1 जुलाईदेखि सशर्त खोलिनेछ पहाड़को पर्यटन उद्योग

1 जुलाईदेखि सशर्त खोलिनेछ पहाड़को पर्यटन उद्योग

होटल, होमस्टे, पर्यटन स्थलहरू पूर्ण खुल्ला दार्जीलिङ, 24 जून। जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-ले आगामी 1 जुलाईदेखि जीटीए क्षेत्रको पर्यटन उद्योगलाई सशर्त पूर्णरूपले खोल्ने घोषणा गर्‍यो। जीटीए, जिल्ला प्रशासन, पुलिस प्रशासन, होटल मालिकवर्ग, गाड़ी मालिक वा चालकका साथै होटल कर्मचारीहरूमाझ भएको एक बैठकमा नै यस्तो निर्णय भएको जीटीएको पर्यटन विभागका सहनिर्देशक सुरज शर्माले जानकारी गराए। उनले यस बैठकमा गोरामुमो दार्जीलिङ शाखा अध्यक्ष अजय एड्वर्डका साथै अन्य पनि उपस्थित रहेको जनाए। उनले भने-केन्द्र सरकारको दिशानिर्देशलाई पूर्णरूपले पालन गर्दै जीटीएले आगामी 1 जुलाईदेखि आफ्नो अधीनमा रहेका पर्यटन स्थलहरू जस्तै गंगामाया पार्क, रकगार्डन, जामुने, बतासे पनि खोलिनेछ। यसका साथै दार्जीलिङ पहाड़का होटल, होमस्टे आदि पनि 1 जुलाईदेखि नै खुल्ला रहनेछन्। किनभने, केन्द्र सरकारको निर्देशमा देशमा अनलक शुरू भइसकेको छ। यसै अनलकमाझ गत 8 जूनदेखि होटल तथा पर्यटन उद्योगलाई पनि खुल्ला गर्ने केन्द्र सरकारको घोषणा थियो। तरै पनि जीटीएले लगभग 1 महीनापछि मात्रै दार्जीलिङ पहाड़का होटल, होमस्टे साथै पर्यटन स्थलहरू खोल्ने निर्णय लिएको हो। तर दार्जीलिङ पहाड़ पस्दा पर्यटकहरूको थर्मल स्क्रिनिङ हुनेछ, जसको लागि सिमलबारी, रङ्पो र कालिझोड़ामा सबै पर्यटकहरूको थर्मल स्क्रिनिङ गरिनेछ। यसका साथै दार्जीलिङ पहाड़ आउने पर्यटकहरूले फीटनेश सर्टिफिकेट पनि ल्याएको हुनपर्छ। यति मात्रै होइन, पहाड़का प्रत्येक होटलले पनि आफ्नो होटलमा आउनेहरूका लागि पनि थर्मल गन राख्नुपर्छ अनि पर्यटकहरूले होटलको रूम छोड़ेपछि त्यस… Read More

4 नयॉं कोविड मामिला, कुल संख्या पुग्यो 83, एक्टिभ मामिला 44

4 नयॉं कोविड मामिला, कुल संख्या पुग्यो 83, एक्टिभ मामिला 44

गान्तोक, 24 जून (हिस)। सिक्किममा कोविड-19 को चार नयॉं मामिला अघि आएको छ। मंगलबार एसटीएनएम अस्पतालमा गरिएको 82 जनाको नमूनाको आरटीपीसीआर जॉंचमा 4 जनाको रिपोर्ट पोजिटिभ आएको छ। रहल 78 जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। यसैगरी, ट्रूनेटमा गरिएको 7 जनाको नमूनाको जॉंच रिपोर्ट पनि नेगेटिभ आयो। यसका साथै राज्यमा कुल कोविड संक्रमितहरूको संख्या बढ़ेर 83 पुगेको छ। तर, खुशीको कुरा के छ भने कोविड संक्रमितहरू स्वस्थ हुने क्रम पनि बढ्दो छ। अहिलेसम्म कुल 39 जना पूर्णरूपमा स्वस्थ भएर अस्पतालबाट घर फर्किसकेका छन्। यसकारण हाल राज्यमा कोविडका कुल 44 सक्रिय मामिला छन्, जो विभिन्न अस्पतालहरूमा उपचाराधिन छन्। राज्य स्वास्थ्य विभागका महानिदेशक एवं सचिव डा. पेम्पा टी. भोटियाले हेल्थ बुलेटिनमा बताएअनुसार हिजो गरिएको जॉंचमा चार नयॉं कोविड मामिला अघि आएको छ। संक्रमितहरूमा एक 30 वर्षीय महिला, 22 व​र्षीय युवती, 10 वर्षीय नाबालिग केटी र 26 वर्षीय युवती सामेल छन्। उनीहरू क्रमश: दिल्ली, सिलगढ़ी, कोलकाता र मुम्बईबाट फर्किएका हुन्। डा. भोटियाले अहिलेसम्म कुल 9849 जनाको कोविड-19 जॉंच गरिएको पनि जानकारी दिए।

