लिम्बू तामाङको सीट रोक्ने अहिले सत्तामा छन्

लिम्बू तामाङको सीट रोक्ने अहिले सत्तामा छन्

13 महिनामा सेङसन गरेको 22 हजार करोड कसले खायो? : पवन चामलिङ गान्तोक, 22 जून। इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालयमा आयोजित 28औं क्रान्ति दिवसलाई सम्बोधन गर्दै एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले राज्यका विभिन्न राजनीतिक मुद्दाहरूलाई लिएर वर्तमान सरकारलाई घेरेका छन्। उनले आफ्नो सम्बोधनमा सिक्किम विधानसभामा लिम्बू तामाङको आसन आरक्षण, 17औँ ग्याल्वा कर्मापा उगेन थिन्ले दोर्जीलाई सिक्किम ल्याउनु, एसकेएम पार्टीले सरकारमा आउन अघि गरेका सय दिने वाचा आदिमा सरकारलाई घेरेका छन्। एसडीएफ अध्यक्ष चामलिङले सिक्किम विधानसभामा लिम्बू तामाङको आसन आरक्षण विषयमा बोल्दै लिम्बू तामाङको सिक्किम विधानसभामा आसन आरक्षणको विरोध गर्नेहरू नै आज सरकारमा रहेको बताए। यस विषयमा उनले भने, वर्ष 2003-मा एसडीएफ पार्टीको सरकारले लिम्बू तामाङलाई जनजाति बनाएको हो। एसडीएफ पार्टी अघिका सरकारले लिम्बू तामाङलाई जनजाति बनाउनुपर्ने कुरालाई दुई-दुईपल्ट नकारिसकेको थियो। अहिले पनि केन्द्रले सिक्किमेलाई जनजाति बनाउनुपर्छ भनेर पठाएको पत्र अहिलेपनि छ भन्दै उनले तत्कालीन सरकारले लिम्बू तामाङ मात्र होइन कुनैपनि नेपाली जनजाति हुनहुँदैन भनेर लेखिदिएको जानकारी दिए। उनले वर्ष 2003 मै जनजातिको मान्यता पाएका लिम्बू तामाङ (एलटी)-ले अहिलेसम्म विधानसभामा आसन नपाउनुको पछिको रहस्य खोल्दै भने, ‘लिम्बू तामाङलाई जनजाति बनाउनु हुँदैन भन्ने मलाई पनि आदेश आएको थियो। लिम्बू तामाङलाई जनजाति बनायौ भने तिमीले पनि भण्डारीले जस्तै मुख्यमन्त्रीको चौकी भण्डारीले जस्तै छोड्नुपर्छ भनेर सशक्त प्रकारले सन्देश दिएको थियो। उनीहरूको आदेशलाई जवाब दिँदै म… Read More

