आएको छ। मङ्गलबार एसटीएनएम अस्पतालमा गरिएको 82 जनाको नमूनाको आरटीपीसीआर जाँचमा 4 जनाको रिपोर्ट पोजिटिभ आएको छ। रहल 78 जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। यसैगरी, ट्रूनेटमा गरिएको 7 जनाको नमूनाको जाँच रिपोर्ट पनि नेगेटिभ आयो। यसका साथै राज्यमा कूल कोभिड संक्रमितहरूको सङ्ख्या बढ़ेर 83 पुगेको छ। तर, खुशीको कुरा के छ भने कोभिड सङ्क्रमितहरू स्वस्थ हुने क्रम पनि बढ्दो छ। अहिलेसम्म कूल 39 जना पूर्णरूपमा स्वस्थ भएर अस्पतालबाट घर फर्किसकेका छन्। यसकारण हाल राज्यमा कोभिडका कूल 44 सक्रिय मामिला छन्, जो विभिन्न अस्पतालहरूमा उपचाराधिन छन्। राज्य स्वास्थ्य विभागका महानिर्देशक एवं सचिव डा. पेम्पा टी. भोटियाले हेल्थ बुलेटिनमा बताएअनुसार हिजो गरिएको जाँचमा चार नयाँ कोभिड मामिला अघि आएको छ। संक्रमितहरूमा एक 30 वर्षीय महिला, 22 वर्षीय युवती, 10 वर्षीय नाबालिग केटी र 26 वर्षीय युवती सामेल छन्। उनीहरू क्रमशः दिल्ली, सिलगढ़ी, कोलकाता र मुम्बईबाट फर्किएका हुन्। डा. भोटियाले अहिलेसम्म कूल 9849 जनाको कोभिड-19 जाँच गरिएको पनि जानकारी दिए।

विधायकको सक्रियतामा बाटो खोल्न सक्षम

विधायकको सक्रियतामा बाटो खोल्न सक्षम

रम्फू, 24 जून। दक्षिण सिक्किमको 13 नामथाङ रातेपानी निर्वाचन क्षेत्रअन्तर्गत नामथाङ अप्पर कटेङ, लोवर कटेङ, बोक्रोङ हुँदै पसी मल्ली जाने सड़कमा आएको पैह्रोको कारण अवरुद्ध मार्ग क्षेत्र विधायक तथा यातायात मन्त्री सञ्जीत खरेलको सक्रियतामा आजदेखि खोलिएको छ। सो सड़क बन्द हुनाले यस क्षेत्रका आम मानिसलाई धेरै नै असर परेको थियो। नामथाङ रातेपानी निर्वाचन क्षेत्रका विधायक सञ्जीत खरेलको निर्देशमा झट्ट बाटो खोलाउने काम दक्षिण सिक्किम युवा प्रकोष्ठका संयोजकहरूण सुब्बालगायत पार्टीका अन्य वरिष्ठ कार्यकर्ताहरूद्वारा कामलाई सक्रियता प्रदान गर्दै बाटो खुलाउनमा सक्षम बनेका छन्। यसमा उक्त भेकका आम मानिसहरूद्वारा यसरी चाँडो बाटो खुलाई दिएकोमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी साथै क्षेत्र विधायक प्रति धन्यवाद ज्ञापन गरेका छन्।

अग्नि पीड़ित परिवारलाई आर्थिक सहयोग राशी प्रदान

अग्नि पीड़ित परिवारलाई आर्थिक सहयोग राशी प्रदान

रम्फू, 24 जून। सिक्किम बिहारी जागरण मञ्च केन्द्रिय कार्यकारणी समिति र एसबीजेएम सिङतामबीच एक बैठक राखियो जसमा लाल बजार अग्निकाण्डका पीड़ित परिवारहरूलाइ केही आर्थिक सहयोग प्रदान गर्ने निर्णय लिइयो। केन्द्रिय समिति अध्यक्ष स्वामीनाथ प्रसाद, उपाध्यक्ष कामेश्वर त्रिभेदी, महासचिव बिरेन्द्र प्रसाद, धर्मशाला अध्यक्ष साधुचरण प्रसाद, उपाध्यक्ष वैधनाथ प्रसाद, सिङताम शाखा अध्यक्ष दिलीप प्रसाद, उपाध्यक्ष जयनन्द प्रसाद, सचिव रञ्जित कुमार, सहसचिव मनोज प्रसाद अनि रानीपुल शाखाका सचिव अरून ठाकुरको उपस्थितिमा कूल 9 परिवारबीच रहत राशि वितरण गरियो। पपु शर्मा (बलराम शर्मा) र उमा शंकर सोनीलाई नगद राशी दश हजार रूपियाँबाहेक बिजय शंकर भगत, सुदामा प्रसाद, जय प्रकाश प्रसाद, पपु प्रसाद, पदमबहादुर सुनार, उत्तमसहित श्रीमती फिसराज लिम्बू प्रत्येकलाई नगद राशी पाँच हजार रुपियाँ गरेर प्रदान गरियो।