घिसिङपछिको दार्जीलिङ

घिसिङपछिको दार्जीलिङ

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) –का संस्थापक अध्यक्ष सुवास घिसिङलाई आज उनको जन्मतिथिमा धेरैले याद गरे। `धेरैले’ यसकारण कि उनलाई सम्झना गर्नेहरूमा गोरामुमो अनि उनको परिवार मात्र थिएनन्। सन् 1984 –देखि 2007 –सम्म दार्जीलिङे राजनीतिको केन्द्रमा रहेका अनि सन् 1980 –को दशकमा पहाड़मा छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति रक्ताक्त आन्दोलनको नेतृत्व गरेका सुवास घिसिङले केवल सुवासित दार्जीलिङे चियापत्ती, प्रसिद्ध बोर्डिङ स्कूलहरू अनि भूगोलको पृष्ठभूमिमा कुनै सुन्दर चित्रजस्तो विशाल फैलावट लिएको कञ्चनजङ्घाको सुन्दर दृश्य मात्र होइन दार्जीलिङ; दार्जीलिङ त जिउँदा-जाग्दा मानिसहरू, गर्विलो इतिहास, पौरखी हातहरू, राष्ट्रलाई ज्यानै समर्पित गर्ने अतुलनीय मानिसहरूको बस्ती हो, राष्ट्रलाई शरीर र आत्माले नै ग्वाम्म अँगालो हाले पनि सधैं सन्दिग्ध राष्ट्रियता लिएर बाँचिरहेका `हतभागी’ -हरूको गाउँ हो भन्ने यथार्थ अनुभूति दुनियाँलाई दिए। घिसिङलाई उनको जन्मदिनमा नसम्झिनु साँच्चै अन्याय हुन्थ्यो, कृतघ्नता हुन्थ्यो। घिसिङ उन्नत कला-शिल्प भएका साहित्यकार थिएनन् होला, तर उनको साहित्यमा प्रयोजनपरकता बढ़ी झल्किन्छ। साहित्यबाट राजनीतिक सङ्घर्षमा उनको अवतरणले घिसिङमा साहित्य र कला राजनैतिक चेतनाको एक सक्रिय र उत्प्रेरक साधन थियो भन्ने कुरा स्पष्टसँग झल्कन्छ। तर घिसिङको राजनीतिक चेतनाले विकासक्रमको लामो बाटो तय गर्नसकेन। घिसिङ छिट्टै यथास्थितिवादको घेरामा सीमित भए; भन्न नपर्ला – दार्जीलिङको राजनीतिमा उनको गहिरो प्रभाव, साङ्गठनिक सुदृढ़ताले दार्जीलिङको राजनीतिलाई स्वतन्त्र रूपमा अघि बढ़्न दिएन। एक समय मुक्तिको दिशा र सुदृढ़ नेतृत्व खोजिरहेको दार्जीलिङको राजनीतिलाई घिसिङले… Read More

फ्रान्सका 94 वर्षे ट्रिगानो फेरि चुनाउ लड्दै

फ्रान्सका 94 वर्षे ट्रिगानो फेरि चुनाउ लड्दै

“यदि कसैले मेरो ठाउँ लिनचाहन्छ भने उनीहरूले यसका लागि सङ्घर्ष गर्नुपर्छ’’-आन्द्रे ट्रिगानो फ्रान्समा गत मार्च महीनामा 33 हजार गाउँ, नगर तथा सिटीहरूमा मेयर पदका लागि पहिलो चरणको चुनाउ सम्पन्न भयो अनि अन्तिम तथा दोस्रो चरणको लागि आउँदो सप्ताहान्तमा चुनाउ हुँदैछ। कोरोना महामारीका कारण यो चुनाउ तीन महीना ढीलो गरी हुनपुगेको हो। बीबीसी –का क्रिस बक् म्यानले प्रत्याशीहरूमध्ये एक 94 वर्षीय आन्द्रे ट्रिगानो-सँग कुराकानी गरे। “म नमरेकोमा मैले फेरि क्षमायाचना गर्नुपर्ला भन्ने मलाई लाग्दैन।’’ उनीसित यो मेरो पहिलो परिचय थियो फ्रान्सेली हिमश्रृङ्खला पिरिनीका निम्नभागमा अवस्थित लगभग 16 हजार जनसङ्ख्या भएको पामिएर नगरका स्निग्ध एवं विनोदी मेयर आन्द्रे ट्रिगानोसँगको। आन्द्रे ट्रिगानो 94 वर्ष पुगिसकेका छन् अनि लगभग 50 वर्षदेखि मेयरको सार्वजनिक दायित्वमा छन्, तर पनि हालसालै सेवानिवृत्ति लिइहाल्ने कुनै योजना उनीसित छैन। गत मार्च महीनामा सम्पन्न भएको पहिलो चरणको चुनाउमा उनी शीर्ष स्थानमा आएका थिए। अनि आउँदो 28 जूनमा हुने दोस्रो चरणको चुनाउ पनि जिते आफ्नो आउँदो कार्यकालको समाप्तिमा उनी 101 वर्ष पुगिसकेका जनप्रतिनिधि हुनेछन्। यस्तो होइन कि उनी मात्र वरिष्ठ मेयर हुन्, फ्रान्सेली शहर बोर्डअ (Bordeaux) नजीकको एउटा गाउँमा 98 वर्षीय एकजना मेयर पुनः निर्वाचित हुन चुनाउमा खड़ा भएका छन्, तर कसैसित पनि ट्रिगानोझैं चम्किलो अतीत भएको कार्यकाल छैन। सन् 1925 –मा पेरिस शहरमा जन्मेका उनी किशोर उमेरमा छँदा दोस्रो विश्वयुद्धताका… Read More