एसडीएफको 28औं क्रान्ति दिवस पालन

एसडीएफको 28औं क्रान्ति दिवस पालन

गान्तोक, 22 जून। क्रान्तिलाई आफ्नो तार्किक निश्कर्षमा पुर्‍याउन सकेन भने तानशाही आउँछ। समाजवादीहरूले आफ्नो सरकारलाई सहीरूपमा सञ्चालन गर्न सकेनन्। आपसमा मनमुटाउ भएर आफ्नो उद्देश्यदेखि भड्किँदा जर्मनमा हिटलरले पस्ने मौका पाएको थियो। उक्त जर्मनको इतिहासलाई सिक्किमको सन्दर्भमा जोड्दै एसडीएफका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले क्रान्ति दिवसमा सिक्किमे जनतालाई सम्बोधन गरेका छन्। यो कुरा पत्रकारद्वारा गरिएको प्रश्नको उत्तरमा उनले भनेका हुन्। सिक्किममा एसडीएफ पार्टीको हार हुनु भनेको सिक्किमे जनताको हार हुनु, कानुन व्यवस्थाको हार हुनु, शान्ति सुरक्षा हार्नु, मानव सम्मान हार्नु हो भन्दै 2019-को चुनाउको प्रतिफल अचम्मको रहेको बताएका छन्। जानकारी गराइन्छ, कोभिड-19 महामारीको कारण सामाजिक दूरीको नियमलाई पालन गर्दै पार्टीले आफ्नो 28औं क्रान्ति दिवस डिजिटल मीडियाको मार्फत पालन गरेको छ। यहाँको इन्दिरा बाइपालस्थित एसडीएफ मुख्यालयमा राज्यका पत्रकारहरूको माध्यमबाट राज्यलाई सम्बोधन गर्दै एसडीएफ अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले एसडीएफ पार्टीको सैद्धान्तिक क्रान्तिमाथि जोर दिँदै एसडीएफ पार्टीको शुरुवाति क्रान्तिको कारण सिक्किम यहाँसम्म पुगेको बताए। आफ्नो सम्बोधनमा पार्टी सुप्रीमो पवन चामलिङले एसडीएफ पार्टीको पहिलो क्रान्ति सिक्किमे जनताले प्रजातन्त्रिक हक र अधिकारहरू सदुपयोग गर्न पाउनुपर्छ, सबै वर्गका जनताले समान हक अधिकार पाउनुपर्छ, सबै वर्ण र वर्गका जनताले यहाँ समानताको साथ बाँच्न पाउनुपर्छ भन्ने रहेको बताए। उनले जनताको बुनियाँदी सुविधा, जन्मसिद्ध अधिकार दिलाउने सङ्घर्ष नै एसडीएफ पार्टीको क्रान्ति थियो भन्दै 25 वर्षे सरकारमा यदी… Read More

पर्याप्त सुविधायुक्त पहाड़मा प्रथम कोभिड अस्पतालको उद्घाटन

पर्याप्त सुविधायुक्त पहाड़मा प्रथम कोभिड अस्पतालको उद्घाटन

दार्जीलिङ, 22 जून। दार्जीलिङ पहाड़मा 100 वटा बेड रहेको प्रथम कोभिड अस्पतालको आज विधिवत उद्घाटन भयो। जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन) अध्यक्ष अनित थापाले आज टिस्टा त्रिवेणीमा निर्माण गरिएको कोभिड-19 अस्पतालको उद्घाटन गर्दै यसले दार्जीलिङ पहाड़का जनतालाई धेरै फाइदा पुग्ने बताए। राज्य सरकारको सहयोगमा निर्माण गरिएको यस अस्पतालमा 150 वटा बेड रहे पनि हाल यहाँ 100 वटा बेडलाई मात्रै प्रयोगमा ल्याइने भएको पनि उनले बताए। थापाले भने-देशका विभिन्न स्थानहरूबाट हाम्रा मानिसहरू आफ्नो घर फर्किन थालेपछि नै दार्जीलिङ पहाड़मा पनि कोभिड अस्पतालको निर्माण हुनैपर्छ भन्ने लागेको थियो। यसैले हामीले राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीसित दार्जीलिङ पहाड़मा 3 वटा कोभिड अस्पताल निर्माण गर्नेबारे कुरा गरेका थियौं। जसलाई मुख्यमन्त्रीले पूर्ण सहमति जनाएर पहाड़मा 3 वटै अस्पताल निर्माण गर्ने अनुमति पनि प्रदान गरेकी छन्, जसमध्ये एउटाको आज उद्घाटन गरिएको हो। उनले लगभग डेढ़ महीनाको अवधिमा दार्जीलिङ र कालेबुङको फेदमा अवस्थित त्रिवेणीमा कोभिड अस्पताल निर्माण गर्न सफलता पाएकोमा खुशी व्यक्त गर्दै यहाँ कोविड 4 स्तरसम्मका रोगीहरूको उपचार हुनसक्ने व्यवस्था रहेको पनि बताए। उनले भने-हामीले यहाँको सफाई, स्वास्थ्यकर्मी, उपचारको लागि आउने रोगीहरूका साथै अन्य कर्मचारीहरूको खानामाथि विशेष ध्यान दिनेछौं। यसैबीच, जीटीएका मुख्य सचिव सुरेन्द्र गुप्तले हाल यस अस्पतालमा 3 वटा भेन्टिलेटर, स्वाब टेस्टको व्यवस्था, डायलसिसको सुविधाका साथै पर्याप्त स्वास्थ्यकर्मी, डाक्टरहरू उपलब्ध रहेको पनि जनाए। हाल कोविड 2 स्तरको… Read More