1 जुलाईदेखि सशर्त खोलिनेछ पहाड़को पर्यटन उद्योग

1 जुलाईदेखि सशर्त खोलिनेछ पहाड़को पर्यटन उद्योग

होटल, होमस्टे, पर्यटन स्थलहरू पूर्ण खुल्ला दार्जीलिङ, 24 जून। जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-ले आगामी 1 जुलाईदेखि जीटीए क्षेत्रको पर्यटन उद्योगलाई सशर्त पूर्णरूपले खोल्ने घोषणा गर्‍यो। जीटीए, जिल्ला प्रशासन, पुलिस प्रशासन, होटल मालिकवर्ग, गाड़ी मालिक वा चालकका साथै होटल कर्मचारीहरूमाझ भएको एक बैठकमा नै यस्तो निर्णय भएको जीटीएको पर्यटन विभागका सहनिर्देशक सुरज शर्माले जानकारी गराए। उनले यस बैठकमा गोरामुमो दार्जीलिङ शाखा अध्यक्ष अजय एड्वर्डका साथै अन्य पनि उपस्थित रहेको जनाए। उनले भने, केन्द्र सरकारको दिशानिर्देशलाई पूर्णरूपले पालन गर्दै जीटीएले आगामी 1 जुलाईदेखि आफ्नो अधीनमा रहेका पर्यटन स्थलहरू जस्तै गंगामाया पार्क, रकगार्डन, जामुने, बतासे पनि खोलिनेछ। यसका साथै दार्जीलिङ पहाड़का होटल, होमस्टे आदि पनि 1 जुलाईदेखि नै खुल्ला रहनेछन्। किनभने, केन्द्र सरकारको निर्देशमा देशमा अनलक शुरू भइसकेको छ। यसै अनलकमाझ गत 8 जूनदेखि होटल तथा पर्यटन उद्योगलाई पनि खुल्ला गर्ने केन्द्र सरकारको घोषणा थियो। तरै पनि जीटीएले लगभग 1 महीनापछि मात्रै दार्जीलिङ पहाड़का होटल, होमस्टे साथै पर्यटन स्थलहरू खोल्ने निर्णय लिएको हो। तर दार्जीलिङ पहाड़ पस्दा पर्यटकहरूको थर्मल स्क्रिनिङ हुनेछ, जसको लागि सिमलबारी, रङ्पो र कालिझोड़ामा सबै पर्यटकहरूको थर्मल स्क्रिनिङ गरिनेछ। यसका साथै दार्जीलिङ पहाड़ आउने पर्यटकहरूले फीटनेश सर्टिफिकेट पनि ल्याएको हुनपर्छ। यति मात्रै होइन, पहाड़का प्रत्येक होटलले पनि आफ्नो होटलमा आउनेहरूका लागि पनि थर्मल गन राख्नुपर्छ अनि पर्यटकहरूले होटलको रूम छोड़ेपछि… Read More