भारत-नेपालमाझ पासपोर्ट लागू गर्ने माग

भारत-नेपालमाझ पासपोर्ट लागू गर्ने माग

दार्जीलिङ, 22 जून। क्रान्तिकारी मार्क्सनादी कम्युनिष्ट पार्टीले नेपाल-भारतको मैत्री सन्धिलाई संशोधन गरी यी दुइ देशमाझ पासपोर्टको व्यवस्था लागू गर्नुपर्ने माग उठाएको छ। ताकि भारतीय नेपाली र नेपालका नेपालीहरूमाझ स्पष्ट पहिचान हुन सकोस् साथै खुल्ला सीमा क्षेत्रको फाइदा आतङ्कवादीहरूले उठाउन नसकोस्। पार्टी अध्यक्ष एवं पूर्व सांसद आरबी राईको अध्यक्षतामा सम्पन्न भएको पार्टीको केन्द्रिय समितिको बैठकमा यस विषयमाथि पनि विशेष चर्चा भएको पार्टी प्रवक्ता गोविन्द छेत्रीले बताएका छन्। उनले भने-भारत र नेपालमाझको सम्बन्ध धेरै पुरानो हो, तर वर्तमान समयमा यी दुइ देशको सम्बन्धमा केही तीतोपन आइरहेको छ। यस विषयलाई भारत सरकारले कुटनैतिकरूपमा सुल्झाउनुपर्छ। यसका साथै भारतीय नेपाली र नेपालका नेपालीहरूको स्पष्ट पहिचानको लागि पनि भारत-नेपालमाझ पासपोर्ट लागू गर्नुपर्छ। जसको नेपाल-भारतको खुल्ला सीमाको फाइदा कुनै पनि आतङ्कवादीहरूले लिन नपाओस्। यसरी नै उनले केन्द्रमा सत्तासीन रहेको भारतीय जनता पार्टीसमक्ष दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको स्थायी राजनैतिक समाधान वर्ष 2021-को बङ्गाल विधानसभा चुनाउअघि नै पूरा गर्ने पनि माग गरेका छन्। उनले भने-हाम्रो लागि स्थायी राजनैतिक समाधान भनेको केवल अलग राज्य गोर्खाल्याण्ड हो र यसलो मात्रै गोर्खा जातिको आकांक्षा पूर्ण हुनेछ। यसैको लागि नै दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनताले भारतीय जनता पार्टीलाई प्रत्येक लोकसभा चुनाउहरूमा जीत दिलाउँदै आइरहेका छन्। गत लोकसभा चुनाउमा भाजपाले आफ्नो सङ्कल्प पत्रमा दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको लागि स्थायी राजनैतिक समाधान… Read More