फर्जी आईडीद्वारा सरकारको बदनाम गर्न खोज्नेहरूविरुद्ध कारबाही गरिने

फर्जी आईडीद्वारा सरकारको बदनाम गर्न खोज्नेहरूविरुद्ध कारबाही गरिने

गान्तोक, 24 जून (हिस)। विपक्षी पार्टी एसडीएफले सिङताममा भएको आगलागीको घटनामाथि पनि संवेदनहीन भएर राजनीति गरेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आरोप लगाएको छ। आज सिक्किम सरकार र एसकेएम पार्टीको पक्षबाट मन्त्री डा. एमके शर्मा र मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले एउटा पत्रकार सम्मेलन डाकेर फर्जी आईडीद्वारा एसडीएफले सरकार र पार्टीको बदनाम गराउने दुष्प्रयास गरेको आरोप लगाए। भर्खरै सिङतामका अग्निपीडितहरूलाई मन्त्रीद्वारा राहतराशिको चेक प्रदान गरिएको थियो। अग्निपीड़ितहरूलाई चेक हस्तान्तरण गर्दै गरेको फोटोलाई सम्पादन गरेर फर्जी आईडी धारकले गलत दुष्प्रचार गरेको पार्टीले बताएको छ। सचिव खालिङले सरकारलाई बदनाम गर्न एसडीएफले यस्तो काण्ड गरेको आरोप लगाउँदै यो फोटो पोस्ट गर्ने दुइवटा फर्जी आइडीले केवल एसडीएफको पक्षमा मात्र लेख्ने गरेको दाबी गरेका छन्। सोसियल मीडियामा फर्जी आईडीहरू केवल एसडीएफले मात्र चलाउने गरेको उनले थप आरोप लगाए। मन्त्री डा. शर्माले यस्तो दुःखद् समयमा पनि राजनीति गर्नु अति नीच र दुर्भाग्यपूर्ण हो भने। यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर दोषीहरूविरुद्ध कड़ा कारबाही गरिने उनले बताएका छन्। पत्रकार सम्मेलनमा मन्त्रीबाट चेक ग्रहण गर्ने अग्निपीडितहरू पनि उपस्थित थिए। पीडित पदमबहादुर सुनारले आफूहरूको भावनामाथि फर्जी आईडी धारकहरूले खेलवाड गरेको गुनासो गर्दै विपदको समयमा सरकारले पुर्‍याएको सहयोगप्रति कृतज्ञता प्रकट गरे। यसैगरी, एसकेएम पार्टीको युवा संयोजक, जोन वान सुरेश तामाङले आरोपीहरूविरुद्ध कड़ा कानूनी कारवाही गरिनुपर्ने माग गरेका छन्।

रानीपूल-पाकिम रोडको बढ़ोत्तरी विषयमा सभा सम्पन्न

रानीपूल-पाकिम रोडको बढ़ोत्तरी विषयमा सभा सम्पन्न

गान्तोक, 24 जून। पाकिमस्थित सामुदायिक भवनमा नाम्चेबुङ्ग समष्टिका विधायक एम प्रसाद दुलालको सभापतित्वमा रानीपूलदेखि पाकिम रोडको बढ़ोत्तरी (वाइडनिङ) विषयमा विशेष चर्चा भयो। गत 18 जूनका दिन बसेको आकस्मिक सभामा राखिएका विभिन्न मुद्दा र कमिटीको माँगअनुसार महकुमा अधिकारी हेमन्त राईद्वारा आजको सभा डाकिएको थियो। सभामा एडी/आरओ कुशल गुरुङद्वारा जमीनको अनि कर्पोरेसनका प्रतिनिधिद्वारा रोडको पावर पोइन्ट प्रोजेक्सन प्रस्तुत गरिएको थियो। यस अवसरमा स्थानीय बासिन्दाहरूले आफ्ना-आफ्ना प्रतिक्रियाहरू राखे। कमिटीका चार कर्मठ सदस्यले पनि आफ्ना कुराहरू राखेका थिए। रोडको विषयमा रोड कटिङ्गको काम एकातर्फ भइरहे पनि अर्कोतर्फबाट रनिङ अवस्थामा रोड राखिनुपर्ने, पब्लिक इन्फर्मेसन बोर्ड लगाइनुपर्ने, वर्षायाममा झोड़ामा ठूलो भल आउँदा स्थानीय बासिन्दाहरूको घरबारी क्षतिग्रस्त नहोस् भनी ह्युम पाइपको सट्टामा खुल्ला कल्भर्ट लगाइनुपर्ने, रोडको दुवैतर्फ रुखका मुड़ा काटेर लड़ााएको हुँदा वाहन चलाचाल साथै पैदल हिँड्ने मानिसहरू दुर्घटना नपरुन् भनी सबै हटाइनु पर्ने, यो एयर्पोर्ट रोड भोलिका दिन आपतकालीन स्थिति आएको खण्डमा सिक्किमको मात्र नभएर देश कै सुरक्षाको निम्ति प्रयोग गरिने रोड हुनाले कुनै प्रकारको सम्झौता नगरी दह्रिलो वाल लगाउनुपर्ने, सड़कलाई पनि गुणस्तरीय बनाइनुपर्ने आदि मुद्दहरूमाथि चर्चा गरियो।