युद्धमा जान तयार दार्जीलिङका भूपू सैनिकहरू

युद्धमा जान तयार दार्जीलिङका भूपू सैनिकहरू

दार्जीलिङ, 22 जून। दार्जीलिङ पहाड़का भूतपूर्व सैनिकहरू सरकारले चाहेको खण्डमा चीनविरुद्ध हुने लड़ाईमा खुशीसाथ भाग लिन चाहन्छन्। उनीहरूले भनेका छन्-हालै चीनको आक्रमणमा परेर भारतीय सेनाका जवानहरू शहीद बन्नपरेका छन्, यसलाई कदापि सहन गर्न सकिन्दैन। यसैले सरकारले भूतपूर्व सैनिकहरूलाई पनि सम्भावित युद्धमा सहभागी बनाउन चाहन्छ भने दार्जीलिङ पहाड़का भूतपूर्व सैनिकहरू पूर्णरूपले तयार छन्। गोर्खा भूतपूर्व सैनिक सङ्गठनका उपाध्यक्ष रिङ्गा लामाले आज यहाँ यस्तो मत व्यक्त गर्दै आफूहरू चीनको आक्रमणमा परेर शहीद हुने भारतीय जवानहरूको बलिदानलाई त्यसै खेरो जान दिन नहुने बताए। उनले भने-हाल चीन र भारतमाझ तनाउपूर्ण स्थिति भइरहेको छ। यस्तो स्थितिमा भारत-चीनको सीमा क्षेत्रको लागि भारतीय सेनाका गाड़ीहरू जाने क्रम जारी छ। यसैले यस्ता गाड़ीहरूलाई कुनै पनि गाड़ीले बाधा दिनु उचित हुँदैन। किनभने, चीन र भारतमाझ शुरू भएको तनाउपूर्ण स्थितिको कारण सड़क मार्गहरूमा बेसी सेनाका गाड़ी चालकहरूको चलाचल भइरहेको पनि उनीहरूले बताएका छन्।

अझ 4 जना भए स्वस्थ, एक्टिभ कोभिड मामिला 49

अझ 4 जना भए स्वस्थ, एक्टिभ कोभिड मामिला 49

गान्तोक, 22 जून (हिस)। एसटीएनएम अस्पतालमा उपचाराधिन अझ चार कोभिड पोजिटिभ विरामी स्वस्थ भएका छन्। स्वस्थ भएका चार जना विरामीलाई अस्पतालबाट छुट्टी दिइएको छ। यसका साथै राज्यमा एक्टिभ कोरोना मामिलाको सङ्ख्या घटेर 49 भएको छ। उक्त जानकारी राज्य स्वास्थ्य विभागका महानिदेशक एवं सचिव डा. पेम्पा टी. भोटियाले आज जारी हेल्थ बुलेटिनमा दिएका हुन्। उनले एसटीएनए अस्पतालमा हिजो चार नयाँ कोभिड सङ्क्रमितलाई भर्ती गरिएको र आज चार जनालाई छुट्टी दिइएको बताए। एसटीएनएम अस्पतालबाट अहिलेसम्म कुल 29 जनालाई छुट्टी दिइसकेको पनि उनले जानकारी दिए। डा. भोटियाअनुसार एसटीएनएम अस्पतालमा अहिले 31, गेजिङमा 14 र नाम्चीमा 4 जना भर्ती रहेका छन्। राज्यमा कुल सङ्क्रमितहरूको सङ्ख्या 78 हो भने अहिले 49 एक्तिभ मामिला छन्।

पश्चिम जिल्लाका पाँच फेसिलिटी क्वारन्टाइन सेन्टर बन्द गरियो

पश्चिम जिल्लाका पाँच फेसिलिटी क्वारन्टाइन सेन्टर बन्द गरियो

गेजिङ, 22 जून (हिस)। राज्य बाहिर फँसेका मानिसहरू फर्किने क्रम घट्न थालेपछि जिल्ला आपदा प्रबन्धन प्राधिकरणले क्वारन्टाइन सेन्टरहरू पनि बन्द गर्न थालेको छ। यसै क्रममा पश्चिम जिल्लाका पाँचवटा नि:शुल्क फेसिलिटी क्वारन्टाइन सेन्टर बन्द गरिएको छ। उक्त सेन्टरहरू सम्बन्धित विभागलाई हस्तान्तरण गरिने जानकारी जिल्लापाल कर्मा आर. बोन्पोद्वारा जारी आदेशमा उल्लेख गरिएको छ। जिल्ला आपदा प्रबन्धन प्राधिकरण, पश्चिम सिक्किमले क्योङ्गसा सरकार कन्या उच्चतर माध्यमिक विद्यालय, पेलिङ सरकारी उच्चतर माध्यमिक विद्यालय, सोरेङस्थित मालबाँसे डनबस्को स्कूल, झुसिङथाङ आश्रम आवासीय स्कूल होस्टेल र जेएनभी, रोतकमा निर्मित फेसिलिटी क्वारन्टाइन बन्द गर्ने निर्णय लिएको छ। उक्त स्कूलहरू सम्बन्धित विभागलाई हस्तान्तरण गर्नुअघि कीटाणुशोधन गरिने पनि बताइएको छ।

ढुङ्गाले वाहनलाई किच्चाउँदा दुइजनाको मृत्यु, दुइजना गम्भीर घाइते

ढुङ्गाले वाहनलाई किच्चाउँदा दुइजनाको मृत्यु, दुइजना गम्भीर घाइते

गान्तोक, 22 जून। सोमबार बिहान पूर्व सिक्किमको रोड़ाथाङ-रम्फू मार्गमा सड़कमाथिबाट खसेको ढुङ्गाले वाहनलाई किच्चाउँदा दुइजनाको घटनास्थलमै मृत्यु भएको छ। यो दुर्घटनामा परेर अन्य दुइजना गम्भीर घाइते भएका छन्। प्राप्त जानकारीअनुसार यो दुर्घटना सोमबार बिहान लगभग 11.50 बजे रोड़ाथाङ नजिक भएको हो। यस दुर्घटनामा वाहन चालक एवं मालिक कुमार गुरुङ र एक 5 वर्षीय बालिका सिर्जना तामाङले ज्यान गुमाएका छन् भने 7 वर्षीय बिसानी राई र 10 वर्षीय बालिका स्नेह दर्जी गम्भीर घाइते भएका छन्। रोड़ाथाङ सोशल वेलफेयर एसोसिएशनको एक टीम तत्कालै घटनास्थलमा पुगेर घाइते दुवैजनालाई उपचारका लागि सिङताम अस्पताल पुर्‍याएको थाहा लागेको छ।

कोभिड अस्पताल निर्माणको निम्ति सांसद शान्ता छेत्रीद्वारा जीटीएलाई बधाई

कोभिड अस्पताल निर्माणको निम्ति सांसद शान्ता छेत्रीद्वारा जीटीएलाई बधाई

दार्जीलिङ, 22 जून (हिस)। जीटीएद्वारा टिस्टा त्रिवेणीमा निर्मित कोभिड अस्पतालको निर्माणले सम्पूर्ण जीटीए क्षेत्रका मानिसहरू धेरै लाभान्वित हुने बताउँदै राज्यसभा सांसद शान्ता छेत्रीले जीटीएवासीलाई बधाई दिएकी छन्। उनले यो अस्पताल जीटीएवासीको निम्ति ठूलो उपलब्धि रहेको र जीटीएले राज्य सरकारसँग संयुक्त रूपमा मिलेर हाल जसरी कार्य गरिरहेछ त्यो अत्यन्तै सराहनीय रहेको बताउँदै जीटीएको कार्यप्रति उनले आफ्नो सन्तुष्टि व्यक्त गरिन्। छेत्रीले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी जो स्वयम् राज्यको एकजना स्वास्थ्यमन्त्री पनि हुन् उनले सिलगढ़ीलगायत राज्यका धेरै निजी नर्सिङ होमहरूलाई पनि कोभिड अस्पताल बनाएको जानकारी गराउँदै सम्पूर्ण पहाड़ी क्षेत्रका मानिसहरूको निम्ति दागोपापद्वारा निर्मित अचल अवस्थामा रहेको यस गेस्ट हाउसलाई जीटीएले प्रयोगमा ल्याएर कोभिड अस्पताल बनाएकोमा जीटीए प्रशासनका अधिकारीहरू, जीटीए चेयरम्यान अनित थापालगायत राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिइन्।